प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार गठनसँगै नेपालमा विरोधको शैली पनि फेरिएको छ। यसअघि सरकार गठनका लागि केही समय भए पनि पर्खने विपक्षीहरूले अहिले धैर्य गुमाएका छन्। एकातर्फ रेग्मीको शपथ ग्रहण हुँदै थियो भने अर्कोतर्फ विरोधका कार्यक्रम निर्क्योल र सञ्चालनमा आउँदै थिए। रेग्मी नेतृत्वको सरकारले आफ्ना भावी कार्यक्रम सार्वजनिक गर्न नपाउँदै विरोध सुरु भइसकेको छ। यसै क्रममा नेकपा-माओवादीले यो सरकारलाई सडक आन्दोलनबाट ढाल्ने बताइसकेको छ।
उता राजनीतिक दलका नेताहरू मन्त्रीमण्डलमा आफ्ना नजिककालाई पार्ने प्रंयासमा घुमाउरो पाराले दबाब दिन थालेको समाचार पनि आइसकेको छ। एक जना एमाले नेताले रेग्मीमाथि आफूखुसी काम गर्न लागेको आरोप लगाएबाट पनि यसको पुष्टि भएको छ।
पछिल्लो समय निषेधको राजनीतिमा रुमुलिएको देशमा रेग्मी सरकारका आगामी दिनहरू निश्चय पनि सहज हुने छैनन्। सरकार गठनको चर्चासँगै असन्तुष्ट साना दलहरू, सरकार गठनमा प्रमुख भूमिका निर्वाह गरेका चार राजनीतिक शक्तिभित्रका असन्तुष्ट नेता तथा कार्यकर्ता, स्वयं बारका पदाधिकारी तथा बुद्धिजीवीहरू चुनावी सरकारका लागि चुनौती हुन सक्छन्।
नेपाली राजनीतिमा त्यसै पनि विरोधको शैली संस्कारका रूपमा स्थापित भइसकेको छ। सरकार निर्माणपछि सय दिन काम गर्न दिने भन्ने मान्यता नेपाली राजनीतिमा इतिहासको पानाभित्र हराउन थालेको छ। लोकतान्त्रिक गणतन्त्र अंगालिसकेको मुलुकमा दलविहीन सरकार बलजफ्ती आएको होइन। यो सरकार आफंैमा नेपाली राजनीतिमा हालीमुहाली गर्दै आएका दलबीचको असहिष्णुता र असफलताको परिणाममात्र हो। चुनावी सरकारका लागि पनि आफूहरूबीच कुनै सहमति हुन नसकेपछि दलहरूले स्वतन्त्र व्यक्तिको नेतृत्व छान्ने प्रक्रियामा प्रधान न्यायाधीशले कार्यपालिका प्रमुखको भूमिकासमेत निर्वाह गर्नुपरेको तथ्य सबैलाई थाहा भएकै कुरा हो।
बहुदलीय व्यवस्थाको पुनः स्थापनापछि पनि सरकार बनाउने दलका लागि सत्ता टिकाउन मुस्किल पर्दै आएको मुलुक हो नेपाल। राजनीतिक दल सत्तामा आएपछि ऊसँग सरकारी संयन्त्रका साथै आफ्नै नेता तथा कार्यकर्ता हुन्छन्। विपक्षी दलहरूले गर्ने विरोध सभा तथा आन्दोलनलाई सरकारी र राजनीतिकरूपमा थेग्ने अवसर त्यस्ता सरकारले पाउने गर्छन्। तर कुनै राजनीतिक पृष्ठभूमि नभएको तथा कार्यकर्ताहरू नभएको सरकारलाई विरोध आन्दोलनबाट जोगाएर लैजान त्यति सहज हँुदैन र त्यही असहज स्थितिको सामना वर्तमान चुनावी सरकारले गर्नुपर्ने हुन्छ। तस्बिरको अर्को पाटो हेर्ने हो भने यो सरकार निकै मजबुत हुनुपर्ने हो, यदि चार राजनीतिक शक्तिले आफ्नो नैतिकता जोगाउन सकेको खण्डमा। आफ्नै पहलमा निर्माण गरेको चुनावी सरकारलाई कम्तिमा चार राजनीतिक दलले उपलब्धिका रूपमा हेर्नुपर्छ। आपसी असहिष्णुताका कारणले गर्दा प्रधान न्यायाधीश नेतृत्वको सरकार बनाउन बाध्य भए पनि यो नै मुलुकको निकासका लागि कम्तिमा हालका लागि एकमात्र विकल्प भएको तथ्यलाई ती राजनीतिक दलले आत्मसात गर्नु आवश्यक छ।
सरकार गठनसँगै मुलुकले निर्वाचनका लागि पाइला सारिसकेको छ। त्यसबाट पछि नहट्नका लागि जनतालाई तयार बनाउने जिम्मेवारी वर्तमान सरकारको भन्दा चार राजनीतिक शक्तिकै बढी हुन आउँछ। यस आधारमा भन्दा अब नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचनका लागि प्रचारप्रसारमा जानुपूर्व आफ्ना कार्यकर्तालाई 'निर्दलीय सरकार' गठनको बाध्यताबारे पनि बुझाउनु सक्नुपर्छ। बहुदलीय व्यवस्थाभित्र निर्दलीय सरकार दलहरूको सहयोगबिना एक क्षण पनि टिक्न सक्दैन। निकासका लागि निर्वाचनलाई मूल मन्त्रका रूपमा अंगालेर अघि बढ्नुको विकल्प अब दलहरूसँग पनि छैन। त्यसैले अर्को अर्थमा बुझ्दा वर्तमान सरकार आफंैमा निर्दलीय भए पनि यसले कम्तिमा चार प्रमुख राजनीतिक शक्तिको समर्थन पाएको छ र पाउनुपर्छ।
तर अनौठो पाराले अघि बढिरहेको नेपाली राजनीतिलाई नियाल्दा यो त्यति सहज भने छैन। इतिहास साक्षी छ, यहाँ सरकार विपक्षीभन्दा आफ्नै दलभित्र बढी असुरक्षित रहँदै आएको छ। यहाँ सरकारको नेतृत्व गर्नेले विपक्षी दलको भन्दा आफ्नै दलका नेताको चुनौती र अवरोध बढी सामना गर्नुपर्छ। सरकार बनेको भोलिपल्टबाट विपक्षीले देखिनेगरी थालेको आन्दोलनको प्रतिकार गर्दागर्दै आफ्नै दलभित्रको अन्तरघातबाट सरकार ढलेको उदाहरण पनि हाम्रो मुलुकमा छ।
यस्तो अवस्थामा विपक्षीहरूले गर्ने विरोधबाट रेग्मी सरकारलाई जोगाउन सहयोग गर्नुपर्ने ठाउँमा चार राजनीतिक शक्तिहरू स्वयं सरकारको खेदो खन्नतिर लाग्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। रेग्मी सरकारमा आउनुपूर्व नै साना राजनीतिक दलहरूले विरोध आन्दोलन गर्ने बताएका थिए। त्यसैले पनि वर्तमान सरकार यसबाट अनजान छैन। तर सरकार बनाउनेहरू नै सरकार ढाल्नतिर लागे भने अन्तरिम चुनावी मन्त्री परिषद्ले आफूलाई जोगाउने विकल्प पाउने छैन।
यसको सम्भावना किन पनि बलियो छ भने प्रधान न्यायाधीश नेतृत्वमा सरकार बन्न हुँदैन भन्ने नेताहरू पनि पछि एक्कासि यसको समर्थनमा लागेका थिए। के कारणले उनीहरूले यसको विरोध गरेका थिए र पछि के कारणले एक्कास िसमर्थनमात्र होइन, सरकार बनाउन प्रमुख भूमिका नै निर्वाह गरे, त्यसको जवाफ अझसम्म जनताले पाएका छैनन्। तर उनीहरूको सोचाइमा आएको यो अस्थिरता स्वयं वर्तमान सरकारका लागि आगामी दिनहरू त्यति सहज नभएको निर्क्याेल गर्न पर्याप्त छ। प्रधान न्यायाधीश नेतृत्वमा सरकार बन्न हुँदैन भन्दाभन्दै एक्कासि त्यसको समर्थनमा लागिपरेका नेताहरूमा त्यो वैचारिक परिवर्तन त्यसै आएको होइन होला। कांग्रेस र एमालेको एकमात्र एजेन्डा बाबुराम हटाउने भन्ने थियो भने आन्तरिक द्वन्द्वलाई भोग्दै आएको नेपाली राजनीतिको वर्तमानमा प्रमुख दल एमाओवादी पनि त्यसबाट अछुतो पक्कै पनि थिएन।
सरकार बन्नासाथ पार्टीभन्दा व्यक्तिगत एजेण्डा लागु गर्न मरिहत्ते गर्ने नेपाली राजनीतिमा संस्कारका रूपमा स्थापित हुँदै गएको अर्को पक्ष हो। वर्तमान चुनावी मन्त्री परिषद् निर्माण गरेका दलहरूभित्र त्यो प्रवृति समाप्त भइनसकेको उदाहरण देखिन थालिसकेका छन्। यो नै चुनावी सरकारको सबैभन्दा ठूलो चुनौती हुन सक्नेछ। मुलुकको निकासका लागि दलहरूबाट सर्वस्वीकार्य नेतृत्व दिन नसक्ने नेताहरूले आफ्नो स्वार्थ अगाडि आएको खण्डमा पनि आफंैले निर्माण गरेको सरकारलाई मजबुत बनाइरहलान् भन्न सकिने स्थिति त्यस कारण पनि छैन।
यो सरकार चुनाव गर्नका लागि बनाइएको हो। त्यसैले यसलाई त्यसतर्फ लाग्नमा मद्दत गर्नुपर्ने तथ्यलाई कम्तिमा चार राजनीतिक शक्तिले भित्रैबाट आत्मसात गर्न सकेमा नेपालले निर्वाचनमार्फत् निकास पाउन सक्नेछ। त्यसका लागि वर्तमान सरकारलाई चार राजनीतिक दलले साझा एजेण्डाका रूपमा लिनु आवश्यक छ। आफ्नो पार्टी तथा व्यक्तिगत स्वार्थलाई राजनीतिक निकासका सामु तगारोका रूपमा आउन नदिने पहिलो जिम्मेवारी यिनै प्रमुख दलहरूको हो। सरकारी संयन्त्रमा नियुक्त हुँदा भागबण्डाको संस्कार पुनः देखिएको खण्डमा त्यसबाट उत्पन्न विवादको पहिलो शिकार वर्तमान सरकार नै हुनेमा दुई मत नहोला।
मुलुकको सत्ता अहिले प्रत्यक्षरूपमा कुनै दलको हातमा छैन। त्यसका लागि कम्तिमा निर्वाचनसम्म कुर्नैपर्ने हुन्छ। निर्वाचन जति पर सर्छ, नेपालमा निर्दलीयता त्यति नै बलियो हँुदै जानेछ र त्यो लोकतन्त्रका लागि कुनै पनि स्थितिमा फलदायी हुने छैन। त्यसैले देशमा लोकतन्त्र बलियो बनाउन पनि सत्तामा दलहरूको भागीदारी आवश्यक छ। र, अहिलेको स्थितिमा त्यस्तो अवस्था निर्वाचनपहिले सम्भव देखिँदैन। कमसेकम यो तथ्यलाई त चार राजनीतिक दलले पनि स्वीकार गरिसकेका छन्।