कांग्रेसजनमा चेतना भया
२४ भदौ २०६६
•
१२ मिनेट पाठ
कांग्रेसजनमा चेतना भया
संविधान सभाको सबभन्दा ठूलोदल एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी शान्ति प्रक्रियामा आएपछि विघटन गरिएका
जनअदालत र जनपरिषद्लाई पुनः सक्रिय पारेर राष्ट्रिय मोर्चा निर्माण गरी आन्दोलनमा उत्रेको छ। निरन्तरको संसद्को अवरोध राष्ट्रपति प्रधानमन्त्री र मन्त्रीहरुका सार्वजनिक कार्यक्रम वहिष्कार र कालो झण्डा प्रदर्शन गरेर सडक तताउँदै संविधान निर्माण होइन जनविद्रोहद्वारा सत्ता कब्जा गर्ने रणनीतिसाथ माओवादी अघि बढिरहेको छ । उसले यस्तो ठाउँमा लगेर हलो अड्काएको छ जहाँबाट न ऊ अगाडि बढ्न सक्छ न त सरकार र अन्य दलहरु नै कुनै निकास दिने स्थितिमा छन् । कथित नागरिक सर्वोच्चताका नाममा आन्दोलन गरेर राष्ट्रपति अदालत र सेनाको एक साथ तेजोबध गर्ने रणनीति अन्तर्गत माओवादी अगाडि बढेको देखियो । माओवादीको मागअनुसार संसद्ले संकल्प प्रस्तावमा छलफल गर्ने हो भने राष्ट्रपतिले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हुन्छ । सरकारले गरेको असंवैधानिक र गैरकानुनी काम सच्याउँदा राष्ट्रपतिले राजीनामा दिनुपर् यो भने लोकतन्त्रमाथि नै प्रहार हुनेछ । भोलिका सरकारहरुबाट हुनसक्ने असंवैधानिक कामको राष्ट्रपतिले मूकदर्शक भएर समर्थन गर्नुपर्ने वा राजीनामा दिएर हट्नुपर्ने हुन सक्छ । यसले शिशु लोकतन्त्रको प्रारंभबाट नै गलत नजिर स्थापित हुने छ । मुलुकको राजनीति यस दिसातर्पु बढ्ने हो भने कुनै हालतमा पनि संविधान बन्न सक्तैन ।

माओवादीले एकातिर आन्दोलन चर्काएर संविधान निर्माण ओझेलमा पारेको छ भने अर्कोतिर कछुवा गतिले अघि बढेको संविधान सभामा विभिन्न समितिमा उसले लिएको निर्णयले लोकतान्त्रिक संविधान बन्नेमा गंभीर आशंका पैदा भएको छ । संविधान बन्यो भने पनि त्यो जनताको संविधान हुने छैन । ०७ सालदेखि नै निरन्तरता यो संविधान पनि हुनेछ । माओवादीद्वारा न्याय प्रणाली निर्धारण सम्बन्धी समितिमा आफ्नो बहुमतको दम्भ प्रदर्शन गर्दै बहुमतद्वारा पारित प्रस्तावले स्वतन्त्र र सक्षम न्यायपालिकाको उपहास गरेको छ । प्रधानन्यायाधीश न्याय क्षेत्रभन्दा बाहिरको पनि बन्न सक्ने अदालतमा विचाराधीन राजनीतिक प्रकृतिका मुद्दामा संसदमा बहस र निर्णय गर्नसक्ने विधायिका आपैषले बनाएको कानुन आफैँले व्याख्या गर्ने अधिकार संविधानमा राख्ने हो भने लोकतान्त्रिक नेपालको संविधान अग्रगमनको होइन पश्चगमनको दस्ताबेज बन्नेछ । नेपाली जनताले विगत ६० वर्षदेखि लोकतान्त्रिक संवैधानिकका लागि गरेको संघर्षको कुनै अर्थ र प्रयोजन रहने छैन । माओवादीले अदालतमाथि मात्र हमला गर्न खोजेको छैन संपत्ति आर्जन र उपभोग गर्न पाउने जनअधिकारमा समेत हदबन्दी तोकेर नियंत्रण गर्ने सैद्धान्तिक विमति जनाउने दलहरुलाई निषेध गर्नेजस्ता मौलिक हक अधिकार कुण्ठित गर्ने संविधान निर्माणमा लागेको छ ।

माओवादीले आफूले देशमा लाद्न खोजेको सर्वसत्तावादलाई अग्रगमन र यथास्थितिवाद बीचको द्वन्द्व भनी व्याख्या गर्ने गरेको छ। कांग्रेसलाई यथास्थितिवादी र आफूलाई अग्रगमनको प्रतिनिधित्व गर्ने शक्ति भन्दै आएको छ । ९ महिना सत्तामा रहँदा आफूले गरेका असंवैधानिक र गैरकानुनी कामलाई मान्यता नदिएकाले नै माओवादी अदालतको मान मर्दन गर्न उद्यत भएको हो। माओवादीको अग्रगमनको अन्तिम लक्ष्य कम्युनिष्ट सत्ता स्थापना हो । चीन भियतनाम उत्तर कोरिया क्युबा जस्ता कम्युनिष्ट मुलुकमा स्वतन्त्र अदालतको कुनै अस्तित्व छैन । ती मुलुकमा अदालत विधायिकाको मातहत राखिएका छन्। विधायिकाको मातहतमा राख्नु वा विधायिकाको सर्वोच्चता भन्नु वास्तविकरुपमा कम्युनिष्ट पार्टीको एउटा शाखाको रुपमा अदालतलाई राख्नु हो। माओवादीले गरेको स्वतन्त्र अदालतमाथिको हमलाविरुद्ध मुलुकको प्रजातान्त्रिक शक्ति खास गरेर नेपाली कांग्रेसले जुन किसिमले जनमत परिचालन र खबर्दारी गर्नुपर्ने हो त्यसतर्पु कांग्रेस गंभीर भएको देखिँदैन । समितिमा रहेका विधायकहरुले यसमा असहमति जनाउनुबाहेक कांग्रेसले केही गरेको छैन । कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाबीच शक्ति सन्तुलन भएन भने निरंकुशताले जन्म लिन्छ। भनिन्छ शक्ति भ्रष्ट हुन्छ र अत्यधिक शक्ति पूरै भ्रष्ट हुन्छ । त्यसकारण प्रजातन्त्रमा नियन्त्रण र सन्तुलन अपरिहार्य मानिएको हो।

माओवादीलाई शान्तिमा ल्याउन कांग्रेसले हिजोका दिनमा धेरै कुरामा संझौता गर्यो । आफ्नो मौलिक पहिचान नै गुम्ने सबालमा अब संझौता गर्ने अवस्था छैन । भित्तामा पुगेपछि सर्ने ठाउँ रहँदैन। स्वतन्त्र र सक्षम अदालतको पक्षमा अडान राख्दा यथास्थितिवादी भन्ने आरोप लाग्छ भने कांग्रेसले गौरवका साथ भन्नुपर्छ हामी यथास्थितिवादी हौं । प्रजातन्त्रका लागि कांग्रेसले राणा र राजाहरुसँग लड्यो प्रजातन्त्रका लागि नै हजारौं वीर सपूतले सहादत प्राप्त गरे । ४ वर्ष अघिमात्र विश्वलाई आश्चर्य चकित पार्ने गरी जनताले गरेको संघर्ष श्रीपेच लगाएका तानाशाह धपाउनमात्र होइन श्रीपेच नलगाईकन अरु कोही तानाशाह बन्न वा सर्वसत्तावाद लाद्न खोज्छ भने कांग्रेस त्यसलाई मान्न तयार छैन । हामी आपैष संलग्न भएको संविधानमा जनताको हक अधिकार कुण्ठित हुने दस्तावेजमा दस्तखत गर्न हामी सक्दैनौं । न्याय प्रणाली निर्धारण समितिले पारित गरेको मस्यौदा नै माओवादीको बटम लाइन हो भने कांग्रेसको बटम लाइन पनि स्वतन्त्र र सक्षम न्यायपालिका हो । कुनै पनि प्रकारको अवरोधबिना जनताका हक अधिकार सुरक्षित गर्ने संविधानमा संझौता हुन सक्दैन ।

अदालत अधिकाविहीन हुनु भनेको स्वतन्त्र प्रेस पनि समाप्त हुनु हो । कुनै पनि तानाशाहको आक्रमणको पहिलो निसाना स्वतन्त्र प्रेस नै हुन्छ । ज्ञानेन्द्रले सत्ता हातमा लिनासाथ प्रेसलाई आतंकित पार्न पत्रपत्रिकाको कार्यालयमा हतियार सहितको सेना पठाएको सम्झना ताजै छ । माओवादीले हमला गर्दा स्वतन्त्र न्यायालय र स्वतन्त्रता प्रेमी जनमतका आडमा नै स्वतन्त्र प्रेसलॆ मुकाबिला गर्न सकेको हो । न्यायालय स्वतन्त्र नहुने हो भने प्रेस एक्लै सर्वसत्तावाद विरुद्ध लड्न सत्तैुन । नेपाल पत्रकार महासंघलगायत अन्य पेसागत संगठनहरु नेपाल बार प्राध्यापक शिक्षक संघ÷संगठनको स्वतन्त्र अस्तित्वका लागि पनि स्वतन्त्र न्यायालय आवश्यक हुन्छ । नेपाली जनतामाथि लाद्न खोजिएको सर्वसत्तावादविरुद्ध छ दशकदेखि प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेसले माओवादी इतरका प्रजातान्त्रिक शक्तिलाई साथमा लिएर सशक्त जनमत तयार गर्नेतर्पु लाग्नुको सट्टा आन्तरिक विवादमा रुमल्लिनु दुर्भाग्य हो । आगामी महाधिवेशनलाई आआफ्नो पक्षमा बनाउन अहिलेदेखि नै गुटबन्दी सुरु भएको छ । निर्वाचित जन प्रतिनिधिले बनाएको संविधानको दुहाइ दिँदै नेपाली जनताको टाउकोमा सर्वसत्तावादरुपी 'डेमोल्कोज'को तरवार झुण्डयाउन लाग्दा पनि कांग्रेसमा चेतना आएन भने मुलुकको प्रजातन्त्रलाई कसैले बचाउन सक्नेछैन ।

र, अन्त्यमा जनअदालत, जन समितिहरु ब्युँत्याउँदै माओवादीले राष्ट्रिय मोर्चा निर्माण गरी सत्ता कब्जा गर्ने रणनीति अघि सारेकोमा हालै एक अंग्रेजी दैनिकमा दक्षिण एसिया र दक्षिण पूर्व एसियाको माओवादी आन्दोलनलाई अध्ययन गरेर पुस्तकसमेत लेखेका अमेरिकीले माओवादीले जबर्जस्ती सत्ता कब्जा गर्न खोजे भने अन्तर्राष्ट्रिय शान्ति रक्षा बल आइपीकेएफ आउने छ। नेपाली माओवादी एलटीटीई होइन भनेर लेखॆका छन् । उनको यस लेखले माओवादी चीन भारत वा अमेरिका कसलाई उत्तेजित पार्न खोजेको हो ?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस