अप्रेलको पहिलो दिनलाई मूर्ख दिवसका रूपमा विश्वभर मनाइन्छ। यस दिन झुटो बोलेर अरुलाई मूर्ख बनाउने गरिन्छ। त्यसैले यस दिनलाई अप्रेल फुल भन्ने पनि गरिन्छ। एक पटक अप्रेल फुल बनिसकेकाहरू भने यस दिन कसैले साँचो कुरा बोलेको खण्डमा पनि पत्याउन गाह्रो मान्छन्।
यही अप्रेल फुलको पूर्व सन्ध्यामा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालले आउँदो संविधान सभा निर्वाचन अब असारमा नभई मंसिरमा हुनसक्ने बताएका छन्। अहिलेसम्म एक दुई जना पूर्व निर्वाचन आयुक्तलगायत् केही नेताहरूले निर्वाचन असारमा हुन सम्भव नभएको बताउँदै आएका थिए। तर यो एउटा संयोग नै होला, नेपाली राजनीतिमा केन्द्रीय भूमिका निर्वाह गर्ने ल्याकत भएका नेताहरूले अप्रेल फुलको अघिल्लो दिन निर्वाचन असारमा हुन नसके मंसिरमा हुने बताएर सत्य कुरा उजागर गर्न खोजेका छन्। खोजेको यस अर्थमा कि उनीहरूले अझ पनि ठोकुवा गरेर निर्वाचन असारमा हुन नसक्ने कुरा बताउन सकेका छैनन्।
हुन त नेपाली राजनीतिज्ञहरूले जनतालाई अप्रेल फुल बनाउनलाई अप्रेल महिनाको पहिलो दिनसम्म कुरेर बस्ने धैर्य गर्न सकेका छैनन्। त्यसैले जनता जनवरीको चिसो होस् अथवा मे जुनको गर्मी होस्, जहिले पनि अप्रेल फुल नै बनिरहेका थिए, बनिरहेका छन्।
एउटा दलले निर्वाचन जित्नका लागिमात्र सम्भव नै हुन नसक्ने किसिमको आश्वासन दिनु नौलो थिएन। तर देशलाई नयाँ संविधान दिने भनेर संविधान सभा निर्वाचनले पनि जनतालाई अप्रेल फुल बनाउँदै समाप्त भयो। त्यसअघि संविधान बनाउनै भनेर पटकपटक यसको म्याद थप्दै जाँदा पनि जनताले आफू अप्रेल फुल बनेको पत्तो पाउन सकेनन्। हँुदाहँुदा त नेपालमा नेताले बोलेका दश कुरालाई कम्तिमा नौ अंकले भाग गरेर मात्र बुझ्नुपर्छ भन्ने ठट्टा चल्न थालिसकेको थियो। बाबुराम भट्टराईले संविधान सभा भङ्ग गरेलगत्तै नयाँ संविधान सभाको निर्वाचन मंसिरमा गर्ने भनेर अर्को अप्रेल फुल मनाएका थिए। यो क्रम त्यसपछि पनि रोकिएको थिएन।
नयाँ सरकार बन्दासम्म निर्वाचन असारको पहिलो साता गर्ने सहमति भएको थियो। तर त्यो सम्भव नभएको केही राजनीतिज्ञले नै बताउँदै आएका थिए। निर्वाचनका लागि निकै पहिलेदेखि नै तयारी गर्नुपर्छ। तर नेपालमा भने निर्वाचन आयोगमा रहेका कतिपय रित्ता कुर्सी देख्दादेख्दै पनि दलहरूले अर्को संविधान सभा निर्वाचन असारमै गर्ने भन्दै आएका थिए।
गैरराजनीतिक सरकार बनाउँदा पनि दलहरूले असारमा हुनै नसक्ने निर्वाचनको आश्वासन जनतालाई दिँदै आएका थिए। त्यसैले पनि देशमा निर्वाचन असारमा हुने/नहुनेभन्दा निर्वाचन नै पो हँुदैन कि भन्ने शंका जनतामा पलाएर आएको थियो। किनभने निर्वाचनको कुनै वातावरण देखिएको थिएन। निर्वाचनको तयारीले पूर्ण गतिसमेत लिन सकेको अवस्था थिएन। असारमा निर्वाचन हुने/नहुने कुरामा दल तथा नेता/कार्यकर्ताबाटै फरक धारणा आइरहेको थियो। त्यसमाथि थुपैै साना दलले चुनावी सरकारको विरोध गर्दै आएका थिए। यही क्रममा नेकपा-माओवादीका कार्यकर्ताबाट निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न गएको निर्वाचन आयोगका पदाधिकारीहरूबाट ल्यापटप, क्यामरा जस्ता सामान लुट्ने घट्ना बढ्दै गएको थियो। समग्रमा असारमा निर्वाचन हुने कुनै सम्भावना देखिएको थिएन। तर पनि प्रमुख नेताहरूले खुलेर साँचो बोल्नुको साटो निर्वाचन असारमा नै हुने बताउँदै आएका थिए।
आइतबार भने दाहाल र खनालले निर्वाचन असारमा हुन नसके मंसिरमा हुने भनेर धेरै हदसम्म भए पनि वास्तविकता स्वीकार गरेका छन्। अझ दाहालले मंसिरमा पनि निर्वाचन हुन नदिए सडक संघर्ष गर्ने चेतावनीसमेत दिएर आफूहरू मंसिरमा भए पनि निर्वाचन गराएरै छाड्ने विश्वास दिलाउने प्रयास गरेका छन्।
अहिलेको अवस्थामा निर्वाचनका लागि राजनीतिक सहमति हुनु आवश्यक छ। अर्थात् निर्वाचनको वातावरण बनाउने जिम्मेवारी सरकारभन्दा बढी राजनीतिक दलहरूकै हो। चुनावी सरकार पनि राजनीतिक समझदारीमै बनेको हो। त्यसैले सरकार एक्लैले निर्वाचन गराउन सक्ने स्थिति छैन। यसका लागि सम्पूर्ण राजनीतिक दलहरू सहमतिमा आउन जरुरी छ। आगामी निर्वाचन सरकार गठनका लागि मात्र नभई संविधान बनाउनका लागि पनि भएका कारण यसमा सक्दो जनसहभागिता जरुरी हुन्छ। केही राजनीतिक दलहरूले विरोध गरे भन्दैमा उनीहरूलाई निषेध गरेर हुने निर्वाचनबाट संविधान निर्माण हुने ग्यारेन्टी गर्न सक्दैन।
यस्तो अवस्थामा एमाओवादीले मंसिरमा पनि निर्वाचन हुन नदिइए भनेर कतातिर इंगित गर्न खोजेको हो? यदि मंसिरमा समेत निर्वाचन हुन नसके कसका विरुद्ध सडक आन्दोलन गर्ने? किनभने निर्वाचन हुने/नहुने यिनै प्रमुख दलहरूमा भर पर्ने कुरा हो। अहिले नेकपा-माओवादीलगायत् केही दल आफूहरूलाई देशका सम्बन्धमा हुने गरेको प्रमुख निर्णयमा सहभागी नगराएको हुनाले निर्वाचनमा सहभागी नहुनेे बताउँदै आएका छन्। उनीहरूको असन्तुष्टिलाई समेत सम्बोधन गर्ने जिम्मेवारी प्रमुख दलहरूकै हो।
मंसिरमै हुने निर्वाचनले पनि मुलुकलाई निकास दिन सक्ने ग्यारेन्टी जनताले खोजेका छन्। पछिल्लो संविधानको कार्यकाल पटकपटक बढाइँदा पनि संविधान नपाएको उदाहरण सम्भि्करहेका जनताको चित्त बुझाउनुपर्ने जिम्मेवारी पनि दलहरूमा छ।
निर्वाचनका लागिमात्र हुने निर्वाचनले सरकारमा पुनः राजनीतिक दललाई स्थापित गराउला। केही नयाँ अनुहारसहितको संविधान सभा गठन होला तर त्यसले संविधान दिने ग्यारेन्टी भने हँुदैन। पछिल्लो संविधान सभाले संंविधान दिन नसक्नुमा प्रमुख दलबीचको सहमति हुन नसकेको कुरा लुकेको छैन। त्यस किसिमको असहमति अब पनि हुने हो भने पुरानै क्रम नदोहोरिएला भन्न सकिँदैन।
त्यसैले जनतासामु जानुपूर्व कम्तिमा प्रमुख राजनीतिक दलहरूले पछिल्लो संविधान सभा असफल हुनुको कारण खोतलेर विवादित विषयलाई टुंगो लगाउने कुरामा पूर्व सहमत हुन आवश्यक छ। पछिल्लो पटक भइसकेका सहमतिलाई अबको संंविधान सभाले कार्यान्वयन गर्ने र संविधान निर्माणमा बाधक बनेका संघीयता, राज्यको गठनका आधार र संख्या जस्ता विवादित विषयका बारेमा निर्णय गर्ने अधिकार जनतामाथि छाड्नेसम्मको सहमति प्रमुख दलहरूले गरेको खण्डमा पनि अब बन्ने संविधान सभाले आफ्नो काम फत्ते गर्न सक्नेछ।
यहाँनेर सोचनीय कुरा के छ भने नयाँ संविधान सभाले समेत संविधान दिन नसके त्यसको परिणाम निकै भयावह हुनेछ। त्यसपछि नेपालका सम्पूर्ण राजनीतिक दलहरूमाथि जनताको विश्वास उठ्नेछ र त्यसपछिको स्थितिले मुलुकलाई झनै अराजकतातिर धकेल्नेछ।
अहिलेसम्म जतिसुकै असफलताको गाथा जम्मा भए पनि जनताले यिनै राजनीतिक दलहरूमाथि विश्वास गर्नुपर्छ। र, त्यो विश्वासलाई जोगाउने अन्तिम जिम्मेवारी अबको संविधान सभा नै हुनेछ। यसप्रति मुलुकका प्रमुख दलहरू सचेत हुन आवश्यक छ। किनभने अबको असफलताले निम्त्याउने अप्रेल फुललाई मुलुकले धान्न सक्ने अवस्था छैन।