मुलुक दोस्रो संविधान सभाको निर्वाचनमा होमिएको छ। अन्तरिम चुनावी मन्त्री परिषद् गठन गर्ने सहमति भएपश्चात् सरकार चुनावी प्रक्रियाको सुरुवात गर्ने काममा लागेको छ भने देशका मुख्य राजनीतिक शक्तिहरु आफ्नो पक्षमा जनमत सिर्जना गर्न लागिपरेका छन्।
सहमतिका बुँदामा २०७० साल असार ७ गतेभित्र संविधान सभाको चुनाव गरिसक्ने तर कुनै काबुबाहिरको परिस्थिति सिर्जना भएमा वा प्राविधिक कारणले सो मितिभित्र चुनाव हुन नसके २०७० साल मंसिरभित्र चुनाव गरिसक्ने भन्ने उल्लेख भएका कारण चुनाव असारमा कि मंसिरमा भन्ने विवाद चलिरहेकै छ। प्राविधिक कारणले असारमा चुनाव गर्न सकिने अवस्था विद्यमान छैन किनभने मतदाता नामावली निर्माण गर्न निर्वाचन आयोगलाई राजनीतिक र कानुनी अड्चनले अप्ठेरो पारिरहेको छ। नागरिकताको वितरण नगरी मतदाता नामावली संकलन गर्न फोटो खिच्ने काम अवरुद्ध भएको छ भने फोटो खिचिसकेपछि पनि मतदाता नामावलीको प्रशोधन गर्ने कार्य त्यति नै जटील छ। निष्पक्ष र स्वच्छ निर्वाचनको कडीका रूपमा रहेको मतदाता नामावलीलाई हतारमा तयार गर्नाले जनताको मत हाल्ने अधिकारलाई पूर्णरूपमा सुनिश्चित गर्न सकिने स्थिति एकातिर छैन भने अर्कातिर मतदाता नामावलीसहित त्यसका लागि चाहिने आवश्यक उपकरणको व्यवस्था देशभरका सबै बुथहरुमा पुर्यामइसक्ने कार्य पनि चुनौतीपूर्ण नै छ। नेकपा-माओवादीलगायत्का शक्तिहरु मतदाता नामावली संकलन कार्यमा अवरोध पुर्यापएर सहमतिमा भनिएजस्तै काबुबाहिरको परिस्थिति निर्माण गर्न उद्दत देखिन्छन्।
माओवादी पार्टी (एमाओवादी र माओवादी) वैज्ञानिक मतदाता नामावलीको पक्षमा छैनन्। विगतको संविधान सभा निर्वाचनमा प्रयोग भएको पुरानै ढाँचाको मतदाता नामावली उनीहरुका लागि चुनाव जित्न सबैभन्दा सजिलो माध्यम बनेको थियो। कैयौं वर्षपहिले मरेका, हचुवाको भरमा नाम थपिएका, विदेश गएका मानिसहरुको नाममा वाइसिएलका मानिसले जबर्जस्ती भोट हाल्ने अभियानमा वर्तमान फोटोसहितको मतदाता नामावलीले पूर्णरुपेण अवरोध सिर्जना गर्छ। परिचयपत्रको व्यवस्थाबाट चुनावमा धाँधली हुने अवस्थालाई ठूलो मात्रामा न्युनीकरण गर्न सकिने अवस्था विद्यमान छ। त्यतिमात्र होइन, प्रत्येक बुथमा सिसिटिभीको व्यवस्था गर्नुपर्ने माग नेकपा (एमाले) ले अगाडि सारिसकेको सम्बन्धमा सो माग सम्बोधन गर्ने हो भने आगामी संविधान सभाको निर्वाचन ऐतिहासिकरूपले नै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुने निश्चित छ।
चुनावलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन आवश्यक पर्ने समय चुनावी सरकारलाई र निर्वाचन आयोगलाई प्रदान गर्नु लोकतन्त्रमा विश्वास राख्ने सबै राजनीतिक शक्तिहरुका निम्ति वाञ्छनीय छ। किनभने हतारमा निर्वाचन गराएर गलत नजीरहरु स्थापना गर्नुभन्दा सबै तयारी पूरा गरेर राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीय चुनाव गराउनु लोकतन्त्रको निम्ति अत्यन्त आवश्यक सर्त हो। एनेकपा (माओवादी) एकदलीय अधिनायकवादी सोचबाट बहुलवादी समाजतिर तानिँदै गरेको वर्तमान अवस्थामा आफ्नो विगतको हैसियतलाई कायम राख्न खोज्ने र नेपालका लोकतन्त्रवादी शक्तिहरुलाई वैधानिक हिसाबमै उछिन्ने योजना बनाइरहेको वर्तमान सन्दर्भमा एमाले र नेपाली कांगे्रसले उसका सबै किसिमका प्रपञ्च बुझेर निर्वाचनसम्बन्धी तद्नुरुपको व्यवस्था गर्नु आवश्यक छ। नेकपा-माओवादीलगायत् दललाई सहमतिमा लिन उनीहरुले भन्ने गरेको चारदलीय सिन्डिकेट अन्त्य गर्दा कुनै फरक पर्ने अवस्था देखिंँदैन। चुनावको मिति घोषणा गर्ने, चुनावसम्बन्धी सम्पूर्ण कार्यक्रम प्रकाशित गर्ने र सोहीअनुरूप सबै शक्ति अगाडि बढ्ने वातावरण बन्दा चारदलीय संयन्त्रको औपचारिक आवरणको कुनै आवश्यकता देखिन्न। आन्दोलनरत् दलको त्यतिमात्र माग हो भने त्यसलाई चारदलीय संयन्त्र भंग गरेर पूरा गर्न सकिन्छ। चुनावमा भाग लिन चाहने विगतको संविधान सभामा समेत उपस्थिति जनाइसकेका दलहरुलाई हरेक १५ दिनमा वर्तमान चुनावी मन्त्री परिषद्ले बैठक डाक्ने र आवश्यक सरसल्लाह, पृष्ठपोषण र सहयोग प्राप्त गर्ने काम गर्न सक्छ। साथै चुनाव शान्तिपूर्ण निष्पक्ष र धाँधलीरहित बनाउन वर्तमान सरकारले ठूला/साना सबै दललाई विश्वासमा लिएर अगाडि बढ्न सबै किसिमका पहल प्रयत्न गर्न सक्छ। त्यस कार्यमा राष्ट्र्पति महोदयले प्रत्यक्ष वा परोक्ष निगरानी गर्नुपर्नेछ। मुख्य राजनीतिक दलका शीर्ष नेताहरुले वर्तमान सरकारलाई व्यक्तिगत वा सामूहिक हिसाबले पृष्ठपोषण गर्न वर्तमान उच्चस्तरीय राजनीतिक संयन्त्र नहुँदा पनि गर्न सकिने अवस्था छँदैछ।
चुनावी प्रक्रियामा सुनिष्पक्ष निर्वाचनका लागि चाहिने अर्को महत्वपूर्ण तत्व बुथमा गरिने मतदाताहरुको सुरक्षा नै हो। मतदाताहरुले सुरक्षितरूपमा आफ्नो मत अभिव्यक्त गर्न पाउने व्यवस्था राजनीतिक पार्टीहरुको आमसहमति र सुरक्षा निकायको चुस्त दुरुस्त उपस्थितिले गर्न सक्छ। सुरक्षा निकायमा यदाकदा देखिने कुनै पार्टीको पक्ष वा विपक्षमा लाग्ने प्रवृत्तिलाई हदैसम्म न्युनीकरण गर्नु आवश्यक छ। साथै भरपर्दो पर्यवेक्षणका लागि नेपाली पर्यवेक्षण टोलीको नेतृत्वमा विदेशीहरुलाई समेत समावेश गरेर हरेक बुथमा पर्यवेक्षणको व्यवस्था मिलाउन सकिए चुनावी प्रक्रियालाई अझ सहज बनाउन सकिन्छ।
निर्वाचनको मामिलामा संसारमा अत्यन्त धेरै आधुनिक प्रयोग भएका छन्। ती सबै प्रयोग नेपालमा अहिले नै प्रयोग गर्ने अवस्था विद्यमान छैन। तर मतदाता नामावलीलगायत्का क्षेत्रमा हुँदै गरेको आधुनिकीकरणलाई ल्यापटपमाथि आक्रमण गरेर निषेध गर्न खोज्ने प्रवृत्ति हरक्षेत्रबाट निन्दनीय छ। आन्दोलन सामाजिक राजनीतिक अग्रगतिका लागि हुनुपर्नेमा ल्यापटपमाथिको रिस गर्ने आन्दोलनलाई किमार्थ प्रोत्साहन गर्न सकिँदैन र गर्नुहुँदैन। अनौठा कार्य गरेर राजनीतिमा लोकप्रिय बन्न चाहने नेकपा-माओवादी प्रवृत्तिलाई निरुत्साह गरे पनि उनीहरुलाई चुनावी प्रक्रियामा सामेल गर्नु सबैको निम्ति चुनौतीको विषय हो। आगामी दिनमा नेपालको मुख्य राजनीतिक शक्तिहरुले त्यो कामलाई सफलपूर्वक सम्पन्न गर्न सक्नेछन् भन्ने विश्वास गर्न सकिन्छ।