चुनावका चुनौती
१२ जेष्ठ २०७०
•
९ मिनेट पाठ
चुनावका चुनौती
लोकतन्त्रको आधार जनता हुन्। जनमतबाट अनुमोदित दलहरु लोकतन्त्रका सारथि हुन्। यिनै सारथिका सारमा लोकतान्त्रिक व्यवस्था संस्थागत हुनुपर्छ। लोकतन्त्रको विश्वव्यापी मान्यतामात्र नभएर सफल अभ्यास पनि यही हो। तर, नेपालको राजनीतिमा 'लोकतन्त्रवादी' दलहरुकै कारण संविधान लेखनको अवसर नै अवशान भयो। जसबाट सृजित अन्योल निराकरणको माध्यम मानिएको संविधान सभाको दोस्रो चुनावसमेत अहिले दलीय टक्करका कारण अन्योलमा छ। समस्या समाधानका लागि प्रयास गर्नुपर्ने खेलाडीहरू नै एकआपसमा दोषारोपण गरिरहेका छन्। दलबीच देखिएको यो दोषारोपण संस्कृतिले संटकमुक्तिको उपायलाई अझै अनिश्चित तुल्याएको छ। दलहरु चुनावमार्फत् राजनीतिक तथा संवैधानिक सकसलाई निकास दिनतिर लागेको देखिँदैन।अहिले दलहरुले दोस्रो संविधान सभा चुनावको मिति तोक्न सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाएका छन्। यता सरकारले दलहरूको असहमतिका कारण चुनावी कानुनसम्बन्धी प्रक्रियालाई पूर्णता दिन नसकेको बताइरहेको छ। यसरी दलहरूले सरकारप्रति र सरकारले दलहरुप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्। त्यसो त गतिरोध निकासको सूत्र रहेको निर्वाचन सम्पन्न गर्नकै लागि प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा पुर्व प्रशासकहरू रहेको अहिलेको सरकार गठन गरिएको हो। झट्ट हेर्दा अहिलेको सरकार गैरदलीय भए पनि प्रमुख दलहरूकै मिलेमतोमा गठन गरिएको हो। यस हिसावले अहिलेको सरकारका सफलता/असफलता दलहरुकै व्यवहार र निर्णय प्रक्रियामा भर पर्नेछ। किनकि दलहरुले निर्माण गरेको सरकार उनीहरूको रोडम्याप भन्दा बाहिर गएर निर्णय गर्न सक्ने अवस्था रहँदैन। र, दलीय रोडम्यापभन्दा बाहिर जान पनि सक्दैन। प्रधान न्यायाधीशले अन्तरिम चुनावी मन्त्रिपरिषद्को जिम्मेवारी सम्हालेयताको साढे दुई महिनायता सतहमा देखिएका सरकारी र दलीय गतिविधिले पनि त्यही कुरालाई प्रष्ट पारेको छ। निषेधको राजनीतिको आत्मरतिमा रमाएका दलहरु यतिखेर चुनावमा जाने मनस्थितिमै छैनन्। जनतामाझ उभिने आत्मबल जुटाउन नसक्दा पनि उनीहरूमा यस्तो भावना देखिएको हुन सक्छ। तर, दलहरूको यस्तो व्यवहार र आचरण लोकतान्त्रिक हुन सक्दैन।

त्यसो त मिति घोषणा गर्दैमा चुनाव हुन्छ भन्ने होइन। बाबुराम भट्टराईले पनि आफैंले तोकेको मितिमा चुनाव गराउन नसकेको दृष्टान्त पुरानो भइसकेको छैन। दलहरुले निर्वाचनको कानुनी प्रबन्ध र वातावरण निर्माण नगरेसम्म मिति घोषणाको तुक रहने छैन। निर्वाचन गराउने जिम्मा पाएको निर्वाचन आयोगले वैधानिक र प्राविधिकरूपमा चुनावी वातावरण नबनेकोमा सचेत गराइसकेको छ। त्यतिबेला भट्टराई सरकारले आयोगको सुझाव सुन्न चाहेन। यतिबेला दलहरु र पछिल्लो समयमा सरकारसमेत आयोगको आग्रहप्रति उदासिन देखिएका छन्। निर्वाचनको औचित्य र उद्देश्यपथमा यो राम्रो संकेत होइन।

दलहरु दायित्वबाट विमुख हुनुको कारण समाधानको जिम्मेवारी गैरदलीय नेतृत्वलाई सुम्पिएको असहज अवस्था पनि हो। संविधान सभाको चार वर्षे कालखण्डले विश्वासको आधार गुमाएको छ। संविधान सभा अस्तित्वमा रहँदा देखिएका असहमति समधान नहुँदासम्म चुनाव भइहाले पनि उद्देश्यमा पुग्न सकिन्न। यस कटु सत्यप्रति आँखा चिम्लिएर पार्टी प्रवेशका कार्यक्रम र कार्यकर्तामाझ चुनावी जोड/घटाउका भाषणले मात्रै चुनावी माहोलको जग बलियो हुँदैन। राष्ट्रिय राजनीति दलगत र कति अवस्थामा व्यक्तिगत स्वार्थमा रुमलिनुको परिणाम अहिले चौतर्फी संकट देखिएको छ। अनिश्चितता, असुरक्षा र अभाव आमजीवनको दैनिकी बनेको छ। शंका, कटाक्ष, बेमेल र अवसरवादलाई राजनीतिले आफ्नो पर्यायका रूपमा स्थापित गरेको छ। त्यसैले यस्तो स्थितिमा निर्वाचनप्रति नियत स्पष्ट नभएसम्म रटानले मात्रै चुनाव हुन सक्दैन।

माओवादीले राजनीतिलाई आफ्नो वरिपरि त घुमाइरहेको छ। तर माओवादीको यही शैलीका कारण मुलुकको गतिरोधको खाडल भने गहिरिँदै गएको छ। वैद्य माओवादीहरु सानो आयतनका दलहरुको मोर्चा बनाएर चुनाव विथोल्ने राजनीतिक चालबाजी गरिरहेका छन्। तैपनि उनीहरु चुनावलाई पूर्णतः बहिष्कार गरिहाल्ने स्थितिमा छैनन् जसका कारण यो विषयलाई लिएर उनीहरूकै पार्टीमा विवाद देखा परिरहेको छ। आफ्ना एजेण्डालाई जनताको समर्थनबाट सशक्तरूपमा स्थापित गर्नु नै अहिलेको आवश्यकता हो। एमाले आफ्ना एजेण्डामा दरिन सकेको छैन। कांग्रेसलाई 'ग्राण्ड डिजाइन' को धङ्घङीले छाडेको छैन। सहमतिको आधारसहितको रचनात्मक विरोधले मात्र लोकतन्त्रलाई बलियो तुल्याउँछ।

चुनावको सार्थकताको जग बसाउन चुनावमा वैद्य माओवादीलगायत्का दलहरुको सहभागिता अनिवार्य भए पनि संवाद र सहमतिका प्रयास उपलब्धिका रूपमा प्रकट भएका छैनन्। वैद्य माओवादीको चुनावमा सहभागिताविना एकीकृत माओवादीसँगको प्रतिस्पर्धा अफापसिद्ध हुनेमा कांग्रेस–एमाले नेतृत्व अनविज्ञ छैन। एकले अर्कालाई चुनाव विरोधी डाम्ने प्रवृत्तिले चार राजनीतिक शक्तिको मुख चारतिर फर्किएको छ। कम्तिमा संविधान निर्माणसम्म दलीय सहकार्य र सहमतिको आवश्यकता प्रमाणित भइसकेको छ। सहमतिकै अभावमा संविधान सभा अवसान भएको दुःखद् राजनीतिक घटना स्मरण गरेमात्र पुग्छ।

मुलुकको मूल कानुन अन्तरिम हैसियतभन्दा माथि उठ्न सकेको छैन। उत्पन्न वैधानिक अवरोध चिर्न गरिएका पटके प्रबन्धले अब यसको औचित्यमाथि नै प्रश्न उठ्न थालिसकेको छ। र, यदाकदा २०४७ सालको संविधानलाई नै संशोधनसहित पुनर्जीवित गर्नुपर्ने तर्क सतहमा नआएका होइनन्। यसलाई जनआन्दोलनका उपलब्धिमाथि मडारिएको खतराका रूपमा लिनुपर्ने हुन्छ। यस्तो स्थितिमा राजनीतिक खेलाडीहरु कम्तिमा विगतका कमी/कमजोरीमा पानीमाथिको ओभानो बन्ने ध्येयलाई पन्छाएर चुनावी माहोल निर्माण गर्न इमानदार हुने हो भने अवतरण सहज हुन सक्छ। कम्तिमा संविधान सभाको दोस्रो चुनाव र त्यसमार्फत् संविधान हात नपार्दासम्म दलहरुले राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्छ। राजनीतिक र वैधानिक समस्या निरुपणको एकमात्र माध्यम अब चुनाव नै हो।
अर्को समाचार
राहुलको खुला चुनौती : मोदी प्रधानमन्त्री नरहने दाबी
२७ कार्तिक २०८३
•
१ मिनेट पाठ
राहुलको खुला चुनौती : मोदी प्रधानमन्त्री नरहने दाबी
फाइल तस्बिर
कांग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमनेसामने बहसका लागि खुला चुनौती दिएका छन्।

उनले आफू र मोदीबिच प्रत्यक्ष बहस भएमा मोदी प्रधानमन्त्रीको पदमा नरहने दाबीसमेत गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘आस्क मी’ सत्रका क्रममा एक प्रयोगकर्ताको प्रश्नको जवाफ दिँदै राहुलले यस्तो बताएका हुन्। संसदमा बहस गर्न सकिने अवस्था हुँदाहुँदै सार्वजनिक बहसको आवश्यकता किन परेको भन्ने प्रश्नमा उनले आफूलाई सदनमा विभिन्न विषयमा बोल्न नदिइएको आरोप लगाए।

उनले आफ्नो माइक्रोफोनसमेत बन्द गरिएको आरोप लगाउँदै कृषि कानुन, भोट चोरी, चीन, जनरल नरवणेको पुस्तक र एपस्टाइनजस्ता विषयमा बोल्न नपाएको बताए।

‘तपाईंहरूले मलाई यी विषयमा कुरा गर्न दिनुभएन। म आमनेसामने बहस चाहन्छु। म लामो भाषण हुने बहस चाहन्न,’ राहुलले भने।

उनले मोदीसँग एउटै टेबलमा बसेर प्रत्यक्ष बहस गर्न आफू तयार रहेको बताए। मोदीले आफूमाथि आरोप लगाएमा त्यसको जवाफ दिन पनि तयार रहेको उनको भनाइ छ।

राहुलले भारतीय जनता पार्टी (भाजपा) ले चाहेमा अदानी समूहका अध्यक्ष गौतम अदानी वा राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवतलाई बहसको निर्णायक बनाए पनि आफूलाई कुनै आपत्ति नहुने बताए।

‘तर म ग्यारेन्टी दिन्छु, मसँग आमनेसामने बहस भएपछि प्रधानमन्त्री (मोदी) पदमा रहनुहुने छैन,’ उनले भने।

राहुलले यसअघि पनि मोदीलाई पटकपटक सार्वजनिक बहसका लागि चुनौती दिँदै आएका छन्। सन् २०१९ र २०२४ को लोकसभा चुनावका क्रममा पनि उनले मोदीसँग प्रत्यक्ष बहस गर्नुपर्ने माग गरेका थिए।

भाजपा नेताहरूले भने राहुलको चुनौतीमाथि प्रतिक्रिया दिँदै संसद् नै बहसका लागि उपयुक्त ठाउँ भएको बताएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस