दुई दशकको अन्तरालमा चार पटक प्रधानमन्त्री र अन्त्यमा त गणतन्त्र नेपालको कार्यकारी राष्ट्राध्यक्षसमेत भएका गिरिजाप्रसाद कोइरालाको तेस्रो पुण्य तिथि चैत ७ मा थियो। चैत ८ का दिन नागरिकको दोस्रो पन्नामा ठूलो अक्षरको शीर्षक राखेर प्रकाशित 'कांग्रेसले बिर्सियो कोइराला' भन्ने छोटो समाचार पढ्दा लाग्यो- के उनलाई कांग्रेसले मात्र बिर्सेको हो वा हामी सारा देशबासीले पनि बिर्सेको हो? गिरिजाबाबुले आफ्नो पार्टी र त्यसका नेता/कार्यकर्तालाई मात्र होइन, हामी समस्त २ करोड ६६ लाख नेपालीलाई ठूलो गुन लगाउनुभएको छ। उहाँले आफ्नो जीवन हामी नेपालीलाई रैतिबाट नागरिक बनाउनमा खर्चिनुभयो। राणा शासनविरुद्ध लडेका गिरिजाबाबु राजा ज्ञानेन्द्रसँग समेत लड्न पछि हट्नुभएन। यो मुलुकलाई गणतन्त्रात्मक लोकतान्त्रिक देश घोषित गर्ने कार्यमा उहाँको योगदान अतुलनीय रह्यो। दश वर्ष लामो माओवादी युद्ध अन्त गरेर शासन बन्दूकको नालबाट आउँछ भन्ने विश्वास बोकेका नेता तथा कार्यकर्तालाई लोकतन्त्रको मूल राजनीतिक प्रवाहमा ल्याउने श्रेय पनि उहाँलाई नै प्राप्त भएको हो।
गिरिजाबाबु थाहा भएअनुसार दोस्रो नेपाली हुनुहुन्थ्यो (प्रथमचाहिँ राजा वीरेन्द्र, जसले नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने एजेण्डा अघि सारेका थिए), जसलाई शान्ति स्थापना गरेवापत नेपाल सरकारले नोवेल पुरस्कारको हकदार ठहर्याघयो। उहाँलाई पुरस्कृत तुल्याउन धूमधाम लबी गरियो। भारतका प्रधानमन्त्रीले उहाँलाई प्रशंसाको ठूलो भारी नै बोकाएका थिए। अन्तर्राष्ट्रिय जगतमा पनि उहाँको प्रतिष्ठा चुलिएको थियो। हामी नेपालीले त उहाँलाई मुलुकमा मच्चिएको हिंसा हत्याको शृंखला अन्त गर्ने युग पुरुषका रूपमा नै सम्मान गर्यौंत।
उहाँको शवयात्रा बृहत् थियो। देशबासीको ओइरो नै लागेको थियो त्यसमा। तर त्यो तीन वर्षअघिको वास्तविकता हो। तीन वर्षमा फोहरै भए पनि वागमतीमा धेरै पानी बगिसकेको छ। मुलुक एकपछि अर्को संकटमा पर्दैछ। तिनै गिरिजाप्रसादले अथक प्रयास गरेर निर्माण गरेको संविधान सभा उहाँको देहावसानपछि अवसान भएर अहिले मुलुक दोस्रो संविधान सभाको चुनाव गर्ने तयारीमा छ। सम्झौताका थुप्रै ठेली ढुसी परेर थन्केका छन् कार्यान्वयनको दिन कुर्दाकुर्दै। प्रधान न्यायाधीशलाई मन्त्रिपरिषद्को अभिभारा सुम्पन बल्लबल्ल समझदारी भयो। जहाँसम्म राष्ट्रियताको सवाल छ, त्यो त कुन दिन रिफरेण्डमको एजेण्डा बन्ला भन्ने भययुक्त परिस्थिति छ। शायद यिनै जटिल समस्या हुनाले उनीहरुलाई गिरिजाबाबुको भूमिका सम्झने फुर्सद मिलेन होला।
गिरिजाबाबु नेपाली राजनीतिक क्षितिजमा चम्किएका तारामध्ये पृथक हुनुहुन्थ्यो। उहाँलाई शायद पहिलो पल्ट चुनावमा बहुमत ल्याएर विजयी भएको पार्टीको संसदीय दलको नेता बनुन्जेलसम्म पनि प्रधानमन्त्री बन्छु भन्ने विश्वास थिएन होला। उहाँ कट्टर कम्युनिष्ट विरोधी हुँदाहुँदै पनि नेपाली कांग्रेसका एकमात्र यस्तो नेता हुनुहुन्थ्यो, जो उद्देश्य प्राप्तिका निमित्त जुनसुकै काम गर्न हिच्किचाउँदैन। मूल्य/मान्यता र आदर्शप्रति उहाँलाई विश्वास भएको प्रमाण पाउन कठिन छ। २०१७ सालपछिको सात वर्ष जेलमा बिताएपछि २४ दिन लामो आमरण अनसन गरेर जेलबाट जुटेका विश्वेश्वरप्रसाद कोइरालाका कान्छो भाइ राजासँग सम्वाद मात्र होइन, घनिष्ट सम्वाद गर्ने पात्र पनि बन्नुभयो। उहाँलाई बीपीका थुप्रै कुरामा चित्त बुझ्दैनथ्यो। तर पनि दाजुप्रति निष्ठावान अग्रज बन्न उहाँ कहिल्यै पनि चुक्नु भएन। बीपीको छायाँ भएर जतिसुकै प्रतिकूल परिस्थितिमा पनि उहाँसँग लागिरहनुभयो। दाजुको उद्देश्य क्रान्तिबाट नेपालमा प्रजातन्त्र पुनर्बहाली गर्ने थियो। गिरिजा क्रान्तिमा होमिनुभयो। यस प्रसंगमा सुन, युरेनियमको तस्करीदेखि बन्दूकको व्यापार र जाली नोट छाप्ने जस्ता कार्य गर्न उहाँलाई कुनै हिच्किचाहट भएन। बीपीको कडा निगरानीमा नपर्नुभएको भए उहाँ क्रान्तिका निमित्त नेपाली स्टालिन बन्नुहुने थियो होला। यी कार्य गर्दा गिरिजाबाबुलाई कतै कहिले पनि हीनताबोध भएन।
बीपीको देहावसानपछि कांग्रेस नेतृत्वले 'ट्रोइका' को रूप धारण गर्योो। सर्वमान्य नेता गणेशमान सिंह, कार्यबाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई र पार्टी महासचिव गिरिजाप्रसाद कोइराला ट्रोइकाको सदस्य हुँदा उहाँलाई अन्य दुईले सदा कान्छो भाइका रूपमा हेरे। गणेशमान र किसुनजी बीपीका समकालीन थिए। आफ्नो कार्यक्षेत्र काठमाडौंमा केन्द्रित तुल्याइएका दुवै नेतालाई गिरिजाबाबुले पार्टी संगठनमा लगनशील भएर कार्यकर्ता पंक्तिमा आर्जन गरेको 'पपुल्यारिटी' को अन्दाज थिएन।
गणेशमान चुनावमा नउठ्नुभएको अनि किसुनजी चुनाव हारेको अवस्थामा गिरिजाबाबुलाई संसदीय दलको नेता घोषणासँगै गणेशमान सिंह र किसुनजीका कर्मठ सहयोगीहरु कसरी गिरिजाप्रसादलाई प्रधानमन्त्री बन्नबाट रोक्न सकिन्छ भन्ने खेलमा नजुटेका होइनन्। उहाँ संवैधानिक श्रीपेच पहिरिएर बसेका राजा वीरेन्द्रको पनि रुचिको पात्र हुनुहुन्नथ्यो। नेपाली कांग्रेस पार्टीभित्रको स्थिति, दरबारको नजर, अनि प्रजातन्त्रको जग भत्काउन अग्रसर पूर्व पञ्चहरुको आसय बुझेर नै शक्तिशाली बन्दै गएको एकीकृत कम्युनिष्ट पार्टी मार्क्सवादी-लेनिनवादी उहाँलाई प्रधानमन्त्रीको शपथ ग्रहण गरेकै दिनदेखि सत्ताच्युत गराउन आतुरिएको थियो। यो अवसरको फाइदा उठाउन कर्मचारीतन्त्र पनि गिरिजाप्रसादको खिलाफमा उत्रिएका थिए। उहाँको प्रथम पटकको प्रधानमन्त्रित्व कहिले पनि सरकार प्रमुख नभएका अनि सरकार सञ्चालन तालिम नपाएका क्याडरहरुलाई मन्त्री बनाएर तिनको नेतृत्व गर्नुपर्ने परिस्थितिको सामना गर्दैमा सकिएको थियो। उहाँलाई लडाकु नभएको भए चारैतिरबाट आएको विरोधको सामना गर्न कठिन पर्ने थियो।
माथि उल्लिखित गरिएअनुरूप आफ्नो उद्देश्य प्राप्तिका निमित्त समर्पित गिरिजाप्रसादमा प्रधानमन्त्रित्व प्राप्त भएपछि 'यो पद मेरै लागि बनेको हो र यसको हकदार मबाहेक अरु कोही छैन' भन्ने विश्वास चरमरूपमा बढेको देखिन्छ। पद पाउन र टिक्नका निमित्त प्रतिद्वन्द्वीलाई विस्थापित गर्ने खेलमा उहाँ पहिलो प्रधानमन्त्रित्व कालदेखि नै खुलेर लाग्नुभयो। किसुनजीलाई दोस्रो पटक चुनाव हराउनका निमित्त उहाँका विश्वास पात्रहरु उनकै इसारा नपाई लागेका थिएनन्। घात र प्रतिघातको संस्कृति नेपाली कांग्रेसका निमित्त पुरानो नभए पनि गिरिजाप्रसादको पहिलो र दोस्रो प्रधानमन्त्रित्वकालमा चुलिएको थियो। जब उहाँलाई प्रधानमन्त्रीमा टिकिरहन धन चाहिन्छ भन्ने लाग्न थाल्यो, त्यसपछि सजिला स्रोतहरु खोजी हुन थाले। यही क्रममा भयो- धमिजा काण्ड।
पाँच वर्षका लागि चुनिएको सरकार तीन वर्षमा नै विघटन हुने अवस्था धमिजा काण्ड नघटेको भए हुने थियो भनेर अड्कल काट्न कठिन पर्छ। यदि नेपाली कांग्रेसका ३६ सांसद सरकारको कार्यक्रम अनुमोदन गर्ने अवस्थामा उपस्थित भइदिएका भए पनि प्रधानमन्त्रीलाई महाअभियोग लाग्ने प्रायः निश्चित थियो। इतिहासविद्हरुले भविष्यमा पत्ता लगाउने छन्- संसद भंग गर्नुपर्ने बाध्यात्मक अवस्था ३६ सांसदको अनुपस्थितिले आएको थियो कि महाअभियोगको भयले?
दोस्रो आमचुनावमा बहुमत नआएपछि भद्र किसिमले मनमोहन अधिकारीलाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई संसदीय दल र विपक्ष दलको नेतामा चयन गराएर गिरिजाबाबु चूप लागेर बस्न नसक्नुको पछाडि प्रमुख कारणचाहिँ उहाँमा रहेको प्रधानमन्त्री पदको एक्लो हकदार आफूमात्र हो भन्ने भाव हो भन्न हिच्किचाउनु परोइन। यी भाग्यचाहिँ उहाँको यो चाहनाका कारण मुलुक अनिश्चित तथा अस्थिर राजनीतिक भुमरीमा पर्यो।। सरकार फेरबदलको क्रम तीव्र भए। माओवादीहरुले राज्यका विरुद्ध हतियार उठाए। गिरिजाबाबुले दरबारले क्रमिकरूपमा शक्ति सञ्चय गर्न थालेकोलाई नियन्त्रण गर्न सक्नुभएन। र, सेनालाई माओवादीविरुद्ध परिचालन गर्न पनि सफल हुनुभएन। परिणामस्वरुप उहाँको दोस्रो कार्यकालमा उहाँ लोकप्रियबाट अति अलोकप्रिय नेता बन्न पुग्नुभयो। लोप हुँदै गएको लोकप्रियताका पछाडि उहाँको एकमात्र छोरीको उदय र तिनका थुप्रै काण्डहरु या अवैध संलग्नता तथा नजिकका नातागोताका मानिस, जसले उहाँको साथ प्रवासदेखि नै दिँदै आएका थिए, सँगको बढ्दो दूरी थियो। शैलजा आचार्य, चक्र बास्तोला, महेश आचार्य मात्र होइन, यस अवधिमा विजय गच्छदार, जयप्रकाश आनन्द, खुमबहादु खड्काहरु पनि टाढिए।
आफ्नो घट्दो राजनीतिक कदका कारण गिरिजाबाबुले तेस्रो आमचुनावमा पहिले नै नेपाली कांग्रेसको प्रधानमन्त्रीका रूपमा कृष्णप्रसादको घोषणा गर्नुपर्योन। उहाँको प्रयासमा पार्टीले पुनः एक पटक बहुमत पनि ल्यायो। किसुनजी प्रधानमन्त्री पनि बन्नुभयो। यस पटक पनि आफैंले छानेको व्यक्ति प्रधानमन्त्री पदमा नियुक्ति गिरिजाका लागि असह्य भयो। पाँच वर्षका निमित्त प्रधानमन्त्रीको पदमा चुनिनुभएका किसुनजीले सातै महिनामा राजीनामा दिनुपर्यो । गिरिजाप्रसाद कोइरालाको तेस्रो प्रधानमन्त्रित्वकालमा भने उहाँभन्दा पनि बढी हठधर्मी राजाको सामना गर्नुपर्ने परिस्थिति आयो। अन्ततोगत्वा उहाँको सत्ता बहिर्गमन भयो। अर्कोतर्फ राजा ज्ञानेन्द्रको शक्ति केन्द्रीकरण गर्ने क्रम चुलियो। अति महŒवाकांक्षा, सत्तामोह र विवेकशून्य राजासँग तिनले खोसेको जनअधिकारको पुनर्बहाली तथा माओवादीलाई बन्दूक बिसाएर मूल राजनीतिक प्रवाहमा ल्याउने अभिभारा गिरिजाप्रसादको काँधमा आइपुग्यो। दोस्रो जनआन्दोलनको सफलता तथा माओवादीहरुको शान्ति प्रक्रियामा प्रवेश जस्ता ऐतिहासिक उपलब्धिहरुको नेतृत्व गर्ने श्रेय उहाँलाई नै प्राप्त भयो।
गिरिजाप्रसाद कोइरालालाई सबैभन्दा ठूलो धोका वा विश्वासघात माओवादी नेतृत्वले नै गर्योा। उनीहरुले उहाँलाई राष्ट्रपिताका रूपमा प्रस्तुत त गरे तर पनि प्रथम राष्ट्रपति बन्ने अवसर भने दिएनन्। तर आन्तरिकरूपमा धोकाचाहिँ उहाँ आफैंले आफैंलाई दिनुभयो। अन्तिम समयसम्म पनि उहाँले आफ्नो उचाइको नाप लिन सक्नुभएन। अन्ततः गिरिजाप्रसाद मुलुकले चाहेजस्तो राष्ट्रपिता बन्नुको साटो एक्ली छोरीको पिता बन्ने प्रयासतर्फ नै केन्द्रित हुनुभयो। तर न उहाँकी छोरी सफल हुन सकिन् न त उहाँले जनचाहना पूरा गरेर मुलुकलाई सुशासन दिन नै सक्नुभयो। चाटुकारहरुको फन्दा, माओवादीहरुको जालो र पुत्रीमोहले गर्दा उहाँले आर्जन गर्नुभएका धेरै कुरा उहाँले गुमाउनुभयो। यो प्रक्रियामा पदीय मोह र त्यसमा आफ्नो आधिपत्य जमाउने एकल अधिकारभावले अवश्य पनि उहाँको कद होच्याउन र पाउनुपर्ने ऐतिहासिक स्थान साँघुरो पार्यो भन्न हिच्किचाउन परोइन। उहाँको स्मरणमा राम्राभन्दा नराम्रा कुराले बढी स्थान ओगटेका छन्। मान्छेको कमजोर पक्ष पनि यही हो।