'निवेदक सूर्यकुमारी अधिकारी विपक्षी प्रसुती गृहसमेत भएको मुद्दामा निवेदकको पेटमा बच्चाको तौल
बढी भएको एकिन हुदाँहुँदै निजलाई अप्रेसन गरी डेलिभरी गराउनु पर्नेमा पटक पटक भ्याकुम प्रयोग गरी प्रसुती गराउँदा नवजात शिशुको बाँया हातको नसा चुडिन गई बच्चा नै अपाङ्ग भएको अवस्था देखिँदा बच्चा र आमा समेतको मानसिक शारीरिक अपांगतासम्बन्धी क्षति र उपचार खर्चसमेत दृष्टिगत गरी सम्बन्धित प्रसुती गृहबाट पाँच लाख र उपचारमा संग्लन चिकित्सकबाट पाँच लाख गरी जम्मा रु। दश लाख निवेदिकालाई क्षतिपूर्ति गराउने निर्णय गरियो।'
माथिका पंक्तिहरु सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएकी एक उपभोक्ताले चिकित्सकको त्रुटि गल्ती लापरबाहीबाट हानी पुगेको दाबी गर्दै नेपालको उपभोक्ता अदालतमा दायर गरेको मुघामा भएको फैसलाको अंश हो। उपभोक्ता संरक्षण कानुनबमोजिम जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा क्षतिपूर्ति समिति रहने व्यवस्था छ । यस्तो व्यवस्थालाई बिदेशतिर उपभोक्ता अदालत भन्ने गरिन्छ । उल्लेखित फैसला काठमाडौं जिल्लाको क्षतिपूर्ति समितिले गरेको हो । काठमाडौंमा विभिन्न वस्तु र सेवाका पच्चीसभन्दा बढी मुद्दा गत वर्षसम्म फैसला हुन बाँकी थिए । तीमध्ये एघार वटा हालै फैसला भएका छन् र बाँकी विचाराधीन छन् । उपभोक्तालाई मर्का परेमा सुनुवाइ गर्न र हानिनोक्सानीबापत क्षतिपूर्ति भराउनुपर्ने कानुनी व्यवस्था राज्यको इच्छामा मात्र गरिएकॊ होइन । यो व्यवस्था संयुक्त राष्ट्र संघको साधारण सभाबाट पारित उपभोक्ता संरक्षणसम्बन्धी बाध्यकारी अनुबन्धका आधारमा गरिएको कानुनी व्यवस्था हो । वस्तु र सेवा बजारबाट उपभोक्तालाई मर्का परेमा २ प्रकारको उपचारको उपाय उपभोक्तालाई दिइएको छ । पहिलो बजारमा अनुचित ब्यापारिक क्रियाकलाप भएमा वस्तु वा सेवा प्रदायकलाई जरिवाना वा कैद गरी पाउँ भनी प्रत्येक जिल्लामा रहेका निरीक्षण अधिकृतसमक्ष उजुरी गर्नॆ । उजुरी सही भएमा निरीक्षण अधिकृतले जिल्ला अदालतमा फौजदारी मुद्दा दायर गर्छ । दोश्रो कुनै वस्तु वा सेवा प्रदायकले प्रदान गरेको वस्तु वा सेवाको कारणबाट उपभोक्तालाई हानी नोक्सानी पुगेमा सोको विवरण खुलाई उपभोक्ता आफैंँ वा उपभोक्ता संस्थाले क्षतिपूर्ति दाबी गर्ने । बजारका कारण मर्कामा परेको उपभोक्ताले यी दुवै कानुनी उपचारमध्ये कुनै एक उपाय प्रयोग गर्न पाउँछन्।
उपभोक्तालाई प्रदायकले दिएको वस्तु वा सेवाबाट मर्का पारेमा हानिनोक्सानी भएमा कस्तो उपचारको व्यवस्था छ त्यस्तो उपचार पाउन कहाँ जानुपर्छ भन्ने जिज्ञासा सामान्य उपभोक्ताको रहेको पाइन्छ । नेपालको उपभोक्ता संरक्षण कानुनअनुसार कुनैपनि उपभोक्तालाई वस्तु र सेवा किनी उपयोग गर्दा हानिनोक्सानी भएमा त्यसको व्यहोरा उल्लेख गरी क्षतिपूर्ति दिलाई पाउन प्रजिअ अध्यक्षतामा जिल्लामा रहेको क्षतिपूर्ति समितिमा उजुरी दिन पाइन्छ । त्यसैगरी बजारमा अनुचित ब्यापारिक क्रियाकलाप गरेको पाइएमा जिल्लाका निरीक्षण अधिकृतसमक्ष उजुरी दिन सकिन्छ।
दुनियाँभर वस्तु र सेवा लिने उपभोक्ता बजारबाट पूर्ण सुरक्षित हुँदैनन्। उपभोक्तालाई वस्तु र सेवा प्रदान गर्नेले क्षति वा हानिनोक्सानी पुर् याउन सक्छन्। त्यसैले त्यस्ता क्रियाकलापउपर सुनुवाइ गर्ने र हानि भएमा क्षतिपूर्ति दिलाउने व्यवस्थालाई उपभोक्ता अधिकार मानिएको छ । उक्त अधिकार उपभोक्ता कानुनमा नै समावेश हुन्छ। अहिले संविधान सभाको मौलिक हक तथा राज्यको निर्देशक सिद्धान्त समितिले उपभोक्ता अधिकारलाई उपभोक्ताका हक भनी संविधानको मौलिक हकमा नै समावेश गरेको छ। स्वच्छ प्रतिस्पर्धा गर्ने व्यापारी र उपभोक्तालाई संरक्षित गर्ने उक्त प्रस्तावित संवैधानिक व्यवस्थालाई कसरी प्रभावकारी गर्न सकिन्छ भन्ने सबालमा सबैले चासो लिनुपर्ने देखिन्छ। उपभोक्ता अधिकारलाई सबै क्षेत्रबाट सम्मान गरिनुपर्छ। उपभोक्तालाई पर्ने मर्काको सुनुवाइ गर्न उपभोक्ता अदालतका रुपमा रहेका जिल्ला क्षतिपूर्ति समिति सक्रिय हुनुपर्छ। क्षतिपूर्ति समितिले कानुनबमोजिम गरेका फैसलाको सम्मान गरी दायित्व पूरा गर्नु कर्तव्य हो भन्ने वस्तु तथा सेवा प्रदायकले बुझ्नुपर्छ।
बजारमा उपभोक्तालाई पर्ने मर्का र हानि उपरका विवाद कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा दुनियाँभरका उपभोक्ता अधिकारकर्मीहरु एकमत देखिँदैंनन्। एकथरी अधिकारकर्मीलॆ वस्तु र सेवा प्रदायकलाई कैद र जरिवाना नै गर्ने गरी फौजदारी मुद्दा दायर गर्नुपर्ने जिकिर लिन्छन् । अर्काथरी अधिकारकर्मी बजारमा वस्तु र सेवा प्रदायकले गर्ने बदमासीबाट हुने क्षति र मर्काको कानुनी उपचार कैद वा जरिवाना होइन। हानिनोक्सानीको उपचार उपभोक्तालाई क्षतिपूर्ति दिलाएर मात्र गर्न सकिन्छ भन्छन्। बजारलाई बजारजस्तो बनाएर स्वच्छ र सफा व्यवसाय गर्नेलाई प्रोत्साहन गर्ने र पीडितलाई क्षतिपूर्ति भराई न्याय दिने हो उपभोक्ता र व्यवसायी दुवैलाई न्याय गर्न सकिन्छ।
क्षतिपूर्ति दाबी गर्ने उपभोक्ताले तीन वटा अवस्था देखाउनु पर्छ । पहिलो वस्तु र सेवा प्रदान गर्ने प्रदायकको उपभोक्तालाई सोही वस्तु र सेवा दिने कर्तव्य थियो भन्ने पुष्टि गर्नुपर्छ । चामल बेच्ने पसलबाट औषधि किनेमा इन्जिनियर सेवा दिनेबाट वकिलको सेवा लिएमा पशु चिकित्सकबाट मानिसको उपचार गराएमा त्यस्तो क्रिया वस्तु र सेवा प्रदायकको कर्तव्यभित्र पर्दैन । दोश्रो वस्तु र सेवा प्रदान प्रदायकले वस्तु र सेवा प्रदान गर्दा गल्ती त्रुटि वा अनुचित क्रियाकलाप वा लापर्वाही गरेको देखाउनुपर्छ। तेश्रो वस्तु वा सेवा प्रदायकको क्रियाकलापबाट उपभोक्तालाई आर्थिक शारीरिक मानसिक वा भौतिक क्षति पुगेको पुष्टि गर्नुपर्छ । त्यसपछि मात्र मर्का र हानिबापत क्षतिपूर्ति पाइन्छ।
नेपालमा क्षतिपूर्ति पाइने विशेष कानुन सीमित छन् । उपभोक्ता संरक्षण कानुनअनुसार वस्तु र सेवा प्रदायकबाट उपभोक्ताले पाउने क्षतिपूर्ति क्षतिपूर्ति ऐनबमोजिम प्रहरीले अनुचितरुपमा थुनामा राखेमा पाइने क्षतिपूर्ति नागरिक अधिकार ऐनबमोजिम सरकारी काम कारवाहीबाट कसैलाई हानि नोक्सानी पुगेमा पाइने क्षतिपूर्ति सडक दुर्घटना भएबापत कानुनबमोजिम पाइने क्षतिपूर्तिबाहेक अन्य खासै क्षतिपूर्ति भराउने कानुन कार्यान्वयनमा आएको पाइँदैन । कसैले कसैलाई हानिनोक्सानी पुर् याएमा क्षतिपूर्ति पाइन्छ भन्ने जनचेतनाको अभाव क्षतिपूर्ति कानुन कार्यान्वयन हुन्छ भन्ने जनविश्वासको अभाव सीमित हदम्यादको कारणले यी कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । हुन पनि उपभोक्तालाई मर्का परेमा बेलायतमा ३ वर्षभित्र भारतमा २ वर्षभित्र उजुरी गर्न पाइन्छ तर नेपालमा भने पैँतीस दिनभित्र उजुरी गर्नुपर्ने व्यवस्था छ।
उपभोक्ता संरक्षण कानुनको कार्यान्वयन सरकारले सक्रिय बजार अनुगमन र अनुचित व्यापारिक क्रियाकलापमा कारवाही गरेर गर्न सकिन्छ। त्यसैगरी उपभोक्ता आफैँ सचेत भई आफूलाई परेको मर्कामा कारवाही र क्षतिपूर्ति दाबी गरेर पनि गर्न सकिन्छ। त्यसपछि मात्र उपभोक्ता कानुनको प्रभावकारी कार्यान्वयन हुन्छ । सरकारी संयन्त्र प्रभावकारी नभएको अवस्थामा उपभोक्ता आफैँ सक्रिय र सचेत नभएसम्म उपभोक्ता कानुन कार्यान्वयन हुँदैन।