गत साता एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिकरूपमा अन्तर्राष्ट्रिय समुदायसँग एउटा गुनासो गरे। उनले जनयुद्धदेखि शान्ति सम्झौतासम्म पुर्याएको योगदानको कदर अन्तर्राष्ट्रिय स्तरमा भएन रे! हुन त उनले घुमाउरो पारामा आफूले गरेको 'योगदान' का लागि नोबेल शान्ति पुरस्कार पाउनुपर्नेसम्मको चाहना व्यक्त गरेका छन्। साँच्चै दाहालको भनाई समाचारपत्रमा पढ्दा उनी आफ्नो 'योगदान' को कदर नभएकोमा निकै निराश र दुःखी भएको अनुभव भएको थियो। साथै शाही कालमा ज्ञानेन्द्रले गोकर्ण रिसोर्टमा गरेको भेलामा एउटी अभिनेत्रीले तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष ज्ञानेन्द्रसामु आफूले कलाकारिताको माध्यमबाट यतिका योगदान गर्दा पनि कदर नभएको गुनासो गरेको प्रसङ्ग सम्झनामा आएको थियो।दाहाललाई अहिले आफ्नो योगदानका लागि सार्वजनिकरूपमै अन्तर्राष्ट्रिय समुदायबाट सम्मान चाहिएको रहेछ। आफूलाई भारतका प्रधानमन्त्रीलगायत्ले कोठाभित्र मात्र बधाई दिने गरेको तर सार्वजनिकरूपमा कसैले केही सकारात्मक कुरा नगरेको गुनासो उनको छ। उनको गुनासो पढेपछि गिरिजाप्रसाद कोइरालाको मृत्युपछि उनको स्थानमा आफूलाई देख्दै आएका र पृथ्वीनारायण शाहपछि आफू एक्लो राष्ट्रिय व्यक्तित्व भएको ठान्ने दाहालको सोचाईको कोणतिर मन गयो।
हो, अहिलेको स्थितिमा नेपालमा राष्ट्रिय नेता बन्न सक्ने अवसर प्रचण्डसँग थियो र अहिले झिनो भए पनि त्यो आशा कायमै छ। तर राष्ट्रिय नेता हुनका लागि पहिला आफूमा राष्ट्रिय सोचको विकास गर्न जरुरी हुन्छ। सम्पूर्ण राष्ट्रलाई हेर्न जरुरी हुन्छ। तर दाहालबाट के अहिलेसम्म त्यस किसिमको प्रयास भएको/गरिएको छ? उनी अहिले पनि माओवादीबाट एकीकृत माओवादी हँुदै अहिले टुक्रिएको एमाओवादी (माउ पार्टी भए पनि)को नेतामा सीमित भइसकेको सम्भवतः उनलाई हेक्का छैन। उनका अहिलेसम्मका भनाइ र गराइ (कुनै भनाइमा टिक्ने बानी नभए पनि)ले राष्ट्रिय स्वरूपलाई समेट्न सकेको छैन। अनि अन्तर्राष्ट्रिय समुदायको नजरमा राष्ट्रिय व्यक्तित्वका रूपमा आउन पहिला आफूले व्यक्तिगत तथा पार्टीगत स्वार्थ त्याग्नुपर्छ। तर त्यसभन्दा अगाडि दश वर्षे विद्रोहका उनकै सहयात्रीहरूबाट विभिन्न आरोप खेपिरहेका दाहालले पहिला कथित जनयुद्धको औचित्य पुष्टि गर्नुपर्ने हुन्छ।
२०१७ सालमा राजा महेन्द्रबाट भएको प्रजातन्त्र अपहरणपछि लोकतन्त्रका लागि उनको नेतृत्वमा के/कस्तो प्रयास भयो भन्ने पुष्टि उनीबाट हुनु आवश्यक छ। २०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनबारे उनको र उनको दलको के/कस्तो भूमिका थियो भन्नेबारे पनि दाहालले प्रष्ट्याउनु आवश्यक छ। सबैभन्दा महŒवपूर्ण कुरा २०५२ सालमा उनको पार्टीले गरेको विद्रोहको औचित्य के थियो भन्ने पनि उनले प्रष्ट्याउन आवश्यक छ। त्यतिबेला केही माग लिएर बाबुराम भट्टराई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आएका थिए र त्यो पूरा नभएपछि माओवादीले हिंसात्मक विद्रोह सुरु गरेको थियो। तर बाबुराम भट्टराई प्रम भएपछि उनकै सहयात्री मोहन वैद्य (किरण)को नेतृत्वमा खुलेको नेकपा–माओवादीले केही माग उनलाई बुझाएको थियो, जसमा केही २०५२ सालमा भट्टराई स्वयंले तत्कालीन प्रमलाई बुझाएका माग पनि सामवेश थिए। त्यस सम्बन्धमा एमाओवादीको आधिकारिक धारणा आउन अझ बाँकी नै छ।
२०४८ सालमा भएको आमनिर्वाचनपछि जनताको सरकारले देश चलाउन थालेको जम्मा ४ वर्ष बित्दा/नबित्दै किन माओवादीलाई हिंसात्मक आन्दोलनको आवश्यकता पर्योत? ३० वर्षको निरंकुश पञ्चायती शासन सहेर बसेको उनको दलले के कारणले जनताले बनाएको सरकारलाई ४ वर्षभन्दा बढी कुर्न सकेन? यो प्रश्न अहिले पनि एमाओवादी वरिपरि घुमिरहेको छ। विद्रोह सुरु गर्दा नेपाली युवाहरूलाई शहीद बनाउन गरिएका वाचामध्ये अहिले कति पूरा भयो? १३ हजारभन्दा बढी युवालाई गरेको वाचा बिर्सिएकै हो त? हैन भने जनयुद्धको औचित्य प्रमाणित गर्ने चुनौतीबाट दाहाल र उनका पार्टीका नेताहरू मुक्त हुन सक्दैनन्। अहिलेसम्मको स्थितिले हजारौँ सपुतको बलिदान फगत माओवादी नेताहरूलाई सत्तामा पुर्यानउनमात्र भएको भएको प्रमाणित गर्दै गएको छ।
अझ उनको हिंसात्मक आन्दोलनका क्रममा त्यसमा कुनै कोणबाट संलग्न नभएकाको मृत्युको जिम्मेवारी माओवादीको नेताका रूपमा दाहालले लिनुपर्ने कि नपर्ने? दाहालको हिंसात्मक आन्दोलनले एमाओवादीलाई सत्तामा पुर्यााउने काममात्र गरेको आरोप ठाउँ–ठाउँबाट लाग्ने गरेको छ। तर यो पूर्ण सत्य भने होइन। त्यो हिंसात्मक आन्दोलनले एमाओवादीलाई सत्तामा पुर्यााउने काममात्र गरेको छैन, बरु देशलाई अन्योलको गहन अन्धकारतर्फ समेत धकेल्ने काम गरेको छ। मुलुकलाई असफल राष्ट्र बनाउने काम गरेको छ। मुलुकलाई भावनात्मकरूपमा टुक्र्याउने काम गरेको छ।
हिंसात्मक आन्दोलनका क्रममा दाहालले ल्याएका जातीयता, क्षेत्रीयताका मुद्दा अहिले स्वयं माओवादीको नियन्त्रणमा रहन सकेको छैन। क्षेत्रीयता र जातीयताले हिंसात्मक स्वरूप लिन सक्ने स्थिति अझ पनि विद्यमान भएको तथ्यलाई दाहालले नबुझेको हो कि? अहिले मुलुकमा फक्रँदै गएको जातीयता र क्षेत्रीयताको भावनामा राष्ट्रिय भावना खोज्नुपर्ने स्थिति आइसकेको छ। यसैलाई दाहालले अन्तर्राष्ट्रिय समुदायबाट सम्मान पाउन लायकको उपलब्धि भन्ठानेका त होइनन्?
अन्तर्राष्ट्रिय समुदायले तपाईंलाई सम्मान गर्दा तपाईंका कारण गरिएको गणतन्त्र र धर्म निरपेक्षता र संघीयताको घोषणालाई मात्र आधार बनाउने छैन। बरु हजारौँ युवाहरूको बलिदान केका लागि थियो त भन्नेतर्फ पनि सोच्ने छ। काजल खातुनलगायत्का हत्याकाण्डको लेखाजोखा पनि गर्ने छ। हुन त यसो भनिरहँदा हिंसात्मक आन्दोलनका क्रममा राज्यका तर्फबाट पनि हत्या भएको कुरा दाहालले उठाउने गरेका छन्। यो सत्य पनि हो। दश वर्षे हिंसाको साक्षी बस्दा यो मुलुकले राज्यका तर्फबाट समेत भएका अन्यायलाई आत्मसात गर्नुपरेको छ। तर राज्यले गरेका अन्याय दाहाललाई राष्ट्रिय नेताका रूपमा स्थापित गर्ने आधार हुन सक्छन् र? राज्यबाट भएका हत्याकाण्ड दाहाललाई अन्तर्राष्ट्रिय समुदायबाट सम्मान प्राप्त गर्ने आधार हुन सक्छन्? हिंसात्मक आन्दोलनका लागि माओवादीले भारतसँग गरेको सम्झौता पनि सार्वजनिक भइसकेको छ। त्यसको खुलस्त जवाफ पनि इतिहासले माग्ने कुरामा दाहाल र एमाओवादीका नेतालाई हेक्का छ कि छैन?
दाहालले आफूलाई शान्ति प्रक्रियाको महŒवपूर्ण संवाहक ठानेका छन् भने त्यो स्वाभाविक नै हो। तर अशान्ति फैलाउने पनि त उनी नै हुन्। देशलाई हिंसाको खाडलमा होम्ने पनि त उनी नै हुन्। आफूहरूले हिंंसात्मक आन्दोलन रहरले नभई बाध्यताले गरेको र त्यसबाट देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्थामा कायम विभेद जिम्मेवार भएको तर्क उनीबाट आउन सक्छ। त्यो साँचो पनि हो। तर ती विभेद के जम्मा चार वर्षको प्रजातान्त्रिक व्यवस्थाको उपज थियो? बरु प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापना भएपछि धेरै विसंगतिका बाबजुद मुलुक सकारात्मक परिवर्तनतर्फ उन्मुख त भएकै हो। ३० वर्षको निरंकुश शासनका क्रममा झन् फक्रँदै गएको विभेदलाई प्रजातान्त्रिक सरकारले चार वर्षमै त समाप्त गर्न सक्दैनथ्यो। ३० वर्ष राजाको प्रत्यक्ष शासनमा हुँदै आएको निरंकुशता स्वीकार्दै आएको माओवादीले किन प्रजातान्त्रिक सरकारलाई पर्याप्त समय दिन उचित ठानेन? दाहालको भनाइबाट आफूले गरेको हिंसात्मक आन्दोलनका कारण मुलुकले अहिलेसम्म बेहोरिरहेको व्यथालाई दाहालले आत्मसात गर्न नसकेको प्रष्ट भएको छ। आफ्नो त्यो हिंसात्मक आन्दोलनलाई राष्ट्रिय नेता बन्न सक्ने क्षमता बोकेको व्यक्तिबाट अझ पनि एउटै कोणबाट हेरिनु दुःखद् पक्ष हो। हुन त शाही कालमा ती अभिनेत्रीले गुनासो गरेपछि ज्ञानेन्द्रको मन्त्री मण्डलले उनलाई कुनै पदकले सुशोभित गरेको समाचार आएको थियो। दाहाल पनि सम्भवतः त्यस्तै आशमा छन्।