सिंहदरबारको नयाँ नेपाल
१० चैत्र २०६९
•
१२ मिनेट पाठ
सिंहदरबारको नयाँ नेपाल
बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि काठमाडौंमा मात्र होइन, नेपालका थुप्रै शहरका सडक विस्तारित हुन थाले। धेरै घर भत्किए, धेरैको चिल्लिबिल्ली भयो र पनि घर जोगिनेहरुले अब भाडा भरोटलगायत् मूल्य बढ्ने भयो भनेर आनन्द पनि लिए। सडक बिस्तार नसकिँदै बाबुराम बाहिरिए। भत्किएको सडक पेटीबाट हिँड्ने जनता धुलोले पुरिए। राजधानीका केही सडक सुधि्रए पनि अधिकांश सडकको हालत उस्तै छ। बाबुराम बसिरहेको भए पनि सडकको बिस्तार र पुनः निर्माण सकिने थिएन। मनको सानो र साँघुरो घेरा तोडेर मानिस जबसम्म बाहिर निस्कन सक्दैन, तबसम्म निर्माण, मर्मतसम्भार केही पनि पूरा हुँदैन। राजधानी काठमाडौं शहर यही सानो र साँघुरो मनको घेराभित्र पीडित छ। यसैको देखासिकीमा नेपालगन्जदेखि विराटनगरसम्म नेपालका सबै शहर साँघुरिएका छन्। हाम्रो देशलाई कोलाहलमय बनाउने एउटा तत्त्व यही हो।
राजा महेन्द्रले काठमाडौंका किसानको काउली खेत अधिग्रहण गरेर आफ्ना छोरीहरुका लागि दरबार, नेपाली साहित्यका लागि एकेडेमी भवन र सरकारी कार्यालयका लागि महल खडा गरे। यो उनको दूरदर्शिता थियो कि आफ्ना छोरी र नेपाली साहित्यलाई उनले एकअर्काको छिमेकी बनाइदिए। राणाकालीन काठमाडौं शहरको पुनर्संरचना गर्दा राज महेन्द्रले ध्यान नपुर्या एका धेरै कुरा थिए। त्यतिबेला उनले शहरलाई हरित बनाएर नयाँ बस्तीलाई वरपरका पहाडका भिरालोमा बसाइदिएका भए काठमाडौं अहिलेको जस्तो कोलाहलमय हुने थिएन। एक अर्थमा राजा महेन्द्र भाग्यमानी थिए, के भने उनले सडक मिचेर बनाएका घर भत्काएका थिएनन्, त्यसको आवश्यकता नै थिएन। शहरमा उनको परिवारका सदस्य र गण्यमाण्यका बाहेक अरुका गाडी थिएनन्। त्यसैले गाडीका लागि सडक बिस्तार गर्नुपर्ने आवश्यकता पनि थिएन।
नेपालमा समय समयमा नयाँ नेपाल निर्माणको प्रस्ताव गरिएको छ। २००७ सालपछि तत्कालीन नेताहरुले नयाँ नेपालको प्रस्ताव गरेका थिए। त्यतिबेला उनीहरुले देशको शक्तिपीठका रूपमा रहेको सिंहदरबारलाई शक्तिपीठकै रूपमा रहन दिए। किनभने नेताहरुमा अर्काे शक्तिपीठ बनाउन समय र स्रोत दुवै थिएन। त्यतिखेर राजालाई वसन्तपुर दरबारमा सारेर शक्तिपीठलाई नारायणहिटी दरबारमा स्थानान्तरण गरिदिएको भए त्यसको के प्रभाव पर्ने थियो होला, त्यसै भन्न कठिन छ। तर सिंहदरबारलाई यथावत् शक्तिपीठका रूपमा राख्दा नेपालको आधुनिकीकरणको प्रक्रिया कमजोर भएको छ। समय समय शक्तिपीठका रूपमा सिंहदरबार कमजोर भएको संकेत त्यतिबेला पाइएको थियो, जब नेपालका 'रबिनहुड' नेता डा. केआई सिंहले त्यसलाई तोडेर आफू र आफ्ना कार्यकर्तालाई बन्दी जीवनबाट मुक्त गराइदिएका थिए। वास्तवमा केआई सिंह विद्रोह नेपालको आन्तरिक शक्ति खुम्चिँदै गएको एउटा ज्वलन्त उदाहरण थियो।
त्यतिबेला राजालाई वसन्तपुर दरबारमा बसाई सारेर नारायणहिटीलाई प्रशासनिक केन्द्र बनाइएको भए सम्भवतः राजाको एकतन्त्रीय शासनको इच्छा त्यति जाग्ने थिएन। सिंहदरबारमा बस्ने राणा प्रधानमन्त्रीहरुले पहिले वसन्तपुर र त्यसपछि नारायणहिटी बस्न गएका राजाहरुलाई निस्तेज गराएर नै आफू शक्तिशाली बनेका थिए। तर, प्रजातन्त्र आएपछि नयाँ नेपाल निर्माणका लागि कम्मर कसेर लागेका नेताहरुलाई अतिथि सदनमा राखियो। उनीहरु राज्यशक्तिको प्रतिनिधि नभएर पाहुना जस्ता भए। वास्तवमा नै सिंहदरबारलाई प्रधानमन्त्री निवासका रूपमा रहन दिइएको भए के हुन्थ्यो होला? इतिहासकारहरुका लागि यो एउटा महत्त्वपूर्ण कल्पना हुन सक्छ। यो पक्षमा अहिलेसम्म कसैले पनि विचार पुर्याकएका छैनन्।
राणातन्त्रको समाप्तिपछि राणा-कांग्रेस सरकारका प्रधानमन्त्री बनेका मोहनशमशेरदेखि नेपाललाई गणतान्त्रिक राज्य घोषणा गर्ने जनादेश पाएका गिरिजाप्रसादसम्म सबैले आ-आफ्ना किसिमले दिग्विजय गरे। तर ६० वर्षको यो अवधिमा सिंहदरबार भने झन्झन् झन्झन् कमजोर हुँदै गएको छ। नेपाली राजनीतिको त्यो शक्तिपीठमा नयाँ नेपाल निर्माणको नारा लिएर चढेका कुनै पनि प्रधानमन्त्रीले आजसम्म दह्रो गरी खुट्टा टेक्न सकेका छैनन्। एउटै प्रधानमन्त्रीले ५ वर्ष निरन्तर शासन चलाएको उदाहरणसम्म पनि छैन। यो हास्यास्पद कुरा हो कि दुर्भाग्यपूर्ण? यसको विश्लेषण लगातार भइरहेको छ। तर पनि प्रश्नको उत्तर कतैबाट आएको छैन।
निश्चित अवधिका लागि सरकार चलाउने अभिभारा पाएका मन्त्री परिषद्का अध्यक्ष (प्रधानमन्त्री) खिलराज रेग्मीका लागि सिंहदरबार कति फाप्ने हो, अहिले नै भन्न सकिने अवस्था आएको छैन। चुनावका लागि गठन भएको यो सरकारले त्यसको बन्दोबस्ती मिलाउन बाँकी नै छ। सरकारको सुरुवातमा नै राजनीतिक दलहरुले सहमतिको इमान कायम राख्ने/नराख्ने कुरा विवादास्पद बन्न थालेको छ। अध्यक्ष रेग्मी स्वयं असारको पहिलो सातामा चुनाव गराउन तयार देखिन्छन्। तर, उनका लागि परिस्थिति भने विपरित तेर्सिन थालेका छन्। उनमा शासकीय इच्छा भलै नहोला, उनका टिमका अन्य सदस्यबारे पनि त्यही कुरा लागु हुन सक्दैन। बाधा अड्काउ फुकाउने निर्णयले सरकारको आयु मंसिरसम्म तानेकाले पनि शंका बढ्दै गएका छन्। तर, नेपाली राजनीति नै शंकाहरुको खेती हो। समाजका विभिन्न पक्ष र विभिन्न वर्गमा शंका गर्ने बानी नहुँदो हो त नेपालले यति लामो समयसम्म राजनीतिको साँघुरो घेरामा बाँधिनुपर्ने थिएन।
अहिले लगाइएको नयाँ नेपालको नारा २००७ सालदेखि २०६० सालसम्म पटकपटक लगाइएका छन्। राजा महेन्द्रको नयाँ नेपाल, राजा वीरेन्द्रको २१ औं शताब्दीको नेपाल, गिरिजाप्रसाद कोइरालाको युरोपेली मापदण्डको नेपाल र अहिले आएर २०६२/६३ को जनआन्दोलनले बनाउन खोजेको नयाँ नेपाल, यीमध्ये अहिले प्रस्ताव गरिएको नयाँ नेपाल बढी समावेशी र बढी लोकतान्त्रिक हुने विश्वास नेपालका जनतालाई नेताहरुले बारम्बार दिलाएका छन्। तर, अघिल्ला नयाँ नेपालको नक्साझैं अहिलेको नयाँ नेपालको नक्सा पनि झट्ट हेर्दा धुमिल र पृष्ठभूमिमा अँध्यारो छ। सूदूरपश्चिमको सीमा सुरु हुँदा अखण्ड पश्चिमले स्वागत गर्छ भने पश्चिमको सीमा सुरु हुँदा अखण्ड पश्चिमले। चितवनबाट पूर्व लागेपछि परिस्थिति बदलिन्छ। पूर्वका बस्ती बस्तीमा पुग्दा नेपालीहरु खण्डखण्डमा खण्डित भएका हुन् कि भन्ने बलियो शंका पलाउँछ। नयाँ नेपाल भन्नासाथ नेपालको एउटै नक्सा हुनुपर्छ, जसमा राता, निला, हरिया, पहेंला सबै रंगको समान प्रयोग गरिएको होस्। तर, कतै गेरुवा रंगको मात्र प्रधान्यता र कतै पानी रंगको मात्र बाहुल्यले नयाँ नेपालको नक्सालाई नै विरुप गराएको छ।
दलहरुले आगामी चुनावमा जनताका सामु नयाँ नेपालको कस्तो नक्सा लिएर जाने हुन्, त्यो अहिलेसम्म निर्क्यौल हुन सकेको छैन। वास्तवमा सुक्ष्म दृष्टिले हेर्दा दलहरुले त्यस्तो कुनै नक्सा तयार पार्नै सकेका छैनन्। एकथरि दल रातो रंगको प्रभावमा उत्तेजित भएको देखिन्छ भने अर्काे दल निलो रंगको प्रभावलाई जबर्जस्ती थोपर्न खोजिरहेको देखिन्छ। कलाकारको 'क्यानभास' मा रंगहरुको सन्तुलन मिल्न सकेन भने पनि उसले बनाएको चित्रको महत्त्व घट्दैन, त्यो एउटा प्रयोगका रूपमा कलासमीक्षक र दर्शकहरुको आँखामा चढ्छ। तर, देशको नक्सा यसरी बन्दैन। न त कुनै एक दलले मात्र नयाँ नेपालको नक्सा बनाउन सक्छ, न त्यसरी बनेको नक्सामा अर्काे दलले रंग भर्न नै सक्छ।
जापानी प्राध्यापक सिञ्जी आसानुमाले भनेका छन्- नेपाल सिंगमरमरले बनेको समाज हो। यो समाज टायलहरुको टालो हालेर बनाइएको समाज होइन। साँच्चै नै नेपाली समाज एउटै सिंगमरमरमा धेरै रंगले बनेको चित्रजस्तो छ, जसको शासन गर्न कानुनले मात्र पुग्दैन, शासनकर्ताको संवेदना र विवेक चाहिन्छ। कुरो सिंहदरबारबाट उठेको हो। नेपाली जनताले सिंहदरबारलाई जतिसुकै बलियो सोचे पनि यो ६० वर्षदेखि कमजोर रहँदै आएको छ। के आगामी चुनावले सिंहदरबारमाथि नेपाली जनताको सार्वभौम सर्वाेच्चता स्थापित गर्न सक्ला त? यो प्रश्नको जवाफ यसै हुन्छ भन्न सकिन्न।


अर्को समाचार
भट्टराईलाई सिंहदरबारको कुर्सी र बालुवाटारको खाटले लठ्यायोः नेपाल
२६ कार्तिक २०६९
•
२ मिनेट पाठ
भट्टराईलाई सिंहदरबारको कुर्सी र बालुवाटारको खाटले लठ्यायोः नेपाल
भक्तपुर, कात्तिक २६ - नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले एनेकपा (माओवादी) नेतृत्वको वर्तमान सरकार अब कुनै पनि हालतमा नटिक्ने दाबी गरेका छन्।




प्रेस चौतारी नेपाल भक्तपुरले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने, 'प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई आएको आशिर्वाद र तथास्तु अब सकिँदैछ। त्यसैले अब सरकार टिक्दैन, सधैँ सरकारमा बस्ने चाहना अब सकिँदैछ।'
नेता नेपालले भने- 'यो सरकारदेखि अब जनता निरास भइसके, भएका आशा पनि अब टुटिसकेका छन्। त्यसैले तथास्तु दिनेले पनि वाक्क भएर चाँडै छाड्नेछ, र सरकार ढल्नेछ।'

उनले प्रधानमन्त्रीलाई व्यङ्ग्य गर्दै भने- 'प्रधानमन्त्री डा भट्टराईलाई सिंहदरबारको कुर्सी र बालुवाटारको खाटले लठ्याएको छ, चुम्बक र गमले तानेजस्तो तानेको छ, राज्यकोषबाट चौतर्फी ब्रम्हलुट मच्चाएका छन्, भ्रष्टाचार बढेको छ, योभन्दा लाजमर्दो कुरा अरु के हुन सक्छ?'

मुलुकलाई सङ्कटबाट निकास दिने एउटै सहज बाटो राष्ट्रिय सहमति मात्र भएको बताउँदै उनले भने- 'भट्टराई सरकार बहिर्गमन भएसँगै राष्ट्रिय सहमतिको सरकार बन्छ, पूर्ण आधारको बजेट पनि आउँछ। नयाँ निर्वाचनको घोषणा हुन्छ र शान्ति र संविधान पनि आउँछ।'

सरकारसम्बद्ध व्यक्तिको आर्थिक चलखेलकै कारण पोखरा विमानस्थल, काठमाडौँ विश्वविद्यालय, जलविद्युत् परियोजना लगायतको क्षेत्र समस्याग्रस्त भएको उनको आरोप थियो।

कार्यक्रममा युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले एमाओवादी सरकारले गरिरहेको एकलौटीपनका विरुद्धमा राष्ट्रपतिले हस्तक्षेप गर्नुपर्ने धारणा राखे। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस