बजारमा एकाधिपत्य जमाउने रोग
२५ चैत्र २०६९
•
१४ मिनेट पाठ
बजारमा एकाधिपत्य जमाउने रोग
खुला बजारमुखी अर्थव्यवस्थाको सबैभन्दा ठूलो दुश्मन एकाधिपत्य जमाएर बजारलाई आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्ति हो। बजार आफ्नो नियन्त्रणमा राख्न उद्यमी तथा व्यापारीहरु बजारमा आफ्नो प्रतिस्पर्धामा आएका वा आउन सक्ने प्रतिद्वन्द्वीहरुलाई हतोत्साही तुल्याउँछन्। विभिन्न बाधा अड्चन तथा अत्तो थापेर सम्भावित प्रतिद्वन्द्वीहरुलाई बजारमा छिर्न दिँदैनन्। एकाधिकार कायम गर्ने मुख्यतः दुई कारण हुन्छन्। प्रथम आफैँले अर्थात् एउटै व्यापारी र उद्यमीले बजार सम्पूर्णरूपमा नियन्त्रणमा राख्न। दोस्रो एकै किसिमका सामान, वस्तु वा सेवा उत्पादकहरुको मिलोमतोमा बजारलाई नियन्त्रणमा लिने। जसरी भए पनि बजारलाई नियन्त्रण गर्नुको मुख्य उद्देश्य उत्पादित वस्तु सामान वा सेवाको मूल्य निर्धारण गर्ने कार्यमा आफ्नो वर्चस्व वा एकाधिकार स्थापित गरेर अधिकभन्दा अधिक मुनाफा कमाउनु हो। यो प्रक्रियामा कच्चा पदार्थ न्युन मूल्यमा खरीद गरिने अनि उपभोक्ताले बढी मूल्य चुकाउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरिन्छ। स्रोत र साधनको उपयोग एक व्यक्ति वा एउटा गुटको लोभ पूर्तिमा सीमित हुनपुग्दा आर्थिक क्षेत्रको उत्पादकत्व कम हुन्छ। अन्ततोगत्वा मुलुक घाटामा पर्छ।
खुल्ला बजार व्यवस्थाबाट अर्थतन्त्रलाई बढीभन्दा बढी फाइदा हुन्छ। व्यक्तिले मुनाफा कमाउँदा/कमाउँदै पनि अदृश्य हातहरुको सञ्चालन हुने कारणले गर्दा समाजले नै फाइदा पाउँछ भन्ने सिद्धान्तका प्रतिपादक स्कटिस् प्रोफेसर एडम् स्मिथले मुलुकको सम्पत्ति नामक पुस्तक लेख्नुभन्दा १७ वर्षपहिले नै नैतिकताका विषयमा निबन्ध संग्रह तयार पारेका थिए। यस निबन्ध संग्रहमा तिनले सरकार तथा समुदायले एकाधिकार रोक्न कसरी कानुनी प्रावधान गरिनुपर्छ भन्ने कुरा १७५९ मा नै उल्लेख गरेका थिए। वर्तमान परिप्रेक्ष्यमा हाम्रो मुलुकको खुला बजार व्यवस्थाका हिमायतीहरुले यो तथ्य बिर्सिएको प्रतीत हुन्छ। वास्तवमा अनैतिक मात्र नभएर अर्थतन्त्रलाई अनुत्पादक र शिथिल तुल्याउने भएकाले एकाधिकार कायम गर्ने प्रवृत्ति एडम् स्मिथको समयमा भन्दा वर्तमान समयमा सान्दर्भिक छ।
नेपालमा औद्योगिकीकरणका लागि बजार खुला राख्नुको साटो आत्मनिर्भर हुनुपर्छ भन्ने धारणा विकास प्रक्रियाको सुरुवात्सँगै भएको हो। यो भावना १९५० को दशकदेखि १९८४ को अन्तसम्म विश्वभरि नै हाबी भएको थियो। स्टालिन र पछि गएर माओत्सेतुङले जस्तै राज्य आफैंले औद्योगिकीकरण गर्नुपर्छ भन्ने मार्क्सवादी सोचबाट प्रभावित भएर प्रायः सबै विकसित मुलुकले अपनाएको आर्थिक व्यवस्थाको मेरुदण्ड नै यो विचार भएको थियो। यही धारणाअनुरूप त्यसबेलाको सोभियत युनियन र चीनको सहयोगमा हामीले पनि चिनी, चुरोट, छाला तथा जुत्ता, कागज, कपडा, इँटा तथा टायल र कृषि औजार आदि आदि कारखानाको निर्माण र उत्पादन गर्ने अवसर पायांै। सरकारले पनि आफ्नै स्रोत र साधन परिचालनबाट नै पनि शाही औषधी उत्पादन केन्द्रदेखि कृषि सामग्री संस्थान, खाद्य संस्थान, आयल निगम, यातायात संस्थान आदिको व्यवस्था गरेको थियो। मुलुकको उद्योग तथा व्यापारमा विदेशीको प्रवेश रोक्नका निमित्त पनि यस प्रकारको नीति अवलम्बन गरिएको थियो। तर कालान्तरमा गएर यस्ता प्रावधान अर्थतन्त्रले धान्नै नसक्ने पिँध फुटेको भाँडो बन्न पुगे। तिनबाट मुनाफा हुनाको साटो तिनलाई धान्नकै निमित्त सरकारले प्रत्येक वर्ष अनुदान बढाउँदै लानुपर्ने परिस्थिति बन्यो। अन्ततोगत्वा सरकारले त्यस्ता उद्योग वा संस्थाहरु बन्द गर्नु वा निजीकरणका निमित्त बिक्री गर्नुको विकल्प रहेन।
त्यस प्रक्रियामा बचे/खुचेका संस्थानमध्येको एउटा संस्थान हो- नेपाल आयल निगम। यसको मूलभूत उद्देश्य पेट्रोलियम पदार्थ खरीद हो, जसका लागि वैदेशिक मुद्राको आवश्यकता पर्छ। वैदेशिक मुद्राको महŒव हाम्रो जस्तोे निरन्तर व्यापार घाटाको संकटमा परिराख्ने देशका लागि कति हुन्छ भन्नेबारे बखान जरुरी परोइन। मुलुकको सुरक्षामात्र होइन, यातायातदेखि विकास निर्माण कार्यहरुमा पेटा्रेलियम पदार्थको आवश्यकता के/कस्तो हुन्छ, त्यसको पनि वर्णन जरुरी देखिँदैन। यी बाध्यात्मक परिस्थितिबाहेक पनि उपभोक्ताहरुको आवश्यकताका निमित्त पेट्रोलियम पदार्थ सरलरूपमा उपलब्ध गराउनु यस संस्थाको उद्देश्य थियो।
अन्तर्राष्ट्रिय बजारमा पेट्र्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा पनि आन्तरिक बजारमा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यात्मक सरकारी नीति, संस्थाभित्र हुने चुहावट र व्यव्स्थापन पक्षको कमजोरीका कारण यो संस्था घाटामा सञ्चालित छ। उपलब्ध तथ्याङ्कअनुसार पेट्रोलियममा हालको मूल्य कायम रहेमा यो अप्रिल महिनामा मात्र पनि संस्थान रु. ९.५ करोड घाटामा हुने प्रक्षेपण गरिएको छ। संस्थाले तिनुपर्ने ऋण रु. २९ अरब नाघिसकेको छ। उक्त रकम तिर्नका निमित्त सरकारलेे संस्थालाई अनुदान दिनुको विकल्प अर्को देखिँदैन। हालै गरिएको सरकार र पेट्रोल पम्प, ग्यास बोटलिङ्क प्लान्ट र ग्यास बिक्रेताको कमिसन तथा इन्धन ढुवानी भाडा बढाउने सम्झैाताले वार्षिक रु. ३२ करोड थप भार संस्थाले बेहोर्नुपर्नेछ। स्मरण रहोस्, केही समयअगाडि यस क्षेत्रका व्यापारीले घूस खुवाएर फाइदा लिनका निमित्त उठाएको रकमका विषयमा अख्तियार दुरुपयोग निवारण आयोगले छानबिन गर्दैछ।
यो संस्थालाई उभो लाग्नका निमित्त सरकारले आवश्यक स्रोत अर्थात् अनुदान जुटाउने भनेको शहरी क्षेत्रका सुविधा प्राप्त जनताको भलाईका निमित्त गरिब निमुखा जनताको उत्थानका लागि उपलब्ध हुने स्रोतको दुरुपयोेग गर्नु हो। नेपाली उद्योगपतिहरुले स्थापना गरेको पूर्वाधार विकास कम्पनीले काठमाडौंबाट हेटैांडा १ घण्टामा पुग्ने ५० किलोमिटर लामो सडक, जसमा ४.५ किलोमिटर लामो ३ सुरुङको प्रावधान छ, निर्माण खर्चमात्र रु. २३ अरब हुने अनुमान गरिएको छ। आयल निगमलाई अनुदान दिएर यस संस्थालाई जीवित राख्नु भनेको उल्लिखित सुरुङ मार्गमा लगानी गर्नु हो। यस्ता थुप्रै विकल्प हाम्रा सामुन्ने छन्।
हालै सरकारले पेट्रोलियम पदार्थको व्यापारमा चार दशकदेखिको नेपाल आयल निगमको एकाधिकार तोडेर व्यापारिक क्षेत्रलाई प्रवेश गर्न दिने निर्णय गरेको छ। यो मुलुकको अर्थतन्त्रमा लागेको धमिरा हटाउने प्रयास हो। सीमित व्यापारीको मिलेमतोमा तिनको लोभ र लालचका कारण एकाधिकार प्राप्त गर्ने स्वार्थरक्षाका निमित्त मुलुकलाई पछाडि धकेल्ने प्रयत्न रोक्नुपर्छ। उदेकलाग्दो कुरा के हो भने उपभोक्ता हित र अधिकारकर्मीहरु निमुखा भएर चूप लाग्दै तिनै व्यापारीको मतियार बनिराखेका छन्।
यस संस्थालाई निजीकरण प्रक्रियामा अग्रसर गर्नु भनेको धान्न नसक्ने आर्थिक भारबाट मुलुकलाई उन्मुक्त गर्नु हो। आयल निगमको व्यवस्थापनलाई व्यापारिक सिद्धान्तअनुरूप सञ्चालन गर्न दिने र व्यापारिक क्षेत्रसँग तिनलाई यस व्यापार/उद्योगमा प्रवेश गराएर प्रतिस्पर्धा गर्न दिने हो भने मुलुकमा भएको सीमित स्रोत र साधनको प्रयोजन न्यायिक वितरणको सिद्धान्तअनुरूप हुनेेछ। यस क्षेत्रमा दिने अनुदान रकम सरकारले बहुजन हितका निमित्त स्वास्थ्य, शिक्षा, कृषि उब्जाउ तथा पूर्वाधारतर्फ उन्मुख गर्नसके स्रोत र साधनको सदुपयोग मात्र नभएर उत्पादकत्व बढ्ने र दीर्घकालीन विकास प्रक्रियामा सहयोग पुग्ने निश्चित छ।
हाम्रो मुलुकमा दोस्रो जनआन्दोलनपछि सरकारहरु कमजोर हुनु, शान्ति सुरक्षा कायम गर्न असक्षम हुनु, दण्डहीनताले प्रश्रय पाउनु, अपराधलाई राजनीतिक संरक्षण मिल्नु तथा राजनीतिक क्षेत्रमा व्याप्त भ्रष्टाचार जस्ता कारणले गर्दा एकाधिकार गर्ने प्रवृत्ति प्रोत्साहित हुन पुगेका हुन्। यहाँ सामान बिक्री गर्ने व्यापारीहरुले मिसावट गर्न पाएनांै भनेर पनि आन्दोलन गर्न सक्छन्। ट्याक्सीको मिटर बिगारेर बढी मूल्य उठाउन पाइएन भनेर पनि आन्दोलन गर्न मिल्छ। २० वर्ष पुराना ट्याक्सी बदल्ने सरकारी र्निणयको विरोध हुन्छ। छात्र-छात्राहरु परीक्षामा चोर्न पाइएन भनेर विरोध प्रदर्शनमा उत्रन्छन्। प्राइभेट शिक्षण संस्था सरकारसँग आफैंले गरेको सम्झैाताको विरोधमा स्कुल बन्द गर्न तत्पर हुन्छन्। निजामती कर्मचारीहरु तलब सुविधा नबढाए चुनाव सञ्चालन कार्यमा अवरोध गर्ने धम्की दिन सक्छन्। यस्तो परिवेशमा सबै सेवा दिने सरकारी हुन् वा अर्धसरकारी अथवा गैरसरकारी सबै संस्था आफ्नो आफ्नो डम्फु बजाउँदै एकाधिकार प्राप्तिका निमित्त लागिपरेको देखिन्छ। यो प्रवृत्तिले सबैलाई घाटा हुने प्रष्ट छ। यसको नियन्त्रण एकपछि अर्को झन् झन् निरीह बन्दै गएका सरकारहरुले गर्न सकेका छैनन्। कुनै दिन उपभोक्ता अथवा सरोकारवालाहरु सडकमा उत्रिए भने मुलुक कुन अवस्थामा पुग्न सक्छ? त्यसको अड्कल काट्न किमार्थ कठिन छैन।




 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस