पार्टीपिच्छे शहीद
२८ चैत्र २०६९
•
१४ मिनेट पाठ
पार्टीपिच्छे शहीद
शहीदको रगतलाई 'ग्लोरिफाई' गर्ने चलन संसारभर छ। वीर रसमा लिखित काव्य र भाषण पढ्दा/सुन्दा यही भेटिन्छ। युगपिच्छेका आन्दोलनले जनतासँग मुक्तिका लागि रगतको मूल्य तिर्न आह्वान गरेका छन्।
जस्तो कि, सुवासचन्द्र बोसको भनाई प्रख्यात् छ, 'तिमी मलाई रगत देऊ, म तिमीलाई स्वतन्त्रता दिन्छु।' मार्टिन लुथर किङ जुनियर भन्छन्, 'मान्छेले कहिल्यै स्वतःस्फूर्त जित्दैन। न्यायको लडाइँमा बलिदान अनिवार्य छ।' भूपि शेरचन लेख्छन्, 'बन्दैन मुलुक दुई चार सपुत मरेर नगए।' माओवादीले सशस्त्र संघर्षताका देशभरका भित्ता रंगायो, 'शहीदको पंक्तिमा लामबद्ध होऔं।'


परिवर्तनको प्रक्रिया शान्तिपूर्ण बाटोबाट अघि बढ्छ भन्ने विश्वास अघिल्लो युगका मनिषीहरूमा देखिएन। अहिलेकालाई झन् हुने कुरो भएन। बुद्ध र गान्धीका वचनहरू विश्वविद्यालयमा पढाउन र चियापसलमा बुद्धिविलास गर्न खुबै उपयोग गरिए। सडकमा 'शहीदको रगतका टाटा आलै छन्' भनेर आन्दोलनकारीका नशामा पाइन भरियो। तिनै आह्वानको सनकमा इतिहासमा थुप्रै योद्धा 'बलिदानको कोटा चुक्ता गर्न' शहीदको पंक्तिमा चाहेर/नचाहेर, जानेर/नजानेर लामबद्ध पनि भए। छँदाखाँदाको करिअर छाडेर आन्दोलन गर्न हिँडेका उनीहरू इतिहास भइसके।
क्रान्ति र देशका लागि लड्ने यस्ता थुप्रै शहीद आज केवल पार्टीको खोपीमा सजाइएका देउताजस्ता देखिन पुगेका छन्। तिनका रगतको हिसाबकिताब दलविशेषका कार्यालयमा हुन्छ। जन्मजयन्ती र स्मृति सभाजस्ता विशेष पर्वहरूमा उनीहरू सम्भि्कइन्छन्। स्वर्ग कहीँ हुन्थ्यो भने उनीहरू यो दृश्य देखेर कति चित्त दुखाउँदा हुन्, जहाँ उनीहरूको शालिक र तस्बिरअघि केवल दलविशेषका कार्यालय उभिएर मौनधारण गरिरहेका छन्।
तत्कालीन नेकपा मालेका नेता रत्नकुमार बान्तवा मारिएको तिथि पछ्याउँदै एमालेले हिजो मंगलबार काठमाडौंमा शहीद रत्न स्मृति दिवस मनायो। रत्नकै जिल्ला इलामबाट राजनीति थालेर पार्टी अध्यक्ष र प्रधानमन्त्री बनेका झलनाथ खनाल प्रमुख अतिथि बने। एमाले महासचिव तथा रत्नका सहपाठी ईश्वर पोखरेलले मर्मस्पर्शी मन्तव्यमार्फत् रत्न सम्झे। रत्नको जीवनीमा आधारित उपन्यास 'देउमाईको किनारमा' लेखेका नेता प्रदीप नेपाल र पूर्व सभामुख सुवास नेम्वाङले एउटै मञ्चमा उभिएर एकसेएक मार्मिक भाषण दिए। वाल्मीकि क्याम्पसको हलमा आयोजित स्मृति दिवसको आयोजक नेकपा एमाले इलाम-काठमाडौं सम्पर्क मञ्च थियो। दर्शकदीर्घा खचाखच थियो तर त्यहाँ थिए, केवल एमाले नेता, कार्यकर्ता र समर्थक।
शहीद भनेका को हुन्? के शहीदहरू पार्टीपिच्छे फरक फरक हुन्छन्? उनीहरू आन्दोलनमा होमिँदै गर्दा पार्टीका लागि होमिएका हुन्छन् कि राष्ट्र/जनता सोचेर होमिएका हुन्छन्? सरकारले हजारौंको सूची निकालेर १० लाख रुपियाँ बाँडेका शहीद र वास्तविक शहीदमा फरक के छ? वा पार्टी अफिसमा कित्ताकाँट गरिने शहीदको अर्थ के हुन्छ? ठेक्कापट्टाको विवादमा खुकुरी खाएर मर्दैमा कोही शहीद हुन्छ या हुँदैन? एक शहीदको स्मरण सभा हेर्न बसेको पंक्तिकारको दिमागमा यी प्रश्नले एकैपल्ट चिलेका छन्। ऊ तिनका खिल गनिरहेको छ।

शहीद रत्नको स्मृति दिवस हिजोआज एकीकृत माओवादीले पनि आयोजना गर्ने गर्छ। आफूजस्तै दौडिरहेको अर्को धावकसँग इतिहासका घुम्तीहरूमा ठोक्किएपछि पहिलो धावकले जसरी गति बढाउँछ, उसैगरी माओवादीको आगमनपछि एमालेले अघिल्ला वर्षहरूभन्दा अझै जोडतोडका साथ रत्नको सम्झना गर्न थालेको छ। आफ्नो इतिहासमाथि अरुले दाबी गर्न आएपछि अस्तित्वको इख स्वतः पलाउँछ। प्रश्न भने अझै जीवित छ, यदि रत्नकुमार बान्तवा शहीद हुन् भने के उनी एमाले र माओवादीका मात्रै हुन्? कांग्रेसलगायत् दलका लागि उनी के हुन्? उनी सबैका गौरव हुन् भने त्यस्ता स्मृति सभाहरूमा कांग्रेस र इतरकम्युनिस्ट जानुपर्दैन? यदि उनीहरू बोलाउँदा पनि जाँदैनन् भने अर्को प्रश्न ठुङ्न आउँछ- के आफ्ना र अर्काका शहीद भनी पर्खाल वा साँधसीमा लगाउने बेला आएको हो?
कांग्रेसको पनि ताल उही छ। ओखलढुंगा विद्रोहका क्रममा शहादत प्राप्त गरेका क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठहरूको स्मृति दिवसमा उसले कम्युनिस्टहरू बोलाएको र उनीहरु गएको विगत भेटिँदैन। पञ्चायतविरुद्धको संघर्षमा थुप्रै कांग्रेस कार्यकर्ताले ज्यान गुमाएका छन्। एक त कांग्रेसले तिनको स्मृति सभासमेत राख्न खासै जाँगर चलाउँदैन। दुई, सभा गरिहाल्यो भने पनि कम्युनिस्ट काइदामै उसले आफ्ना कार्यकर्ता बोलाउँछ, मौनधारण गर्छ, अबिर लगाउँछ र अन्तिममा समोसा बाँड्छ। अरु दललाई बोलाउँदैन। तीन, बोलाइहाल्यो भने पनि अरु दलका नेता शहीद स्मृति सभामा जाँदैनन्। मानौं, उनीहरू अर्को दलको शहीदलाई फूल चढाउँदा अछुत हुन्छन्।

एमालेले रत्नको सम्झना भव्य उपस्थितिबीच गर्योह। एक हिसाबले उसले शहीदका नाममा आफ्नो शक्ति प्रदर्शन नै गर्यो्। समारोहमा जति गुलियो चिया बाँडिए पनि एउटै रंग र विचारका कार्यकर्ता भेला भएकै कारण त्यो समारोह फिका देखियो। एमालेले थालेर एमालेले नै तुर्यारएको दिवस कसरी शहीद स्मृति दिवस हुनसक्छ? एमालेमात्रै होइन, अन्य दलहरूले पनि यो प्रश्नको जवाफ खोज्न ढिलो हुँदैछ।

इतिहासका कुनै पानामा नभेटिएका मानिसहरू जनआन्दोलन २०६२/६३ पछि आगोको फिलुंगोजस्तै भएर आफूलाई शहीद दाबी गर्नुपर्ने र परिवारलाई १० लाख रुपियाँ दिनुपर्ने माग गर्न थाले। सरकारले तिनको कुरा सुन्यो। १० लाख हातलागी भयो। सम्बन्धित दलले वर्षेनी शहीद दिवसका नाममा फरकफरक मितिमा कर्मकाण्ड गर्न लागे। माओवादी शहीदका नाममा केही ब्रिगेड, बटालियन, गेट बने। पहुँच हुनेहरूले सरकारी कोषबाट शहीदका नाममा खेलोफड्को पनि गरे। अन्य दलले पनि माओवादीकै सिको गरे। गणतन्त्र, लोकतन्त्र र नयाँ नेपालको सपना देखेर आन्दोलनमा हिँडेका तर कुनै दलमा नलागेका शहीदहरू फेरि सडकछाप भए। अवस्था हेरिकन केहीलाई दलहरूले आफ्नो भनेर दाबी गरे। अनुसन्धानबाट त्यो शहीद कुनै दलविशेषमा नलागेको भन्ने खुल्न आएपछि उनीहरू टक्टकिए। अहो, मानवीय मूल्य र शहादतको कत्रो ठूलो उपहास! बलिदानको कोटा चुक्ता गर्न शहीदको पंक्तिमा लामबद्ध योद्धाहरू कतै परलोकबाट देखिरहेका भए आफूहरूको मानहानि देखेर कति रुँदा हुन्? पार्टीमा लागेका शहीदको स्मृति दिवस त बिरालो बाँधेर श्राद्ध गरेकै पारामा भए पनि तत्तत् पार्टीले मनाउँछन्। पार्टी नै नभएका शहीद आफ्नो बेहाल देखेर के ठान्दा हुन्!

शहीदहरू कहिल्यै पनि पार्टीका लागि लडेका हुँदैनन्। आफ्नो पार्टी राम्रो होस्, अरु पार्टी र समाज भाँडमा जाउन् भनेर लड्ने र मर्नेहरू शहीद कहलिन सक्दैनन्। प्राध्यापन छाडेर राजनीतिक आन्दोलनमा होमिएका रत्नकुमार बान्तवा सानो चित्त राखेर भूमिगत भएका औसत कार्यकर्ता थिएनन्। उनी लिखित रचना र उनका बारेमा इतिहासमा लेखिएका साहित्य पढ्दा थाहा हुन्छ, उनी पुरानो समाजको मक्किँदो संरचना बदल्न चाहन्थे। तीक्ष्ण प्रतिभा, गम्भीर अध्ययन र संघर्षशील स्वभावले खारिएका उनी आफ्नो प्रतिभाकै कारण छोटो समयमै केन्द्रीय कमिटीमा चुनिएका नेता थिए। देश बनाउने अभियानमा हिँड्दाहिँड्दै उनी २०३५ चैत २७ गते इलामको इभाङमा पञ्चायतका प्रहरीको गोलीबाट मारिए। दुर्भाग्य, आज उनको पहिचान कम्युनिस्ट पार्टीको पर्खालभित्र खुम्चिएको छ। एमालेको कार्यालयमा उनको फोटो सुन्दर फ्रेमले सजाइएको छ, जसलाई देख्न अन्य दल र विचार पक्षधर असमर्थ छन्।
एउटा सानो घटनाको सम्झना गरुँ। एकताका महेन्द्ररत्न क्याम्पस इलामका विद्यार्थी, कर्मचारी हुँदै लेक्चररसमेत बनेका रत्न बितेको तीन दशकपछि पंक्तिकारसमेतको पहलमा उक्त क्याम्पसको नाम शहीद रत्न क्याम्पस प्रस्तावित गरियो। पछिल्लो जनआन्दोलनताका इलाममा भएको सो प्रयत्नको समर्थन र विरोध दुवै भयो। विरोध गर्नेहरूले यो नाम व्यक्तिको नाममा हुन गयो, हामी मान्दैनौं भने। जबकि पुरानो नाम राजा महेन्द्र र रानी रत्नको नाममा थियो। त्यसलाई बदल्न कोही अघि सरेन। क्याम्पस चलाउन सिन्को नभाँचेका राजारानीको नाम यथावत् छ। एउटै संस्थामा क्रमशः छात्र, कारिन्दा र शिक्षक भएर पसिना बगाएको व्यक्तिले बगाएको रगतको हिसाब गर्न विरोधीहरूलाई छु मतलब?
नाम आफैंमा सबै थोक होइन, तर यो इतिहास निर्माताहरूको सम्झना र सम्मान गर्ने उपयुक्त काइदा हो। दुई महिनाअघि कोलकाता जाँदा त्यहाँका सडक, कलेज, पार्क, महŒवपूर्ण प्रतिष्ठान शहीद, स्वतन्त्रता सेनानी, कविका नाममा राखिएको पंक्तिकारले देख्यो। बितेर गएको यतिका वर्षपछि पनि कोलकाताका सडक, एकेडेमी, विश्वविद्यालय, पुस्तकालय, पुल, पार्क आदिमा अझै रवीन्द्रनाथ टैगोर छन्। भगत सिंह, सुवासचन्द्र बोस, नजरुल, शरत बोस छन्। आज उनीहरू सबैका भएका छन्। उनीहरुले रचेको इतिहासमाथि आजका कोलकाताबासी गौरव गर्छन्। हामी भने यहाँ झण्डा र रंगका आधारमा इतिहासलाई कित्ताकाँट गर्न खोजिरहेछौं। आफ्ना मनमा यति धेरै पर्खाल लगाएर हामी कसरी शहीदको सम्झना गर्न सक्छौं? मरेर गएका दुई चार सपुतका प्रश्न अझै ज्युँदा छन्।
अर्को समाचार
पार्टीपिच्छे फरक शहीद
१५ माघ २०७०
•
८ मिनेट पाठ
पार्टीपिच्छे फरक शहीद
'पुरानो नेपाल'को भित्तेपात्रोमा रातो मसी लगाइएका थुप्रै तिथिमिति नयाँ नेपालको पात्रोमा भेटिन छाडेका छन्। सट्टामा नयाँ–नयाँ मितिका महल रंगाइएका छन्। एउटा दिवस भने यथावत् छ। शहीद दिवस नामको यो मितिको सान्दर्भिकता नयाँ नेपालका हिमायतीमाझ बाँकी नै छ।

आज माघ १६ गते अर्थात्, शहीद दिवस। यो दिवसका दिन मूलतः सम्भि्कइने शहीद शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथचन्द ठाकुर र धर्मभक्त माथेमा हुन्। राणाशाहीविरुद्ध लड्ने यी योद्धालाई वि.सं. १९९७ माघ १० गतेदेखि १६ गतेभित्र पालैपालो मारियो। गंगालाल र दशरथचन्दलाई सँगै मारिएको थियो भने राणाविरोधीलाई कत्लेआम गर्ने योजना शुक्रराजबाट सुरु गरिएको थियो।
स्कुल पढ्दा हामी शुक्रराज जोशी शास्त्रीका पिता माधवराज जोशीले टेकुको रूखमा झुन्ड्याएर मारिएका छोराअघिल्तिर बोलेका भनिएका वाणी पढ्थ्यौँ। गंगालाल बितेपछि पत्नी हसिनादेवीले दिएको भनिएका वाणी पनि पढ्थ्यौँ। पाठ्यक्रमका लागि छनोट गरिएका इतिहासका पाठहरू सामान्यतया वीर रसमा लेखिएका हुन्छन्। जे होस्, शहीद हुनु भनेको महान् काम हो भन्ने दीक्षा लिएर हाम्रो पुस्ता हुर्क्यो। 
आज शहीद भन्ने शब्दमाथि धेरै नै बहस, विवाद हुन्छन्। जति चर्काचर्की परे पनि यी चार नामबारे भने मत बझाउने हिम्मत कसको! अहिले सायद नेपालका कुनै त्यस्तो गाउँ छैन, जहाँ एक न एक शहीद नभएको होओस्। एमालेका शहीद। माओवादीका शहीद। कांग्रेसका शहीद। मधेसवादी शहीद। जनजाति शहीद। अब बिस्तारै ब्राह्मण, खस र अन्य शहीद आउलान्। 
के शहीद पनि यसरी पार्टी, जाति र क्षेत्रपिच्छे फरक–फरक हुन्छन्? 
प्रज्ञा प्रतिष्ठानले छपाएको बृहत् नेपाली शब्दकोशमा शहीदको परिभाषा यस्तो छ– 'आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षणका लागि तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति।' 
शहीद दिवसको सन्दर्भमा चार शहीदमात्रै नभएर यी ज्ञात–अज्ञात हजारौँ शहीदबारे हामीले एक छिन विमर्श गर्नैपर्ने हुन्छ। आखिर यी ज्ञात–अज्ञातका नाममा हामीले आजसम्म एक–एक मिनेटका दरले सयौँ पल्ट मौनधारण गरि नै सक्यौँ। सरकारी अधिकारी र पार्टीका नेताका अघिल्तिर मौनधारण गर्नेहरूको मौनता कहिलेकाहीँ हाँसोमा परिणत भएको कुरा बेग्लै हो। कुनै पनि शहीदले स्वतन्त्रताका लागि प्राण उत्सर्ग गर्दैगर्दा सायद सोच्न भ्याएका थिएनन्– मानिसहरू मेरो नाममा यसरी एक मिनेटको बीचमै यसरी हाँसिदेलान् भनेर। 
तर, इतिहास यस्तै क्रूर हुन्छ। स्वतन्त्रताको नेपाली इतिहासमाथि कसैले 'ब्ल्याक ह्युमर' लेख्न चाह्यो भने सायद यो प्रसंग नछुटाउला पनि!
अनिल पौडेलको एउटा गीत छ : 
'मृत्यु पनि मान्छेपिच्छे फरक पर्दोरै'छ
देशभक्त छोरो मर्दा देशै रुँदो रै'छ।'
पौडेलले लेखेझैँ सामान्य जीवन बाँचेर मर्नेहरूको मृत्यु र देश जनताका लागि बलिबेदीमा होमिनेहरूको मृत्युको बीचमा फरक पर्छ। सायद यही नियम हाम्रा ज्ञात–अज्ञात शहीदजनमा पनि लागू हुन्छ। बृहत् राष्ट्रिय स्वार्थका लागि मर्ने र दलीय उद्देश्यका लागि मर्नेहरूको मृत्युबीच तुलना हुन सक्दैन। दुर्भाग्य, नेपालको वर्तमान व्यवस्थाले शहीदगेटमा उभिएका चार शहीदलाई मात्रै शहीद मान्दैन। उनीहरूको शहादतको दिनमा आधारित शहीद दिवसको मितिमात्रै बदलेको छैन। शहीदसँग जोडिएका अरू मान्यता भने बदलिसकेको छ।
शुक्रराजदेखि धर्मभक्तसँगै यो देशलाई उज्यालो दिन थुप्रै 'ज्ञात–अज्ञात' हरूले आफ्ना प्राण दिएका छन्। समयको कुनै खण्डमा कोही अराष्ट्रिय तŒव भएर मारिए होलान्। विक्रमको २०४६ सालमा बदलिएको सत्ताले तिनलाई क्रान्तिकारी, प्रजातन्त्रवादी घोषणा गर्योव। २०५२ मा सुरु भएको माओवादी सशस्त्र युद्ध, जसलाई उनीहरू जनयुद्ध भन्छन्, त्यसबेला मारिने तिनका समर्थक शहीद भए। राज्यका लागि तिनीहरू आतकंकारी भए। तिनका टाउकाको मोल तोकियो। विद्रोही पक्षका हातबाट मारिनेहरू कोही सुराकी भनिए। कोही दुस्मन, कोही वर्गशत्रु, कोही प्रतिक्रियावादी भए। तिनको त मोल पनि तोकिएको थिएन।
क्रान्तिकारी गतिविधिमा लागेकै कारण परिवार र समाजबाट च्यूत मानिएका कतिपयले आफ्नो नाम उत्तरदान दिए। परिवार र समाजले गौरव पाए। परिवारले त केही पैसा पनि पायो होला राज्यकोषबाट। 
यसरी बृहत् सरकारी शब्दकोशसमेत नचिनेका यी शहीद कसरी छनोट भए होलान्? शहीद शब्दको अवमूल्यन भएकै थियो। त्यो दिन अझै अवमूल्यन भयो, जुन दिन शहीद हुनुको अर्थ केबल १० लाख रुपियाँ हात पार्नु हुनगयो।
चिनेर चिनिनसक्नु यतिका शहीदका बीचमा विवेकपूर्ण छनोट गर्नैपर्ने भएको छ। आफैँले थाहा नपाई अकस्मात् भवितव्यले शहीद हुन पुगेकाहरूको बीचमा स्वतन्त्रताका लागि प्राण उत्सर्ग गर्नेहरूको नाम चढायौँ भने शहीदप्रति सच्चा सम्मान हुँदैन।
जसजसले ज्यान गुमाए, तिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली छ। समाज र इतिहासको विकासमा तिनको योगदान कहीँ न कहीँ होला। कतिपयको त नहोला पनि। यो देशले यतिका शहीदमात्रै पाएको छैन। बेपत्ता परिवार, घाइते, अपांग र अनाथ पनि पाएको छ। राज्य र राजनीतिक दलहरू तिनीहरूप्रति निस्पृह हुन सक्दैनन्। तर, दिवंगतलाई ठाउँका ठाउँ शहीद बनाएर १० लाखको चेक थमाउनेबित्तिकै सब ठीक हुन्छ भन्ने मान्यताले राज्यलाई गैरजिम्मेवार बनाएको छ। शहीद भन्ने गरिमाको मूल्यस्पि्कति पनि भएको छ।
शहीद दिवसका दिन यतिका ज्ञात–अज्ञात र आइन्दा दिनमा घोषणा हुन सक्ने सम्भावित शहीदहरूबारे खस्रोमसिनो टिप्पणी गर्नुपरेकोमा मलाई खेद छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस