भनिन्छ– अपराधीहरु प्रहरीभन्दा एक कदम अगाडि हुन्छन्। हुन पनि हो, अपराध कर्ममा विश्वास गर्नेहरु मौजुदा नियम कानुनका कमजोरी खोतल्छन् र त्यसैका आधारमा कुकर्मबाट बच्ने कवच खोजी गर्छन्। नेपालमात्र हैन, विश्वमै धेरै अपराधीहरु सफल भइरहन सक्नुमा प्रमुख कारण नै यही हो। जब सुरक्षा अर्थात् अनुसन्धान निकायहरुले उनीहरुका यस्ता कवच पत्ता लगाएर ध्वस्त पार्छन्, त्यसपछि उनीहरु फेरि नयाँ तरिका पत्ता लगाउने अभियानमा जुट्छन्। कुकर्मका प्रक्रिया र तरिकाहरु फेरबदल गरिरहनु आपराधिक क्रियाकलापमा लाग्नेहरुको विशेषता नै हुने गर्छ।अहिले राजधानीमा अपराधमा संलग्नहरुले यस्तै नयाँ तरिका प्रयोग गरेको रहस्य सार्वजनिक गरेको छ सुरक्षा निकायले। विभिन्न लोभलालच देखाएर वा जबर्जस्ती मानिसलाई आफ्नो नियन्त्रणमा लिने र फिरौती माग गर्ने चलन पुरानै हो। तर अहिले देखिएको एउटा घटनामा मानिस अपहरण गर्ने समूहले आफ्नै कोठरीमा सहजै 'शिकार' आइपुग्ने प्रक्रिया अपनाएर अनुसन्धानमा संलग्नलाई समेत चकित तुल्याइदिएका छन्। युवती प्रयोग गरेर उनैसँग रात बिताउने 'अफर' सहित निम्त्याइएका एक व्यापारीलाई अपहरणबाट छुटाउन सफल भएपछि प्रहरीले अपराधीहरुले प्रयोग गरेका 'यौन हतियार' बारे जनतालाई सूचित गरेका थिए।
यसबाट सुरक्षाकर्मी सबैभन्दा बढी सचेत हुनुपर्ने देखिएको छ। परम्परागत तरिकाबाट माथि उठेर अपराधका नयाँ नयाँ शैली अपनाइरहेकाहरुबाट एकातिर पीडितलाई सुरक्षित गर्नुपर्ने आवश्यकता उनीहरुसामु उपस्थित भएको छ भने अर्कोतिर यस्ता 'आइडिया' भण्डाफोर गर्दै त्यसका सर्जकहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ। जसका लागि अनुसन्धानमा संलग्न सुरक्षाकर्मीलाई समयानुकूल तालिमहरु उपलब्ध गराइनुपर्छ भने समयसापेक्ष अर्थात् अद्यावधिक बनाउनका लागि विशेष क्षमता वृद्धि गराउनु पनि उत्तिकै जरुरी छ। किनकि परम्परागत हतियार, सोच, स्रोतसाधन र ज्ञानले मात्र अब नयाँ–नयाँ शैली र आवरणमा आउने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने कुरा व्यवहारमा लागु हुन सक्दैन। तर पनि अहिले प्रहरीले हासिल गरेको यो सफलता भने प्रशंसालायक छ।
एकातिर अपराधकर्मी र उनीहरुका जुक्ति निमिट्यान्न पार्नुपर्ने आवश्यकता छ भने अर्कोतिर मानिसले पनि आफ्नो सदाचार र शिष्टतामा ख्याल गर्नु उत्तिकै जरुरी छ। एउटी युवतीसँग रात बिताउन पाइने लालसामा विनाकुनै सोचविचार निम्त्याइएकै ठाउँमा 'त्वम् शरणम गच्छामि' गरेर जानु पनि उचित मान्न सकिन्न। हाम्रो सीमा कति हो, के के गर्नुहुन्छ र हुन्न, केका लागि मरिहत्ते गर्ने भन्ने कुरामा विचार पुर्या।उनैपर्छ। कुनै युवतीले पटकपटक आफूलाई यौनका लागि निम्त्याउँदा यस्तो कार्य उचित हो वा होइन भन्ने विचार सबैले पुर्या उनैपर्छ। अहिले प्रहरीले सफलता हात पारेको अपहरण घटना यी प्रश्नसँग सम्बन्धित छन्। जसबारे पहिले नै विचार पुर्यािइएको भए यो घटना शायदै हुन्थ्यो।
त्यसैले विकृत बन्दै गएको समाजमा आपराधिक घटनाको बढोत्तरी हुनु स्वाभाविकै हो। यस्तो अवस्थामा सुरक्षाकर्मीले सुरक्षाको दायित्व त निर्वाह गर्नुपर्छ नै, साथै प्रत्येक नागरिकले पनि आफ्नो कर्तव्य भुल्न मिल्दैन। सबैले आ–आफ्नो क्षेत्रमा रहेर आफूलाई सुम्पिएको काम मन, वचन र कर्मले एकाग्र भएर सम्पन्न गर्ने हो भने यस्ता घटना भोग्नुपर्ने अवस्था आउँदैन। जव नैतिक शिक्षाको खडेरी हुन्छ, तव कुकर्म गर्नेहरूले पनि अपराधमा नयाँ शैली अपनाउछन् भन्ने वास्तविकता यो व्यापारी अपहरण काण्डले पनि उजागर गरेको छ। त्यसो त अपराध शास्त्र नै भन्छ– मानिस अपराधको जालोभित्र पस्नुका कारणमध्ये एउटा उसको स्वभाव र महत्वाकांक्षा पनि हो।