त्रिवेणी धाममा कांग्रेस
२४ चैत्र २०६९
•
१४ मिनेट पाठ
त्रिवेणी धाममा कांग्रेस
चुनावी सरकार गठनलगत्तै माओवादी पार्टीको वैचारिक ध्रुवीकरण र विभाजनका प्रभावहरु सडकमा देखिन थालेको अवस्थामा घोषितरूपमै देशको सबभन्दा ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस महासमितिको बैठक नवल-परासी जिल्लाको सीमान्तमा रहेको हिन्दुहरुको पवित्र तीर्थस्थल त्रिवेणी धाम तटमा हुन थालेको छ।
देशलाई आधुनिकताको पगडण्डीमा हिँडाउने पहिलो राजनीतिक दल कांग्रेसको महासमिति बैठक त्रिवेणी धाममा हुनु स्वाभाविक पनि देखिन्छ। सभापति सुशील कोइरालादेखि नेता रामशरण महतसम्म कांग्रेसका डेढ दर्जनभन्दा बढी नेताहरुले वानप्रस्थ प्रस्थानको उमेर कटाइसकेका छन्। सुनिएअनुसार महासमितिका स्थानीय आयोजकहरुले यो लोक सुधार्न विफल भएका नेतागणको परलोक सुधारका लागि गंगातटमा एक घण्टाको प्रातकालीन भजनसमेत आयोजन गरेका छन्। भजनपछि मात्र प्रातकालीन भोजनको आयोजना गरिएको बताइन्छ। महासमितिका सदस्यहरुको आवास व्यवस्था स्थानीय धर्मशालामा मिलाइएको छ।




परलोकबासी सभापति गिरिजाप्रसाद कोइरालापछि चार जना वामपन्थी नेताहरुले सरकारको नेतृत्व गरिसकेका छन्। अहिलेसम्म कांग्रेसले एक पटक पनि सरकारको नेतृत्व गर्न पाएको छैन। पार्टीबीच आलोपालो सरकारको नेतृत्व गर्ने मौखिक सहमति भए पनि कांग्रेस सधैँ बाहिरिएको छ। यस पटक त कांग्रेसले गर्दै आएको 'कांग्रेसले मात्र निष्पक्ष चुनाव गराउनसक्ने' नेताहरुको दाबीसमेत प्रधान न्यायाधीशबाट अपहरित हुन पुगेको छ। राजनीतिको विसातमा घोडा र उँटको चालका बीच समन्वय मिलाउन नसक्दा कांग्रेसका नेताहरुले नराम्रो मात खाएका छन्। सत्तामा उक्लिने अवसर गुमाएपछि 'कांग्रेस सत्ताका लागि मरिमेट्दैन, लोकतन्त्र जोगाउनु नै यसको एकमात्र उद्देश्य हो' भन्नु अंगुर टिपेर खान नसक्नेले 'अंगुर अमिलो छ' भनेर चित्त बुझाएजस्तै हो। सत्ताको एलिक्जिर नपाएसम्म कुनै पनि पार्टीले आफूलाई प्रमाणित गर्न सक्दैन। सुशील कोइराला सभापति चुनिएपछि कांग्रेसले एउटै पनि मोर्चामा आफूलाई प्रमाणित गर्न सकेको छैन। नेताहरुले यसलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय, जताको परिस्थितिसँग जोडेर व्याख्या गरे पनि मूलरूपले यो वर्तमान संस्थापन पक्षको नेतृत्वको विफलता हो। कांग्रेस महासमिति बैठकले यही विफलताबाट आन्तरिक मूल्यांकन सुरु गर्नुपर्छ।
कांग्रेस नेपालको राजनीति, समाज व्यवस्था र आर्थिक नीतिलाई आधुनिकीकरणको बाटोमा हाँक्ने पहिलो पार्टी हो। देशका अधिकांश मध्यम र निम्नवर्गका जनताको जीवनस्तर उठाउन प्रजातान्त्रिक समाजवादको नारा लगाएको पनि कांग्रेसले नै हो। 'जग्गा हुन्छ जोत्नेको' भनेर देशका बहुसंख्यक गरिब र निमुखा किसानको पक्षमा आवाज बुलन्द पनि कांग्रेसले नै गरेको हो। २०१७ सालदेखि २०४६ सालसम्म देशमा लोकतन्त्रको दीयो निरन्तर जगाइराख्ने शक्ति पनि कांग्रेस नै हो। २०३६ सालमा भएको जनमत संग्रहमा राजाले कांग्रेसकै संस्थापक सभापति बीपी कोइरालालाई लक्ष गरेर चुनौतीको पासो फ्याँकेकै हो। त्यो चुनौती एक्लै काँधमा थापेर बहुदलीय प्रजातन्त्र स्थापनाका लागि संघर्षरत् रहेको नेतृत्व पनि कांग्रेसकै हो।
तर के भयो त्यस्तो कि २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि सत्ताको शिखरमा पुगेको कांग्रेस निरन्तर ओरालो लाग्यो। आफैँभित्र, घात/प्रतिघातको आत्मघाती नाटक मञ्चन गरेर यसले आफ्नोमात्रै होइन, देश र जनताको बहुमूल्य समयको दुरुपयोग गर्यो। यसका भीमकाय नेताहरु आर्थिक अपराधका अभियुक्त बनाइए। यसको प्रजातान्त्रिक समाजवादी आदर्शलाई उपभोक्तावादी मान्यताले विस्थापित गर्यो। बीपीको भनाईलाई शब्दशः पछ्याएर कांग्रेसले योजना आयोगको कोठामा गरिब किसानको तस्बिरमात्र टाँग्यो। दुःखले बिलबिलाएका ती गरिबका लागि बाँच्ने आधार तयार पार्न सकेन। जग्गा हुन्छ जोत्नेको भन्ने नारा लगाउने पार्टीका नेताहरुले आफ्नै सरकारले गर्न खोजेको सीमित भूमि सुधार कार्यक्रमको समेत संसदमा विरोध गरेर नौटंकी देखाए। २०४६ पछि कांग्रेस चुकेको यस्ता धेरै उदाहरण छन्, जसको उल्लेख गरेर महासमिति बैठकमा उत्साहका साथ जुटेका कांग्रेसीहरुको मन कुँढाउन चाहँदैन यो स्तम्भकार।
के हुन सक्छ भविष्यको रणनीति? कांग्रेस महासमितिको बैठकले सोच्नुपर्ने मूल विषय नै यही हो अहिलेका लागि। असारको चुनाव छलिए पनि कात्तिक वा मंसिरको चुनाव छलिने परिस्थिति देखिँदैन। चुनाव छलेर राजनीतिक दलहरुको भलो पनि हुँदैन। देशको राजनीतिमा वामपन्थी दलहरुको रजगज छ। १२ वर्षे युद्धबाट सह-विजेताका रूपमा शान्ति प्रक्रियामा कांग्रेससँग कुम जुधाउँदै आएको एकीकृत माओवादी पार्टी विस्तारै कठोर कम्युनिष्टको चोला फालेर नेपाली समाजसँग मिल्दोजुल्दो पार्टीका रूपमा आफूलाई स्थापित गर्दैछ। उसैको २५ प्रतिशत विभाजित गरेर बनेको नयाँ माओवादी पार्टी चुनावविरुद्ध जनविद्रोहको नारा लगाएर लोकतन्त्रको संरचनामा नै भ्वाङ पार्न खोज्दैछ। राजनीतिमा नरम वामपन्थीका रूपमा स्थापित अर्को पार्टी एमालेको संरचनात्मक प्रभाव बाँकी छ। मधेसको राजनीतिमाथि एकाधिकार कायम गर्ने लोभमा कांग्रेसबाट अलग्गिएर बनेका मधेसवादी दलहरु एकीकृत वामपन्थीको कम्मर पेटी समाएर संग्राममा उत्रिएका छन्। राजनीतिको अहिलेको संग्राममा कांग्रेस एक्लै उभिएको स्पष्ट देखिन्छ। त्यसैले पनि कांग्रेस महासमितिका सदस्यहरुले पार्टीको भविष्य सुदृढ र सुरक्षित राख्न आफ्नै तहबाट पार्टीका नेताहरुलाई विसंगत र अव्यावहारिक नीतिहरुलाई त्यागेर संगत र व्यावहारिक नीति तर्जुमा गर्न दबाब दिनु आवश्यक भइसकेको छ। लोकतन्त्रका विविध प्रयोग भइरहेको आजको समयमा ठेकेदारीको भाषामा लोकतन्त्रको महिमा बखानेरमात्र जनताको मन जित्न सकिँदैन। न त ७ सालदेखिका संघर्ष गाथाहरुको पारायण गरेरमात्रै नयाँ जमानाका मतदाताको प्रतिनिधित्व नै गर्न सकिन्छ।
आगामी चुनावमा कांग्रेसले जनतासँग आफ्ना लागि भोट मागेर मात्रै पुग्दैन, देशको पुनर्संरचनामा आफनो सैद्धान्तिक अवधारणालाई जनताबाट अनुमोदित गराउन पनि सक्नुपर्छ। जातीय राज्यको विपक्षमा उभिएको कांग्रेससँग त्यसलाई प्रमाणित गर्ने तर्क हुनुपर्छ। राज्य पुनर्संरचना माओवादीले उठाएको कार्यसूची हो भन्दैमा नेपाली कांग्रेसलाई राज्य पुनर्संरचना नचाहिएको होइन। समाजको चौतर्फी विकासका लागि गणतन्त्रात्मक राजनीतिक दर्शन अवलम्बन गरिसकेपछि त्यसका लागि आधारभूत संरचना निर्माण गर्नैपर्छ। संविधान सभामा नेताहरुको सानो निर्णायक समूह बनाएर संविधान निर्माणको मूल र महत्त्वपूर्ण विषयलाई किनारामा पारियो। अरु त अरु भइहाले, सधैँ जनप्रतिनिधि पद्धतिको वकालत गर्ने कांग्रेसले समेत निर्वाचत भएर संविधान सभाभित्र पसेका सभासदहरुलाई समुच्चा विषयमा विचार-विमर्शको मौका दिएन। संविधान सभामा नयाँ संविधानका प्रत्येक पक्षमा छलफल चलाएर जीवन्त बनाइएको भए संविधान नबन्ने दुर्घटनाबाट सम्भवतः देश जोगिने थियो। कांग्रेसले जनतालाई भन्नुपर्छ- अबको संविधान सभामा त्यस्तो हुन दिने छैनौं। नेताहरुको सर्वोच्च आधिकारिकता स्थापित गर्न जनताको प्रतिनिधित्वको कदर नगरेर भएका गल्तीको प्रायश्चित गर्न कांग्रेस पछि पर्नुहुँदैन।
बीसौं शताब्दीको अन्त्यतिर विश्वव्यापीरूपमा सबै विचारधाराका राजनीतिक दलले अपनाएको उदार अर्थतन्त्रको नीतिले एक्काइसौं शताब्दीमा पनि निरन्तरता पाएको छ। नेपाली कांग्रेसले अपनाएको त्यो आर्थिक नीतिलाई माओवादी र एमालेले आफूअनुकूलको अवतार दिएर अनुमोदन गरेका छन्। त्यो आर्थिक नीतिको मानवीय अवतार तयार पार्न भने कांग्रेस अहिले पनि चुकिरहेको छ। अघिल्लो पुस्ताको कांग्रेस नेतृत्वमा लेख्ने-पढ्ने, बौद्धिक परिश्रम गर्ने र विभिन्न समसामयिक विषयमा छलफल गर्ने चलन थियो। अहिलेको नेतृत्व व्यावहारिक राजनीतिको यस्तो चक्रब्यूहमा फसेको छ कि उसलाई चिन्तन गर्ने त कुरै छाडौं, अखवारमा छापिएको आफ्नै फोटो हेर्ने पनि फुर्सद छैन। आगामी चुनावमा जाँदा कांग्रेसले आफ्नो आर्थिक नीतिको स्पष्ट अवतार जनतालाई देखाउन नसक्ने हो भने यसको सान्दर्भिकतामा प्रश्न उठ्नेछ। आजका मतदाता इतिहास हेरेर होइन, वर्तमानको चेतना र भविष्य निर्माणका लागि मतदान गर्छन्। 'गरिबको आँसु कांग्रेसले पुछ्नेछ' भनेरमात्र पुग्दैन। मुख्य कुरा आँसु यस्तो रुमालले पुछिदिनेछ भन्ने विश्वास दिलाउनुमा टिकेको हुन्छ।
महासमिति बैठकमा केन्द्रित रहेका बेला कांग्रेसजनहरुले आजको यथार्थलाई कसरी सम्बोधन गर्नेछन्? सधैँ प्रतिद्वन्द्वी दलहरुको बेइमानीका कारण सत्ता नपाएको गुनासो र गनगन गर्ने नेतृत्वलाई सुध्रन र व्यावहारिक राजनीति गर्न बाध्य तुल्याउने छन् कि भक्तहरुले एकाग्रतापूर्वक पण्डित दीनबन्धुको भागवत सुनेजस्तो नेताहरुको पुरानै गनगन सुनेर फर्कने छन्? जवाफका लागि कांग्रेस राजनीतिमा चासो राख्ने सबैको आँखा अहिले त्रिवेणी धामतिर केन्द्रित छन्।
अर्को समाचार
कांग्रेस चिन्तन
२७ चैत्र २०६९
•
६ मिनेट पाठ
कांग्रेस चिन्तन
नवलपरासीको परासी बजारमा उद्घाटन समारोहपछि नेपाली कांग्रेस महासमितिका सदस्यहरु त्रिवेणी धाममा विचार विमर्शमा लागेका छन्।
कम्युनिष्टहरुबाट भारतसँग कोशी र गण्डक सम्झौता गरेको मिथ्या आरोप खेप्दै आएको नेपाली कांग्रेसले गण्डक परियोजनास्थलमा महासमितिको बैठक गर्नु अनुचित होइन। चुरो कुरा कांग्रेस बैठकले त्यहा"बाट कस्तो सन्देश प्रवाहित गर्नेछ?





वर्तमानमा कांग्रेस सञ्चालक नेताहरुको राजनीतिक गतिविधिको मजवुन हेर्दा त्रिवेणी धामको सन्देश यस्तै हुनेछ भन्न अप्ठेरो छैन। नेताहरुले महासमितिका सदस्यहरुको विचार सुन्नेछन्, उनीहरुलाई चुनावका लागि एकजुट भएर लाग्न आह्वान गर्नेछन् र आफूबीच सम्पूर्ण एकता स्थापित भएको सन्देश दिन अंकमाल गरेर तस्बिर खिचाउने छन्।
समकालीन राजनीतिलाई निर्देशित गर्ने विवेकपूर्ण र सन्तुलित नीतिहीनताले पछिल्लो समय कांग्रेसले आकर्षण गुमाउँदै गएको छ। ५० वर्षअघि यसले अपनाएका नीति तत्कालीन समाज सुहाउ"दो थियो। अहिले एक्काइसौं शताब्दीमा पनि त्यसबेलाकै शब्द टल्काएर राजनीति अघि बढाउन खोजिएको छ। यो नै कांग्रेसको दुर्भाग्य हो। एक दशकअघिसम्म कांग्रेससँग इतिहासलाई भविष्यसँग जोड्ने बलियो सूत्र थियो। अहिले त्यो सूत्र टुटेको छ। यति ठूलो लोकतान्त्रिक राजनीतिक पार्टीलाई नेपाली समाजको विकासक्रममा क्रियाशील गराउने प्रभावकारी कल्पना नेतृत्व वर्गमा देखिँदैन। नेतृत्वमा राजनीतिक चिन्तनको अभावमात्र छैन, सही समयमा सही निर्णय लिन सक्ने क्षमता पनि देखिएको छैन।
जनआन्दोलनपछिको समयमा नेपाली राजनीतिको स्वरूप र स्वभावमा आमुल परिवर्तन आइसकेको छ। राजनीति गतिशीलमात्र भएको छैन, यो बढी प्रतिस्पर्धात्मक भएको छ। २३ वर्षअघि कांग्रेसको नेतृत्वमा प्रजातन्त्र पुनर्स्थापना हु"दा कांग्रेस राजनीतिको केन्द्रविन्दुमा थियो। संविधान सभा निर्वाचनपछि कांग्रेस त्यो केन्द्रबाट विस्थापित भयो। प्रजातन्त्र पुनर्स्थापनापछिका दुई दशकसम्म संसदीय राजनीतिको मूलधारमा कांग्रेससँगै सहयात्रामा रहेको एमालेमात्र राजनीतिक प्रतिस्पर्धी थियो। अहिले स्थिति बदलिएको छ। यो तथ्य आत्मसात नगरेसम्म कांग्रेसले नया" ऊर्जा र गति पाउन सक्दैन। त्रिवेणी-चिन्तनमा एकाग्र कांग्रेसका पाका नेताहरुमा यो आत्मबोध हुनु आवश्यक छ- कांग्रेसलाई भावी नेपालको प्रभावकारी अभियन्तामा रुपान्तरित गर्ने हो भने नया" चिन्तन, नया" शैली र नया" मान्यता आत्मसात गर्नुको अकर्ोे बाटो छैन।
कांग्रेस नेताहरुको जति आलोचना गरे पनि उनीहरुबाट पार्टीमा सुधारको अपेक्षा गर्न सकिँदैन। स्वाभाविक हिसावले नै उनीहरु परिवर्तनको उमेरमा छैनन्। यस्तोमा कार्यकर्ताले नेताबाट फराकिलो दृष्टिकोण अपेक्षा गर्न सक्दैनन्। अहिले नेपाली कांग्रेसमा युवा नेतृत्वको सक्रियता खा"चो छ। यसका लागि महासमितिमा भेला भएका सदस्यहरु उमेर र विचारका दृष्टिले मात्र होइन, वैधानिकताका हिसावले समेत योग्य सावित भइसकेका छन्। राजनीतिमा अब माथिबाट निर्देशनकोे होइन, तलबाट नेतृत्वलाई निर्देशित गर्ने बेला आएको छ। नेताहरु परिवर्तित समयसँग साक्षात्कार गर्न चुक्न थालेको अवस्थामा नेतृत्वमा नया" पुस्ताको वर्चस्व स्थापित गर्नु कांग्रेसको पहिलो आवश्यकता हो। अहिले भइरहेको महासमिति चिन्तन चुनावमा भन्दा पनि संगठन र परिवर्तनको योजनामा केन्द्रित हुनुपर्छ। प्रजातन्त्र पुनर्स्थापनापछि कांग्रेसभित्र सुरु भएको संरक्षणवादी 'दाइ' संस्कारबाट आफूलाई मुक्त राखेर कांग्रेस महासमिति सदस्यहरुले नया" बाटो पहिल्याउनु नै कांग्रेसको आजको आवश्यकता हो।
विरोधीहरुले जे भने पनि परिवर्तित नेपालमा कांग्रेसको भूमिका खुम्चिएको छैन। लोकतन्त्र एक्काइसौं शताब्दीको विचार हो। साम्यवादी विचारका बाहक राजनीतिक दलहरुसमेत लोकतान्त्रिक बाटोमा हिँड्न बाध्य भएका अहिलेको समयमा लोकतान्त्रिक समाजवादको पहिलो बाहक नेपाली कांग्रेसको महŒव झनै बढेको छ। कांग्रेसले अतीतको धङधङीबाट मुक्त भएर आफूलाई जनतासँग जोड्न आवश्यक छ। महासमितिले नया" पुस्ताका लागि बाटो खोल्न सक्नुपर्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस