राजनीतिक दलहरु निर्वाचन गराउने सर्वदलीय सहमतिमा पुग्न नसकेपछि दलहरुकै सहमतिमा गठन भएको प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको निजामती सरकार सिंहदरवारको चौरस्ताबाट अघि बढ्न सकेको छैन। चुनाव असारमा कि मंसिरमा? जनताको मनमा खुलदुली चलिरहे पनि प्रशासनिक क्षेत्रका दिग्गज र अनुभवी व्यक्तिहरुको सत्ता-समूह दुई सातासम्म पनि आनन्द र अन्योलको अवस्थामा छ। आनन्द यस अर्थमा कि नेपालको राजनीतिमा यो सरकार नया" प्रयोगका रूपमा आएको छ। अन्योल यस अर्थमा कि चुनावका लागि गठन भएको सरकारले चुनावी बाटो पहिल्याउन सकेको छैन। असारको पहिलो सातासम्म चुनाव गराउने उद्देश्यका साथ चुनावी सरकार गठन भएपछि देशमा देखिनुपर्ने चुनावको रौनक र चहल-पहल केही देखिएको छैन।
चुनावी सरकार विरोधी राजनीतिक दलहरुले जिल्ला जिल्लामा मतदाता नामावली संकलकहरुको ल्यापटप लुटेका छन्। चुनावप्रति विश्वास र स्वीकारका भन्दा अविश्वास र बहिष्कारका नारा बढी लाग्न थालेका छन्। प्रधान न्यायाधीश जस्तो गरिमामयी ओहोदामा बसेका व्यक्तित्वको नेतृत्वमा सरकार गठन हु"दा मानिसको मनमा असारमा नै चुनाव हुने आशा पलाउनु अस्वाभाविक थिएन। तर यो आशा जति छिटो पलाएको थियो, त्यति नै छिटो धमिलिन थालेको छ। निर्वाचनको खास उद्देश्य पूरा गर्न छोटो अवधिका लागि गठन भएको सरकारले जुन तीव्रताका साथ निर्वाचनसम्बन्धी निर्णय गर्नुपर्ने थियो, त्यो गर्न नसकेकाले नै अन्योल बढेको हो। चुनावी सरकार मंसिरसम्म तन्कने हो कि चैतसम्म लम्बिने हो? संशय बढदैछन्।
तर, दोष सरकारको मात्र छैन। राजनीतिज्ञलाई खेलाउने सामर्थ्य राख्दै आएका निजामती सेवाका वरिष्ठ व्यक्तिहरुले राजनीतिको गति-विज्ञान बुझेकै हुनुपर्छ भन्ने केही छैन। निर्वाचन लोकतान्त्रिक राजनीतिको विशिष्ट प्रक्रिया हो। निर्वाचनका लागि निष्पक्ष सरकार महŒवपूर्ण सर्त भए पनि राजनीतिक प्रक्रियामा सरकारको तटस्थ संलग्नता निर्वाचनको अनिवार्य सर्त हो। वर्तमान सरकारलाई सुझाव दिन बनेको चार दलीय संयन्त्रले सरकारलाई राजनीतिक प्रक्रियासँग जोड्न मद्दत गर्नुपर्ने हो। तर, अहिलेको राजनीतिक अवस्थामा यो चार दलीय संयन्त्र प्रभावकारी हुन सकेको देखिएन। देशको राजनीतिमा चार दलको शक्ति अहिलेसम्मको स्थापित सत्य भए पनि त्यो नै सबै कुरा होइन। समाज रुपान्तरणसँगै देशमा जातीय र क्षेत्रीय महŒवका साना, ठूला र मझ्यौला राजनीतिक दलहरुकोे वर्चस्व बढ्दै गएको छ। यो अवस्थामा सबै दलबीच सन्तुलित र समन्वयात्मक समझदारी बन्न सकेन भने निर्वाचनको उद्देश्य नै पराजित हुन्छ। दलबीच अहिले देखिएको कटुतापूर्ण सम्बन्ध नै निर्वाचनको सबभन्दा खतरनाक तगारो बनेको छ।
एकीकृत माओवादीबाट चोइटिएर बनेको नेकपा-माओवादीले अहिले निर्वाचन विरोधी अभियानको नेतृत्व लिएको छ। मधेसका नेता उपेन्द्र यादव निर्वाचनविरुद्ध नदेखिए पनि अहिलेको प्रक्रियासँग उनको असन्तुष्टि देखिएको छ। क्षेत्रीय स्तरका विभिन्न राजनीतिक समूह पनि निर्वाचनको अहिलेको प्रक्रियासँग असन्तुष्ट छन्। यसबाहेक, छिटो निर्वाचनको माग गरिरहेका दलहरुभित्रका विभिन्न गुट राजनीतिको पानी धमिल्याउन अग्रसर देखिएका छन्। जेठको अन्तिम र असारको पहिलो साता निर्वाचन हुने आशा छरिरहेका एकीकृत माओवादी, कांग्रेस र एमाले स्वयं नै आफूले चाहेको समयमा चुनाव हुनेमा ढुक्क देखिँदैनन्। बडो विचित्रको अवस्थामा फसेका छन्, राजनीतिक दलहरु।
सरकारले यी दलसँगको सहमतिमा चुनावको मिति तय गर्न खोजेको हो भने अझै केही महिना राजनीतिक अन्योल यथावत् रहनेछ। नेपाली राजनीतिका दुई विपरित ध्रुवका रूपमा रहेका एकीकृत माओवादी र कांग्रेस दुवै आ-आफना सुविधामा चुनाव होस् भन्ने चाहन्छन्। चुनाव अभियानमा लागेपछि पार्टीभित्र अहिले देखिएका अन्तरविरोधहरु स्थगित हुनेे र संगठनात्मक हिसावले चुनावमा जान त्यति अप्ठेरो नभएकाले एकीकृत माओवादी तत्काल चुनाव चाहन्छ। कांग्रेसले भर्खरमात्र आफ्नो महासमिति बैठक बोलाएको छ। चुनावमा तत्काल जाने कि विलम्वित हिसावले जाने भन्नेमा नेतृत्वबीच आन्तरिक सहमति भइसकेको छैन। कांग्रेस नेतृत्वभित्रको एउटा बलियो पक्ष निर्वाचन परिषद्का अध्यक्षले प्रधान न्यायाधीशको पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेको छ। कांग्रेस सभापतिका लागि अहिलेकै स्थितिमा चुनावमा जाने निर्णय लिनु कठिन देखिएको छ। बरु, अनेक आन्तरिक विवाद छ"दाछ"दै पनि एमाले चुनावका लागि तत्पर देखिएको छ।
अहिलेसम्म सत्ताको केन्द्रमा रहेका मधेसका राजनीतिक दलहरुका लागि पनि चुनावको उपयुक्त समय चुन्नु कठिन देखिन्छ। मधेसको वर्तमान नेतृत्वले आफ्नो वर्चस्व कायम राख्नसक्ने परिस्थिति खस्कन थालेको छ। नेताहरुको सत्ताकेन्द्रित चरित्रका कारण मधेस तराईका जनतामा बढ्दो असन्तोष अहिलेको यथार्थ हो। मधेस राजनीतिको चरित्र परिवर्तनवादी रह"दै आएको छ। यो अवस्थामा मधेसका नेताहरुले चुनावको मिति पर सार्ने नियत राखे भने अचम्म मान्नुपर्ने छैन।
निर्वाचनका लागि गठन भएको सरकारले असारको पहिलो साताका लागि चुनावको मिति तोक्नु उसका लागि सुरक्षित विकल्प हुन्छ। किनभने प्रमुख दलका नेताहरुले वचनले असारको चुनावका लागि प्रतिबद्धता जनाइसकेका छन्। असारको पहिलो साताका लागि चुनाव घोषणा गर्ने हो भने राजनीतिक दलहरुले त्यसमा किचलो निकाल्ने मौका पाउने छैनन् तर त्यसका लागि समय घर्किन लागेको छ।
चुनावको मिति नतोकिएसम्म अहिले चुनाव बहिष्कारको अभियानमा लागेका कतिपय राजनीतिक दल र समूहहरु निर्वाचनमा एकोहोरिन सक्छन्। त्यसपछि बा"की रहेका दललाई वार्तामा ल्याउनु सरकारका लागि सहज हुनेछ। निर्वाचनबारे अहिले जे/जति चर्चा भए पनि चुनावको मिति नतोकिएसम्म पूर्ण तस्बिर देखिन सक्दैन। यो राजनीतिक वास्तविकता हो। त्यत्तिकै बलियो वास्तविकता के हो भने हिंसाको सहारा लिएर चुनाव खलबल्याउन खोज्ने दल र समूहहरुले जनताको अनुमोदन पाउन सक्दैनन्। ती दलका नेताहरु पनि यो तथ्यबाट अनभिज्ञ छैनन्। सत्ता र शक्तिको मोलमोलाइ मिलेको खण्डमा उनीहरु निर्वाचनमा सहभागी नहुने कुनै कारण देखिँदैन। आफ्नो कर्मचारीको एउटा ल्यापटपसमेतको सुरक्षा गर्न नसक्ने सरकारले चुनावको बृहत् अभियानलाई सुरक्षित अवतरण गराउन सक्ला भन्ने विश्वास कसैले गर्दैन। त्यसैले पनि सरकारले प्रचुर आत्मविश्वासका साथ आफनो सुरक्षा व्यवस्थालाई बलियो र दह्रो बनाउनुपर्छ।
देशका लागि चुनाव अहिलेको सबभन्दा चर्को आवश्यकता हो। संविधान सभाले स्थगित राखेका कार्यसूचीहरुलाई प्रत्यक्षतः जनताका बीचमा पुर्यााएर नया" संविधान निर्माणको ताजा जनादेश लिनमात्र होइन, लोकतान्त्रिक शासनलाई निरन्तरता दिन पनि चुनाव अपरिहार्य छ। निर्वाचन परिषद्ले भोलिका लागि काम थाती राख्ने निजामती चलनलाई तोडेर साहसिक निर्णय गर्न सकेन भने देशले ठूलो घाटा बेहोर्नुपर्नेछ। छिटो चुनाव हुनेगरी चुनावको मिति निश्चित गर्नु नै अहिलेको साहसिक निर्णय हो।