निषेधको राजनीति
२१ भदौ २०६६
•
९ मिनेट पाठ
निषेधको राजनीति
माओवादीले राष्ट्रपतिको कदमविरुद्ध संकल्प प्रस्तावमाथि छलफल नगरेसम्म संसद् चल्न नदिने अडान लिएको छ।
कांग्रेस-एमालेलगायत सत्तापक्ष भने राष्ट्रपतिविरुद्ध संकल्प संसद्मा प्रवेश नगराउने अडानमा छन्। सत्ता र प्रतिपक्षको जिद्दीमा जनताको आवाज मुखर हुनुपर्ने संसद् बन्धक बनेको छ।
सहमतिबाट सुरु भएको माओवादी र संसद्वादी दलको सहयात्रा पक्ष-प्रतिपक्ष हुँदै निषेधको चरणमा प्रवेश गरेको छ। अहिलेको अवरोध यसैको परिणति हो। संसद् सबै समस्यामा खुला छलफल गरेर निकास निकाल्ने थलो हो। यो आफैं समस्यामा पर्नु शुभ संकेत हैन।




आफूले ल्याउन चाहेको 'संकल्प प्रस्ताव'मा छलफल गर्न नदिएको आक्रोशमा माओवादीले संसद् चल्न नदिएको हो। 'राष्ट्रपतिद्वारा चालिएको अन्तरिम संविधान नागरिक सर्वोच्चता र अधिकारविहीन राष्ट्रपतिको व्यवस्थासमेतका विपरीत भएको हुँदा उक्त कदम अविलम्ब फिर्ता लिई संवैधानिक तथा नागरिक सर्वोच्चता बहाल गर्न सदन राष्ट्रपतिलाई निर्देशन दिने संकल्प गर्दछु' भन्ने प्रस्तावमा माओवादी सदनमा बहस गराउन चाहन्छ।
तत्कालीन प्रधान सेनापति रुक्मांगद कटवाल प्रकरणपछि सरकार परिवर्तन भयो। सरकारले पूर्ववर्ती सरकारको निर्णय पनि उल्टाइसक्यो। कटवालले अवकाश पाए नयाँ सेनापति बनिसके। तर संसद्को अवरोध भने जस्ताको तस्तै छ।

माओवादी हार्न तयार थियो अरु दलले त्यसलाई ल्याउन दिएर पराजित गरिदिए हुन्थ्यो। त्यसको मौका भने दिएनन्। पराजित हुने निश्चित् देखिएको प्रस्ताव पारित भएपछिको प्रभावबारे विश्लेषण सत्तापक्षले किन गर्दैछ त्यो पनि बुझ्न नसकिएको विषय हो।
सत्तापक्षको अडानका कारण सभामुखले प्रस्तावलाई संसद् प्रवेश गर्नबाट रोके। संविधानमाथि कोही नरहेको देशमा संसद्मा कुनै प्रस्ताव छलफल हुँदैमा केही बिग्रँदैनथ्यो। ०४७ सालको संविधानमा राजा वा राजपरिवारमाथि संसद्मा छलफल गर्न नसक्ने भनेर लेखिएजस्तो राष्ट्रपतिबारे अन्तरिम संविधानमा उल्लेख छैन।

संसद्मा संकल्प प्रस्ताव प्रवेश गर्न नदिनु वा प्रस्तावमा छलफल नगरी सदन चल्न दिन्न भन्नु दुवै अतिवाद हुन्। छलफल गराउँदा राष्ट्रपतिमाथि अन्याय हुने प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ भन्नु र संकल्प प्रस्ताव पारित नगरे देशमा सैनिक सर्वोच्चता कायम हुन्छ भन्नु जनता झुक्याउने तर्कमात्र हुन्। संकल्प प्रस्ताव राष्ट्रपतिजस्तो कुनै व्यक्ति वा पदाधिकारीविरुद्ध पास गरिने प्रस्ताव हैन। संसदीय व्यवस्था भएका मुलुकमा सरकार वा कार्यकारीलाई जवाफदेही बनाउन ल्याइने प्रस्ताव हो यो। कुनै महत्वपूर्ण विषयमा देश विदेशमा संसद्को राय दिन पनि संकल्प पारित गरिन्छ।

राष्ट्रपतिविरुद्ध संकल्प अर्थहीन होला तर सार्वभौम संसद्मा छलफल नै गर्न नसक्ने विषय हुँदैन। संवैधानिक राष्ट्रपति संसद्मा जवाफ दिन जाँदैन बचाउ गर्ने काम सरकारको हो। त्यसैले जवाफ मन्त्री वा प्रधानमन्त्रीले दिन्छ। अधिकारविहीन राष्ट्रपतिले केही पनि काम गर्ने संकल्प गर्नै सक्दैन। पारित प्रस्तावमार्फत् दिएको निर्देशन पालना गरी संसद्लाई जानकारी गराउन सरकार बाध्य हुन्छ।

राष्ट्रपतिविरुद्ध भनिए पनि अधिकारबिहीन राष्ट्रपतिको सल्लाहकार कार्यकारी प्रधानमन्त्री भएकाले यो सरकारविरुद्धकै संकल्प प्रस्ताव हो। तर माओवादी राष्ट्रपतिको साटो सरकारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्न तयार छैन। यसमा उसको राजनीतिक स्वार्थ जोडिएको छ। राष्ट्रपति रामवरण यादवले संविधानको सीमा नाघेर सरकारको निर्णय उल्टाउने राजनीतिक आदेशबाट माओवादीको प्रधानसेनापति कट्वाल हटाउने मिसन तुहियो। यस खेलमा हारेर सत्ता छाडेका माओवादी नागरिक सर्वोच्चताका नारामा जनस्तरमा राजनीति गर्न चाहन्छन्।

पछिल्लोपल्ट संसद् अवरुद्ध गरिएको लगातार १६ पटक भैसक्यो। संसद् खोल्न पहल गरिएको छैन। माओवादी संसद्लाई निकम्मा प्रमाणित गर्न चाहन्छ अरु दल माओवादी मुख्य दलको रुपमा रहेको संसद्लाई भूमिका दिन चाहन्नन्। कटु यथार्थ यही हो।
विधिको शासनको अभ्यास गर्ने थलो हो संसद्। सरकारले आफ्नो अनुकूलका नीति-कार्यक्रम र कानून विधेयकका रुपमा पारित गर्न संसद्को अधिवेशन बोलाएको हो। त्यसैले अधिवेशन चल्दा सरकारको स्वार्थपूर्ति हुने भएकाले यो खोल्न पहल गर्ने जिम्मा पनि उसैको हो।

यो अधिवेशनको मूल ुविजनेसु सरकारको नीति कार्यक्रम र बजेट पारित गर्नु हो। अहिलेसम्म बजेट पारित भएको छैन। पहिलो चौमासिकको लागि पारित गरिएको पेस्की खर्च विधेयकको म्याद कात्तिक मसान्तमा सिकंदैछ। प्रधानमन्त्री विधिको शासन गर्नतिर हैन जागिर लम्याउनै व्यस्त छन्। १०० दिन ननाघ्दै सात पल्ट त मन्त्रिमण्डल विस्तार गरिसके। अदालत नचाहिँदा मुद्दामा सातैपिच्छे निर्णय सुनाउँदैछ । देशमा अराजकताको आगो सल्काउने प्रयासहरु भैरहेका छन् तर जनताको आवाज बोल्ने सार्वभौम संसद्मा यसबारे बहस हुन पाएको छैन।

राष्ट्रपतिको कदमलाई असंवैधानिक ठहर गर्ने अघिल्लो मन्त्रिपरिषद्को निर्णय उल्टाउने सरकारविरुद्ध संकल्प प्रस्ताव ल्याउनु उचित विकल्प हुनसक्छ । अथवा हार्ने निश्चित देखिएको राष्ट्रपतिविरुद्धको संकल्प प्रस्ताव छलफल गराएर निर्णय गरेमा कार्यान्वयनको प्रश्नै स्वतः निस्तेज हुनेछ।

लोकतन्त्रमा जनताको आवाज बोल्ने थलो संसद् हो । यो अवरुद्ध हुँदा सार्वभौम जनताको मुख बन्द हुन्छ। नागरिक सर्वोच्चताको नाममा भएको अवरोधले नागरिककै मुख थुन्ने काम गरेको छ। अवरोध र हानाथापले लोकतन्त्रमाथि नै जनताको विश्वास घट्दैछ ।
माओवादीको संसद् अवरोधको भित्री आशय सत्ता परिवर्तन हो । घटना र प्रवृत्तिले यसलाई पुष्टि गर्छ। संसद् अवरोधसँगै सडक आन्दोलनबाट सरकार परिवर्तन गर्छु भन्नुले त्यसलाई अझ प्रष्ट देखाउँछ।

तेस्रो जनआन्दोलनबाट सरकार परिवर्तन गर्ने घोषणा माओवादीले गरेको छ। यसले व्यवस्था परिवर्तनलाई लक्षित गर्न खोजेको भनी व्याख्या गर्ने आधार पनि पर्याप्त दिन्छ। अहिलेकै विधिअनुसार सरकार परिवर्तन गर्ने हो भने त सडक आन्दोलन आवश्यक पर्दैन। संसद्मा अविश्वास प्रस्ताव राखेर ३०१ सभासद्को समर्थन जुटाउनु नै पर्याप्त छ।
अर्को समाचार
प्रजातन्त्रमा निषेधको राजनीति स्वीकार्य हुँदैन: बिजुक्छेँ
०७ भदौ २०८३
•
१ मिनेट पाठ
प्रजातन्त्रमा निषेधको राजनीति स्वीकार्य हुँदैन: बिजुक्छेँ
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले प्रजातन्त्रमा निषेधको राजनीति स्वीकार्य नहुने बताएका छन्।




भक्तपुर नगरपालिकामा नेमकिपाको एकलौटी बहुमत रहेकाले अन्य दललाई निषेध गरेको भनी लाग्ने गरेको आरोप सरासर असत्य रहेको उनको दाबी छ।

भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘सञ्चारमाध्यममा भक्तपुर नपा’ पुस्तकको समीक्षा तथा सञ्चारकर्मीहरूलाई धन्यवाद दिन आइतबार आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेँले यस्तो बताएका हुन्।

फरक प्रसंगमा उनले रातारात परिवर्तन सम्भव नहुने भन्दै नयाँ पुस्तालाई धैर्यधारण गर्न आग्रह गरे। समाज रूपान्तरणका लागि समय लाग्ने भएकाले निरन्तर कर्ममा जुटिरहनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरको विकासमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताए।

नगरपालिकाका गतिविधिबारे मिडियामा आएका समाचार तथा लेख-रचनाहरूको उच्च मूल्याङ्कन गर्दै दस्तावेजका रूपमा पुस्तक प्रकाशन गरिएको उनले जानकारी दिए।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले भक्तपुर नगरपालिकाका विषयमा रिपोर्टिङ गर्दाका आ-आफ्ना अनुभव सुनाएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस