लाग्छ बाइसेहरुको माधव सरकार हिन्दु श्राद्धमा बिरालो बाँध्ने मूढ प्रचलनप्रति घनघोर प्रतिबद्ध छ।
यसको यो हठयुक्त प्रतिबद्धता नेपाली सेनाको हकमा यसअघि नै प्रदर्शित भइसकेको छ। हठ प्रदर्शनको क्रममा बाइसे हजुरहरुले जुम्लाहात गर्दै गुहार मागे राष्ट्रपति रामवरण यादवले प्रसन्न मुद्रामा तथास्तु भने। अनि प्रधानसेनापति रुक्मांगद कटवालको चट् भएको पद जोगाइदिने पुनीत कर्मद्वारा नेपाली सेनाको नेतृत्वलाई स्वेच्छाचार र दण्डहीनताको हक छ भनी सांकेतिकरुपले उद्घोष गरियो । नतिजा के भयो नेपाली सेनाको नेतृत्व दुई कुराबाट मुक्त भयो । राज्यको कार्यकारी निकायको नियन्त्रणमा रहनुपर्ने संस्थागत कर्तव्यबाट यो मुक्त भयो र सेनाको आन्तरिक लोकतन्त्रीकरण गरिनुपर्ने लेठोबाट पनि मुक्त भयो । अब नेपाली सेनाको नेतृत्व बाइसे सरकारलाई टेर्न बाध्य छैन। बरु पुल्पुल्याएर शिरमाथि बोकिएको सैनिक नेतृत्वको अहं र सनकलाई चुपचाप स्वीकार गर्न बाइसे सरकार विवश छ । यो पुराना संस्थागत संरचना कार्यविधि संस्कृति शैली र पात्रहरुलाई ज्युँकात्युँ राखेर नयाँ नेपाल बनाउन चाहने बाइसेहरुको मौलिक प्रयोगको नतिजा हो।
<div style="float:right">
<script type="text/javascript"><!--
google_ad_client = "pub-3069964176811472";
google_ad_width = 300;
google_ad_height = 250;
google_language="en";
google_ad_format = "300x250_as";
google_ad_type = "text";
google_color_border = "F0F1F2";
google_color_bg = "F0F1F2";
google_color_link = "515151";
google_color_text = "333333";
google_color_url = "008000";
//-->
</script>
<script type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js"></script>
</div>
जे जस्तो छ त्यो त्यस्तै रहोस् तर नयाँ नेपाल बनेरै छाडोस् ! बाइसे सरकारको मूल मन्त्र यस्तो छ । अहिले यो यथास्थितिमुखी मन्त्र पशुपतिनाथको मन्दिरमा गुन्जिरहेछ । प्रधानमन्त्री माधव नेपाल सात्विक भोजनी सनातनी ब्राह्मण हुन् । संस्कृति मन्त्री मीनेन्द्र रिजाल त झनै शुद्ध सनातनी एवं उच्च ब्राह्मण हुन् । गिरिजाबाबु त झन् यी यावत् ब्राह्मणहरुका पनि ऐतिहासिक ब्राह्मण भइहाले । यी अति परम्पराप्रेमी बेजोड कर्मकाण्डमार्गी र सतत सनातनी ब्राह्मणहरु पशुपतिनाथको मन्दिरमा उच्च शुद्ध पवित्र र निष्कलंक ब्राह्मण पुजारी भर्ना गर्न लिट्टी कसेर लागिपरे । यस घडीमा काङ्ग्रेसको सनातनी धारले यसो औँसी-पूर्णिमामा याद आउने आपुनो प्रजातान्त्रिक समाजवादको सूत्रलाई सिँगौरामा झुन्ड्यायो । र एमालेको दक्षिणमुखी पुयाकले जनताको बहुदलीय जनवाद नामक लोकलाई यसो देखाइटोपल्ने राजनीतिक मन्त्रलाई कोटको भित्री खल्तीमा अलप गरायो । र चलिआएको परम्परा रीति र रुढी सामु लम्पसार पर्दै पशुपतिनाथको मन्दिरमा विदेशी भट्ट पुजारी भर्ती गर्ने धर्मयुद्धको उद्घोष गरियो।
कुरा केही महिनाअघिको हो । पशुपतिनाथको मन्दिरमा प्रचलित परम्पराको क्रम भंग गर्दै नेपाली भट्ट पुजारी राख्ने मेसो चल्यो । मेसो चलाउने पात्र पर्न गयो नास्तिक सांसारिक र अशुद्ध माओवादी । युद्ध कौशलमा माओवादी निपुण ठहरिएको थियो । तर लाकेतान्त्रिक विधि-प्रक्रियाको पालनामा भने ऊ किञ्चित कच्चा देखिन आयो । त्यसैले विधिप्रक्रिया नमिल्दा पशुपतिनाथमा नेपाली पुजारी भर्ती गर्ने उसको यत्न विफल भयो। विफल बनाउने वीरहरुमा राजनीतिक वृत्तका सनातनी शुद्ध एवं पवित्र ब्राह्मणहरु थिए । शुद्धपथी रामचन्द्र पौडेल त परम्परा रीति र रुढीको रक्षा गर्न परिआए सहादत नै प्राप्त गरुँलाझैँ गरी आपुनो दलका सांसदहरुको भयंकर जुलुसको नेतृत्व गर्दै तुफानी वेगमा आर्यघाट पुगेका थिए ।
ऊबेला लागेको थियो यी ब्राह्मणहरुको अपत्तिको चुरो कुरो विधिप्रक्रिया नै हो। अहिले देखियो गुह्य कुरो अर्कै रहेछ । यिनको आपत्ति नेपाल र नेपालीत्वसित रहेछ। यिनको आपत्ति नेपालको राष्ट्रियता स्वाभिमान र आत्मनिर्णयको हकसित रहेछ। त्यसैले उच्च ब्राह्मण घरानाका संस्कृति मन्त्री मीनेन्द्र रिजालले उत्तिकै उच्च ब्राह्मण कुलका प्रधानमन्त्री माधव नेपालको मर्जीबमोजिम भारतबाट सुटुक्क दुई थान भट्ट झिकाएछन्। गिरीश भट्ट र राघवेन्द्र भट्ट । पशुपतिका पुजारी बन्न यिनको योग्यता दक्षता नैतिकता र शुद्धताको जाँच अगोचर र निराकार चतुमुर्खी ब्ह्माजी स्वयंले गरिदिए हुनन् । त्यसैले त यसबारे नाथे नेपाली नागरिकहरुलाई सूचित गर्नु सोध्नु र साध्नु परेन । नेपाल भूगोलको आकारमा सानो छ । हाम्रा सत्तासीन ब्राह्मणका विचारमा सानो भूगोलका मानिसको विद्वता पनि सानै हुँदो हो । भारतवर्ष भूगोलको आकारमा अजंगको छ । हाम्रा कुलीन शासकहरुका नजरमा अजंगको भूगोलका मानिसको विद्वता पनि अजंगकै हुँदो हो । संस्कृत भाषा जानेका वैदिक शास्त्र खारेका तत्वबोध गरेका र तन्त्र-मन्त्रादिमा निपुण विद्वान् हाम्रो सानो नेपालमा पनि हुँदा हुन् । कतिपयका नामअगाडि त डाक्टरीको जुरो पनि हालिएको हुँदो हो । तर शासनकारी ब्राह्मणका नजरमा तिनको कुनै गन्ती भएन । र नै स्वाधीन राष्ट्रको आत्मनिर्णयको हक र स्वाभिमानको चेतका कुरा गर्ने नेपालीमाथि थोपर्न भारतवर्षको कर्नाटकबाट दुधले धोइएका भट्टहरु झिकाइए।
पशुपतिनाथको मन्दिर भक्तजनका हातबाट नित्य पैसाको खोलो बग्ने थलो हो । पहिले यो लाभदायक थलो शाही दरबारको कब्जामा थियो । त्यो कब्जाको अभिप्राय धार्मिक गुठी र धार्मिक अनुष्ठानको रक्षा गर्नु होइन द्रव्यको त्यो खोलो बेरोकटोक दरबारतिर प्रवाहित गर्नु थियो । अनि अहिले सायद अहिले पनि उच्च शुद्ध पवित्र र सात्विक ब्राह्मणहरु मिलौँ पशुपतिको रकम बाँडीचुँडी खाऔँको मिलिमतो होला । तर यो भोजनमार्ग अकण्टक भने देखिँदैन । पशुपतिमा एकथरी नागरिक हकदाबीको झन्डा बोकेर उपि्रुरहेका छन् । आक्रोश मिसिएको समवेत स्वरमा ती भन्दाछन् - खुला प्रतिस्पर्धा गर नेपाली पुजारी भर्ती गर । नेपाली पुजारी र भण्डारीहरुको तलब तोक तिनलाई भएभर्को भेटी हजम गर्न नदेऊ । पशुपतिको आयस्ता पारदर्शी गर र चुनदाम राज्यको ढुकुटीमा दाखिला गर । धर्मका नाउँमा हुने भ्रष्टाचार रोक पशुपतिनाथको मन्दिरलाई धोइपखाली गर । यसो सुन्दा यी साना मानिसका माग अनुचित छैनन् । तर सत्ताधारी सनातनी ब्राह्मणहरु पशुपतिमा ल्याइते भट्टहरु भर्ती गरेर अब यी साना मानिसका आवाजलाई कुल्चिन हदैसम्म बल प्रयोग गर्ने मुडमा देखिन्छन् । पशुपति मन्दिरको सेरोफेरो हेर्नु त्यो सशस्त्र प्रहरीको मेलाजस्तो देखिन्छ । हाम्रा कुसर्ीधारी ब्राह्मणले राष्ट्रियता राष्ट्रिय स्वाभिमान र आत्मनिर्णयको हक दाबी गर्ने नागरिकका आवाजलाई कुल्चिने प्रेरणा आशीर्वाद वा इसारा कताबाट पाएका हुनन् हाम्रो असल छिमेकी विशाल भारतवर्षतिरबाट त पक्कै होइन क्यारे!
बाइसे जम्बोरीमा पृथक् वैचारिक आग्रह भएका दल छन् । त्यहाँ समाजवादी गणतन्त्रको भावुक र स्वप्निल झन्डा बोक्नेहरु छन् । त्यहाँ सङ्घीयताले देशलाई विदेशीको पोल्टोमा पुर् याउँछ भन्दै राष्ट्रिय अखण्डताको यज्ञमा चरुझैँ होमिन तत्पर देखिने उत्पात राष्ट्रवादी पनि छन् । त्यहाँ पहाडीभन्दा हामी के कम भन्ने मधेशी राष्ट्रवादी नेपाली पनि छन् । उसो त त्यहाँ सनातनी दरबारमुखी र चुरे भावर भेगका महेन्द्रमार्गी राष्ट्रवादी पनि छन् । के यी समाजवादी र यी राष्ट्रवादीका नाकमा विदेशी भट्टका देहबाट हररर अत्तरको बास्ना आइरहेको हो कि कतैका कसैले यिनका वाणी हरण गरिदिएको हो कि सत्ता आरोहण गर्न र सत्तामा टिकिरहन कृपा र आशीर्वाद प्रदान गर्ने उँधोका श्रीहजुरका डरले यिनको होसहवास नै गुम भएको हो कि पशुपतिनाथको मन्दिरमा नेपाली पुजारीहरु राख्दा परम्परा रीति र रुढीको क्रम भङ्ग हुन गई सृष्टिको चक्र नै ठप्प हुने भयले यिनका मुख जाम भएका हुन् यी परमुखापेक्षी मृतक वा दासानुदास होइनन् भने पशुपतिनाथका पुजारी नेपाली नै राखौँ भनी मुख किन नखोलेका होलान् ?
विभेदकारी दासतामुखी र पत्रु परम्पराहरु बद्लिँदो समयको क्रममा ढल्छन्। आकाशमा सूर्यचन्द्र छउन्जेल अजरअमर रहने छ भनी भ्रमको लेपन लगाइएको शाही राजतन्त्र ढल्यो। खै त आकाश खसेन । केन्द्रीकृत हैकम नभए देश चिराचिरा परेर शेष हुन्छ भनिन्थ्यो सङ्घीयताको उद्घोष भयो। खै त हावा बहन छाडेन। एक सोझा राई युवाका 'अपवित्र' हातले रचेको गीत राष्ट्रिय गान बन्यो र उच्च ब्राह्मणका 'पवित्र' हातले रचेको शाही राष्ट्रिय गानको मृत्यु भयो। खै त सृष्टिको क्रम जारी नै छ। भन्देखिन् पशुपतिनाथको मन्दिरमा नेपाली पुजारी राख्दा प्रलय नै हुने हो र बाइसे सरकारका उच्च शुद्ध पवित्र र सनातनी बाजेहरु बोलून्।