भारतमा आगामी वर्ष हुने लोकसभा निर्वाचनका लागि त्यहाँको प्रतिपक्षी दल भारतीय जनता पार्टी (भाजपा)ले गुजरात राज्यका मुख्यमन्त्री नरेन्द्र मोदीलाई चुनाव अभियानको अध्यक्षको जिम्मेवारी सुम्पेको छ। गोवामा सम्पन्न पार्टीको कार्यकारिणी समितिको बैठकले मोदीलाई उक्त जिम्मेवारी दिएको हो। मोदी चुनाव अभियानको अध्यक्ष हुनुको अर्थ आगामी निर्वाचनमा पार्टीको उम्मेदवारी चयनदेखि प्रचारप्रसारको जिम्मा मोदीको हुनेछ।
मोदीलाई निर्वाचनमा प्रमुख जिम्मेवारी दिने भाजपाको निर्णयले पार्टी भित्रमात्र हैन भारतको राष्ट्रिय राजनीतिमा पनि ठूलो तरंग ल्याएको छ। त्यस तरंगले भाजपाकै केही वरिष्ठ नेतालाई बिरामी नै बनाइदिएको छ। मोदी प्रकरणमा बिरामी पर्नेहरूमा भाजपाका पूर्व अध्यक्ष लालकृष्ण आडवाणी, वरिष्ठ नेता जशवन्त सिंह, उमा भारतीलगायत छन्। अझ कार्यकारिणीको तीन दिनसम्म चलेको बैठकमा अस्वस्थताको कारण देखाएर अनुपस्थित आडवाणीले आइतबार बैठकले मोदीलाई प्रचार प्रसार अभियानको अध्यक्ष चुनेपछि एउटा कार्यक्रममा भिडियो कन्फ्रेन्समार्फत सहभागिता जनाएबाट पनि उनको अस्वस्थताको कारण मूलतः मानसिक भएको स्पष्ट भयो। हुनत, उनले आफ्नो पेट गडबड भएकाले बैठकमा उपस्थित हुन नसकेको बताएका थिए। यसैबीच सोमबार भारतीय संचार माध्यमको अनलाइन संस्करणमा आडवाणीले पार्टीका सबै पद त्याग गरेको समाचार आएको छ।
हुनत, भाजपाले भावि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा मोदीको नाम विधिवत् लिइसकेको छैन तर गुजरातलाई विकसित राज्य बनाउन सफल मोदीले पाएको जिम्मेवारीलाई सम्भावित प्रधानमन्त्रीका लागि अनुमोदनकै रूपमा भारतीय संचार माध्यमले लिएका छन्। यही कारणले अहिले मोदीले पाएको जिम्मेवारीले भारतीय राजनीतिमा अस्वस्थताको हावा ल्याएको हो। त्यसबाट भाजपा नेतृत्वको एनडीए गठबन्धनमात्र नभई सत्तारुढ गठबन्धन भित्र पनि छटपटी उत्पन्न गराएको छ।
मोदीलाई प्रधानमन्त्रीका रूपमा हेर्न चाहनेहरूले गुजरातले उनको नेतृत्वमा गरेको विकासलाई आधार बनाएका छन् भने उनका विरोधीले पनि सन् २००२ मा भएको गुजरात दंगामा उनको भूमिकालाई अगाडि ल्याउने गर्छन्।
त्यही कारणले सम्भावित प्रधानमन्त्रीका रूपमा नाम लिन उनकै पार्टीका कार्यकर्तासमेत संकोच मान्थे। अन्तर्राष्ट्रिय समुदायले पनि मोदीलाई उक्त दंगामा दोषी मान्दै आएको थियो। तर केही समयअघि मात्र युरोपियन युनियनका केही पदाधिकारीले उनीसँग भेट गरेपछि अन्तर्राष्ट्रिय समुदाय पनि गुजरातमा मोदीले गरेको विकासबाट प्रभावित भएको अर्थ उनका समर्थकले लगाएका छन्।
पार्टीभित्र मोदी विरोधीले उनका प्रतिद्वन्द्वीका रूपमा पाका नेता आडवाणीलाई अगाडि सार्ने गरेका छन्। कुनै बेला पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीका तुलनामा पार्टीभित्र 'हार्ड लाइनर'का रूपमा चिनिएका आडवाणीका सामु मोदीलाई पार्टीभित्रैबाट हिटलरको संज्ञा दिन थालिएको छ।
आडवाणी पनि यस अभियानमा लागेका मोदी विरोधीलाई अप्रत्यक्षरूपमा सघाउन पुगेका छन्। केही दिनअघि मात्र उनले गुजरातको तुलनामा भाजपा शासित अर्को राज्य मध्य प्रदेशमा उल्लेखनीय विकास भएको बताएर मोदीको क्षमतामा प्रश्न गरेका थिए।
मोदीको तापबाट पहिला उनकै समर्थनमा आएका शत्रुघ्न सिन्हा पनि यस पटक ग्रसित हुनपुगेका छन्।
सम्भावित प्रधानमन्त्रीका रुपमा मोदीलाई हेर्न थालिएपछि भाजपा र एनडीए घटकभित्र रहेका उनका विरोधीलाई नजानिदो रूपमा कांग्रेस पार्टी नजिक धकेल्दै लगेको छ।
जसरी विकासका लागि गुजरात राज्यको नाम उच्चारण गर्ने गरिन्छ त्यसैगरी नै लालुप्रसाद यादवले वर्षौसम्म एकलौटी शासन चलाएका विहार राज्यमा देखिएको परिवर्तनका लागि जनता दल युनाइटेडका अध्यक्ष एवं विहारका मुख्य मन्त्री नितीश कुमारको नाम अगाडि सार्ने गरिन्छ। यस अर्थमा नीतिश कुमारले दिल्लीको कुर्सीमा आँखा गाड्नु स्वाभाविक हो। त्यसैले जनता दल युनाइटेडले मोदीको विरोध गर्नु आश्चर्य होइन।
उता कांग्रेस पार्टीले पनि पूर्व प्रधानमन्त्री राजीव गान्धीका पुत्र राहुल गान्धीलाई आगामी प्रधानमन्त्रीका रूपमा स्थापित गर्ने प्रयास गरेको थियो। भारतीय राजनीतिमा महत्वपूर्ण मानिएको उत्तर प्रदेश राज्यको अगिल्लो विधान सभा निर्वाचनमा राहुलको जादु असफल भएपछि कांग्रेससँग प्रधानमन्त्रीका रूपमा आगामी निर्वाचनमा देखाउने अनुहार नभएको कटाक्ष विरोधहरू गर्दै आएका छन्।
यस्तो अवस्थामा आगामी लोकसभा निर्वाचनमा मोदीलाई चुनौती दिन सक्ने अनुहार कांग्रेसले आफूभित्रबाट खोज्न सकेको छैन।
केही समयअघि भारतको एउटा टेलिभिजन च्यानलले गरेको सर्वेक्षणमा भारतका अधिकांश जनताले आगामी प्रधानमन्त्रीका रूपमा मोदीलाई रुचाएको देखिएको थियो। सम्भवतः त्यसैले अहिले कांग्रेस आफ्नो प्रतिद्वन्द्वी दलमा कुनै प्रभावशाली अनुहारले निर्वाचनमा नेतृत्व गरोस् भन्ने चाहँदैन। उता जेडियुका नेता नीतिशकुमार पनि मोदीको विकल्पका रूपमा आफूलाई सशक्त उम्मेदवारका रूपमा हेर्न थालेका छन्। अनि भाजपाभित्रै पनि आगामी निर्वाचनपछि देशको बागडोर सम्हाल्न सक्ने नेताका रूपमा अगाडि ल्याइएका आडवाणीले मोदीका बाटोमा अवरोध उत्पन्न गराउन सफल भए पनि प्रधानमन्त्री हुन शारिरिकरूपमा पूर्ण सक्षम हुनेमा उनको पार्टीभित्रै मतैक्य देखिँदैन।
समग्रमा, भारतीय राजनीति अहिले ईर्ष्या मिश्रित प्रतिद्वन्द्विताग्रस्त हुन पुगेको छ।
नेपाली राजनीतिमा यो रोग नौलो होइन। यहाँका सबै पार्टीभित्र पदका लागि भएको प्रतिद्वन्द्विता मुलुकले विगतमा नजिकैबाट हेरी सकेको छ।
संविधान सभा निर्वाचनपछि मुलुकले पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईका रूपमा चार जना प्रधानमन्त्री देख्यो। यसबाट पनि यहाँको राजनीतिमा भएको असहज प्रतिद्वन्द्विता बुझ्न सकिन्छ। एनेकपा (माओवादी) भित्र दाहाल र भट्टराईबीचको प्रतिद्वन्द्विता छ भने नेकपा (एमाले)भित्र नेपाल र खनालको आन्तरिक लडाइ मुलुकले देखिसकेको छ। त्यस्तै लडाइँ कांग्रेसभित्र पनि छ।
अझ प्रधानमत्रीका लागि निषेधको राजनीति भारतमाजस्तै यहाँ पनि देखिएको छ। कांग्रेस र एमालेले कुनै हालतमा एमाओवादीलाई सत्ता दिन अस्वीकार गर्ने अनि एमाओवादीले कांग्रेसका कुनै नेतालाई प्रधानमन्त्रीका रूपमा हेर्नै नसकेपछि प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा निर्दलीय सरकार गठन भएको हो।
आन्तरिक प्रतिद्वन्द्विताको घीनलाग्दो खेलको चरम रूप २०५६ सालको प्रतिनिधि सभा निर्वाचनपछि देखिएको थियो। त्यतिबेला कांग्रेसभित्र गिरिजाप्रसादको पकड बलियो थियो भने जनमानसमा कृष्णप्रसाद भट्टराई सबैको रोजाइमा थिए। यस तथ्यलाई राम्ररी बुझेका गिरिजाप्रसादले भट्टराईलाई सम्भावित प्रधानमन्त्रीका रूपमा प्रचार गरे। भट्टराईको नेतृत्वमा निर्वाचनमा बहुमत ल्याएपछि गिरिजाले पार्टीभित्रको आफ्नो पकडलाई प्रयोग गरी इतिहासको डर पनि नमानेर भट्टराईलाई पाखा लगाएका थिए।
त्यस्तै नभए पनि लगभग त्यही स्थिति भाजपामा मोदी र आडवाणीको देखिएको छ। पार्टीभित्र निसन्देह आडवाणीको उचाइ सामु मोदी पुड्का देखिन्छन््। तर जनमानसमा भने मोदीप्रति बढी विश्वास छ। अर्थात् भारतमा पनि अहिले ईर्ष्याको राजनीतिले प्रश्रय पाउन थालेको छ।