चाभेज हुनुको अर्थ
२८ फागुन २०६९
•
२० मिनेट पाठ
चाभेज हुनुको अर्थ
ह्युगो चाभेज ल्याटिन अमेरिकाका जनताका लागिमात्रै होइन, सिंगो विश्वका न्यायप्रेमीका लागि आशाको दियो थिए। त्यही आशाको दियो फागुन २२ गते सदाका लागि झ्याप्प निभेको छ, क्यान्सर रोगसँग लड्दालड्दै। अमेरिकाबाट निर्देशित विद्रोही सैनिक, विपक्षी दल, मिडिया मुगल र ठूलठूला पुँजीपतिले पनि गर्न नसकेको काम क्यान्सरका सेलले गरेर देखाएका छन्। तर, चाभेजले छरेको विचारको राप, ताप र प्रकाश भने उनको देहान्तपछि पनि कम हुने देखिएको छैन किनभने उनको विचार र व्यवहारको ज्योति त्यति कमजोर छैन। वास्तवमा उनले २१ औँ शताब्दीलाई विश्वको दक्षिणी गोलार्द्धमा रहेका जनताको समाजवादी शताब्दीमा फेर्ने सपना देखेका थिए।
मार्च २००५ मा कोलकाताका हजारौँ जनतालाई सम्बोधन गर्दै उनले घोषणा गरेका थिए, 'उन्नाइसौँ र बीसौँ शताब्दी युरोप र अमेरिकाका शताब्दी थिए। तर, यो शताब्दी एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको हुनेछ। एकताबद्ध भयौँ भने हामी संसारकै शक्तिशाली जनता हुनेछौँ, आर्थिकरूपमा पनि, अन्यरूपमा पनि।'

ल्याटिन अमेरिकास्थित भेनेजुयलाका वामपन्थी राष्ट्रपति ह्युगो चाभेज त्यस्ता व्यक्ति थिए, जसले नव-उदारवादी पुँजीवादको विकल्प देखाए, जसले २१ औँ शताब्दीमा पनि समाजवादको भविष्य रहेको आभास दिलाए। यसरी आशाको दियो बालेका चाभेजले वामपन्थीबीच सुधार र क्रान्तिबारे नयाँ सिराबाट सोच्न बाध्य पार्नेगरी बोलिभारियन क्रान्तिको अगुवाइ गरेका थिए। सन् १९९८ मा भएको राष्ट्रपतीय निर्वाचनमा लोकप्रिय मतबाट जितेका चाभेजले आफूलाई सत्ताच्युत गर्न सन् २००२ मा अमेरिकाबाट प्रायोजित सैनिक विद्रोह र तेल कम्पनीहरूको हडताललाई आमजनताको सक्रिय परिचालनबाट परास्त गरेका थिए। र, संसारभरका वामपन्थीलाई, आमजनतालाई साँच्चै नै सत्तासीन, शक्तिशाली र निर्णायक कसरी बनाउने भन्ने पाठ पढाएका थिए।




नव-उदारवादी पुँजीवादविरुद्ध
अमेरिकी प्रोफेसर गेरार्डाे रेनिक्वेका अनुसार आमजनताको सक्रिय सहभागितामा थालिएको बोलिभारियन क्रान्तिका अन्य आधारमध्ये मिश्रित अर्थतन्त्र, कल्याणकारी नीति र कार्यक्रम, तटस्थ विदेशनीति, लोकप्रिय राष्ट्रवाद थिए। व्यापक जनसहभागिताको बलमा लागु गरिएका यिनै नीति र कार्यक्रमले अमेरिकाद्वारा लादिएको 'वासिङ्टन सहमति' अनुसारको नव-उदारवादी ब्लुप्रिन्ट च्यातेका थिए। उनले कामबाटै प्रस्ट्याए, नवउदारवादी पुँजीवादको बाढीबीच सबैजसो राजनीतिक विचार डगमगाएको बेला पनि वैकल्पिक विचार स्थापित गर्न सकिन्छ। त्यसका लागि आफ्नो देशको विशिष्ट क्षमता पहिचान गर्ने र आमजनताको अजङ शक्ति खोज्ने दृष्टिकोण जरुरी छ, न्याय र सत्यका लागि एक्लै भए पनि उभिने साहस आवश्यक छ। आफ्नो देशको विशिष्ट स्थितिमा रूपान्तरणकारी दृष्टिकोणको सिर्जनात्मक प्रयोग गरेका चाभेजको क्रान्तिकारी साहस प्रेरणादायी छ। एक्काइसौं शताब्दीको संघारमा ल्याटिन अमेरिकामा नवउदारवादी पुँजीवादको विपक्षमा कोही नउभिएको र वामपन्थी सरकारको अस्तित्वसमेत नभएको बेला पनि उनले वैकल्पिक खाकासहित उभिने आँट गरेका थिए। त्यसै क्रममा आज ब्राजिलदेखि अर्जेन्टिनासम्मका अधिकांश मुलुकमा वामपन्थी सरकारको निर्माण र जनताको प्रतिरोध संघर्ष तीव्र र व्यापक भएको छ।
भेनेजुयलाका गरिखाने जनता र अर्काे पेट्रोलियम पदार्थको विशाल भण्डारलाई सडक र सरकारबाट नवउदारवादी पुँजीवादको प्रतिरोधका लागि अत्यावश्यक मुख्य भौतिक आधारका रूपमा उनले ठम्याएका थिए। विश्वको कुल पेट्रोलियम पदार्थको पाँच भाग आफ्नो सीमामा रहेको भेनेजुयलाको त्यही प्राकृतिक शक्तिको महŒव उनले राम्ररी बुझेका थिए। सन् १९९७ सम्म त्यही स्रोतमाथि जारी रहेको पुँजीवादी लुटलाई उनले राष्ट्रियकरणको हतियारले समाप्त पार्ने, पश्चिमी देशका बहुराष्ट्रिय कम्पनीबाट पहिलेभन्दा बेसी मात्रामा रोयल्टी दिन बाध्य पार्ने तथा त्यसको आम्दानी देश र जनताका समृद्धिका लागि खर्चने काम गर्दै आर्थिक सुधारलाई क्रान्तिकारी दिशा प्रदान गरेका थिए। भ्रष्टाचार र गरिबीविरुद्ध जेहाद छेड्ने नाराका साथ निर्वाचनबाट सत्तासीन भएपछि उनले गरेको सबैभन्दा ठूलो काम हो, पेट्रोलियम पदार्थसँग सम्बन्धित खानी र कम्पनीहरूको राष्ट्रियकरण तथा त्यसबाट प्राप्त विशाल रकम देशमा गरिबी उन्मूलनसँगै सबैजसो गरिबका लागि स्वास्थ, शिक्षा, रोजगार र पेन्सनजस्ता सामाजिक सुरक्षाका कार्यक्रममा खर्च गर्ने काम। सामाजिक कल्याणका यिनै क्षेत्रमा गरिएको राष्ट्रिय लगानीले उनको सरकारलाई साँच्चै जनपक्षीय ठहर्या्एको थियो भने उनी लोकप्रियतावादी कार्यक्रमको घोडामा सवार पपुलिस्ट लिडरमात्रै होइन भन्ने पनि पुष्टि गरेको थियो।
चाभेजका हरेक सामाजिक कल्याणका कार्यक्रमको केन्द्रमा गरिखाने गरिब जनता थिए भने त्यस्ता नीतिको नेपथ्यमा थिए सामाजिक न्यायको भावना। उनले पेट्रोलियम पदार्थको भण्डारलाई अमेरिकी र युरोपेली राष्ट्र एवं कम्पनीको एकाधिकारलाई ठाडै चुनौती दिनमा मात्रै होइन, अन्य गरिब उत्पीडित देशको सार्वभौमिकतालाई बचाउन र आफ्नो देशका जनताको स्वास्थ स्थितिमा सुधार गर्न पनि प्रयोग गरेका थिए। उदाहरणका लागि, अमेरिकी कोपभाजनको शिकार भएको क्युबालाई अमेरिकी-युरोपेली पेट्रोलियम पदार्थप्रतिको निर्भरता घटाई उनले स्वास्थ्य क्षेत्रमा रहेको क्युबाली विशेषज्ञतालाई गरिब भेनेजुयलाबासीको स्वास्थ्य सुधारका लागि उपयोग गरेका थिए। कसरी हुन्छ, गरिब जनताको जीवन स्थितिमा सुधार र परिवर्तन ल्याउनेखालका जनपक्षीय नीति र कार्यक्रम लागु गर्ने मामिलामा चाभेजले कुनै सम्झौता गरेका थिएनन्, न त संघर्ष गर्न नै छाडेका थिए।
बोलिभारियन मुभमेन्टको नौलो प्रयोग
जनपक्षीय नीति लागु गर्ने मामिलामा चाभेजको प्रतिबद्धता र इमानदारिताको जगमा भेनेजुयलाका गरिखाने जनता थिए। निम्नमध्यम वर्गीय शिक्षक आमा-बुबाका सन्तान चाभेजले राष्ट्रिय सैनिक एकेडेमीबाट प्रशिक्षित भई त्यही प्रशिक्षक हुँदा सन् १९८० को दशकमै भेनेजुयलाका गरिखाने जनताको पक्षमा क्रान्ति गर्ने उद्देश्यले 'रिभोल्युसनरी बोलिभारियन मुभमेन्ट' नामक गोप्य संगठन सेनाभित्रै निर्माण गरेका थिए। पाँच सय वर्षसम्म औपनिवेशिक शासन गर्ने स्पेनिस साम्राज्यविरुद्ध राष्ट्रिय मुक्ति संग्राम लडेका सिमोन बोलिभार, उनका गुरू सिमोन रोड्रिग्वेज तथा इजाक्वेल जमोरालाई आफ्नो आदर्श नायक ठान्ने सैनिक प्रशिक्षक चाभेजले सिमोन बोलिभारकै नाममा संगठन सिर्जना गरेका थिए। गरिखाने वर्गको मुक्तिको सिद्धान्तलाई ल्याटिन अमेरिकामा विशिष्ट स्थितिमा क्रान्तिकारी परिवर्तनको सूत्रका रूपमा लागु गर्ने क्रममा उनले बोलिभारलाई गुरू थाप्नु र उनकै नाममा संगठन गर्नुमा सिद्धान्तको सिर्जनात्मक प्रयोग निहीत रहेको तथ्यतिर मार्क्सवादी अध्येता मार्ता हार्नेकरले संकेत गरेकी छिन्। पार्टीको नामलाई मार्क्सवादी शब्द-जालले ढाक्ने, श्रमको क्षेत्रमा हँसिया-हथौडा प्रयोगै नभएका देशमा पनि पार्टीको झन्डामा तिनै प्रतीक टाँस्ने अनि युरोपमा बनेका शब्द र सूत्र घोक्ने परम्परा रहेको बेला उनको प्रयोग सिर्जनात्मकमात्रै होइन, वस्तुनिष्ठ पनि साबित भयो।
हुन त सार्वजनिक सेवा र त्यसमा सरकारी लगानी कटौती गर्ने राष्ट्रपति कार्लाेस एन्द्रेस पेरेजको प्रयासविरुद्ध फुटेको जनआक्रोशलाई भजाउने नियतले सन् १९९२ मा उनको नेतृत्वमा भएको सैनिक विद्रोह असफल भएको इतिहास पनि नभएको होइन। तर त्यही असफल सैनिक विद्रोह र दुई वर्षको जेल-बसाइलाई पनि जनाधार विस्तारका लागि उपयोग गर्न सफल चाभेजले सन् १९९८ मा भएको राष्ट्रपतीय निर्वाचनअघि-पछि फुकी-फुकी पाइला चालेको तथ्य स्मरणीय छ। उनले सुरुमा भ्रष्टाचार र गरिबीविरुद्ध जेहाद छेड्ने चुनावी प्रतिबद्धता जाहेर गरेका थिए भने सरकार र जनतामा आफ्नो पकड बलियो भएपछि नव-उदारवादी पुँजीवादको विरोध र समाजवादी नीतिको पक्षमा वकालत गर्न थालेका थिए। र, विदेश नीतिमा पनि अमेरिकी हस्तक्षेपविरुद्ध विस्तारै कडा अडान लिने क्रममा उनले सन् २००१ पछि अमेरिकी आदेश नमान्ने देशका शासकलाई शैतान भन्ने तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसलाई समेत 'शैतानहरूका बादशाह' भन्दै हरेक हिसाबले टक्कर लिने आँट गरेका थिए।

किंवदन्तीका नायकको मतलव
अमेरिकाको आँगनमै बसेर उससँग टक्कर लिने चाभेज ल्याटिन अमेरिकाका मात्रै होइन, सिंगो विश्वका न्यायप्रेमीहरूका आशाको एउटा जिउँदोजाग्दो दियो बन्न सक्नुका केही उल्लेखनीय कारण छन्। अध्येता स्टिभ इलेनरका अनुसार पहिलो कारण हो, शान्तिपूर्ण र चुनावी मार्गमा पनि वर्चस्व कायम गर्न सक्नु। चे ग्वेभारादेखि अबिमायल गुज्मानसम्मको छापामार युद्धको लामो इतिहास भएको ल्याटिन अमेरिकामा चाभेजले सशस्त्र संघर्ष नराम्ररी विघटन भएको तथ्य देखेका थिए। उनले शान्तिपूर्ण र चुनावी बाटोबाट वामपन्थी सरकार चलाएका समाजवादी नेता डा. साल्भाडोर अलेन्देलाई सैनिक, मिडिया र पुँजीको बलमा सत्ताच्युत गरिएको दृश्य पनि देखेकै थिए। यस्तो अवस्थामा सन् १९७० को दशकदेखि भुइँ तहबाट उठेका विभिन्नखाले सामाजिक आन्दोलनको जगमा राजनीतिक दाबेदारी गर्ने अभ्यासबाट बेसी पाठ सिकेरै उनी आफ्नो असफल विद्रोहपछि छापामार युद्धका लागि जंगलतिर लागेनन्, बरु जनतालाई संगठित गरी चुनावबाटै केन्द्रीय सरकारमाथि अधिकार जमाउने उद्योगमा लागिपरेका थिए। अतः उनले चुनावी मार्गबाट गएर लोकतान्त्रिक विधिबाट सामाजिक रूपान्तरण गर्न पनि स्पष्ट चुनावी बहुमत आवश्यक हुने तथ्यबोध राम्ररी नै गरेको देखिन्छ। त्यसकै छायाँ देखिन्छ, सन् १९९८ देखि भएका लगभग दश पटकभन्दा बेसी निर्वाचनमा उनले ६० प्रतिशतभन्दा बेसी मत प्राप्त गरेको तथ्यमा। सन् १९७० मा डा. अलेन्देले ३६ प्रतिशतमात्रै मत प्राप्त गरी चिलीको राष्ट्रपतित्व सम्हाल्दा सामाजिक रूपान्तरणको काम गर्न गाह्रो भएको र अन्ततः सैनिक विद्रोहपछि मारिनुपरेको तीतो सत्यलाई भेनेजुयलामा नदोहोर्या उने उनको प्रयास उल्लेखनीय छ।
दोस्रो कारण हो, सामाजिक रूपान्तरणका लागि आमजनताको सक्रिय सहभागिता कायम गर्नु। उनले चुनावमा आफ्नो पक्षमा मतदानका लागि वा अन्य काममा निष्त्रि्कय समर्थनका जनपरिचालन गरेनन्, बरु सरकारले माथिबाट नीति-निर्णय गर्ने, तलबाट सक्रिय जनपरिचालन गर्ने नीति अख्तियार गरे। उनले स्वार्थसिद्धिका लागि जनतालाई उपयोग गर्ने पद्धति नअँगाली प्रत्येकजसो महŒवपूर्ण नीति-निर्णयमा जतनाको सक्रिय सहभागिताको प्रणाली अँगाले। त्यस प्रणालीलाई संस्थागत गर्न जनसहभागिता र सामाजिक विकास मन्त्रालय नै बनाए।
संविधान सभामार्फत् नयाँ लोकतान्त्रिक र रूपान्तरणमुखी संविधान लेखनदेखि अन्य सामाजिक रूपान्तरणका काममा जनमत र उनीहरूको भोटको उपयोग उनले थालेको सहभागितामूलक लोकतन्त्रले जति कमै तन्त्रले मात्रै गरे होला। त्यसमा पनि जनतासँग सरोकार राख्ने कुनै पनि राजनीतिक, आर्थिक र सांस्कतिक मुद्दासँग जोडिएका हजारौँ सामुदायिक संगठनको निर्माण गर्ने उनको खुबी उदाहरणीय छ। ती मुद्दामा आमजनतासँग उनले गर्ने गहन र प्रेमपूर्ण संवादले पनि उनलाई चामत्कारिक नेताका रूपमा स्थापित गरेको थियो।
तेस्रो कारण हो, ८० प्रतिशतभन्दा बेसी गरिखाने जनतालाई केन्द्रमा राखेर सहभागितामूलक ढंगले बजेट निर्माण गर्ने र त्यस्तो बजेट लागु गर्दा पनि तिनै जनताको नेतृत्व र सहभागिता हुने पद्धति र संस्कृति अँगाल्नु। यसरी जनसहभागिताका आधारमा सरकार सञ्चालन र सरकारदेखि जनतासम्मले सामाजिक रूपान्तरणको अगुवाइ गर्ने काम कममात्रै भएको हुनुपर्छ।
'द भेनेजुयलन रिभोल्युसन' का लेखक रहेका ब्रिटिस मार्क्सवादी अलान वुड्सका अनुसार जनतालाई हरेक हिसावले सत्तासीन गर्ने कामबाट उनी जनताको नायक भएको देखिन्छ। यिनै काम, काम गर्ने आँट र भिन्न कार्यशैलीले उनलाई छोटो समयमा जिउँदै किंवदन्तीका नायक बनाएको हुनसक्छ। जनताको जीवनमा फेरबदल गर्ने तौरतरिका र तिनलाई लागु गरिछाड्ने दृढ इच्छाशक्तिले उनलाई दन्त्यकथाका नायक बनाएको हुनसक्छ। शान्तिपूर्ण मार्गबाट भेनेजुयलाबासीको जीवन र जगत्मा ल्याइएको रूपान्तरणको सूत्रधारका रूपमा उनको महŒव मृत्युपछि पनि कायम रहनेछ। नेपाललगायत् दक्षिणी गोलार्द्धका मुलुकका लागि पनि नवउदारवादी पुँजीवादविरुद्ध उभिने, २१औँ शताब्दीमा समाजवादको सपना देख्ने र आफू बाँचिरहेसम्म देशभित्र सामाजिक रूपान्तरणको कुशल र साहसिक नेतृत्व गर्ने नायकका रूपमा स्थापित भएका चाभेज र उनले थालेको रिभोल्युसनरी बोलिभारियन मुभमेन्टको महŒवबोध गरिखाने जनतामा बढ्दो छ। चाभेजको देहान्तपछि उनले थालेको क्रान्ति र उनीसँगै भेनेजुयलाका जनताले देखेको सपनाले निरन्तरता पाएनन् भने तिनको संस्थागत रूप पाइनसकेको तथ्य बुझ्नुपर्ने हुन्छ। उनको शवलाई पनि लेनिन र माओको शरीरलाई जस्तै स्मारक बनाएर सार्वजनिक प्रदर्शनमा राखिछाड्ने वा अन्य कुनै पनि नाममा उनलाई देवत्वकरण गरियो भने सांस्कृतिकरूपमा जनताको सशक्तीकरणको अभियान पनि बलवान भएको रहेनछ भन्ने सत्य थाहा पाउनुपर्ने हुन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस