सन् १९६० को दशकमा फ्रान्समा एउटा प्रचण्ड विद्रोह भएको थियो, फ्रान्सेली विद्यार्थी आन्दोलनको रूपमा। विद्रोहको क्रममा पेरिसका सडकमा उत्रिएका विद्यार्थीका लागि कोही पनि व्यक्ति प्रश्नभन्दा बाहिर थिएनन्, चाहे ती कुनै पार्टीका नेता होऊन् या कुनै भाषणबाज विद्वत्जन। ती विद्रोही विद्यार्थीहरू भाषण गर्ने वक्ताहरूलाई प्रश्न गर्थे : तपाईं कुन पक्षबाट बोल्दै हुनुहुन्छ? तपाईंको राजनीति के हो? उनीहरू सोध्थे : तपाईंको दृष्टिविन्दु कुन हो? यहाँको विचारधारा के हो?
चाहे राजनीतिक नेता होस् या बौद्धिक व्यक्तित्व र नागरिक अगुवा, हरेक व्यक्तिको दार्शनिक-राजनीतिक दृष्टि हुन्छ। दार्शनिक-राजनीतिक दृष्टिकोणविनाको मानिस हुँदैन, न त उसका विचार र व्यवहार नै त्यसबाट मुक्त, स्वतन्त्र र तटस्थ हुन्छन्। भारतीय मार्क्सवादी राजनीतिशास्त्री प्राध्यापक रणधीर सिंह त कतिसम्म भन्छन् भने व्यक्तिमा नैतिकता भए उसले आफ्नो राजनीतिक स्थितिबारे सार्वजनिकरूपमा जिम्मेवारीपूर्वक कबुल गर्छ र इमानदारीपूर्वक आफ्नो राजनीतिक-दार्शनिक अवस्थाअनुसार काम गर्छ। यसरी हेर्दा नेपालको राजनीतिक समाजका नाइकेदेखि नागरिक समाज अगुवाहरूसम्म पनि प्रश्नको घेरामा छन् अनि उनीहरूका नैतिकता, राजनीति र दर्शनको स्थिति पनि सवालभन्दा माथि छैनन्। हुन त दलीय सहमति र राष्ट्रपतिको समर्थनमा नेपालमा प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने निर्णयप्रति पनि व्यापक प्रश्न नउठाइएको होइन। तर, अनेक प्रश्न उठाउने नागरिक समाजसम्मुख पनि त्यत्तिकै सवाल उठेका छन्, जसको उत्तर उनीहरूले उठाएकै प्रश्नको चौघेरामै कैद छ।
नागरिक समाजको राजनीति
अन्तोनियो ग्राम्सीको भाषामा ‘राजनीतिक समाज' ले त संविधान सभाका लागि आमनिर्वाचन गर्न र नयाँ संविधान लेखन प्रक्रिया चालू गर्न बाध्यतावश प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न खोजिएको उत्तर दिइसकेको छ। तर, पहिलो संविधान सभालाई सराप्दै विघटनका लागि सबै प्रयास गरेको ‘नागरिक समाज' ले भने न दोस्रो संविधान सभाको निर्वाचनप्रति प्रतिबद्धता जनाएको छ, न त नयाँ संविधान लेखनप्रति नै कुनै चासो देखाएको छ। कतिसम्म भने वर्तमानमा जारी रहेको टिठलाग्दो राजनीतिक गतिरोधको राजनीतिक-संवैधानिक निकास के हो भन्ने जिउँदोजाग्दो प्रश्नको उत्तर दिने चेष्टा र चासोसमेत उसले प्रकट गरेको छैन। खालि राजनीतिक निर्णयको मात्रै विपक्षमा उभिएर प्रतिक्रिया र विरोधको राजनीतिक खेती थालेको छ। यो त केही समयअघिसम्म नेपाली कांग्रेस र एमालेको नेतृत्वमा रहेको विपक्षी गठबन्धनको राजनीतिको मुख्य अन्तर्वस्तु र रूप थियो। विपक्षी गठबन्धनले सत्तापक्षका माओवादी-मधेसवादी दलसँग सहमति गरेपछि त्यही अन्तर्वस्तु र रूप अहिले नागरिक समाजको राजनीतिक खेतीको सार र शैली भएका छन्। यस अर्थमा प्रतिक्रिया र विरोध गर्ने राजनीतिक खेतीको ठेक्का विपक्षी राजनीतिक गठबन्धनबाट नागरिक समाजको हातमा स्थानान्तरण भएको छ। त्यस्तो समाजको हातमा, जो आफूलाई राजनीतिक र दार्शनिकरूपमा स्वतन्त्र, मुक्त र तटस्थ भन्न रुचाउँछ। अतः प्रश्न उठेको छ, सडकमा निस्केका नागरिक समाजका अगुवाहरूको राजनीति के हो? उनीहरूको ‘पोलिटिक्स'ले राजनीतिक गतिरोधको निकास चाहन्छ? चाहन्छ भने उनीहरूको नागरिक राजनीति कस्तोखालको निकासको पक्षमा छ? कि कुनै न कुनै निहुँमा गतिरोध कायम राख्दै राजनीतिक द्वन्द्व र द्वन्द्वको खेतीलाई बचाइराख्न चाहन्छ? यस्ता प्रश्न अनुत्तरितै छन् तर प्रश्नको शृंखला पनि यक्ष प्रश्नको शैलीमा अगाडि बढेकै छ।
शक्ति एकत्रीकरणको प्रयास
प्रश्नको घेराबन्दीमा रहेको नागरिक समाजको राजनीति पनि विचित्रको छ। हिजो ‘बडा-बडा नागरिक' हरू डा. बाबुराम भट्टराईको सरकारलाई जबर्जस्ती बर्खास्त गर्न शीतलनिवास धाउँथे र चुनाव सम्पन्न गर्न नसकेको निहुँमा अपदस्थ गर्न राष्ट्रपतिलाई सुझाव र अल्टिमेटम दिन्थे। अन्तरिम संविधानले आलंकारिक राष्ट्रपतिलाई कार्यकारी सरकारको निर्णयबेगर एक पाइला चाल्नेसम्म पनि अधिकार नदिएको देख्दादेख्दै उनीहरू राष्ट्रपतिलाई ज्ञानेन्द्र शाहलाई जस्तै ‘नयाँ राजा' बनाउन गुहार्ने गर्थे। त्यतिखेर उनीहरूको नजरमा राष्ट्रपतिले भट्टराई सरकारलाई अपदस्थ गरी सत्ता हत्याएको भए लोकतन्त्र बच्थ्यो र सबै कार्यकारी शक्ति आफ्नो हातमा केन्द्रित गरी माओवादीलाई तह लगाएको भए शक्ति पृथकीकरणको चिन्तै हुने थिएन। अन्तरिम संविधान मिचेर उनले कांग्रेस सभापति सुशील कोइरालाई प्रधानमन्त्री बनाएका भए पनि राष्ट्रियता र सामाजिक न्याय पनि गज्जबसँग सुरक्षित हुन्थ्यो।
तर, माओवादीले सातौँ महाधिवेशनको हलबाटै सत्ता कब्जा गर्ने शैलीमा सरकारमाथि नियन्त्रण राख्दै न्यायालयमाथि धावा बोल्ने ‘ग्रायण्ड डिजाइन' अनुसार प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीको अफर गरेपछि राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायमाथि सर्वसत्तावादी प्रहार भएको छ। यस्तै तर्क र मतका साथ नागरिक समाज शान्तिबाटिकादेखि शीतल निवाससम्मको सडकमा निस्केको छ। तर, तातो सडकमा ‘बडा नागरिक' हरूको उपस्थिति आफैँँ प्रश्नको घेराबाट मुक्त छैन। आमजनताको मनमा प्रश्न उठेको छ : उनीहरू केका लागि भय दोहन गर्दैछन्? राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका लागि कि कुनै ‘बडा नागरिक'लाई प्रधानमन्त्री बनाउनका निम्ति?
भय दोहनको क्रममा आज प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन हुने भएपछि ‘बडा-बडा नागरिक' हरूले शक्ति पृथकीकरण समाप्त हुने डर र लोकतन्त्रै मासिने त्रास फैलाएका छन्। संक्रमणकालमा विशेष परिस्थितिको आदेशअनुसार विशेष निर्णय गर्नुपर्ने इतिहासको बाध्यतासँग ‘बडा नागरिक'हरूलाई कुनै चासो र चिन्ता छैन। अब ‘बडा नागरिक'हरूलाई लाग्दो हो, उनीहरूले मिडियामा बोलेनन् भने अब लोकतन्त्र स्वाहा हुनेछ, अखबारमा लेखेनन् भने राष्ट्रियता निमिट्यान्नै हुनेछ अनि सडकमा कराएनन् भने सामाजिक न्याय माटोमा मिल्नेछ। तर ‘छोटा नागरिक'हरूको मस्तिष्कमा भने सवालको जुलुस छ : साँच्चै उनीहरूले खोजेको लोकतन्त्र, राष्ट्रियता र सामाजिक न्यायले भरिएको समाजमा हामी ‘छोटा नागरिक' हरूको स्थिति र हैसियत कस्तो होला? हामीहरू ‘बडा नागरिक' चढ्ने भरेङमात्रै बन्न अभिशप्त हुन्छौँ कि हामीले पनि शक्ति, तन्त्र, सम्पत्ति र सम्मान पाउँछौँ? साँच्चै नै ‘लोक' र ‘तन्त्र' बीच मिलन हुन्छ कि बीचमा ‘बडा नागरिक'हरूको शासन (कुलीनतन्त्र) घुसिहाल्छ?
लोकतन्त्र कसैको कोसेली होइन
संसारको इतिहासमा लोकतन्त्र र शक्ति पृथकीकरणका लागि भएका संघर्ष र विकासक्रमको आफ्नै कथा-व्यथा छ। समयक्रममा विभिन्न वर्गबीचको द्वन्द्वका कारण लोकतन्त्र विकसित हुँदै आएको तथ्य बेलायत, फ्रान्स र अमेरिकाका बहुसंख्यक लोकको संघर्षको पाना पल्टाए पुग्छ। लोकतन्त्रको जननी मानिने बेलायतमा सार्विक बालिग मताधिकारका लागि सन् १९२० को दशकको अन्त्यसम्म संघर्ष गर्नुपरेको थियो। अमेरिकामा काला जातिका मानिसले संघर्षको क्रममा सन् १९६० को दशकमा मात्रै ‘एक व्यक्ति : एक मत' को अधिकार पाएका थिए। ज्याँ एलेन्स्टाइनका अनुसार फ्रान्समा सन् १७८९ मा भएको क्रान्तिपछि सार्विक मताधिकार पाउन ८० वर्ष, प्रेस स्वतन्त्रता प्राप्त गर्न ९५ वर्ष र संगठित हुने अधिकार स्थापित गर्न १ सय १२ वर्ष लागेको थियो। यस अर्थमा प्राध्यापक रणधीर सिंहले भनेझैँ लोकतन्त्र ‘बडा नागरिक'हरूको उपहार होइन, बरु गरिखाने ‘छोटा नागरिक'हरूको संघर्षको प्रतिफल हो। नेपालमा पनि प्रजातन्त्रदेखि संसदीय प्रजातन्त्रसम्म र लोकतन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्मको उपलब्धि पनि ‘छोटा नागरिक'हरूको अथक संघर्षको परिणाम हो, जुन ‘बडा नागरिक'हरूबाट अपहरण हुँदै आएको छ।
इतिहासमा राज्यको लोकतन्त्रीकरणको क्रममा पुँजीवादले लोक र लोकतन्त्रलाई आर्थिक क्षेत्रबाट विस्थापित गर्दै आएको छ, आर्थिक क्षेत्र र राजनीतिक क्षेत्रबीचको शक्ति पृथकीकरणको नाममा। तर पनि गरिखाने वर्गले राजनीतिक लोकतन्त्रसँगै आर्थिक लोकतन्त्रका लागि संघर्ष गर्दै आएको छ। र, उनीहरूको संघर्षलाई विफल पार्न बसिखाने वर्गले ‘बडा नागरिक'को भेष धारण गर्दै लोकतन्त्रलाई सके अपहरण गर्ने, नसके औपचारिक बनाउने काम गर्दै आएको छ। नेपालको पछिल्लो राजनीतिक गतिरोध र द्वन्द्व पनि यस्तो ऐतिहासिक संघर्षबाट पृथक छैन।
लोकतन्त्रको विकासक्रम हेर्दा देखिन्छ, लोकतान्त्रिक राज्यलाई कार्यपालिका, विधायिका र न्यायपालिकाका रूपमा शक्ति पृथकीकरण गर्ने प्रयास भएको थियो, तर सबै अंग र शक्तिमाथि एकलौटी गर्न सम्पत्तिधारी ‘बडा नागरिक'हरूले थालेको अपहरणकारी क्रम भने रोकिएको थिएन। हुन त न्यायपालिकालाई स्वतन्त्र र तटस्थ बनाउने क्रम पनि नभएको होइन। तर, राल्फ मिलिब्यान्डले भनेझैँ इतिहासको धेरैजसो कालखण्डमा न्यायपालिका गरिखाने वर्गबाट मात्रै ‘स्वतन्त्र' भएको र उनीहरूलाई न्याय दिने मामिलामा मात्रै ‘तटस्थ' भएको स्थिति छ। यति हुँदाहुँदै पनि शक्ति पृथक्कीकरण तथा लोकतन्त्रका कानुनी र राजनीतिकरूपले ‘नागरिक समाज' का लागि एउटा निश्चित हदसम्म खुकुलो धरातल (फ्री स्पेस) दिएको तथ्यलाई प्राध्यापक सिंहले झैं सकार्नैपर्छ।
नागरिक समाजमाथि हेजेमोनी
अन्तोनियो ग्राम्सीका अनुसार कुनै पनि देशको समाज दुई प्रकारका हुन्छन् : एक राजनीतिक समाज, दुई नागरिक समाज। उनले दिएको नागरिक समाजको परिभाषाभित्र सरकारी र सामाजिक संघ/संस्थासमेत समेटिन्छन्, गैरसरकारी संस्थामात्रै होइन। राजनीतिक समाज शक्तिशाली भएको देशमा राज्य वा केन्द्रले विद्रोहविरुद्ध राज्यशक्ति प्रयोग गर्छन् भने नागरिक समाज बलियो भएको मुलुकमा विद्रोहविरुद्ध बल होइन, नायकत्व वा वर्चस्व (हेजेमोनी) स्थापित गरिन्छ। नेपाली समाज पनि राजनीतिक समाजबाट नागरिक समाजमा रूपान्तरित भइरहेको स्थितिमा नागरिक समाजमाथि नायकत्व वा वर्चस्वका लागि ठूलो संघर्ष भइरहेको छ। जसले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायजस्तो लोकरिझ्याइँपूर्ण नारासहित ‘छोटा नागरिक'हरूको मनमस्तिष्कमा पनि ‘हेजेमोनी'का लागि भरमग्दुर प्रयास गर्दैछ। कहिले आलंकारिक राष्ट्रपतिमा विधायिकी र कार्यकारिणीजस्ता शक्तिको एकत्रीकरणका लागि सडकमा निस्कने त कहिले संघीयता र समावेशीकरणविरुद्ध सेतो टी-सर्टधारी संघर्ष थाल्ने अनेक रूपरंगका ‘बडा नागरिक'हरू नै अचेल शक्ति पृथकीकरण र लोकतन्त्रको लोभलाग्दो नारासहित सडक तताइरहेका छन् र प्रधान न्यायाधीश नेतृत्वको सरकार बहिष्कार गर्ने धम्की दिइरहेका छन्।
अब पनि ‘छोटा नागरिक'हरूले ‘बडा नागरिक'हरूका नीति र नियत बुझ्न सकेनन् भने, विद्रोही फ्रान्सेली विद्यार्थीहरूले जस्तै उनीहरूको पोलिटिक्समाथि प्रश्न उठाउन सकिएन भने, नागरिक समाजमा राजनीतिक-आर्थिक-सांस्कृतिक लोकतन्त्र स्थापनाका लागि प्रति-वर्चस्व (काउन्टर हेजेमोनी) स्थापनाका लागि सुविचारित संघर्ष चलाउन सकेनन् भने लोकतान्त्रिक गणतन्त्र पनि अपहरित हुनेछ। त्यस्तो अपहरण ‘सत्ता-कब्जा गर्न खोजिरहेका माओवादीबाट सर्वसत्तावाद लाद्न खोज्दैछ' भन्ने बुलन्द नाराका आधारमा भए अनौठो हुने छैन। त्यस्तो राजनीतिक दुर्घटना हुनुअघि नै ‘छोटा नागरिक'हरूले घोषणा गर्न सक्नुपर्छ : सार्विक मताधिकार, वैयक्तिक स्वतन्त्रता, संगठन र भेला हुने स्वतन्त्रता, प्रेस र विचारको स्वतन्त्रता, राजनीतिक बहुलवादजस्ता लोकतान्त्रिक अधिकार ‘बडा नागरिक'हरूले दिएका कोसेली होइनन्।