यतिखेर नेपालमा नागरिकताको माग खुब बढेको छ। आगामी जेठमा संविधान सभा निर्वाचनको चर्चा चलेको छ। त्यसका लागि मतदाता नामावली तयार हुनपर्छ। मतदाता नामावलीका लागि नागरिकता अनिवार्य चाहिन्छ। पश्चिमाञ्चलका मुक्त हलियासँग नागरिकता छैन। त्यसैले उनीहरुले मतदान गर्न पाउँदैनन्। प्रश्न- ती नेपाली नागरिक हुन कि होइनन्?
नेपालमा धेरै त्यस्ता नागरिक छन्, जोसँग नेपाली नागरिकताको प्रमाणपत्र छैन। यतिखेर प्रायः जुनसुकै कामका लागि पनि नेपाली नागरिकता चाहिन्छ नै। नेपालमा बाबुको थाहा नभएका कैयौं नागरिक छन्, जोसँग नेपाली नागरिकता छैन। बाबु थाहा नभएकाले आमाको नागरिकताबाट पनि नेपाली हो भने उसले नागरिकता पाउँछ। सर्वोच्च अदालतले पनि यो आदेश दिइसकको छ। कतिपय ठाउँमा यो नियम कार्यान्वयन हुन सकेको छैन। यही कारण हजारौसँग नागरिकता छैन। त्यो समस्या तराइमा पनि बृहत् मात्रामा छ। केही समयपहिले तराइमा ४२ लाखलाई नेपाली नागरिकता बाँडियो। अनि समस्या समाधान भयो भनियो। भनिन्छ, यसमध्ये २२ लाख गैरनेपालीले नागरिकता लिएका छन्। त्यसैले यो सदाका लागि भएको समाधान होइन। केही समयपछि फेरि नागरिकताविहीनको समस्या आउँछ नै । जो खुुद नेपाली हुन्, उनीहरुका साथमा पनि नेपाली नागरिकताको प्रमाणपत्र छैन। यो अवस्था पश्चिम नेपालका हलियामा पनि विद्यमान छ। जो यति बेला हक खोज्ने क्रममा सडकमा आएका छन्।
पश्चिम नेपालमा धेरै यस्ता नागरिक छन्, जो नेपाली नै हुन तर उनीहरुसित नेपाली नागरिकता छैन। नेपालमा २ सय ४० वर्षदेखि राजतन्त्र चल्दै आयो, त्यहीबेलादेखिको यो समस्या अहिलेका नेताहरुले पनि समाधान गर्न सकेनन्। राजाको प्रवृत्ति नेताहरुमा सर्यो। हरेक समस्याको समाधान दीर्घकालीनरूपमा खोजिनुपर्छ। जस्तो कमैया मुक्त भए भनियो तर उनीहरुको उचित पुनर्स्थापना भने भएन। जसको परिणाम भोग्न आज मुलुक बाध्य छ। त्यस्तै हलिया प्रथा पनि एउटा हो, जसलाई दीर्घकालीन हिसावले सोच्न नसक्दा समस्या निमिट्यान्न हुन सकेन। नागरिकताको समस्या पनि यसैसँग जोडिएको एउटा सवाल हो।
हलियाले लिएको ऋणको ब्याजको स्याज गर्दै जम्मा हँुदै गएवापत वर्षौंसम्म साहूको खेतमा हलो जोत्दै आएका सुदूरपश्चिमका ८७ प्रतिशत हलियाले अझै नागरिकता पाएका छैनन्। बझाङको २७ गाविसमा गरिएको एक अध्ययनअनुसार वर्षौंदेखि हलिया बसेकामध्ये ५ जनाले १ सयदेखि ३ हजारमात्र ऋण लिएका छन्। यसवापत उनीहरुका पुस्ताले समेत साहूको हलो जोतेका थिए। राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विकले प्रस्तुत गरेको कार्यपत्रअनुसार मालिकका कारणले नै उनीहरुले नागरिकता पाउन सकेनन्। यो नेटवर्कले गरेको अध्ययनअनुसार ३१ सयदेखि ४० हजारसम्म ऋण लिनेको संख्या ३ सय १८ र त्योभन्दा माथि ऋण लिनेको संख्या १७ जना छन्। जसमध्ये सबैभन्दा बढी १ सय ८४ जनाले ११ हजारदेखि २० हजार ऋण लिएका छन्। भोटका लागि मतदाता नामावलीमा हलियाको नाम दर्ता गराउने मालिकले नागरिकता बनाउनेतर्फ भनेे पहल गरेको देखिँदैन। धनगढीमा ऋणको ब्याजमा वर्षौंसम्म साहूको खेतमा हलो जोत्दै आएका सुदूरपश्चिमका ८७ प्रतिशत हलिया छन्, उनीहरुले पनि नागरिकता पाएका छैनन्।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयले केही दिनपहिले लिएको तथ्यांकअनुसार सुदूरपश्चिममा १६ हजार ५ सय १६ हलिया छन्। तीमध्ये बैतडीमा सबैभन्दा बढी ४ हजार ४ सय ३६ हलिया छन्। डडेल्धुरामा २ हजार ५ सय ७६, बझाङमा १ हजार ३ सय ९१, दार्चुलामा ४ सय ५९, डोटीमा १ हजार ८ सय २६, कैलालीमा २ सय २०, कञ्चनपुरमा ३ हजार ७ सय ३२, बाजुरामा १ हजार ६ सय ३४ र अछाममा २ सय ४२ हलिया छन्। ऋणबापत ६५ देखि ८० वर्षसम्म हलिया भएर काम गर्नुपरेको कार्यपत्रमा उल्लेख छ। विकका अनुसार दार्चुलामा एउटा परिवारले १ सय ५ वर्षसम्म हलिया बसेको उदाहरण छ । उनका अनुसार एउटा पुस्ताले लिएको ऋण नतिरेसम्म उसको पुस्तौंपुस्ता उसैको (साहूका घरमा ) हलिया बस्नुपर्छ।
कार्यपत्रअनुसार ८८ प्रतिशत हलियाको खेतीबाट हुने कमाइले उसको परिवारलाई ३ महिनामात्रै खान पुग्छ। विकको कार्यपत्रमा ४४ प्रतिशत हलिया घरवारविहीन भएको उल्लेख छ। ३३ प्रतिशतस"ग घडेरीसमेत छैन। शान्ति तथा पुनर्निर्माण मन्त्रालयले लिएको तथ्यांकअनुसार सुदूरपश्चिममा ८२ प्रतिशत हलिया निरक्षर छन्। सालाखाला साढे ८ हजार ऋणबापत ६५ देखि ८० वर्षसम्म हलिया भएर काम गर्नुपरेको कार्यपत्रमा उल्लेख छ। गरिबी र पुस्तैनी ऋणले हलिया बस्नुपरेको हो। सुदूरपश्चिममा ९३ प्रतिशत हलिया भूमिहीन छन्। भूमिहीन हलिया साहूले दिएको जग्गामा छाप्रो बनाई बसोबास गदर्ैं आएका छन् विकद्वारा प्रस्तुत कार्यपत्रमा उल्लेख छ- ८८ प्रतिशत हलियाको खेतीबाट हुने कमाइको बचतले ३ महिना मात्रै खान पुग्छ। बा"की ११ प्रतिशत हलियाको ६ महिना मात्रै खान पुग्छ। जसमध्ये ४४ प्रतिशत हलिया घरविहीन छन् र ३३ प्रतिशतस"ग घडेरीसमेत छैन। उल्टै यस्तो अवस्थामा हलिया नै नेपाली भएर पनि नागरिकताविहीन छन्। उसै त अन्यायबाट गुजि्ररहेका हलियालाई नागरिकताविहीन गराउनुको थप अन्याय हो। यस्तो अन्याय गर्ने अधिकार राज्यलाई हुँदैन।