हिन्दु वर्ण व्यवस्थाअनुसार सिर्जित नेपाली समाजमा विद्यमान जात व्यवस्थाले आमदलित समुदायलाई विभेदको सिकार बनाइरहेको छ । व्यक्तिको मनोविज्ञान भन्दा पनि सामाजिक प्रतिष्ठाको विषयलाई महत्व दिने परिपाटी समाजमा जीवितै रहेकाले दलित समुदायमाथि हुने गरेका जातीय विभेदका घटना बाहिर आइरहेका हामी सबैले सुने/बुझेकै छौँ । कथित उपल्लो जातकी युवतीसँग गरिएको प्रेमलाई स्वीकार गर्न नसकेर भेरी नदीमा बगाइएका नवराज बिकहरूको घटना ताजै छन् । तल्लो जात भएकै कारण मारिएका काभ्रेका अजित मिजारहरू, चुलो छोएको निहुँमा कालीकोटका मानवीरे सुनारहरूले जीवन आहुति गर्नुपरेका घटना कम पीडादायी छैनन् ।
विभिन्न चरणमा भए/गरेका आन्दोलनमार्फत जातीय विभेद हटाउनका निम्ति चेतनासहितको परिवर्तन आयो भनेर गरेको विश्वास आज गलत सावित हुँदै जानु समाजका लागि नै विडम्बना भएको छ । गणतान्त्रिक शासन व्यवस्थाले पनि आजको नयाँ संरचनामा समाजमा गडेको जातीय छुवाछूतको जरा उखेल्न नसक्नु सिंगो मानव समाजका लागि नै दुर्भाग्य हुँदैछ । जातीय विभेद तथा छुवाछूतको समस्या दलित समुदायको मात्र हैन । यो समस्या आममानव जातिकै हो भन्ने विषयको बुझाइ समाजमा देखिँदैन । आफूलाई माथिल्लो दर्जाको रूपमा परिचित गराउनका लागि अरूलाई तल पार्नुपर्छ भन्ने विचलित मानसिकता पालेर बसेकाहरूबाट नै जातीय विभेदका नरसंहार दोहोरिइरहेका छन् भन्ने बुझाइ राज्यसत्ता सञ्चालन गर्नेहरूलाई कहिले हुन्छ ?
कोरोना भाइरसका कारण एकअर्काप्रति अछूतजन्य व्यवहार खेप्नुपरिरहेको भन्दै विभिन्न आक्रोश सञ्चार माध्यमबाट बाहिर पोखिएका थुप्रै उदाहरण छन् । दलित भएकै कारण वा दलित भनेर परिचय दिएपछि कोठाबाट निकालिने, कोठा नपाउने, आफ्नै सहपाठीबाट छुवाछूत तथा विभेदजन्य व्यवहार भएपछि आफ्नो वास्तविक जात ढाँटेर हिँड्ने दलितहरूको भिड बढ्दो क्रममा छ । कुनै उपल्लो जातको घरमा गएर परिचय दिँदा दलित भनेर परिचय दियो भने तपाईँ त दलित जस्तो पनि देखिनुहुन्न भन्ने गरेका थुप्रै क्षण छन् । यसबाट पनि बुझ्न सकिन्छ कि दलितलाई हेर्ने दृष्टि र सोचाइ नै फरक छ व्यक्तिको मानसपटलमा ।
सदियौँदेखि अपहेलित भएर समाजमा रहेको दलित समुदायलाई राज्यको मूल प्रवाहमा समाहित गराउनका लागि कहीँ न कहीँ राजनीतिक नेतृत्व चुकेको छ भन्ने सवालको खोजी किन गरिँदैन ? दलित समुदायको सवालमा नीतिगतरूपमा केही आसलाग्दा सुधार भए पनि व्यावहारिकरूपमा परिवर्तन भएको देखिँदैन । जातीय विभेद र छुवाछूतको कानुनी उपचार खोज्ने हो भने विभेदजन्य कसुरमा कानुनी निरुपणका बाटा पर्याप्त नै छन् तथापि व्यावहारिक चेतनाको सवालमा भने थुप्रै त्रुटि देखे/भोगेकै छौँ । त्यसैले समाजमा जातीय विभेदका घटना दोहोरिन नदिनका लागि जातीय विभेदविरुद्धका राष्ट्रिय अभियान चलाउन आवश्यक छ । हरेक समाजले अन्तरजातीय विवाहलाई मान्यता दिने परिपाटी विकास गराउनका लागि राजनीतिक नेतृत्व, नागारिक समाज, विभिन्न दलमा आबद्ध भएर दलित मुक्तिका लागि आवाज उठाउनेहरू सबै आआफ्नो स्तरबाट अभियानको तिर छेड्न जरुरी छ ।
यति मात्र हैन, जातीय विभेदविरुद्धको अभियानमा स्थिर समाजको आर्थिक र सामाजिक अन्तरविरोधलाई घुसाउन आवश्यक ठान्नुपर्छ । कुलिन ठालुवादको संस्कृतिलाई व्यक्तिको मनोविज्ञानबाट हटाएर दलित अधिकार संरक्षणमा पहल गर्नुपर्छ । निजामती सेवामा पनि समावेशिताका कारण जम्म एक प्रतिशत दलितको मात्र सहभागिता पाइन्छ । के विभिन्न समयमा भए/गरेका आन्दोलनमा दलित समुदायको योगदान भनेको त्यही एउटा वडा सदस्यका लागि मात्र थियो र ? के दलित समुदायका नेताहरूमा प्रत्यक्ष चुनाव लड्ने हैसियत राजनीतिक नेतृत्वले देख्न नसकेकै हो त ?
यो मुलुकमा दलित समुदाय कानुन कार्यान्वयनको तहमा पुग्नका लागि अझै धेरै संघर्ष गर्नुपर्ने अवस्था छ । के दलितका मुद्दा समाज प्रगतिका मुद्दा होइनन् र ? जातीय विभेदको सवाल दलितको मात्र हो भन्ने पुरातनवादी सोचको पर्खाल कहिले भत्काउने ? जातीय विभाजन, शासन पद्धति र सामन्ती सोचका कारणले यो समाज जातीय विभेदको दलदलमा भासिएको छ भन्ने सवाल राज्यसत्ताले कहिले मनन गर्ला ? यही जातीयताको पुरातनवादी विचारले गर्दा जातभातविनाको समाज कल्पना गर्ने पुस्ताहरूको सपनामा नै ठेस पुगिराखेको कुरा राज्यसत्तालाई बुझाउन दलित अगुवाहरूको भुमिका किन मौन छ ? राज्य व्यवस्था परिवर्तनका लागि बगेका दलितका पसिनालाई इतिहासले कसरी बिर्सन सक्छ र ?
करिब ६० लाख भन्दा बढी जनसंख्या भएको दलित समुदाय परिवर्तित मानिएको आधुनिक समाजमा जातीय भेदभाव जस्तो अमानवीय रसातलमा रुमलिइरहेको यो राज्यसत्ता टुलुटुलु हेरेर बस्नु आफैंमा निराशाजनक छ । जातीय विभेदविरुद्धका निम्ति न्यायिक निरुपणमा राज्यले अग्रसरता कहाँ देखिएको छ र ? अझै पनि जातीय विभेदका कतिपय घटना प्रहरीले दर्ता नै गर्न आनाकानी गरेका धेरै उदाहरण हामीबीच छन् । दलित समुदायको मुक्तिका लागि राजनीतिक दलहरूले जति नै मीठा नारा सुनाए पनि उनीहरूसँग विभेदविरुद्धका ठोस कार्यक्रम नै भएको पाइँदैन । प्रगतिशील दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने अहिलेको राज्यसत्ताले आमदलित मुक्तिका लागि कठोरता देखाउँछ भन्ने बुझाइ आमदलितको थियो तर त्यसो हुन सकेन । जातीय छुवाछूत र विभेदका सवालमा नीति कानुन संविधानमा परिवर्तन भए तर व्यवहार र चेतनामा परिवर्तन देखिएन । जसका कारण कानुन भएर पनि दलित समुदायले छुवाछूत र जातीयताको विभेद सहनु पर्दैछ । यो विषयलाई राज्यसत्ता केलाउन किन तयार छैन ?
जातीय विभेद भनेको सामाजिक धमिरा हो यसले समाजको प्रगतिलाई भित्रभित्रै खोक्रो बनाउँछ भन्ने बुझाइ आमव्यक्तिस्तरमा हुनु जरुरी छ । जातीयताको सामाजिक अन्तरघुलनलाई व्यवहारमा उतार्नका निम्ति पनि जातीय विभेदविरुद्ध सामाजिक अभियान चलाउन आवश्यक छ । भोलिको पुस्तालाई विभेदरहित समाज अनुभूत गराउनका लागि आजको युवा पुस्ताले जातीय विभेदविरुद्धको अभियान आवश्यक ठान्न जरुरी छ । समाजमा हेपिएको, तल परेका/पारिएका दलित समुदायको जातीय विभेदको मुद्दा राजनीतिक चिन्तनको विषय किन बन्न सकेन भन्ने विषयको खोजी गर्न पनि यो अभियान सुरु गर्नुपर्छ । ७५३ वटै स्थानीय तहमा जातिय विभेदविरुद्धका मुद्दा जोडदाररूपमा उठान गरी अभियान छेड्नका लागि तहगतरूपमा पहल थाल्न जरुरी छ । जातीय विभेदको जरा सदियौंदेखि गाडिएको हुनाले सहजरूपमा उखेल्न कठिन त होला तर निरन्तर अभियानले व्यावहारिक अभ्यासमा परिवर्तन ल्याउन सम्भव छ ।
(दलित अधिकारकर्मी)

आफूलाई माथिल्लो दर्जाको रूपमा परिचित गराउनका लागि अरूलाई तल पार्नुपर्छ भन्ने विचलित मानसिकता पालेर बसेकाहरूबाट नै जातीय विभेदका नरसंहार दोहोरिइरहेका छन् भन्ने बुझाइ राज्यसत्ता सञ्चालन गर्नेहरूलाई कहिले हुन्छ ?यसकारण जातीय उच–निचको प्रश्न, छुवाछूत र विभेदको प्रश्न, सामाजिक समानताको प्रश्न अनुत्तरित भइ नै रहेको हो । यी प्रश्न अनुत्तरित हुने किसिमको वातावरण किन बन्दैछ ? भन्ने सवालको खोजी र बहस गर्न राज्यशत्ता किन तयार देखिँदैन ? संघीय संसद्मा दलितको सहभागिता हेर्दा जम्मा ६.९ प्रतिशत मात्र छ । जुन निकायले दलित अधिकारका आवाज बोल्ने गर्छ । यसबाट प्रष्ट हुन्छ राजनीतिक दलहरूमा नै दलित समुदायको सहभागितालाई संकुचितरूपमा खुम्च्याइएको छ । दलित अधिकार तथा दलित समुदायको हकहितका निम्ति आवाज उठाउने अर्को थलो भनेको दलित आयोग हो तर आजसम्म उक्त आयोगले पूर्णता पाउन नसक्नु भनेको दलित अधिकारप्रति राज्यसत्ता गम्भीर नहुनु हो । आमदलित समुदायप्रतिको उपेक्षा हो ।