त्रिभुवन विमानस्थल ओहोर–दोहोर गर्ने जोसुकैको आँखामा पनि तिनकुनेको दुर्गति बिझाउँछ। धुलो उडाउँदै सवारी साधन सिकिरहेका मानिस र जथाभावी थुपारिएका कबाडी सामानले तिनकुनेको अस्तव्यस्त अवस्था झल्काउँछन्। अस्तव्यस्त तिनकुनेले सहरको सुन्दरता त बिगारेको छ। त्यहाँ एउटा राम्रो उद्यान बनाए राजधानीको सौन्दर्य बढाउन सकिन्थ्यो तर त्यसको दुर्गति हटाउन सरोकारवालाको ध्यान पुगेको छैन।सन् २००२ मा सार्क सम्मेलन तयारी गर्दा रातारात विभिन्न फूल र रुख–बिरुवा रोपेर यसलाई एउटा पार्कको रूप दिन खोजिएको थियो। बिनायोजना र उद्देश्य विदेशी पाहुनाको आँखामा छारो हाल्न बनाइएको त्यो नक्कली उद्यान सार्क सम्मेलन समापनसँगै धुलाम्य फाँटमा परिणत भयो। लाखौँ रुपियाँ दुरुपयोग भयो तर कसैले वास्ता गरेन। मुलुकमा पछिल्लो दशकभित्र पटकपटक राजनीतिक परिवर्तन भयो। सहर विकासका ठूल्ठूला नारा र योजना ल्याइए। सडक बिस्तारका लागि भन्दै डोजर चलाइए। व्यक्तिका निजी घर भत्काइए। तिनकुने यी सबैमा मुकदर्शक मात्र रह्यो। तिनकुनेको यो दुर्दशाको कारण जग्गा अधिग्रहणको विवाद पनि हो। यसको इतिहास चार दशक लामो छ। अझै कति वर्षपछि यो ठाउँ व्यवस्थित हुने हो? ठेगान छैन।
तिनकुने अधिग्रहण
विसं २०२८ सालमा अरनिको राजमार्ग र २०३० सालमा चक्रपथ निर्माणको योजनापछि कोटेश्वरको भूगोल परिवर्तन गर्दै बीचमा ३५ रोपनीको त्रिकोणात्मक ट्रयाक बन्यो। कोटेश्वर, बानेश्वर र त्रिभुवन विमानस्थल जाने बाटोमा रहेको तिनकुने त्यतिबेलै सरकारको आँखामा परेको थियो। प्रारम्भमा सरकारले त्यहाँ पञ्चायत स्मारक बनाउने लक्ष्य राखेको थियो। उक्त लक्ष्यका लागि विसं २०३१ जेठ १४ गते पहिलोपटक नेपाल राजपत्रमा 'तिनकुने अधिग्रहण गर्ने' सूचना प्रकाशित भएको थियो तर त्यसबेला मुआब्जा नै तोकिएन। अधिग्रहणका लागि सूचना प्रकाशित भइसकेकाले जनताले त्यसमा आफूखुसी घरटहरा बनाउन र बेचबिखन गर्न पाएनन्। एकातिर मुआब्जा वितरण नगर्ने, अर्कातिर जनतालाई आफ्नै जग्गा स्वतन्त्र प्रयोग गर्न नदिने दोहोरो नीति पञ्चायती सरकारले अपनायो। तिनकुनेमा पञ्चायत स्मारक बनाउने उसको योजना पनि गर्भमै तुहियो।
विसं २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि पनि तिनकुनेको व्यवस्थापनमा सरकारी ध्यान पुग्न सकेन। आफ्नो जग्गा २ ६ वर्षसम्म भोगचलन गर्न नपाउने र मुआब्जा पनि नपाउने भएपछि तिनकुनेका जग्गाधनी २०५७ सालमा न्याय खोज्न सर्वोच्च अदालत गए। सर्वोच्चले मुआब्जा दिन नसक्ने भए जग्गा फिर्ता दिन सरकारका नाममा आदेश जारी गर्योग। विसं २०५८ सालमा बल्ल सरकारले मुआब्जा घोषणा गर्यो७। त्यो पनि अहिलेसम्म विवादकै घेरामा छ।
मुआब्जा विवाद
प्रजातान्त्रिक शासनमा जनताको व्यक्तिगत सम्पत्ति राज्यले गैरकानुनी रूपमा हडप्न सक्दैन न त जनतालाई अन्याय हुने किसिमले कुनै निर्णय स्वीकार्न बाध्य पार्न सक्छ। जग्गा अधिग्रहणमा पनि यही नियम लागु हुन्छ। नेपालको जग्गा प्राप्ति ऐन, २०२६ अनुसार जग्गाको क्षतिपूर्ति कायम गर्दा साँधसँधियारसरह स्थानीय खरिद बिक्रीको दर पनि हेर्नुपर्ने हुन्छ। सरकारले २०५८ सालमा मुआब्जा तोक्दा स्थानीय खरिद बिक्री दरलाई पूर्ण बेवास्ता गरेकाले कतिपय जग्गाधनीले मुआब्जा लिन अस्वीकार गरेका थिए। उक्त समय तिनकुने क्षेत्रमा प्रतिआना ३० लाख रूपियाँमा जग्गा बेचविखन भइरहेको थियो। सरकारले चाहिँ प्रतिआना ३ लाख ८० हजार रुपियाँमात्र मूल्य तोक्यो। त्यो जग्गा प्राप्ति ऐनको मर्म र भावनाविपरीत थियो। अहिले तिनकुने वरिपरिको मुख्य सडकसित जोडिएको जग्गा १ करोड रूपियाँ प्रतिआनाका दरले बेचविखन भइरहेको छ। मालपोत कार्यालयले तोकेको आर्थिक वर्ष २०६९ को मूल्यमै उक्त क्षेत्रको न्यूनतम मूल्यांकन २६ लाख प्रतिआना छ। देशका ठूला बैंकहरूले प्रतिआना ४५ देखि ६० लाख मूल्यांकन गरी ऋण प्रवाह गरिरहेका छन्। सरकार आफ्नो निर्णयमा परिवर्तन नगर्ने र जग्गाधनी सरकारले तोकेको मुआब्जा दर नस्वीकार्ने भएका कारण बितेको एकदशकदेखि तिनकुने क्षेत्र प्रयोगविहीन छ।
तिनकुने ट्र्याकभित्रको ३५ रोपनी जग्गाका दर्जनौं जग्गाधनी छन्। सरकारले अधिग्रहण गरिसकेकाले उक्त जग्गाको लालपुर्जा मुआब्जा वितरण प्रयोजनका लागि मात्र भनी दिइएको छ। त्यसमध्ये केही जग्गाको मुआब्जा वितरण भइसकेको छ भने बाँकी जग्गाधनी मुआब्जा लिन गएका छैनन्। उनीहरू सरकारले अन्याय गरेकाले मुआब्जा नबढाएसम्म नबुझ्ने पक्षमा छन्। उता काठमाडौं महानगरपालिकाले यही जेठ २३ गते पुनः सूचना निकाली तिनकुनेको मुआब्जा बुझ्न जग्गाधनीलाई आग्रह गरेको छ। सरकारले केही हकदारले पूर्वघोषित दरको मुआब्जा स्वीकार गरी सकेकाले बाँकी हकवालाले पनि सोही दरमा रकम बुझ्नुपर्ने अडान लिएको छ। तर, मुआब्जा स्वीकार गर्नेमध्ये सबैले खुसी भएर भन्दा पनि बाध्यताका कारण न्यून दरको मुआब्जा लिएका थिए। कतिपय त सिकिस्त बिरामीसमेत थिए। उनीहरूको निधनपछि हक हस्तान्तरण हुन नसक्ने अवस्था थियो। अर्कातिर जग्गाधनी र मोहीको द्वैध स्वामित्व अन्त्य गर्ने हल्ला पनि चलेको थियो। कैयौं मोही द्वैध स्वामित्व अन्त्य हुँदा हक गुमाउनुपर्ने हो कि भन्ने त्रासमा थिए। निमुखा र शक्तिविहीनहरूले सरकारसँग संघर्ष गर्न नसकेर अन्याय स्वीकारेको विषयमा टेकेर सरकारले अडान लिन मिल्दैन। सरकार र हकवाला मुआब्जा दरमा सहमतिमा नपुग्ने हो भने तिनकुने अझ कैयौँ वर्षसम्म यसरी नै 'डम्पिङ साइट' बनिरहनेछ।
तिनकुनेको उपयोग
संसारका सबै ठूला सहरमा मन लोभ्याउने उद्यान बनाइएको छ। संयुक्त राज्य अमेरिकाको सिकागोस्थित मिलेनियम पार्ककै कुरा गरौं। निकै तल भासिएको सिकागो रिभर, गगनचुम्बी महल, साँघुरो सडक र जमिनमाथि गुड्ने रेलका कारण निसास्सिएको यो सहरमा मिलेनियम पार्कले स्वतन्त्रताको हावा फ्याँकिरहेको छ। औद्योगीकरणको अभियानमा सन् १९६०–७० मा दक्षिण कोरियाको सोलस्थित सार्वजनिक स्थल र खोला खोल्सा अतिक्रमण गरिए, पुरिए। देश विकास भएपछि उनीहरूले सहर त ठूला महलमा निसास्सिरहेको अनुभव गरे। अहिले सोलको मध्यभाग ग्वाहामुनमा वाटर फाउन्टेन र आकर्षक पार्क बनाइएको छ। त्यहाँ बालबालिका, प्रौढ र वृद्धवृद्धासमेत गर्मीमा मनोरञ्जन गर्दछन्। छोगे खोलोको उत्खनन कति चर्चित भएको छ भने त्यो एउटा मुख्य पर्यटकीय र मनोरञ्जन स्थल बनेको छ।
कंक्रिटको जंगल बनिसकेको काठमाडौंमा तिनकुनेको ३५ रोपनी खाली ठाँउ विभिन्न प्रयोजनमा प्रयोग गर्न सकिन्छ। यसमा आकर्षक उद्यान बनाएर बीचमा बुद्धको मूर्ति राख्ने हो भने सहरकै शोभा बढ्नेछ। यो खाली ठाउँ आपतकालीन उद्धारका लागि पनि उपयोग गर्न सकिन्छ। कोटेश्वरदेखि सूर्यविनायकसम्म निर्माण भएको ६ लेनको सडकले काठमाडौंलाई अन्तर्राष्ट्रिय सहरका रूपमा उभ्याएको छ। विदेशी नागरिकले नेपाल प्रवेश गर्ने मूलद्वारनजिक रहेको तिनकुनेमा आकर्षक उद्यान बनाउन सके यसले मुलुककै गौरव बढाउनेछ।