नेपाली राजनीतिमा लागेको ग्रहण अझै हट्न सकेन र संविधान सभा निर्वाचनको सुनिश्चितता पनि हुन सकेन। यतिबेलाको राष्ट्रिय कार्यभार नयाँ संविधान निर्माण नै हो। संविधान निर्माणका लागि संविधान सभा अनिवार्य छ। हामी हिजोको संविधान सभा ब्युँझाउन अब सक्दैनौं।
संविधान सभाबाट संविधान बनाउनका लागि निर्वाचन पहिलो आवश्यकता हो। त्यसको आधार हो राजनीतिक दलहरुको सहमतिमा चुनावी सरकार गठन। राजनीतिक दलको नेतृत्वमा सहमतिको सरकार गठन गरेर ताजा जनादेशमा जाने कुरा मूलतः एमाओवादीका कारणले असफल भएपछि दलहरु अन्य विकल्पका लागि पनि लचिलो बनेको कुरा प्रष्ट छ। पछिल्लो समयमा गैरराजनीतिक व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गरेर भए पनि निर्वाचनको वातावरण बनाउनुपर्छ र देशलाई निकास दिनुपर्छ भन्ने कुरामा एमाले-कांगे्रससहितका दलहरु आ-आफ्ना अडान त्याग्न तयार भएका छन्। आफ्ना दलहरुभित्र विरोधका स्वरहरुका बावजुद नेतृत्वले गैरराजनीतिक नेतृत्व स्वीकार्ने आँटसमेत गरेको छ। तर अझै पनि एमाओवादीको नियत के हो प्रष्ट हुन सकेको छैन। र, पछिल्लो सहमतिले पनि मूर्तता पाउन सकेको छैन। परिणामस्वरूप चुनावी सरकार गठन र निर्वाचनको सुनिश्चितता हुन सकेको छैन।
अनेकौं तगारा तेर्स्याएर, अनेकौं जालझेल, षडयन्त्र र नौटंकीहरु गरेर बाबुराम भट्टराई नेतृत्वको वर्तमान सर्वसत्तावादी सरकारको आयु तन्काइरहने र राज्यसत्तालाई आफ्नो कब्जामा राखिरहने एमाओवादीको योजना सबैका अगाडि छर्लङ्ग नै छ। एमाओवादी र प्रधानमन्त्रीको हठका कारण राजनीतिक निकासविना राष्ट्र बन्धक बनेको हो। हरेक क्षेत्रमा नेपालको आन्तरिक मामिलामाथिको वैदेशिक हस्तक्षेप नाङ्गो बनेको छ। जनता महँगी, भ्रष्टाचार र कुशासनको मारमा थिचिएका छन्। राष्ट्रिय राजनीति संकटको भुमरीमा छ। आर्थिक सामाजिक क्षेत्र अस्तव्यस्त बनिरहेको छ। यसरी देश हरेक दृष्टिले असफलतातर्फ धकेलिँदैछ। तर, 'अन्धकारमा पनि चाँदीको घेरा हुन्छ' भनेझैं नेपाली राजनीतिक आकाशमा मडारिएको कालो बादल हट्ने र नयाँ जनादेशमार्फत् राष्ट्रले निकास पाउने आशा भने अझै मरिसकेको छैन।
राजनीतिक नेतृत्वमा सहमतिको सरकार गठन गरेर संविधान सभाको निर्वाचनमा जान सकेको भए संविधान सभाको निर्वाचन सुनिश्चित हुने र संविधान निर्माणको बलियो आधार तयार हुने थियो। तर, संविधान सभाको हत्या गरेर संविधान बन्न नदिई देशी विदेशी शक्ति केन्द्रको बलमा सत्तामा रहन सफल भट्टराईले सजिलै सत्ता छाड्नेवाला थिएनन्। भट्टराईलाई सत्तामा राखिराख्न पर्दा पछाडिका शक्तिहरुको स्वार्थमात्र थिएन, एमाओवादीको रणनीतिक दाउपेच पनि थियो। यसको अर्थ एमाओवादी संवैधानिक तरिकाले एकलौटी सत्ताकब्जा गर्ने षडयन्त्रमा थियो। त्यो रणनीतिअनुसार नै माओवादी अघि बढिरहेको छ। देशमा सर्वसत्तावाद र अधिनायकवाद लाद्ने, विभिन्न शक्ति केन्द्रहरुको स्वार्थसिद्ध गर्ने, राजनीतिलाई सही 'डिस्कोर्स' मा जान नदिने, निर्वाचन हुन नदिने र संविधान बन्न नदिने षडयन्त्रमा एमाओवादी-बाबुराम समूह सक्रिय छ नै। पार्टी फुटेको, जनताबीच जाने कुनै आकर्षक एजेण्डा नभएको र जनताबीचको साख नराम्रोसँग खस्किएको एमाओवादी अहिले पनि निर्वाचनमा जान चाहँदैन।
यतिबेला सहमतिको मुख्य बाधक भट्टराई सरकार नै हो। यो सरकारले न निर्वाचन गराउन सक्यो न सहमति बनाउन नै सफल भयो, न बाटो नै छोड्यो। यो सरकारको कुनै राजनीतिक, संवैधानिक र नैतिक हैसियत पनि छैन। तर पनि ऊ सत्तामा लिसोझैं टाँस्सिइरहेको छ। त्यस्तो असक्षम र असंवैधानिक सरकारलाई हटाउन सकेको भए राजनीतिक निकासका लागि सहज बाटो खुल्न सक्थ्यो। यसको बहिर्गमनको भरपर्दो हतियार आन्दोलन नै थियो। त्यसकारण राजनीतिक दलहरु कुनै भ्रममा नपरी एजेण्डासहितको सशक्त जनआन्दोलनमा अघि बढ्नु जरुरी थियो। तर दुई-दुई पटक उठ्न थालेको आन्दोलनमाथि पानी खन्याउने काम भयो। राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दलहरुलाई आह्वान गर्दा वा यतिबेला चुनावी सरकार गठनको प्रयत्न भइरहँदा होस्, आन्दोलन स्थगित गर्न जरुरी नै थिएन। कम्तिमा वर्तमान सर्वसत्तावादी सरकारलाई हटाई सहमतिको सरकार गठनका लागि आन्दोलन र वार्ता दुवै मोर्चामा अघि बढ्नुपर्थ्यो। त्यो हुन नसक्दा एकातिर आन्दोलनले निकास दिने विकल्प पनि रहेन र वार्ता पनि सफल भएन। आन्दोलनको धक्काले नै एमाओवादी अधिनायकवादलाई परास्त गर्न सकिन्थ्यो। त्यस सवालमा दलहरु चुकेकै हुन्।
सहमतिको सरकार प्रमुख कुरा हो, नेतृत्व गौण हो भन्ने निष्कर्षका आधारमा पार्टीले आफूले नेतृत्वको दावीसमेत गरेन। यसको अर्थ एमाले सरकारको नेतृत्व गर्न असक्षम भएर वा जिम्मेवारीबाट भागेर दावी छोडेको थिएन। एमाले सरकारको नेतृत्व गर्न र राष्ट्रलाई कुशल नेतृत्व दिन सक्षम छ। तर सहमतिको सरकार निर्माण, संविधान सभाको निर्वाचन र संविधान निर्माणप्रति जिम्मेवारी बोध गर्दै नेतृत्वको सवालमा लचकता देखाएको हो। एमालेको धारणा राजनीतिक दलको नेतृत्वको विकल्पमा जानुपर्छ भन्ने कदापि होइन। राजनीतिक दलहरुले समाधान गर्न नसकेको समस्या त्यस बाहिरबाट अर्थात् गैरराजनीतिक नेतृत्वबाट सम्भव छैन भन्ने कुरामा पनि एमाले प्रष्ट छ। राजनीतिक दलहरु असफल, असक्षम, नालायक अनि स्वतन्त्र व्यक्ति सक्षम र लायक? यो राजनीतिक दलहरुलाई कमजोर बनाउने र 'कर्नर' पार्ने खेलबाहेक केही होइन भन्ने कुरामा पनि भ्रम छैन।
यतिबेला विवादका बावजुद दलहरु बहालवाला प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेर जान सहमत छन्। राजनीतिक दलहरुको भूमिका स्थापित गर्न र स्वतन्त्र न्यायालयको मर्म, लोकतन्त्रका मूल्य मान्यता एवं शक्ति पृथकीकरणको सिद्धान्तलाई ध्यानमा राख्दा यो कुनै हालतमा पनि असल विकल्प होइन। यसरी जाँदा भोलि आइपर्ने संवैधानिक र अन्य समस्याबारे पनि दलहरु सचेत हुनुपर्ने छँदैछ। अर्कोतिर यो योजना राजनीतिक दलहरुलाई कमजोर बनाउने 'डिजाइन' अन्तर्गत आएको कुरामा पनि दलहरुले हेक्का राख्नैपर्छ। तर बाबुराम भट्टराईको नेतृत्वमा कुनै हालतमा निर्वाचन हुन नसक्ने यथार्थता ध्यानमा राखेर निर्वाचनको सुनिश्चितताका कारण असल विकल्प नहुँदा नहुँदै पनि त्यस्तो बाटोमा पनि जानुपर्ने बाध्यता दलसामु खडा भयो।
साँच्चिकै निर्वाचनको ग्यारेण्टी हुने अवस्थामा पूर्व वा बहालवाला प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेर जानै नसकिने होइन। यही सवालमा पनि राजनीतिक दलबीच सहमति गरेर जान सकिएको भए सहज हुन सक्थ्यो। तर एमाओवादीले त्यसको स्वामित्व एकलौटीरूपमा लिनका लागि एकपक्षीय ढंगले प्रस्ताव अघि सार्नु कति जायज थियो? एमाओवादीले यो नयाँ पासा फाल्नुको नियत सहमति नहोस् भन्नेे नै हो। त्यसको खास अर्थ जब सहमति हुँदैन, विपक्षीहरु सहमति चाहँदैनन् भन्ने हल्ला गरेर यही सरकारको आयु लम्ब्याउने नै हो। एमाओवादी सहमतिमात्र होइन, चुनाव पनि चाहँदैन भन्ने यो अर्को प्रमाण हो।
अहिलेसम्म सरकारको टुङ्गो नै नलागेको अवस्थामा जेठमा निर्वाचन हुन सक्ला? अर्को गम्भीर प्रश्न हाम्रा सामु छ। साँच्चिकै निर्वाचनमा जाने हो भने त्यसका आधारहरु तत्काल निर्माण गर्न जरुरी छ। चुनावी सरकारको गठनलगत्तै निर्वाचनसम्बन्धी संवैधानिक र कानुनी बाधा अड्चन फुकाउनुपर्ने हुन्छ। अनि निर्वाचन आयोगलगायत्का संवैधानिक निकायहरुलाई पूर्णता दिन जरुरी हुन्छ। यतिबेला संविधान सभाको निर्वाचनसँगै स्थानीय निकायको निर्वाचन पनि अनिवार्यरूपमा हुनैपर्छ। स्थानीय निकायविना स्थानीय निकायहरुमा भ्रष्टाचार व्याप्त हुनुका साथै जनताले पाउने सेवा सुविधामा पनि ठूलो अप्ठेरो छ। त्यसैले आगामी जेठमा नै स्थानीय निकायको अन्तरिम निर्वाचन हुनुपर्छ। कुनै कारणबस संविधान सभाको निर्वाचन जेठमा सम्भव नहुने अवस्था आएमा दलहरुले निर्वाचनको मिति अर्को पटक नसर्ने गरी निर्धारण गर्न सकिन्छ। ढिलोमा आगामी कात्तिकभित्र जुनकुनै हालतमा निर्वाचन भइसक्नुपर्छ। तब नै जनताको अधिकार र पहिचानसहितको संविधान निर्माण हुनेछ र राष्ट्रलाई आर्थिक सामाजिक रुपान्तरणको मूलमार्गमा हिँडाउन सकिनेछ।
हाम्रो आजको मुख्य कार्यभार 'पहिचान र अधिकारसहितको संघीयता र संविधान सभाबाट संविधान निर्माण' नै हो। संविधानका लागि ताजा जनादेश र त्यसका लागि संविधान सभाको निर्वाचन अनिवार्य छ। संविधान सभाबाट नयाँ संविधान निर्माणका लागि सहमतिको सरकार आधारशीला हो। हाम्रो अहिलेको अर्जुनदृष्टि निर्वाचन र संविधान नै हो। त्यो काम कसरी छिटो र सहज तरिकाले हुनसक्छ, त्यसमा नै दलहरुको ध्यान मुख्यरूपमा केन्द्रित हुन जरुरी छ। यहीँनेर राजनीतिक दलहरुको अग्निपरीक्षा हुनेछ।