आफू आफ्नो होइन। आफ्नो बुद्धि आफ्नो वशमा छैन। आफ्नो स्मृति ग्रन्थी आपुनो स्मृतिचेतको नियन्त्रणमा छैन।
आफ्नो निर्णयको आफैँलाई हेक्का छैन। मानौँ आफू त फगत कागलाई तर्साउउन मकैबारीमा ठड्याइएको निस्तेज बुख्याँचा हो। ठड्याउने मालिक माथि राजसी हबेलीको बुर्जामा कतै छ। जब हावा चल्छ तल बुख्याँचा हल्लिन्छ। र केबल त्यो हल्लाइमा झुम्रे बुख्याँचा आपुनो निस्सार अस्तित्वबोध गर्छ। सत्ताधारी मधेसी दलको पछिल्लो विस्मयकारी मति देखेर मेरो मनमा उब्जिएको स्वाभाविक प्रतिक्रिया हो यो। तिनले आपुना दुईटा जीब्राले एकसाथ दुई कुरा बोले। उपराष्ट्रपति परमानन्द झा म्यादीको महलमा थन्क्याइएका थिए। माधव सरकारले तिनका सुविधा खोस्ने निर्णय गरी काम तमाम गर्यो। र मधेसी दलले झाजीको सुविधा खोस्ने सरकारी निर्णयको तामेलीप्रति जब्बर खेद प्रकट गरे। र तिनले तत्कालै त्यही सुविधा खोसुवा माधव सरकारप्रति झन् दह्रो प्रतिबद्धता दोहोर्याए। यी दुई कार्यमा न तर्कसङ्गति छ न सन्तुलित मतिको लक्षण छ न दूरदृष्टिको आभास छ न कार्य-कारण-परिणतिको हेक्का छ - मधेसी बन्धुहरुले मुखै छोप्नुपर्ने गाईजात्राको रचना गरे।
तीन थान मधेसी दल आआफ्ना आकारअनुसारको अंश भाग भोग गर्दै आफैँ माधव सरकारका मालदार कुर्सीमा ढसमस्स विराजमान छन्। कलमीजुँघे माधवबाबुको रोहबरमा पहिले आफैँ निर्णय गर्छन् अथवा निर्णयबाट निस्कन सक्ने ननिको नतिजाप्रति आँखा चिम्लिदिन्छन्। र आपुनै निर्णय वा आपुनै बेहोसीप्रति खेद प्रकट गर्दै तुरुक्क आँसु चुहाउँछन्। अनि त्यही खेदकारी कर्म गर्ने माधव सरकारलाई खुट्टा बजारेर सलाम गर्छन्। यो एक मुखले सरकारलाई थुक्नु र अर्को मुखले सरकारलाई चुम्नुजस्तै अति हास्यास्पद कृत्य हो। प्रश्न छ उपराष्ट्रपति परमानन्द झाको पदीय सुविधा खोसिँदाको क्षणमा मधेसी दलका दाज्यैज्यूहरु कहाँ के हेरिबसेका थिए के ती सबै गाँजा भाङ धतुरो चरेस वा तरल ताडीले लठ्ठिएका थिए के ती सत्तालिप्साको नशाले वशीभूत थिए अथवा के ती सत्ताको परमानन्दले झुमझुम भएका थिए जब सुविधा खोस्ने निर्णय हुँदै थियो तिनले आँट गरेर एक मुखले कठोर प्रतिवाद गर्न किन सकेनन् सुविधा खोस्नु अनुचित थियो भने तिनले सोही क्षणमा सरकार छाड्ने ध्वाँस दिएर आपुनो मोलतोलकारी शक्तिको उपयोग गर्न किन सकेनन् सकेनन् होला किनभने कत्रा दुःखले पाएको कामधेनुरुपी कुर्सीप्रति तिनको अगाध मोह थियो। सकेनन् होला किनभने तिनलाई सत्तासुखको मोर्चामा प्राप्त उपलव्धिको रक्षा गर्दै थप उपलव्धिका लागि मरिमेट्नु थियो। र नै तिनले आफूलाई बुख्याँचाको निर्जीव निस्तेज र निरीह औतारमा ढाले हुनन्।
देश विमति र द्वन्द्वका सहस्र घाउको चाङमुनि दारुण चित्कार गरिरहेको छ । तर सत्तासीन राजनीतिक दलहरु भएका घाउमा मलम लगाउन र अरु घाउ हुन नदिन सचेत प्रयास गर्दैनन् । बरु बाँदरले झैँ घाउमाथि घाउ नै थप्दै जान्छन् । सर्वोच्चका सुदूर मंगल ग्रहवासी तसर्थ सामाजिक संवेदनाशून्य श्रीहजुरहरुलाई आपुना फैसलाबाट राजनीतिक वृत्तमा उत्पन्न हुनसक्ने अनिष्ट नतिजाको पर्वाह गर्नु छैन । र नै तिनले बेमौसममा शपथको भाषालाई बल्झाएर सरकारलाई चहर् याउँदो घाउ उपहार दिए । मधेसी दलहरुसित संवाद र सहमति गरी घाउको यथोचित उपचार गर्न सकिन्थ्यो । तर कसको दबाब बहकाउ वा इसारामा हो थाहा छैन शपथकर्मी झाजीको सुविधा झिकेर माधव सरकारले अर्को घाउ बनायो । र उही बन्दरु चरित्रको सम्झना गरायो। मूढमतिले पहिले घाउ बनायो पछि त्यही घाउ उसलाई घाँडो भयो । कारण उपराष्ट्रपति परमानन्द झा ठट्टा होइनन्। तिनको भाषिक आग्रह मधेसी दलहरुको साझा मन्त्र हो । माधव सरकारले जानाजान त्यो मन्त्रमा चोट लगायो। झाजीको खल्ती लर्तरो छैन । त्यो खल्तीमा सरकारको भाग्य बनाउने वा बिगार्ने साँचो छ। त्यसैले मारिमेटी तिनको पद जाँदा माधव सरकारै चिलिम हुन्छ ।
द्वन्द्वको दन्दनी बलिरहेको आगोमा घिउ थप्न झन्डा हरण गरिएका उपराष्ट्रपति झाको निवास नांगै छ । र साँचोरुपी ब्रह्मास्त्रधारी झाजीको क्रोधले जग हल्लिएको माधव सरकार रनभुल्ल छ । उपराष्ट्रपति झाजीलाई तिमी आपुनो बाटो लाग भनूँ माधव सरकारले सिल्टिमुर खाने डर छ। तिनलाई थमौती गर्ने यत्न गरुँ नयाँ कानुन नबनाई नहुने लेठो छ । सर्वोच्च अदालतका श्रीहजुरहरु उपराष्ट्रपति झाविरोधी फैसलाको निर्मम कोर्रा बाकेर रौद्र मुद्रामा उभिएका छन् । उसै त निम्छरो माधव सरकार नर्कटका बाइसवटा छेस्काका टेकामाथि टिकेको छ । त्यसमाथि पुत्रीमार्गी गिरिजाप्रसाद कोइरालाका अनेकथरी आदेशको बोझले किचिएको छ। अझ त्यसमाथि पश्चदर्शी कानुन बनाएर परमानन्दनिवासमा पुनः झन्डा फहराउँदा सर्वोच्चका भयावह कोर्राले माधव सरकारको तालु सुम्ठिने खतरा छ । कैलाशवासी भगवान श्री पशुपतिनाथ द्वन्द्व धुवाँ र कोलाहलको बीचमा अलमलमा छन्। बरा माधव सरकार दुःख पुकारा गर्न अब जाओस् त जाओस् कहाँ ?
उपराष्ट्रपति परमानन्द झाको कामकर्तव्य महिनावारी तलब भत्ता थाप्नु र यदाकदा मूक मुद्रामा राष्ट्रपतिको छेउमा िठंग उभिनु हो। गर्नलाई अरु केही काम छैन । राष्ट्रपति बिदा बसेमा बिरामी भएमा बाहिरफेर गएमा बहुलाएमा वा स्वर्गे भएमा न उपराष्ट्रपतिले अलि दिन सट्टाभर्नाको काम पाउने हुन् । तर यी दुर्लभ अवसर हुन् । न कसैले निम्ता गर्छ न कोही भेट्न आउँछ न साचारजगत्ले गन्छ - बरा उपराष्ट्रपति झा खिन्न मुद्रामा हाई काड्दै दिन काटिरहेका थिए। तर जब सर्वोच्चले फैसला गर् यो उनी एकाएक चर्चाको संसार ढाक्न पुगे । शपथसम्बन्धी फैसलाको विरोध र समर्थनको हुंकारले आकासै थक्र्यो। र झाजी हिरो भए। आखिर यसको गुह्य कारण पनि उही सरकार टिकाउने र गिराउने साँचो हो। परमानन्दजीको दोहोरो जित भयो। चर्चा पनि पाए खल्तीको साँचोको शक्ति प्रयोग गरी माधव सरकारलाई तिरिखिरी खेलाउन पनि पाए । यो सब हाम्रा घाउप्रेमी जीवात्को अदूरदर्शी क्रीडाको स्वाभाविक नतिजा हो।