गएको साता तीन व्यक्तिले तीन मुलुकको सरकार प्रमुख बन्ने सौभाग्य पाए। चिनियाँ कम्युनिस्ट पार्टीले २ हजार ९ सय ५२ मतले ली खस्याङलाई विधिवत रूपमा १ अर्ब ३१ करोड जनसंख्या भएको मुलुकको प्रधानमन्त्री पदमा निर्वाचित भएको आधिकारिक घोषणा गर्योई। त्यसैगरी भ्याटिकन सहर, जसलाई सबैभन्दा सानो राज्य भनेर चिनिन्छ, को कार्यकारी प्रमुख तथा विश्वभरका १ अर्ब २० करोड अरब क्याथोलिक धर्मावलम्बीहरूको धर्मगुरुमा अर्जेन्टिनाका कार्डिनल जर्ज मारियो बर्गाेग्गलियो चुनिए। बाह्र सय वर्ष लामो इतिहासमा गैरआवासीय युरोपी नागरिक प्रथमपटक पोप चुनिए। उनले परम्पराअनुसार आफ्नो नाम 'पोप फ्रान्सिस' राखे। तीन करोड जनसंख्या पुगेको हाम्रो मुलुकले बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी मन्त्रपिरिषद्को अध्यक्षका रूपमा प्राप्त गरेको छ।
चिनियाँ प्रधानमन्त्री र हाम्रो मन्त्रिपरिषद्का अध्यक्षबीच दुई समानता छ। दुवै कानुन विषयमा स्नातक हुनुहुन्छ। फरक भनेको हाम्रो अध्यक्ष सदा कानुनविद भएर प्रमुख न्यायमूर्ति बन्नुभयो भने चीनका प्रधानमन्त्री राजनीतिक परिवारमा जन्मेर राजनीतिक कार्यकर्ता हुँदै प्रधानमन्त्री। त्यसैगरी पोप फ्रान्सिस रसायनशास्त्री हुनुहुन्छ र उहाँ इटालीबाट अजेन्टिना बसाइ सरेका इटालियनका छोरा हुनुहुन्छ। यीभन्दा महत्वपूर्ण विषय चाहिँ के हो भने चीन र भ्याटिकनमा नयाँ कार्यकारिणीको चयन हर्ष उल्लाससाथ गरियो। तर, हाम्रो मुलुकमा चाहिँ कार्यकारीको घोषणा भएपछि ड्यास माओवादी लगायतका दल र नागरिक समाजले विरोध प्रदर्शन गर्दै चार घन्टा राजधानी बन्द गराए।
अँध्यारा कोठामा विदेशीको इशारामा चुनावी मन्त्रिपरिषदका अध्यक्षका रूपमा गैरराजनीतिक व्यक्तिको चयन भएकाले मुलुकको बहुदलीय लोकतन्त्र निर्दलीय बाटोतर्फ लागेको र चुनाव हुन नसक्नेजस्ता तर्क दिएर चुनावी सरकारको विरोध भइरहेका छन्। यस्ता कुतर्कलाई महŒव नदिने हो भने पनि चुनावी मन्त्रिपरिषदका अध्यक्षले सामना गरिरहनुभएको परिस्थिति धेरै अर्थमा आर्थर हेलेक्सले लेखेको पुस्तक 'क्याच २२' को जस्तै भएको छ।
प्रचण्डले खिलराज रेग्मीको नाम प्रस्ताव गर्नुअघि उक्त प्रस्ताव पछाडि के कस्ता रहस्य लुकेका थिए वा छन् त्यसको धेरै अड्कल काटिएको छ। विगतलाई मध्यनजर गर्ने हो भने थुप्रै आधारको भरमा भन्न सकिन्छ- 'प्रधान्यायाधीशको नाम प्रस्ताव गर्दा प्रचण्डलाई दुई प्रमुख दलहरू नेपाली काँग्रेस र एमालेले ठाडै विरोध गर्नेमा विश्वास थियो।' अन्यथा यो महŒवपूर्ण र गम्भिर प्रस्ताव उहाँले आफ्नो पार्टीको महाधिवेशनमा नभएर शीर्ष नेताहरूसँगको व्यक्तिगत भेट वा वार्तामा गर्नु हुने थियो। सदाझैं प्रचण्डलाई, 'आफू हदैसम्म लचिलो हुँदा पनि विपक्षी तयार नभएको' आरोप लगाउनुथियो। डा. बाबुराम भट्टराईलाई हरतरहबाट पाखा लगाउने असफल प्रयासमा लागेका शीर्ष नेताहरूले यो प्रस्ताव अध्यक्ष स्वयंबाट आउँदा त्यसको सदुपयोग गर्नेतर्फ शक्ति केन्द्रित गरे। धेरै अर्थमा यो प्रस्ताव अध्यक्ष प्रचण्डको गलपासो बन्न पुग्यो।
६ वर्ष लामो सहमतीय सरकार गठन गर्ने असफल प्रयासमा लागेका राजनीतिक पार्टीहरू र खास गरेर संविधानसभाको विघटनपछि डा. भट्टराई हटाउने नाराले कुनै वजन पाउन नसकेर मुलुक अनिर्णयको बन्दी भएको परिपेक्ष्यमा मुलुकको निकास सविस्तार आफ्नो निर्णयमा अड्किने परिस्थिति आएपछि, जतिसुकै इच्छा नभए पनि प्रधानन्यायाधीशलाई एउटा नागरिकले निभाउनुपर्ने दायित्वबोध भएकै हुनुपर्छ। उहाँमा प्रधानमन्त्री बन्ने लालच र चाहना के कति थियो त्यसको अड्कल आ-आफ्नो हिसाबले काटे हुन्छ। त्यसैका आधारमा उहाँको प्रशंसा वा आलोचना गर्न सकिन्छ र गरिएको पनि छ। तर, वास्तविकता के पनि हो भने उहाँले यो अवसरलाई त्याग्नुभएको भए पनि जनताले उहाँलाई, 'परिआएको बेला देशका लागि काम नलागेको हुत्तिहारा' भनेर धिक्कार्ने नै थिए। व्यक्तिगत हिसाबले पनि सोच्ने हो भने प्रधानन्यायाधीश रहेको व्यक्तिलाई प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलेे प्रधानमन्त्री हुने आफ्ना लालसा ताकमा राखी उक्त पद सम्हाल्न सामूहिक रूपमा अनुरोध गरेपछि उहाँले कसरी 'हुन्न' भन्ने? यो त स्वाभाविक नै हो।
हाम्रो इतिहासअनुसार इन्द्रजात्राका दिन पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गर्न सफल भए र राजगद्दीमा विराजमान भए। त्यसपछि काठमाडौंमा भाइ-भारदार, साहु-महाजनहरूको ठाउँ-ठाउँमा गोप्य बैठक बसे र दुई कुरामा सर्वसम्मति भयो। पहिलो, 'राजगद्दीमा बसिसकेकाले राजा मान्नै पर्छ।' दोस्रो, 'हामीले यिनलाई हाम्रो संस्कृति र सभ्यताको पाठ सिकाएर अन्ततः हाम्रो समुदायमा नै विलय गराउनुपर्छ।' यसैअनुरुप काठमाडौं उपत्यकाबासीले तिनलाई राजा माने। राज्य सञ्चालनमा आफ्नो संलग्नता पनि क्रमिक रूपले बढाउन थाले।
झन्डै तीन सय वर्षपछि हामी त्यही परिस्थितिमा उभिएका छौं। रेग्मी कार्यकारी प्रमुख भइसक्नुभएको छ। देशलाई अहिलेको राजनीतिक दल तथा व्यक्तिहरू अकर्मण्यताबाट मुक्ति दिलाउँदै चुनाव गराउनु उहाँको पहिलो चुनौती हो। जहाँसम्म चुनावको प्रश्न छ- जनचाहना जतिसुकै चुनावको पक्षमा भए पनि विद्यमान राजनीतिक नेतृत्व त्यसको पक्षमा नभएको थुप्रै प्रमाण पाइन्छ। प्रथमतः चुनावका निम्ति जनतामा कुन-कुन एजेन्डा लिएर जाने भन्ने कुनै पनि दलहरूले तय गर्न सकेका छैनन्। के मुखले, केका निम्ति भोट माग्ने? पत्तो छैन। उनीहरूसँग भएको एजेन्डा संविधान किन र कसका कारणले बन्न सकेन भन्ने आरोप-प्रत्यारोप मात्र हो। 'आफूले प्रयत्न गर्दागर्दै समयले साथ नदिएकाले संविधान बनाउन सकिएन,' भन्ने हिम्मत सायदै कसैले गर्लान्। किनकि चार वर्षमा तिनले कति दिन संविधानसभाको बैठकमा भाग लिए त्यसको हिसाबकिताब जनतासँगै छ। यसैगरी नेताहरूले जनतासँग गर्ने सुशासनको कुराको नैतिक आधार पनि गुमिसकेको छ। जहाँसम्म सहमति हुन नसकेका बुँदाहरूको विषय छ, त्यसमा उनीहरूले गरेको प्रयत्नका वास्तविकता पनि छताछुल्ल भएर जनतासमक्ष आउने नै छ। यी कारणहरूले गर्दा जनतासमक्ष गएर शीर ठाडो पारेर भोट माग्ने नेताहरूको नैतिक आधार न्युन हुन पुगेको परिस्थिति छ।
अन्तरपार्टी झगडा र गुटबन्दी नभएका कुनै पनि राजनीतिक दल छैनन्। जसले गर्दा चुनावपूर्व पार्टीभित्र आवश्यक अनुशासन सबै दलहरूमा शुन्य प्रायः छ। कुर्सीको होडबाजीमा परेको नेतृत्वले कार्यकर्तालाई अनुशासित बन्न आवश्यक मनोबल दिनसक्ने परिस्थिति कुनै पनि दलमा छैन। अन्तरपार्टी संघर्ष चुलिएको अवस्थामा सबैभन्दा ठूलो पार्टी एकीकृत माओवादी पार्टी पनि शीरदेखि पैतालासम्म चिरा परेको छ। एकातिर वैद्यको अध्यक्षतामा रहेको ड्यास माओवादी चुनावमा भाग लिने वा नलिने सैद्धान्तिक समस्यामा छ भने अर्कोतर्फ एमालेमा वामदेव गौतमले चोइटाएर माले बनाउँदाको अवस्था फेरि आइपर्ने ठूलै सम्भावना छ। अंशबन्डाको मुद्दा निष्कर्षहीन भएको अवस्थामा माओवादीहरूबीच चुनावको मुखमा पुग्दासम्म माफिया किसिमको लडाइँ नपर्ला भन्ने विश्वास गर्न कठिन छ।
यदि 'ड्यास' माओवादीले चुनावमा भाग लियो भने उसले 'क्यास'को भोट काट्ने प्रशस्त सम्भावना छ। यो लडाइँको फाइदा विपक्षलाई 'भाइ फुटे गँवार लुटे' अनुरुप हुने निश्चित छ। एमाओवादी नेताहरू उपयोग गर्न माहिर छन्। अनि अन्य पार्टीहरूको दाँजोमा गृहकार्य गर्न सदा अगाडि। त्यसकारण सर्वप्रथम त उनीहरूले चुनाव आफ्नो पक्षमा नहुने निचोड निकाले भने चुनाव हुन नदिन सबै अस्त्र प्रयोग गर्ने छन् भन्न कठिन छैन। ठूला राजनीतिक दलका कार्यकर्ताले, जो केही वर्ष अघिसम्म मर्न र मार्न तत्पर थिए, चुनाव हुन दिन चाहेनन् भने चुनावको औचित्य रहने छैन। चुनावी मन्त्रिपरिषद्को सबैभन्दा ठूलो चुनौती माओवादी नै हुने देखिन्छ।
मधेसवादी दलहरूले लिने चुनावी निर्णय पनि ती पार्टीहरूबाट चोइटिएका विभिन्न पार्टीहरूबीचको विसंगतिबाट प्रभावित देखिनेछ। आफूलाई मधेसवादी भन्ने थुप्रै समूहहरू बीचको द्वन्द्व चुनावको मुख्य समस्या हो। मधेसवादीले उठाएका विषयहरू यथावत छन् र सत्ता प्राप्तिका होडबाजीमा पहिचान हराएका साधारण नागरिकका समस्या यथावत छन्। मधेस आन्दोलनपछि ती नागरिकहरू उपेक्षित हुन पुगेका छन्। मधेस आन्दोलनमार्फत् सत्तामा पुगेका नेताले निमुखा नागरिकलाई बाँडेका सपना पूरा नभएका कारण थुप्रै नेता चुनावमा हार्ने परिस्थिति बनेको छ। चुनावमा आफ्नो चीरहरन होला भन्ने आशंकाका कारण मधेसवादी नेता चुनावविरुद्ध गए भने आश्चर्य हुने छैन।
जातीय आधारमा संघीयता चाहने समूहको भित्री आशयबारे जनजाति तथा उपेक्षित वर्ग अनभिज्ञ छैनन्। जातीय नारा तथा मुद्दा उठाउँदा ती समूहका नेताहरूले देखाएको अन्तरजातीय व्यवहार अहिले उनीहरूकै लागि गलपासो बन्न पुगेको छ। यी समूहका नेताहरूको प्रतिद्वन्द्वीता स्थापित राजनीतिक दलहरूले उठाउने जनजाति तथा उपेक्षित समूहका उम्मेदवारसँगै हुन्छ। भोट विभाजनमा कसले कोबाट कति फाइदा पाउने हो, त्यसको लेखाजोखा सजिलो छैन।
आफू हार्ने चुनावमा भाग लिनुभन्दा चुनाव हुन नदिने खेल खेलिने सम्भावना बढी नै देखिन्छ। अहिलको परिस्थितिमा चुनावी सरकारको विकल्प सीमित रहेको छ। 'रात रहे अग्राख पलाउँछ' भनेझैं जति ढिलो हुन्छ, त्यति समस्या जटिल हुँदै जाने निश्चित छ। यस परिस्थितिमा न्यायमूर्ति रेग्मीले आफूले पाएको ऐतिहासिक दायित्व पूरा गर्न विद्यमान परिस्थितिमै चुनाव गराएर प्रधानन्यायाधीशको पदमा इज्जतसाथ फर्किनु उचित हुनेछ। होइन भने उहाँ 'क्याच-२२' मै जकडिनु हुनेछ।