ओखलढुंगाकी सावित्री श्रेष्ठ निरन्तर न्यायको लडाइँमा छिन्। उनका भाइ उज्जनकुमार श्रेष्ठ हत्याका दोषीमाथि कारबाही नहुनु देशमा न्याय हराएको ज्वलन्त उदाहरण हो। श्रेष्ठ परिवारका अनुसार भाइको हत्याविरुद्ध जाहेरी दिएकै प्रतिफलस्वरूप दाजु गणेशकुमार श्रेष्ठको पनि हत्या भएको थियो। बाबुलाई आफैँले देखाइदिएका कारण हत्या भएको आत्मदोष पाल्दै पछि गणेशकी छोरी रचनाले पनि आत्महत्या गरेकी थिइन्।
कानुनी शासनमा न्यायको खोजी जारी रहन्छ। तर, तत्काललाई अदालतले दोषी ठहर्याएका व्यक्ति नै दोषी हो। उसले आफू दोषी होइन भन्ने साबित गर्न मुद्दा लडिरहन सक्छ। यस हिसाबले उज्जन हत्याका मुख्य दोषी पूर्व सभासद् बालकृष्ण ढुंगेल हुन्। उनलाई सर्वोच्च अदालतले २०६६ साल पुस १९ गते दोषी ठहर्याएको हो। यसअघि ओखलढुंगा जिल्ला अदालतले पनि उनलाई दोषी ठहर गरेको थियो। पछि पुनरावेदन अदालत राजविराजले निर्दोष साबित गरेको थियो।
सावित्रीले सर्वोच्चको निर्णय कार्यान्वयन गराउन गरेको संघर्षले देशमा न्याय दिउसै बत्ती बालेर खोज्दा पनि नभेटिने वस्तु रहेछ भन्ने साबित गरेको छ। यस घटनालाई अनावश्यक तवरले राजनीतिक रङ दिने काम भएको छ। एनेकपा (माओवादी) ले यसलाई द्वन्द्वकालीन घटना भनेर मुद्दा चलाउन नमिल्ने दाबी गरेको छ। अर्कातिर कतिपयले यसलाई माओवादीविरुद्ध इबी साँध्ने घटनाका रूपमा प्रयोग गर्न खोजेका छन्। त्यसको सबैभन्दा बढी मार पीडित परिवारलाई परेको छ। उज्जन र गणेश दुवै भिडन्तमा मारिएका थिएनन्। निश्चय पनि, २०५२ फागुन १ देखि २०६४ मंसिर ५ सम्म भएका भिडन्तबाहेक राजनीतिक द्वन्द्वका मुद्दा विस्तृत शान्ति सम्झौताअनुसार छ महिनाभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन गरी समाधान गर्नुपर्ने थियो। समयमै ती आयोग बनेका भए द्वन्द्वपीडितलाई न्याय र क्षतिपूर्ति मिल्ने आशा गर्न सकिन्थ्यो। तर, छ वर्षसम्म पनि त्यो बन्ने छाँट देखिएन। यस अवस्थामा प्रचलित कानुनअनुसार नै मैना सुनार, कृष्ण सेन इच्छुक, डेकेन्द्र थापा, वीरेन्द्र साह हत्यालगायत् हरेक काण्डका दोषीमाथि कारबाही हुनुपर्छ। आधुनिक न्याय सिद्धान्तले पनि सुझाउने कुरा यही हो। त्यसमाथि उज्जनकै जेठानहरूको संलग्नताले गर्दा उज्जन काण्ड राजनीतिक थिएन भन्ने प्रस्ट हुन्छ।
उज्जनको १५ औँ स्मृति दिवसमा सोमबार सार्वजनिक किताब 'पीडाका ५००० दिन' मा सावित्री श्रेष्ठले भनेकी छन्, 'चार वर्ष बितिसक्दा पनि सर्वोच्चको फैसला कार्यान्वयन हुन सकेको छैन। मेरो संघर्ष कुनै पार्टी र व्यक्तिविरुद्ध होइन। न म माओवादी विरोधी हुँ, न ढुंगेलविरोधी। मेरो बिन्ती यति हो, सम्मानित अदालतले गरेको फैसला कार्यान्वयन होस्।'
तीन दुःखान्त
श्रेष्ठ परिवारको वियोगान्त कम्ती अत्यासलाग्दो छैन। पहिले भाइ मारिन्छन्। भाइको हत्याविरुद्ध जाहेरी दिँदा दाजु पनि मारिन्छन्। अनि बाबुको हत्याको एउटा कारक आफैँ भएको आत्मदोषबाट मुक्त हुन नसकेर दाजुकी छोरीले आत्महत्या गर्छिन्। कुनै दुःखान्त सिनेमा जस्तै मुटुमा चस्का दिइरहने यस घटनाका मुख्य दोषीलाई कारबाही गर भन्ने पीडित परिवारको माग कुनै पनि दृष्टिले नाजायज छैन।
पीडित परिवारको दाबीअनुसार २०५५ असार १० गते सखारै ओखलढुंगाको टारकेराबारीमा नितान्त अराजनीतिक काण्डमा ३२ वर्षे उज्जन श्रेष्ठलाई गोली ठोकियो। प्रचलित कानुनअनुसार श्रेष्ठको सामाजिक गल्ती के थियो भने उनी एकसाथ तीन पत्नीका पति थिए। दुई सजातीय र एक 'उच्चजातीय' पत्नीका पति। सजातीय दुई पत्नी ल्याउन्जेल कुनै समस्या भएन। पौडेल थरकी पत्नी ल्याउँदा उनकै माइती खलकको प्रतिशोधले यो दुर्घटना निम्त्यायो। अदालतबाट दोषी साबित थलबहादुर पौडेललगायत्को बयान र प्रत्यक्षदर्शी रामबहादुर श्रेष्ठको कथन ठ्याक्कै मिल्यो। लिखु खोलाको तिरैतिर खहरेखोलाको दोभानमा पुग्दा तत्कालीन माओवादी कार्यकर्ता पुष्कर गौतमले टर्च देखाएर 'गोली ठोक्' भने। बालकृष्ण ढुंगेलले बन्दुक चलाए। यसरी उज्जनको हत्या भयो र लास लेती खोलामा बगाइयो। उज्जनका दाजु गणेशले प्रहरीमा जाहेरी दिए। पीडित परिवारका अनुसार घटनापछि तत्कालीन शाही सेनाबाट अवकास प्राप्त बालकृष्ण माओवादीमा प्रवेश गरे। त्यसपछि निरन्तर आइरहने धम्कीले गर्दा श्रेष्ठ परिवार काठमाडौँ बसाइ सर्न बाध्य भयो। ओखलढुंगाको पोकलीस्थित श्रेष्ठ परिवारको घर माओवादीले कब्जामा लिएर कार्यालय सञ्चालन गर्यो। त्यसको केहीपछि सेनाले बम हानेर घर ध्वस्त पारिदियो।
दाजु गणेशकुमार २०५९ कात्तिकको अन्तिम साता धान भित्र्याउन रामेछापको साँघुटारस्थित घर पुगे। पीडित परिवारका अनुसार त्यसको दुई सातापछि माओवादी कार्यकर्ता उनलाई खोज्दै घर पुगे। अबोध १३ वर्षे माइली छोरी रचनाले खेतमै लगेर देखाइदिइन्। त्यहीँ गोली ठोकेर गणेशको ज्यान लिइयो। 'लास नउठाउनू' भन्ने माओवादी कार्यकर्ताको उर्दीपछि इष्टमित्रसमेत अन्त्येष्टि गर्न कोही तयार भएनन्। घटनाको तीन दिनपछि गणेशका भाइ दीपेन्द्र र ज्वाइँ गणेशमान लामा पुगे। माओवादी कार्यकर्ताले संस्कारअनुसार लास जलाउन नदिएपछि उनीहरूले लिखु खोलाका किनारमा लास गाड्नुपर्यो। यता छोरी रचना 'मेरै कारणले बुबाको हत्या भयो' भन्दै पश्चाताप गरिरहन्थिन्। यस्तैमा उनले २०६५ जेठ २९ गते गलामा पासो लगाएर आत्महत्या गरिन्।
बाझिएका कुरा
ढुंगेल र पुष्कर गौतमबाहेक घटनाका दोषी सबैजसोले सजाय पाइसके। तिनले पनि पाउनुपर्छ भन्ने सावित्रीको माग नाजायज छैन। अन्यथा यसले न्यायालयको सर्वोच्चतामाथि नै प्रश्न उठाउँछ। अदालतले दोषी ठहर गरेका बालकृष्ण सभासद् भए। उनी खुलेआम पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग हिँडिरहेका हुन्छन्। तर, प्रहरीले पक्राउ गर्दैन। पुष्कर प्रहरीको नजरमा फरार छन् जब कि उनी काठमाडौँमा खुलमखुला हिँडिरहेका बेला पनि प्रहरीले पक्राउ गरेन।
एमाओवादीको अव्यक्त धारणा के छ भने त्यस घटनाको दोषी पुष्कर हुन्, जसले बालकृष्णलाई फसाए। पुष्कर केहीपछि नै माओवादीबाट अलग भए। इमेज च्यानलसँगको अन्तर्वार्तामा बालकृष्णले आफू एक मित्रको शल्यक्रियाका क्रममा काठमाडौँको अस्पतालमा रहेको दाबी गरेका रहेछन्। तर, सावित्रीको किताब 'पीडाका ५००० दिन' अनुसार ढुंगेलले ओखलढुंगा जिल्ला अदालत र पुनरावेदन अदालत राजविराजमा दिएको बयानमा भनेका रहेछन्, 'त्यो बेला म ओखलढंुगाको हर्कपुर गाउँमा पेशल खतिवडाबाट ल्याएको ४ हजार रुपियाँ सापटी फिर्ता दिन गएको थिएँ। त्यो दिन पेशलकै घरमा बसेँ। उज्जनको हत्या भएको खबर पनि भोलिपल्ट बिहान पेशलकै घरमा रेडियोमा सुनेको हो।'
बालकृष्णले मात्र होइन, उनका साक्षी पेशल खतिवडा तथा पेशलका भाइहरू नरेन्द्र खतिवडा र सुरेन्द्र खतिवडाले समेत बालकृष्ण आफ्नो घरमा रहेको ओखलढुंगा जिल्ला अदालतमा दिएको बकपत्र बकपत्रमा दाबी गरेका रहेछन्। '२०५५ असार ९ गते बेलुकी ७ बजेदेखि असार ११ गते बिहान ७ बजेसम्म बालकृष्ण ढुङ्गेल मैरे घरमा मसँगै हुनुहुन्थ्यो। २०५५ वैशाखमा लगेको ४ हजार सापटी फिर्ता गर्न बालकृष्ण मेरो घर आउनुभएको थियो। असार १० गते हत्या भएको हो भने मेरो घरबाट घटनास्थल १०/१२ कोस टाढा पर्छ, बालकृष्णले यो घटना घटाएको हुनै सक्दैन।'
राज्यको गैरजिम्मेवारी
एमाओवादीले जे/जस्ता तर्क दिए पनि ढुंगेल दोषी रहेछन् भन्ने सबैभन्दा ठूलो प्रमाण बाबुराम भट्टराई सरकारले उनलाई माफी दिन गरेको प्रयास नै हो। नत्र निर्दोषलाई किन माफी दिइरहनुपर्थ्यो? पर्याप्त प्रमाण जुटाएर सर्वोच्च अदालतमा पुनरावलोकनका लागि जान सकिन्थ्यो। उज्जन हत्या भएको समयमा ढुंगेल काठमाडौँको कुनै अस्पतालमा भएको र साथीको शल्यक्रियाको साक्षी बसेको प्रमाण जुटाएर पुनरावलोकनका लागि जाने हो भने उनले न्याय नपाउने कुरै थिएन। शान्ति प्रक्रियामा आइसकेको पार्टी र सभासद् भइसकेको मान्छेले गर्नुपर्ने त्यही हो। कानुन बनाउने सभासद्ले नै न्यायालयको निर्णय नमान्ने हो भने अरुले किन मान्नुपर्यो? यथार्थमा ढुंगेल पक्राउ नपर्नु व्यवस्थाका पेचकिलाहरू कामै नलाग्ने भइसकेको सबैभन्दा ठूलो प्रमाण हो।
सावित्रीको किताबअनुसार ढुंगेललाई 'म आफैँ सिध्याइदिन्छु' भन्नेहरू धेरै छन्। 'अकुपाई बालुवाटार' आन्दोलनका क्रममा उज्जनका छोरा र उनका साथीहरू बालकृष्णलाई समात्न सिंहदरबारसम्म खेद्दै गएको प्रसंग पनि किताबमा छ। यसको संकेत कानुनलाई चुनौती दिने एउटा घटनाले यस्ता अरु थुप्रै अराजकता निम्त्याउँछन् भन्ने हो। यस्ता घटनालाई द्वन्द्वकालीन भनेर राजनीतिक सहमतिमा माफी दिँदा पीडित परिवार र जनताले मान्यता दिन सक्दैनन्। प्रस्ट छ, उज्जन र गणेश भिडन्तमा मारिएका थिएनन्। कानुनी राज्यमा सर्वोच्चको निर्णय किन कार्यान्वयन भएन? राज्यले त्यसको जवाफ दिनैपर्छ।