आजका महिला
१८ भदौ २०६६
•
६ मिनेट पाठ
आजका महिला
लामो कपाल बाटेकी, सर्ट प्यान्ट र निधार छोप्ने क्याप लाएकी किशोरी सिनामंगलमा स्वयम्भू यातायातको नीलो गाडी ठटाउँदै गौशाला-चाबहिल भनेर यात्रु बोलाउँदै थिइन्। 'खलासी त केटी पो र'छ ' भन्दै बहिनी हुर्रिँदै गाडीको ढोकामा पुगी, म पछि लागेँ। बसमा बसिसकेपछि ड्राइभरको सिटतर्फ आँखा गयो। तब चिच्याउने पालो मेरो - हेर त ड्राइभर पनि केटी। गौशाला पुगेपछि किशोरी ढोकामा ढ्याक्क हानी, फुत्त झरी र कुदी, जसरी खलासी किशोरहरू चुरोट लिन कुद्छन्।

किशोरी झोलाभरी फलफूल बोकेर फर्की र खलासी किशोरले ड्राइभरलाई चुरोट दिएझैँ फलफूलको झोला हस्तान्तरण गरी। ड्राइभरले फलफूल खाई, छेउछाउका मान्छेलाई पनि बाँडी। किशोरीलाई पुरस्कृत गर्न मन लाग्यो। मैले विद्यार्थी परिचयपत्र नदेखाई पूरै भाडा दिएँ।
अस्तिसम्म महिला घुम्टो ओढेर निस्कन्थे। बिस्तारै हिँडिरहेको गाडीमा पस्न नसकेर कुक्रुक्क परेको भेटेकी छु। गाडी भेट्ने मान्छे गन्तव्यमा पुगिसक्छन्, गाडी छुटाउने स्टपमै अलपत्र पर्छन्। जिन्दगीको गाडी पनि यसैगरी चल्ने न हो। हाम्रो जस्तो अव्यवस्थित सडक र सवारी साधनको अस्वस्थ प्रतिस्पर्धाले दिनदिनै हामी कुदिरहेको गाडीमा उफ्रेर पस्न अभ्यस्त भइसकेका छौं। आजका महिलामा आत्मवश्वास बढ्दै छ। दौडिरहेको गाडीमा फुत्त उक्लन मात्रै होइन, गाडीको कान निमोठेर गन्तव्यमा पुर्‍याउने हैसियत पनि राख्छन्।
अफिसमा हाकिमका सामु बसेर बैंकको फर्म भर्दै थिएँ। छोराछोरीको जन्म मिति लेख्नु पर्ने बेलामा त उनी अकमक्क परे। दुबिधा अन्त्य गर्न फोनको सुविधा लिए। फोनबाट उनकी पत्नीले छोराछोरीको जन्म मिति खररै भन्दिन्। उनले पत्नीलाई धन्यवादसम्म भनेनन्। एक गिलास पानी दिने मान्छेलाई पनि हामी धन्यवाद भन्छौं। कोठा-चोटा, घरकरेसा, छोराछोरीको टिफिन-टाई सबै पत्नीले जिम्मा लिनुपर्ने, त्यसबापत उनले ...धन्यवाद' सम्म पनि नपाउने? यो कस्तो तरिका हो?
हाकिमका छोराछोरी तीन जना। यो जमानामा पनि कति धेरै सन्तान जन्माएका होलान् भनेर मनमनै सोचिराथें। दुईटी छोरीपछिको छोरा भएको थाहा पाएँ। मैले हाकिममाथि ठाडो आरोप लगाएँ- छोराको चाहनाले तेस्रो सन्तान जन्माउनु भयो। यो चैं मनमनै भनेकी थिइन। बोली र गोली फर्कन्न, भन्छन्। बोलि त सकेँ। त्यसपछि पो म धेरै तर्सिएँ। निकै दिन रन्थनिएँ। 'छोरा पाउने आशमा धेरै छोरी पाउने संघको अध्यक्ष'लाई झैंँ मैले उहाँलाई भन्न नहुने। तीन सन्तान सहितको दम्पतिलाई आदर्श परिवार भन्न सकिन्छ। उहाँले छोराछोरीलाई समान व्यवहार गरेको पनि त हुन सक्छ। लौ, फरक व्यवहार नै गर्नु हुन्छ रे! तर मेरो पनि भन्ने तरिका त्यो होईन। बैंकको फर्म भर्न गएको मान्छे फर्म भरेर खुरुक्कै फर्के भईहाल्थ्यो नि।
तर के गरुँ? हाम्रो समाजमा छोरीको अवमूल्यन गर्ने संस्कारले म आहत छु। त्यसैले समयसमयमा मेरो आक्रोशले सीमा नाध्ने गर्छ। मेरा हाकिमको सबालमा मेरो आक्रोश सही ठाउँमा थिएन। सबैतिरको निराशा र कुण्ठा मैले उहाँमाथि पोखेँ।
हिजोसम्म महिला गाडी चढ्न डराउँथी। लडिएलाकी झैं बिस्तारै चढ्थी। आजकी महिला रिंगरोडमा गाडी चलाउँछे। त्यस्ता सफा टेम्पो त कति चलाउँछन् कति, अनगिन्ति। महिलाबाट केही सिके हुन्छ। गाडी चलाउँदा महिला ड्राइभरले फलफूल खान्छन्, स्वस्थ रहन्छन्। महिलाको संसार फराकिलो देखिन्छ, पुरुषले पनि अनुकरण गरे राम्रो।
पुरुषलाई कति प्राथमिकता दिन्छन् भने ड्राइभिङ लाईसेन्स लिने जाँचमा केटी जिस्काउन, मादक पदार्थ सेवन गर्न हुन्छ कि हुन्न? जस्ता प्रश्न राखिन्छन् रे। केटी त केटाले जिस्काउने हो। अब लाइसेन्स लिन जाने केटी पनि हुन्छन्। उसले चैँ के लेखेर आउने? प्रश्नको शैली पनि फेर्नु पर्‍यो। नत्र गाल पर्ला।
अर्को समाचार
आजका महिला
०६ माघ २०७६
•
५ मिनेट पाठ
आजका महिला
रेजिना पाण्डे

आजका महिला आधुनिक बन्ने होडमा निकै लागिपरेका छन्। शिक्षा,  लवाइखुवाइदेखि समयको मागअनुसार उपलब्धि हासिल गर्नसम्म जोडतोडले तयारीमा जुटिरहेका छन्। जीवन सरल/सहज बनाउन प्रतिस्पर्धा पनि गरिरहेका छन्, आजका महिला। दिनप्रतिदिन जति–जति प्रविधिको विकास भइरहेको छ, त्यति–त्यति महिलाको सोचमा पनि परिवर्तन आइरहेको छ। आफूलाई सबै क्षेत्रमा अब्बल बनाउने सोचसाथ अगाडि बढिरहेका छन्, आजका महिला।

कुनै समय छोरीले शवसम्म हेर्न हुन्न भन्ने अन्धविश्वास थियो। तर आज उनीहरू आमाबुुबाको दागबत्ती दिने भएका छन्। सगरमाथा चढिसकेका छन्। डाक्टर, इन्जिनियर बनेका छन्। देशको उच्च ओहोदामा बसेर काम गर्न सक्ष भएका छन्, आजका छोरी।

कुनै समय महिला घरघन्दा र सन्तान जन्माउने काममा मात्र सीमित थिए। घुम्टो ओढेर घरभित्रै बस्न बाध्य थिए। तर आज महिला घरभित्रका जिम्मेवारी पूरा गर्दै घरबाहिर पनि पुरुषसरह हरेक सीप, व्यवसाय तथा कार्यालयका काम गर्न सक्ने भएका छन्। गाउँदेखि सहर, सहरदेखि विदेशसम्म महिला अगाडि बढिरहेका छन्। आफ्नो दक्षता र क्षमताले भ्याएसम्म उनीहरू आफ्ना परिवार, समाज र राष्ट्रसम्म बनाउन प्रयासरत छन्। महिला यतिबेला खुला आकाशमा रमाइरहेका छन् वा रमाउने प्रयासमा छन्।

देशमा बढिरहेको बलात्कार तथा महिला हत्या/हिंसाका घटनाले भने उनीहरूमा त्रास उत्पन्न गराइहेको छ। ठाउँठाउँमा भइरहेका यस्ता आपराधिक घटनाले महिला मनोबललाई कमजोर बनाइरहेको छ। महिलालाई छलकपट गर्ने,   फसाउने घटनाले कतै आफ्नै छोरीबुहारी, दिदीबहिनी पनि यसको सिकार बन्ने हो कि भन्ने पनि त्रास समाजमा फैलिएको छ। यो आधुनिक युगमा उडिरहेका आफ्नो पंख कसले काटिदिन्छ भन्ने डर महिलालाई भइरहेको छ।

दमन, शोषण गरेर जति दबाउन खोजे पनि त्यसविरुद्ध डटेर अगाडि बढिरहेका छन्, आजका महिला। यो नै आधुनिक महिलाको साहस हो।

पुरुषवादी समाजबाट उम्केर केही गरौं भन्ने उत्साह र जोसमा रहेका महिलालाई यस्ता घटना चुनौती बनेका छन्। स्वतन्त्रत भएर हिँड्न उनीहरूलाई ग्राह्रो भइरहेको छ। आफ्नो कार्यमा सफलता पाइरहेका महिलालाई फसाउने, लत्याउने,  निचो देखाएर लाचार बनाउने यो समाजले महिलालाई अझै दबाएर राखेकै महसुस हुन्छ। जति आधुनिकताको विकास भइरहेको छ, त्यति नै अनुपातमा महिलाविरुद्ध हिंसा र अपराध पनि बढिरेहका छन्।

महिला हत्या/हिंसा, बलात्कार तथा यौन दुव्र्यवहारमा संलग्न अपराधीलाई कडाभन्दा कडा सजाय गर्न जरुरी छ। अनि मात्र यस्ता अपराध समाजमा कम हुन्छन्। महिलालाई काम गर्न सहज वातावरण निर्माण हुन्छ। तर अपराधीहरू नै स्वतन्त्र भएर ठाउँठाउँमा जालो बुनेर बसिरहेका छन्। यो दुःखको कुुरा हो।

दमन, शोषण गरेर जति दबाउन खोजे पनि त्यसविरुद्ध डटेर अगाडि बढिरहेका छन्, आजका महिला। यो नै आजका महिलाको साहस हो। कठिन अवस्था हुँदाहुँदै पनि हिम्मत नहारी महिला आफ्नो कामलाई निरन्तरता दिइरहेका छन्। सामाजिक, आर्थिक तथा मानसिक रूपमा आत्मनिर्भर हुँदै छन्। आफ्नो घरपरिवार र  पेसा दुवैलाई मिलाएर हिँडेका छन्। महिलाको यो कुशलतालाई सम्मान गर्नेपर्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस