प्रसिद्ध मानवशास्त्री डोरबहादुर विष्ट हराएको १३ वर्ष पुग्यो। उनी कहाँ छन् सत्ताको महाभारतमा व्यस्त विगत १३ वर्षयताका कुनै पनि सरकारले चासो दिएन।
एक साताअघि मनाइएको बेपत्ता नागरिक दिवसमा पनि उनको नाम कतैबाट उच्चारित भएन।
नेपालमा समाजशास्त्र र मानवशास्त्रको अध्ययन र अनुसन्धानको जग डोरबहादुर विस्टले लगाएका हुन् । उनको किताब द पिपल अफ नेपालले विश्वसामु नेपाललाई चिनाउन ठूलो भूमिका खेल्यो भने फ्याटालिज्म एन्ड डेभलपमेन्टले नेपालको विकासमा परेको भाग्यवादको प्रभावलाई सशक्तरुपमा प्रस्तुत गर्यो। सबै जातका फूलबारी रिपोर्ट प्रुम ल्हासाजस्ता कृति समाजशास्त्रका अनुपम उपलब्धि हुन् । चाकरी आफ्नो मान्छेले नेपाली मानसिकता र प्रवृत्तिको चिरफार गरेका छन् । सामाजिक मानवशास्त्रीय क्षेत्रमा नयाँ तथ्य उद्घाटन गर्ने उनका अनुसन्धानमूलक थुप्रै लेख छन्।
के डोरबहादुर विष्ट नेपालीले यसरी बिस्रन हुने नाम हो उनीप्रति सरकारी निस्पृहता अचम्मलाग्दो छ । पंक्तिकारले केही वर्षअघि उनको स्थितिबारे बुझ्न खोज्दा सम्बन्धित उच्च अधिकारीले उल्टै प्रतिप्रश्न गरेका थिए ुको डोरबहादुर विष्ट ु सम्पूर्ण नालीबेली सुनेपछि घन्टौँ लगाएर फाइल पल्टाएर उनले भनेका थिए ुकुनै सूचना प्राप्त भएको छैन ।ु के डोरबहादुर त्यति मामुली व्यक्ति हुन्
अन्तराष्ट्रिय क्षेत्रमा पनि विष्टको पर्याप्त ख्याति र पहिचान छ । त्रिभुवन विश्वविद्यालयमा उनले जिम्मेवारीपूर्ण विभिन्न पदमा रही २०४४ सालसम्म सेवा गरेका थिए । तिब्बतमा नेपालका तर्फबाट कूटनीतिक सेवा पुर् याएका थिए । उनी २०४७ सालदेखि कर्णाली इन्स्टिच्युटमार्फत जुम्लामा अनुसन्धान र सामाजिक सशक्तीकरणमा जुटेका थिए । सोही क्रममा २०५२ साल पुस २७ गते जुम्लाबाट हवाईजहाज चढेर नेपालगन्ज पुगेका थिए । त्यसै दिन नेपालगन्जबाट बस चढी विष्ट धनगढीतर्फ लागे तर धनगढी पुगेनन् । त्यसबीच कहाँ कसरी हराए भन्ने जानकारी पाइएन । राहदानी घरमै भएकाले उनी विदेश जाने सम्भावना पनि थिएन । अध्ययनमा एकान्त रुचाउने विष्ट पहिले पनि बिनाखबर हराउँथे । २०५४ साल चैत १२ गते पत्नीको निधन हुँदासमेत सन्देश नआएपछि उनको परिवार अशुभ शंका गर्न बाध्य भयो ।
पारिवारिक स्तरबाट डोटी धनगढी खप्तड रारा जुम्ला भारतको कुमाउ गढवालजस्ता उनी पुग्ने सम्भावित ठाउँमा खोजी गर्दा कुनै सूचना मिलेन । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र÷मानवशास्त्र विभागले डोरबहादुरका छोरा हिक्मत विष्ट र छोरी आशाको उपस्थितिमा २०५५ साउन २२ गते राजधानीमा पत्रकार सम्मेलन गरी विष्ट हराएको खबर सार्वजनिक गर् यो । सोही दिन विभागले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष ज्ञापनपत्र बुझायो । कोइरालाले तत्काल खोजी सुरु गर्न गृह मन्त्रालयलाई आदेश दिने आश्वासन दिए । त्यसपछि गुप्तचर विभाग र इन्टरपोलले विवरण लिई सम्बन्धित सबै ठाउँमा तस्बिरसहित परिपत्र जारी गरे । इन्टरपोल नेपाल शाखाका अनुसार फ्रान्सको लियोँस्थित इन्टरपोल प्रधान कार्यालयमा पनि विवरण पठाइयो । पारिवारिक पहलमै विभिन्न कूटनीतिक नियोगमार्फत खोजी भयो ।
यसबीच कुनै तीर्थयात्रीले विष्टलाई भारतको हरिद्वारमा जोगीको भेषमा देखेको भन्ने समाचार आयो । जेठा छोरा तथा पूर्व मन्त्री केशरबहादुर विष्टका अनुसार त्यहाँ पनि भेटिएनन् । हरिद्वारमा कार्यरत प्रत्येक नेपालीलाई तस्बिर दिई देखेमा खबर गर्न आग्रह गरियो । भारतका लागि तत्कालीन नेपाली राजदूत भेषबहादुर थापा र भारतीय प्रहरीले आफ्नो स्तरबाट खोजी गर्ने आश्वासन दिए । तर कुनै सूचना मिलेन ।
डोरबहादुर अध्यक्ष रहेको कर्णाली इन्स्टिच्युट अब सम्झनामा मात्र बाँकी छ । जुम्लाको चौधवेशास्थित इन्स्टिच्युटको कार्यालय भग्नावशेषमा सीमित छ। विष्टको किताब फ्याटालिज्म एन्ड डेभलपमेन्टमा केही विवाद भएको थियो । ठालूवाद उनकै शब्दमा बाहुनवाद बाट नेपालका सम्पूर्ण काम प्रभावित भएको उनको तर्क थियो । नेपालीहरु भाग्यवादी भएका कारण यहाँको विकास अगाडि बढ्न नसकेको र यसले देशलाई शताब्दियौँ पछाडि धकेल्ने उनको निस्कर्ष थियो । टाठाबाठाहरु विभिन्न कोणबाट यो तीतो सत्यलाई ढाक्ने दुस्प्रयास गरिरहेका छन् । पिपल अफ नेपालको प्रकाशन 'हिन्दू अधिराज्यमा यस्तोमात्र छ भनिएकोमा डोरबहादुरले यता बाहुन मान्दैनन् उता यो धर्म मान्दैनन् भनेर देखाइदिएपछि देश भाँडिन्छ।' भन्ने कुतर्क गरेर दुई वर्षसम्म रोकिएको थियो।
इन्टरपोलले हराएका व्यक्ति खोज्ने 'येलो नोटिस' जारी गरेन । नेपालको प्रशासनले त 'यस्तो हुलियाको मान्छे देखियो भने खबर गर्नू' भन्ने परिपत्र जारी गरेर औपचारिकता मात्र पूरा गर्यो । गम्भीरतापूर्वक खोजेको भए उनको स्थिति १३ वर्षसम्म अज्ञात हुने थिएन ।
खोज्नमा लागिपरे हराएको सियो त फेला पर्छ विष्टजस्ता देशकै अब्बल मानवशास्त्रीको स्थिति थाहा हुने थिएन प्रधानमन्त्री र मन्त्रीहरु जनताका काम छिटो गर्ने आदेश दिन्छन् तर काम ठीक उल्टो हुन्छ । मन्त्रीहरु आफ्नै आदेशको अनुगमन गर्दैनन् । विष्टको खोजीमा यही भएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद र वर्तमान प्रधानमन्त्री माधव नेपाललाई अहिले सोध्ने हो भने उनीहरु के भन्लान् दुवैले प्रतिप्रश्न गर्नसक्छन् को डोरबहादुर ?