एडवर्ड सइदको पुस्तक 'अरिएन्ट्लिजम' सन् १९७८ मा प्रकाशित भएको थियो। त्यसपछि उनले संस्कृति र साम्राज्यवादबीचको अन्तरसम्बन्ध उत्खनन गर्न विभिन्न देश मुख्यतः अमेरिका, क्यानडा र बेलायतमा हुने गरेका संगोष्ठीहरुमा सहभागी हुन थाले। उनको पुस्तक 'कल्चर एन्ड इम्पिरिअलिजम' उनले दिएका व्याख्यानहरुको मुख्य सारको संग्रह हो। अरिएन्ट्लिजममा उनको ध्यान मध्य–पूर्वतर्फ केेन्द्रित थियो तर संस्कृति र साम्राज्यवादमा उनको ध्यान अफ्रिका, भारतीय उपमहाद्वीप, सुदूर पूर्वका केही भाग, अष्ट्रेलिया तथा क्यारेबियन द्वीप समूहसम्ममा पाइने शासकीय एक आम ढाँचा तथा बनावट उल्लेख गरेका छन्। जुन ढाँचा युरोपियनहरुले सुदर देशहरुलाई शासन गर्नका निम्ति तयार गरेका थिए। युरोपियनहरुले पूर्वीय मुलुकहरुमा शासन गर्दा एक अनौठो निष्कर्ष निकालेका थिए– 'पूर्वीय देशहरु पश्चिमेली मुलुक भन्दा भिन्न छन्, पूर्व रहस्यमय छ, पूर्वमा आदिम एवं बर्बर मानिस बस्छन्। उनीहरुले विद्रोह गरे कोर्रा हान्नुपर्छ, जेलमा कोच्नुपर्छ किनकि उनीहरु मुख्यतः शक्ति एवं हिंसाको भाषामात्र बुझ्छन्। उनीहरु युरोपेली जस्ता हँुदैनन्, त्यसैले हामीद्वारा शासित हुन योग्य छन्।
उक्त पुस्तकको परिचय खण्डमा महत्त्वसाथ राखिएको 'उनीहरु हामीद्वारा शासित हुन योग्य छन्' को सेरोफेरोमा यो आलेख केन्द्रित हुनेछ। सन् १९८५ तिर एडवर्ड सइदले व्याख्या गरेको पूर्वीय शासित हुने चरित्र आज करिब २८ वर्षपछि पनि नेपाली नेताहरुको सन्दर्भमा करिब करिब मिल्न जान्छ। हुन त नेपालले साम्राज्यवादको सामना कहिल्यै गर्नुपरेन। नेपालीले आन्दोलन गरे, व्यवस्था परिर्वतन गरे तर उनीहरुलाई हाँक्ने स्वयम्भु नेता पाएनन्। जनताको विश्वास र समर्थनलाई पुँजीकृत गर्ने नेता जन्मिएनन्। नेपाली जनताको हित र नेपालकोे इन्ट्रेस्टमा काम गर्नुभन्दा अरु कसैलाई खुसी पारेर सत्तामा जाने आत्मघाती प्रवृत्ति विकास हुन थाल्यो। संविधान सभाको चुनावपछि ठूलो दल बनेको एमाओवादीले न अरुलाई मिलाएर लान सक्यो न अरुसँग नै मिल्न सक्यो। जसको परिणाम आजको अवस्था हो। यहाँ अरु पार्टीले उच्चतम् कुशलता प्रदर्शन गरेका छन् भन्न खोजिएको कदापि होइन। काङ्ग्रेस, एमाले, मधेसवादीहरु पनि उत्तिकै जिम्मेवार छन् तर संविधान सभाको ठूलो दलको हैसियतमा मात्र उसलाई बढी जिम्मेवार ठहर्याइएको हो। त्यसैले उसको गतिविधि निर्णय, आन्दोलन र उसले उठाएका सवाल सबैको चासो हुनु स्वाभाविक हो। वास्तवमा एमाओवादीले चार पाँच वर्षमा उठाएका केही सवाल जस्तै– राष्ट्रियता, स्वाधीनता, जातीयता, क्षेत्रीयता आदिले नेपाली अस्मिता बलियो हुनुको सट्टा झन् खतरामा पारेको छ।
राष्ट्रियता अवसरवादी राजनीतिक दाउपेच होइन। यो एक अखण्ड सम्पूर्ण भावना हो। त्यसैले यहाँ उसले उठाएको राष्ट्रिय स्वाधीनताको सवाललाई नेपाली अस्मितासँग जोडेर हेर्न खोजिएको छ। राष्ट्रवाद जस्तो सुविचारित आस्थालाई एमाओवादीले वैचारिक उन्मादमा परिवर्तन गरेको छ। राष्ट्रवादको अर्थ राष्ट्रियता वरण गर्नु हो। विभिन्न धर्म, संस्कृति, जात–जाति, भाषाभाषी आदिबीच एकै रसायनद्वारा सग्लो पारी सबैको हितमा काम गर्नु/गराउनु र म यो भाषी, यो क्षेत्रको, यो जातको भन्न छोडाएर हामी नेपाली भन्नुमा मात्र राष्ट्रवाद भल्कन्छ। माओवादीले राष्ट्रलाई समग्रमा नबुझी टुक्रा टुक्रा पारेर राष्ट्रवादलाई भाषावाद, जातिवाद, क्षेत्रवाद, भाइभतिजावाद, छोरावाद र अवसरवाद हुँदै समर्पणवादमा पुर्याएर सत्ता हत्याउने सर्र्वसत्तावादको द्वार बनाउने प्रयत्न गरेको कुरा छर्लङ्ग भएकोे छ। माओवादीसँगैै भित्रिएको जातीयता र क्षेत्रीयताका कारण आज युगौँदेखि एउटैै मालमा उनिएका नेपालीलाई सम्रग नेपालभन्दा हाम्रोे तराई प्यारो भएको छ, देशभन्दा खास भाषा प्यारो भएको छ, समग्र नेपाली संस्कृतिभन्दा जात विशेष प्यारो भएको छ। हो, राष्ट्रियताको एउटै भाषा हँुदैन, एउटैै क्षेत्र हँुदैन, एउटै जात हुँदैैन तर सबैलाई जोड्ने रसायन चँुडालिएको छ। अहिलेको नेपाली राजनीतिक आकाशमा लगभग एक्लो खेलाडीका रूपमा देखापरेको एमाओवादी र उसको शक्ति भनेकै जातीयता र क्षेत्रीयता हो। यिनैको आडमा उसले आफ्नो रोटी सेकाउने गरेको छ। नेपालमा राष्ट्रवादको आन्दोलन बीपी कोइरालाकालीन समयमा सुरु भए पनि क्षेत्रीयता तथा जातीयताको जन्म भने लगभग एकै समयमा भएको हो। २०६२/२०६३ सालको जनआन्दोलनमार्फत् जब मुलुकको राजनीतिको मूल प्रवाहमा भित्रियो, तब यी सवाल ज्ाोडतोडका साथ उठ्न थाले।
अर्कोतर्फ राष्ट्र प्रेम जनप्रेमबेगर सम्भव हँदैन। सच्चा राष्ट्रवादीलेे आफ्नो सुुखभन्दा जनताको सुख देख्न चाहन्छ। जनता अशिक्षा, गरिबी, भोकमरी, बेरोजगार र रोगले उठ्नै नसक्ने गरी थलिएको बेला यो कुन जनवादी राष्ट्रवाद हो, जहाँ नेता हेलिकप्टर चार्टर गरी तडकभडकसाथ ती अकिञ्चन जनताका घरदैैलोमा पुुग्छन्? यो प्रचण्डप्रथभित्रको स्टालिनवादी सामन्तवाद हो। राष्ट्र प्रेमले त्याग र बलिदानको माग गर्छ। माओवादीले त्यस्तो के त्याग गर्यो जसमा राष्ट्रवाद झल्कन्छ? के बलिदान गर्यो स्वाधीनता प्राप्तिका लागि? स्वाधीनताको अर्थ 'स्व' को अधिनता हो। 'स्व' भनेको विस्तृत नेपाली आत्मा हो। प्रचण्ड आफैँ पराधिनताको शिकार भएका छन्। बेलाबेलामा ओकल्ने गरेका छन्– विदेशीको एम्बुसमा परियो। उनी नै गुलाम भएपछि उनले कसरी नेपालीको अस्मिता जोगाउन सक्छन्? राष्ट्रिय स्वाधीनता आन्दोलन चलाउने महात्मा गान्धीले तत्कालीन हिन्दुुस्तानी जनताको दुुःख देखेपछि आफूूसँँग भएको सबै त्याग गरेका थिए। जनता भोेकै नाङ्गै देखेपछि आफूले लाज ढाक्नेबाहेक अरु कपडा लगाउनै छाडेका थिए। जवाहरलाल नेहरुले आफनो सम्पूूर्ण पैतृक सम्पत्ति राष्ट्रलाई सुम्पिएका थिए। केे देशकै धनी मानिने माओेवादी नेेताहरु त्यसरी नै त्याग गर्न सक्छन्? कता गयो माओवादीको राष्ट्र प्रेम? खोइ स्वाधीनताको आन्दोलन? हुन त नेपाली माओवादीले मानेका नेता माओ नेपाली होइनन्, जसको नेतै नेपाली छैन, त्योे पार्टीमा नेपालीपनको कमी हुनुु स्वाभाविक हो। कथम् कदाचित सत्तामा पुुग्यो भनेे उसले नेपाली अस्मिताको रक्षा गर्ला भनेर विश्वास गर्ने आधारहरु लगभग सकिएका छन्। एमाओवादी नेताहरुले प्रयोग गरेको भौतिक सुुख/सुुुविधा पार्टी नीतिविपरित भएको कुरा एमाओवादी केन्द्रीय समितिबाट बाहिर आएकै हो। प्रचण्ड, बाबुराम, हिसिला, वर्षमान आदि सबैको तारो बनेकै थिए र छन् पनि। योबाहेक देश प्रेम सारा देश, मुनष्य, पशुुपंक्षी, नदीनाला, वन पर्वतलगायत् सारा भूमि प्रेम पनि हो। यी विषयमा एमाओवादीको प्रेम देखिँदैन। एमाओवादीले दुुई वर्षअगाडि चलाएकोे राष्ट्रिय स्वाधीनताकोे आन्दोलन घुमाउरो पारामा सत्तामा जान 'बार्गेन' गर्ने तुरुपको रूपमा प्रयोग भयो। मोहन वैद्यको शब्द सापटी लिएर भन्नेे हो भने एमाओवादी अध्यक्षमा सुशील कोइरालामा जति पनि राष्ट्र प्र्रेम देखिएन्। चारैतर्फ अँध्यारो भएको बेला मधुरो प्रकाशका रूपमा सुशीललाई वैद्यले देखेका हुन सक्छन्।
सामान्यतः साम्यवादीहरु युटोपियामा विश्वास गर्छन्। जर्मन मार्क्सवादी दार्शनिक अन्स्ट ब्लकको पुस्तक 'स्पिरिट अफ युटोपिया' मा उनले भनेका छन्– हमेसा साम्यवादीहरु आशावादी हुन्छन्। आशा नै साम्यवादको तागत हो। मार्क्सवाद तबसम्म बाँचिरहन्छ, जबसम्म साम्यवादीहरुमा समाज बदल्न सक्ने आशा बाँकी रहन्छ। प्रचण्डकी बुहारीदेखि राजनीतिमा इमानदार ठहरिएका मोहन वैद्यसम्मका मानिस समाज बदल्ने तागत प्रचण्डमा सकिएको घोषणा गर्दै घर छाडी हिँडेका छन्। हिटलरका सूचना मन्त्री गोयबल्सको शैलीमा झुटलाई सय पटक दोहोर्याएर सत्य बनाउने प्रवृत्ति बढ्दै गएको छ। स्मरणीय छ, हिटलरले छदम राष्ट्र्रवादको प्रपोगान्डा मच्चाएर यहुदी एवं अल्पसंख्यकको खिलाफमा बर्बर शासन चलाएका थिए।
अन्त्यमा, तपाईंप्रति जनताको भरोसा तोडियो भने कहिल्यै सम्मान प्राप्त गर्न सक्नुहुन्न। तपाईं सबै मानिसलाई केही समय मूर्ख बनाउन सक्नुहुुन्छ। केही मानिसलाई हरसमय मूर्ख बनाउन सक्नुहुन्छ तर सबै मानिसलाई सधैँ मूर्ख बनाउन सक्नुहुन्न। हामीलाई प्रजातन्त्रको परिभाषा सिकाउने अव्राहम लिंकनका शब्द यिनै हुन्।