प्रवृत्ति बदल्ने समय
१९ चैत्र २०६९
•
१७ मिनेट पाठ
प्रवृत्ति बदल्ने समय
'मुलुक नसोचेको संकटको अवस्थामा छ। यो संकटको अवस्थामा कारण कहीँ बाहिर छैन, हामीभित्रै छ। यसमा पद्धतिको कुनै दोष छैन। हाम्रो प्रवृत्ति दोषी छ।'- कृष्णप्रसाद भट्टराई (३ चैत २०५६)
माथि उल्लेख शब्दहरु किसुनजी- व्यक्ति, विचार र व्यवहार, सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा प्रकाशित (८ पुस २०३९) पुस्तकबाट उतारिएको हो। सन्त नेताको उक्त भनाइको सान्दर्भिकता आज (तेह्र वर्ष पूर्व जुन दिन उहाँले उक्त कुरा आफ्नो लिखित वक्तव्यका रूपमा संसद्मा पेस गर्नुभएको थियो) अझै बढी भएको प्रष्ट छ। त्यस दिन उहाँले आफ्नो नाममा जनतासँग भोट मागेर चुनावी विजय प्राप्त गरेको पार्टी एउटा गुटले उहाँलाई सात महिनामा नै प्रधानमन्त्री पदबाट हटाउने षडयन्त्रमा सफलता प्राप्त गर्न थालेपछि उहाँले राजीनामा दिँदा उल्लेख गर्नुभएको थियो।
किसुनजीको दोस्रो प्रधानमन्त्रीत्वकालमा मुलुकमा संसद् थियो। प्रजातन्त्रको पुनःस्थापना भएको नौ वर्ष हुँदा सातवटा सरकार परिवर्तन भइसकेका थिए। जुन शक्तिको अर्थात् कांग्रेस र कम्युनिस्ट मिलेर तीस वर्ष लागे, संघर्षपछि अन्त गर्न सफल भएका थिए। त्यसकै दुई नायकहरुलाई यस अवधिमा प्रधानमन्त्री बन्ने सौजन्य पनि प्राप्त भइसकेको थियो। उग्रवामपन्थी माओवादीले राज्यविरुद्ध हतियार उठाएको तीन वर्ष बितिसकेको थियो। माओवादी र तिनका विरुद्ध तालिम, हतियार विपन्न प्रहरीको लडाइँ उत्सर्गमा पुग्दै थियो। दुवैथरीबाट मच्चाएको आतंक र हिंसाले मुलुकग्रस्त थियो। जनताको शान्तिको चाहना मृगतृष्णा सावित भएको थियो। अर्कोतर्फ संवैधानिक जोडिएको श्रीपेच लगाएका राजा र तिनका मतियारहरु कति चाँडो संसदीय व्यवस्था असफल भएको नाममा पुनः सत्ता कब्जा गर्ने दाउँ ढुकेर बसेका थिए। पार्टीभित्र प्रधानमन्त्रीको पद 'मेरा एकल हक' ले आश्रय पाएको थियो। त्यस अवस्थामा वैदेशिक चलखेल अथवा शिशु प्रजातन्त्रको नभएर सत्तामोह प्रवृत्तिलाई उहाँले दोष दिनुभएको थियो।
आज अर्थात् तेह्र वर्षपछि पनि त्यही प्रवृत्ति हाबी छ। किसुनजी, गिरिजाप्रसाद कोइराला तथा राजा वीरेन्द्र कोही पनि छैनन्। न त प्रजातन्त्रको अभिन्न अंग संसद् वा जनताले चुनेको संस्था नै जीवित छ। वास्तवमा 'नसोचेको संकटको अवस्था' को साटो अकल्पनीय भयावहबाट मुलुक गुज्रँदैछ। जिम्मेवारचाहिँ अझै पनि सत्ता प्राप्तिको परिधिभित्रै रुमलिराखेको छ। फरक त्यति हो, व्यक्ति वा पात्र बदलिए तर प्रवृत्ति बदलिन सकेन।
तीन ठूला दलका नेता तथा केही मधेसवादी दल सम्मिलित मोर्चासमेत भएर बनेको 'चार शीर्ष नेता' को क्लबले डा. बाबुराम भट्टराई हटाउने सहमति त गर्न सक्यो तर तिनको बदलामा आफू नै प्रधानमन्त्री बन्नुपर्ने बालहठ त्याग्न सकेन। फलस्वरूप बाबुरामलाई मनोमान्य गरेर सत्तामा अर्काे दश महिना टिकिरहने शुभअवसर प्राप्तचाहिँ भयो, मुलुकले निकासचाहिँ पाउन सकेन। राष्ट्रिय सहमति भनेको आफू प्रधानमन्त्री बन्नेमा सीमित भएपछि विकल्पको प्रयास भयो। सो प्रयासले चुनावी मन्त्रिपरषद्का अध्यक्षमा प्रधान न्यायाधीश तथा पूर्व प्रशासक सम्मिलित एघार सदस्यीय मन्त्रिमण्डल गठन गर्ने चाँजोपाँचो मिलायो। जतिसुकै तर्क गरे पनि वास्तविकता के हो भने चारै शीर्ष दलका नेताहरुलाई एक अर्कामध्येबाटै प्रधानमन्त्री बन्नुपर्छ भन्नेमा विश्वास थियो। अनि जो प्रधानमन्त्री बन्छ, त्यसले सत्ता लम्ब्याउँछ भन्ने त्रास। त्यसकारण उनीहरु बाजा नबजे पनि कुर्सी पक्डने दौडबाट हट्न चाहेनन्। यस अर्थमा दलहरू असफल भएका होइनन्, न दलीय पद्धतिको असफलता नै हो। यो त लोभी प्रवृत्तिको घेराबाट उठ्न नसकेको परिस्थिति थियो।

विदेशी चलखेलका कारण अथवा षडयन्त्रको परिणामले प्रधान न्यायाधीशले पद प्राप्त गरेका हुन् भन्ने तर्कपछाडि कुनै तुक देखिँदैन। छिमेकी राष्ट्रहरू तथा दातृराष्ट्रहरूले खिलराजको मन्त्री परिषद्को अध्यक्ष पद चयनीलाई स्वागत गरेका कारण वैदेशिक चलखेलको घोतक ठान्नु भनेको आफ्नो छायाँलाई पनि शंकाको दृष्टिले हेर्नुसरह हो।
कुनियत वा प्रवृत्तिको हानि के/कति छ? भन्ने तथ्य त्यतिबेला प्रकाशमा आयो, जब चार शीर्षस्थ नेता तथा तिनका चार सहयोगी समावेश हुने उच्चस्तरीय राजनीतिक संयत्रको गठन भयो। मन्त्री मण्डललाई राजनीतिक निर्देशन दिने अथवा राजनीतिक पार्टीहरू अझै फेल भइसकेका छैनन् भन्ने देखाउने जस्ता जतिसुकै तर्क अघि सारिए पनि यस संयत्रको औचित्य तथा अवधारणा प्रष्ट नै छ। पञ्चायतकालमा सत्ताच्युत हुँदा साथै सूर्यबहादुर थापाले 'भूमिगत गिरोह' जो 'गैरसंवैधानिक शक्ति केन्द्र हो' भनेका थिए। तिनले आजसम्म पनि त्यो गिरोहको संगठनात्मक संरचना र पात्रहरूका विषयमा थप केही भनेका छैनन्। हाल बनाइएको संयत्र भूमिमाथि छ। अनि यसका चार नायक पनि तोकिएका छन्। बाँकी चार को 'सहयोगी' हुने हुन्, त्यो रहस्य खुल्न बाँकी नै छ वा संयन्त्रको सभापतित्व आलोपालो गरेर महिनापिच्छे फेरिने भने पनि हाल प्रचण्ड नै अध्यक्ष भएका छन्। उद्देश्य पनि प्रष्ट छ। ११ सदस्यको मन्त्री परिषद्का यसका अध्यक्षलाई दुई मन्त्रीहरू रोज्ने अवसर प्राप्त भयो। बाँकी आठचाहिँ चार पार्टीका प्रत्येकले दुई-दुई चयन गर्ने व्यवस्था गरियो। मन्त्री मण्डलले पूर्णता पाउँदा/नपाउँदै वषर्ौंदेखि रिक्त भएका संवैधानिक अंगहरूको प्रमुख तथा सदस्यहरूलगायत् कूटनीतिक नियोगहरूमा खाली भएका राजदूत वा प्रमुख पदहरूमा मनोनीत गर्न अथवा आफ्नो मान्छे छान्ने प्रक्रियाको थालनी। यी वास्तविकताबाट के प्रष्ट हुन्छ भने एकले अर्कोलाई प्रधानमन्त्री बन्न स्वीकार गरे पनि चार वा आठ मिलेर मुलुक हाँक्न सहमति भएको छ। खाली फरकचाहिँ ड्राइभिङ सिटमा बस्न खोसाखोस भएको हुनाले पछाडिको सिटमा बसेर मुलुक सञ्चालन गर्ने निर्णय गरेको हो। अगाडि अर्थात् ड्राइभिङ सिटमा एउटा अनि पछाडि सिटमा बसेकाले गाडी सञ्चालन गर्दा के/कस्तो हालत हुन्छ, त्यही जोखिममा परेको छ।
उच्चस्तरीय संयन्त्र सरकार अनि निर्वाचन आयोगलाई चुनावको दिन घोषणा गर्न दबाब दिँदैछ। शायद यो लेख प्रकाशित हुनुअगाडि उक्त घोषणा पनि हुन्छ होला। हामी नेपाली पनि चुनावको दिन घोषणा कुरिरहेका छौँ। आमनिर्वाचन नभएको मुलुक पनि चुनावमा सहयोग गर्न तत्पर भएको छ। जुनजुन मुलुकमा चुनाव हुन्छ, उनीहरू अगाडि बढ्नु त स्वाभाविक नै हो। सरकार विकास निर्माण कार्य रोकेर आवश्यक परे आफ्नै स्रोतबाट पनि चुनाव गर्न कटिबद्ध देखिन्छ।
तर, माओवादी ड्यासलगायत् झण्डै दुई दर्जन राजनीतिक दल चुनाव पूर्व स्थापित सरकार र संयन्त्र भंग भएको माग गर्दै चुनाव बिथोल्ने निष्कर्षमा पुगेका छन्। उनीहरूले विरोध कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा गरिसकेका छन्। यही परिपे्रक्ष्यमा भर्खर भ्रष्टाचार गरेबापत् सजाय भोगेका पूर्व मन्त्री तथा सशक्त एक मधेस एक प्रदेशका माग गर्ने नेता चुनावलाई धोकाको संज्ञा दिँदै मैदानमा खडा भएका छन्। वैद्यले नेतृत्व गरेको माओवादी ड्यासका कार्यकर्ताहरू भौतिक कारबाहीमा उत्रिसकेका छन्। निर्वाचन आयोगले खटाएको कर्मचारी तथा तिनले तयार पार्न लागेको भोट लिस्टमा छुटेका मतदातालाई समावेश गर्ने कार्यलाई उनीहरू अवरोध मात्रै होइन, सामान लुट्ने कार्यसमेतको थालनी गरिसकेका छन्। पूर्व प्रशासकहरूको नेतृत्वमा भएको मन्त्री मण्डलले अब उप्रान्त प्रहरी सञ्चालन गरेर छुटेका मतदाताहरूलाई समावेश गरिने घोषणा भएको छ। जसले पुनः एक पटक माओवादी कार्यकर्ता र प्रहरीबीचको मुठभेड निम्त्याउने निश्चित छ।
विद्यमान परिस्थिति राजनीतिक अकर्मण्यताबाट उब्जेको हो भन्ने सर्वविदित छ। अनि सहमतीय सरकार राजनीतिक होइन न त यसमा राजनीतिक समस्याहरूले उब्जाएको चुनौती सामना गर्ने हविगत छ भन्ने पनि जगजाहेर तथ्य हो। तर पनि समस्या जतिसुके जटिल बन्दै जाँदा पनि शीर्षस्थ नेताहरू चुनावका विरोधीहरूसँग वार्ता गर्न संवाद गर्न अघि नपरेर रमिते बनिरहेका छन्।
आ-आफ्नो माग अघि सारेर तिनको सम्बोधन नहुन्जेलसम्म चुनाव हुन नदिने घोषणा भएको धेरै भइसकेको छ। अनि मोहन वैद्यको नेतृत्वका निमित्त रामबहादुर थापा प्रधानमन्त्री नबनुन्जेल राजनीतिक निकासतर्फ मुलुक उन्मुख नहुने तर्क बाबुरामले संविधान सभाको विघटन गर्दासाथै प्रस्तुत गरेका हुन्। अब तिनको माग वर्तमान सरकारको विघटन र गोलमेच सम्मेलन बन्न पुगेको छ। पूर्वमा लिम्बुवानले तीन जिल्लालाई लिम्बुवान घोषणा गर्नुपर्ने माग गरेको छ। एक मधेस एक प्रदेशको नारामा लागेका यादवलाई गुप्ताको मलजल प्राप्त भएको छ। संविधान सभा संविधान निर्माणका निमित्त हो। संविधान एउटा समझदारी तथा प्रत्येक मुलुकबासीको आकांक्षाप्रति विम्बित हुने दस्तावेज भएको हुनाले यसको तर्जुमामा सबैको प्रतिनिधित्व हुनु बाध्यता छ। तर, मुलुक सहकार्य र समझदारीको साटो द्वन्द्वतर्फ उन्मुख हुँदै गएको छ।
मुलुकका सामु आएका चुनौतीहरू कतैबाट आयात गरिको होइन, तिनलाई हामी आफैँले जन्म दिएका हौँ। परिस्थिति विकट हुनुमा न नेपालीको शान्तिको चाहना दोषी छ, न त गणतन्त्र वा लोकतन्त्रात्मक पद्धति, जसलाई हामीले अपनाएको छौँ, यसको नै दोष छ। वास्तवका दोष त हाम्रो सत्तामोह र सत्ता प्राप्तिपछि व्यक्तिगत महŒवाकांक्षाहरू पूरा गर्ने स्वार्थ नै जिम्मेवार छ। प्रवृत्ति त्यसै बदलिँदैन रहेछ। जस-जसको स्वार्थ छ, तिनले आफ्नो घेराबन्दी गरिसकेका छन्। अनि यो प्रक्रियामा मुलुक र हामी तीन करोडको संख्यामा पुग्न लागेका नागरिक बाहिरिएका छौँ। यो वास्तविकता थाहा हुँदाहुँदै पनि जिम्मेवार पात्रहरूले अनभिज्ञ भएको नाटकमा सामेल हुन्छन् भनी तिनले पछुताउनु त अवश्य पनि छ। तर, त्यतिबेला ढिलो भइसक्नेछ।
यस अर्थमा विद्यमान संकटबाट मुलुकलाई निकास दिनका निमित्त पुनः एक पल्ट नागरिक समाज अगाडि बढ्नु अत्यावश्यक भएको छ। नागरिकहरूको जागरुकता यदि विद्रोहमा परिणत भयो भने हामी अर्को लामो संकटमा त परौला तर त्यसको आँधीभबेहरीले सबैलाई हुत्याएर कहाँ पुर्या उने हो, त्यसको अन्दाज गर्न कठिन हुनेछ। त्यसकारण २०६२-६३ सालमा जस्तै नागरिक समाजले राजनीतिक नेतृत्व लिएका व्यक्तिहरूलाई एक थलोमा राखेर तिनका बीच सम्वाद गराउने अग्रसरता देखाउन आवश्यक छ। नागरिक प्रतिनिधिहरूले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न चाहेको खण्डमा चुनौतीहरूको सामना मुलुकले गर्न सक्छ। यदि तिनले पनि हात बाँधेर हामीलाई कसले पत्याउँछ? हामीले भनेको कसले मान्छ? भन्ने आसयले कोठाभित्र बसेर सबैलाई गालीगलौज गर्नमा इन्धन खर्च गरे भने भोलि तिनले पनि टाउकोमा हात राखेर पछुताउने दिन अवश्य पनि आउँछ।
अर्को समाचार
मधेसी नेताहरूको दल बदल तीव्र
१६ भदौ २०७४
•
६ मिनेट पाठ
मधेसी नेताहरूको दल बदल तीव्र
काठमाडौं- आगामी असोज २ मा हुने तेस्रो चरणको निर्वाचनलाई लक्षित गरेर दुई नम्बर प्रदेशका मधेसी दलका नेताहरूको पार्टी बदल्ने क्रम तीव्र भएको छ । एउटा पार्टीले टिकट नदिनेबित्तिकै अर्को पार्टीमा प्रवेश गरी टिकट लिने प्रवृत्ति अहिले २ नम्बर प्रदेशका जिल्लामा देखिएको छ । कतिपय नेताहरूले मंसिरमा हुने प्रदेश र संसद्को चुनावलाई लक्षित गरेर पनि पार्टी परिवर्तन गरेका छन् । तीमध्ये केही नेताहरू प्रदेशसभा या संसद्को चुनावमा टिकट ग्यारिन्टी गरेरै पार्टी प्रवेश गरेको स्रोतको भनाइ छ । 

जिल्ला तहका नेताहरूले नगरपालिकाको मेयर, उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बन्न पाइने प्रलोभनमा पार्टी परिवर्तन गरेका छन् ।

मधेसी नेता तान्दै माओवादी केन्द्र

मधेसका केही लोकप्रिय भनिएका नेताहरू केही समययता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । फोरम नेपालका सहअध्यक्ष रामेश्वर राय यादव, सद्भावना पार्टीका संस्थापक अनिस अन्सारी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केही दिनअघि मात्र नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा पनि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

यसैगरी नयाँ शक्तिबाट महेन्द्र पासवान  माओवादीमा प्रवेश गरेका छन् । रामेश्वर, अनिस अन्सारीलगायतका नेताहरूलाई पार्टीमा प्रवेश गराउन मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुई नम्बर प्रदेशमै पुगेका थिए ।

माओवादी केन्द्रमा प्रवेश गरेका रामेश्वर राय यादवले फोरम लोकतान्त्रिक भन्दा माओवादी केन्द्रको आदर्श, विचार र सिद्धान्त मन परेको बताए । ‘म व्यक्तिगत स्वार्थका लागि माओवादी केन्द्रमा प्रवेश गरेको होइन । आदर्श र सिद्धान्तका लागि गएको हुँ,’ उनले भने ।

एमालेले टिकटै दियो  

अन्य दलबाट एमालेमा प्रवेश गरेका मधेसी  नेताहरूलाई पार्टीले स्थानीय चुनावमा टिकट दिएको छ । संघीय फोरमबाट एमालेमा गएका सुखराम यादवलाई एमालेले राजविराज नगरपालिको मेयरमा टिकट दिने भएको छ । यसैगरी माओवादी केन्द्रबाट एमालेमा गएका मुन्नी साहलाई पार्टीले लहान नगरपालिकाको मेयरमा टिकट दिने भएको छ । राजपाका केन्द्रीय सदस्य चन्द्रकला साह एमालेमा प्रवेश गरेकी छन् । उनले प्रदेश सभामा टिकट पाउने सम्भावना रहेको स्रोतको भनाइ छ । केही समयअघि मात्र राजपाकी कोषाध्यक्ष अनिता यादव र सहमहामन्त्री समिम अन्सारी एमालेमा प्रवेश गरेका थिए ।

एमालेका सांसद तथा नेता शुत्रघन महतोले एमालेमा प्रवेश गर्ने नेताहरूमध्ये सबै उम्मेदवारका आकांक्षी नभएको दाबी गरे । ‘हाम्रो पार्टीमा प्रवेश गर्ने नेताहरूमध्ये सबै टिकटका लागि आकांक्षी छैनन् । तीमध्ये केही नेताहरूले प्रदेशसभा र संसद्का लागि पनि टिकट पाउन सक्नुहुन्छ,’ उनले भने ।

एमाले कार्यकर्ता चोर्दै उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि अहिले अन्य पार्टीका कार्यकर्ता आफ्नो पार्टीमा तान्न व्यस्त छन् । पर्साका एमाले नेता तथा पूर्वसांसद प्रद्युम्नप्रसाद चौहान र पर्सा एमालेका नेता प्रह्लाद गिरीलाई यादवले फोरम नेपालमा प्रवेश गराएका छन् । चौहानलाई पार्टीले पर्साको पोखरिया नगरपालिकाको मेयरमा टिकट दिने निर्णय गरेको छ । यसैगरी गिरीले प्रदेशसभाको चुनावमा टिकट पाउने सम्भावना छ । एमालेबाहेक अरू पार्टीबाट पनि थुप्रै नेता फोरम नेपालमा प्रवेश गरेको पनि यादवले दाबी गरे ।

राजपामा कचिगंल

राजपाभित्र टिकट वितरणमा कचिंगल उत्पन्न भएको छ । कुनै कुनै ठाउँमा एउटै पदमा ३० जनासम्म आकांक्षी देखिएको राजपाका महासचिव केशव झाले बताए ।

राजपाका केही नेताहरू भने पार्टी प्रवेश कार्यक्रममा व्यस्त छन् । अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी बुधबार र बिहीबार सर्लाही र महोत्तरीमा पार्टी प्रवेश कार्यक्रममा  प्रमुख अतिथि भए ।

महासचिव झाले टिकटकै लागि राजपामा  कोही प्रवेश नगरेको दाबी गरे । ‘अहिले हाम्रो पार्टीभित्र उम्मेदवारका आकांक्षीलाई मिलाउन ठूलो समस्या  छ । यस्तो बेलामा  टिकटका लागि अरू पार्टीबाट आउने स्थिति छैन,’ उनले भने ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस