यतिबेला नेपालमा दुई जना डाक्टरका राजीनामाले चर्चा बटुलेका छन्। चौतर्फीरूपमा राजीनामा माग हुँदा पनि कुर्सी नछाडेका डा. बाबुराम भट्टराईले अन्ततः खिलराज रेग्मीलाई आफ्नो जिम्मेवारी छाड्नुभएको छ। त्यसैगरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक डा. भगवान कोइराला राजीनामा दिएर चर्चित हुनुभएको छ। नेपालको स्वास्थ्य क्षेत्रमा डा. कोइरालाको चर्चा गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक बनेपछि चुलिएको हो। मुटु रोगीका लागि साँच्चैका 'भगवान' कहलिएका डा. कोइरालाले गंगालाल अस्पतालमा आफ्नो स्वास्थ्य कौशल, व्यवस्थापन कार्यकुशलता र नेतृत्व क्षमतालाई खरो उतार्नुभएको थियो।
गंगालाल अस्पताललाई दक्षिण एसियाकै उत्कृष्ट अस्पतालमा स्थापना गराएर उहाँ शिक्षण अस्पताल महाराजगन्जमा आउनुभयो। उहाँकै नेतृत्वमा शिक्षण अस्पताल महाराजगन्जमा मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर स्थापना भयो र त्यस सेन्टरले गंगालाल अस्पतालकै हाराहारीमा सफलता पनि प्राप्त गर्यो । डा. कोइराला गंगालाल अस्पतालमा हुँदा मुटु रोगीको जुन लाम त्यहाँ लाग्थ्यो, उहाँ शिक्षण अस्पतालमा आएपछि मुटु बिरामीको ताँती पनि शिक्षण अस्पतालतिर सोझियो। डा. कोइरालासँग त्यस्तो के जादुको छडी छ, जसले गर्दा सबैले उहाँको प्रशंसा र तारिफमात्र गर्छन्? उहाँको राजीनामाबाट धेरै मान्छे दुःखी बनेका छन्। फेसबुक र टि्वटर जस्ता सामाजिक सञ्जालहरुमा उहाँको राजीनामा फिर्ता हुनुपर्ने विषयमा धेरै नागरिकले आफ्नो मत व्यक्त गरे। शिक्षण अस्पताल महाराजगन्ज आसपासका व्यक्तिहरुले डा. कोइरालाको राजीनामा फिर्ता हुनुपर्ने र उहाँलाई स्वतन्त्ररूपमा काम गर्न दिनुपर्ने भन्दै हस्ताक्षर सङ्कलन गरी सम्बन्धित निकायमा पेश गरेका छन्। डा. कोइरालाको राजीनामाले पत्रपत्रिका तथा विद्युतीय सञ्चार माध्यममा व्यापक स्थान र समय पाएको छ। यथार्थमा डा. कोइरालाको राजीनामाले एउटा तरङ्ग सिर्जना गरेको छ।
डा. कोइरालाले कुनै नयाँ चमत्कारको कुरा अथवा काम गर्नुभएको थिएन। उहाँले त कागजीरूपमा रहेको नेपालको स्वास्थ्य नीतिलाई वैज्ञानिकरूपमा कार्यान्वयन गराउनमात्र थाल्नुभएको थियो। बेथिति र विसङ्गतिले भरिएको नेपालको स्वास्थ्य क्षेत्र लथालिङ्ग र भताभुङ्ग भएको छ। अस्तव्यस्त स्वास्थ्य क्षेत्रलाई टेको दिएर उठाउने प्रयास गर्दा धमिलो पानीमा माछा मार्नेहरुले तगारो हाल्ने काम गरे। सरकारी अस्पतालमा बसेर सेवा/सुविधा कुम्ल्याउने अनि बिरामीलाई निजी अस्पतालमा 'रिफर' गर्दै कमिसन र द्रव्यमोचन गर्ने वरिष्ठ डाक्टरहरुकै लागि डा. कोइराला पहिलो तारो बने। डा. कोइरालाले शिक्षण अस्पतालको कार्यकारी निर्देशकको पदभार ग्रहण गर्नासाथ सबै चिकित्सकलाई अस्पतालमा पूरा समय बस्नुपर्ने र निजी स्वास्थ्य संस्थामा अभ्यास गर्न नपाउने नियम जारी गर्नुभएको थियो।
अस्पतालमा भइरहेको चरम लापरबाही, खरिद प्रक्रियामा भएको उग्र भ्रष्टाचार र अस्पतालमा जडित उच्च प्रविधिलाई बिगारेर अथवा बिग्रिएको छ भन्दै निजी क्षेत्रमा गराउने प्राविधिक अनुसन्धानका कार्य रोक्ने कार्यक्रम डा. कोइरालाको दोस्रो पाइलो थियो। यो सुधारले पनि अस्पताललाई आफ्नो पैतृक सम्पत्ति मान्दै हालीमुहाली गर्ने गिरोहका आँखा दुख्नु स्वाभाविक थियो।
शिक्षण अस्पताल महाराजगन्जभित्रबाट डा. कोइरालालाई विस्थापित गराउन ठूलै चलखेल भएको कुरा डा. कोइरालाले राजीनामा दिनुपर्ने कारणहरु सार्वजनिक गरेपछि आएको वक्तव्यबाट पनि स्पष्ट भएको छ। वक्तव्यमा अस्पतालमा व्याप्त भ्रष्टाचार, बेथिति र अस्तव्यस्तताको कहीँ कतै विरोध गरिएको छैन र सुधार हुनुपर्छ भन्ने आशय पनि प्रकट गरिएको छैन। मात्र शिक्षण अस्पतालको ३० वर्षको गौरवशाली इतिहास निर्माण गर्ने वरिष्ठ डाक्टरहरुको योग्यता र कार्य व्यवस्थापनमा ठेस पुगेको भन्दै घुमाउरो पारामा डा. कोइरालाको सुधारलाई बेवास्ता गरिएको छ। यसबाट के स्पष्ट हुन्छ भने ३० वर्षदेखि शिक्षण अस्पताल जे/जसरी चलेको छ, त्यसैलाई हामीले गौरव मान्नुपर्छ र त्यही ठीक छ।
युरोपियन युनियनको सहयोगमा मर्लिन र सोलिड नेपालले सन् २०१२ मा तयार गरेको प्रतिवेदन 'नेपालमा स्वास्थ्यका लागि मानव संसाधनको व्यवस्थापन र प्रभावकारी नीति कार्यान्वयनमा रहेका व्यवधानहरू' अन्तर्गत पनि नेपालको स्वास्थ्य क्षेत्रमा भएका अस्तव्यस्ततालाई उजागर गरिएको छ। सो प्रतिवेदनमा स्वास्थ्यसम्बन्धी उपलब्धिहरु सुधार गर्नका लागि स्वास्थ्यकर्मीहरुको भूमिका निर्णायक हुन्छ र स्वास्थ्यकर्मीहरुको कार्यसम्पादनलाई उनीहरुको उपलब्धता, कार्यगत क्षमता, जिम्मेवारीबोध र उत्पादकत्वसँग सम्बन्धित सूचाङ्कहरुका आधारमा मापन गरिन्छ भनेर उल्लेख गरिएको छ। प्रतिवेदनमा बहुसंख्यक स्वास्थ्यकर्मीहरुले अपेक्षित मापदण्डअनुरूप आफू दक्ष नभएको बताएका छन् भने नेपालका आधाभन्दा बढी स्वास्थ्यकर्मीहरुले परिणात्मक र गुणात्मक सेवा प्रदान गर्नका लागि आवश्यक मात्रामा औषधी, उपकरण वा सामग्री स्वास्थ्य संस्थामा उपलब्ध नभएको बताएका छन्।
यतिबेला नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार गर्नका लागि डा. कोइराला 'एक्लो वृहस्पति' भएका छन्। हरेक स्वास्थ्य संस्थामा लागेका स्वास्थ्यकर्मीहरुलाई जिम्मेवार बोध प्रणालीअन्तर्गत पारदर्शी तालिम, हाजिरी आदिको व्यवस्था गरिन अति आवश्यक छ। त्यसैगरी उच्च स्तरमा सुधारिएको र प्रष्टरूपमा व्याख्या गरिएको कार्य विवरण प्रत्येक स्वास्थ्यकर्मीलाई उपलब्ध गराउनुपर्छ। डा. कोइरालालाई शिक्षण अस्पतालको सञ्जालले मात्र अवरोध सिर्जना गरेको होइन, सरकारले पनि सहयोग गरेको छैन। तत्कालीन प्रधानमन्त्री डा. भट्टराईले आर्थिक तथा व्यवस्थापनमा जे/जस्तो सहयोग गर्ने आवश्वासन दिएर उहाँलाई कार्यकारी निर्देशक बन्न रिझाउनुभएको थियो, ती आश्वासन पूरा गर्नमा प्रधानमन्त्रीले सिन्को भाँचेको देखिएन।
डा. कोइरालाले स्वास्थ्य क्षेत्रमा रहेका व्यापक समस्यामध्ये सानो सुधार गरेर नेपालको स्वास्थ्य क्षेत्रमा मौलाएको व्यापारीकरण र शहरमुखी चिन्तनलाई चिर्न खोज्नुभयो। धनाढ्यको मुठ्ठीबाट स्वास्थ्य सेवालाई गरिबको पहुँचमा पुर्याशउने प्रयास गर्नुभयो। तर स्वास्थ्य संस्थालाई भन्सार मान्नेहरुले डा. कोइरालालाई समेत लान्छना लगाउन पछि परेनन्। अन्ततः उहाँले राजीनामा दिनुपर्योल। समग्र नागरिकको अभिमत डा. कोइरालालाई शिक्षण अस्पतालको कार्यकारी निर्देशक पदमा रहेर बिरामी रहेको शिक्षण अस्पतालले उपचार पाओस् भन्ने रहेको छ। त्यसका लागि अस्पताल प्रशासन, वरिष्ठ चिकित्सकहरु, अस्पतालका विभागीय प्रमुखहरु, नागरिक समाज, अस्पताल व्यवस्थापन समिति र सरकारले उहाँलाई पूर्ण सहयोग गर्नु आजको आवश्यकता हो।