यस वर्षको दसैं भोलिदेखि सुरु हुन्छ। अघिल्ला वर्षहरूजस्तै यस पटक पनि दसैं धेरै पशु मार्ने र तिनको मासु खाने चाड हुनेछ। मासुको यही अति उपभोगले उपभोक्ताको ज्यान र धनमा हानि पुर्याउने निश्चित् छ। नेपालमा बढी चाडबाड पर्ने असोजदेखि मंसिरसम्म भालेजातका खसी, बोका, भेंडा, च्याङ्ग्रा, सुँगुर, बुंगुर, बँदेल, राँगो, खरायोजस्ता पशु बध गरिन्छ। त्यसैगरी कुखुरा, हाँस, परेवाजस्ता पंक्षीको पनि बध गरिन्छ। यस बखतको पशु बध र मासुको खपत हेर्दा नेपाली उपभोक्ता स्वाद मेट्न मरिमेट्छन् भन्ने देखिन्छ।
सुरक्षित उपाय नअपनाई बध गरिएका पशुको मासु खान योग्य छ कि छैन? पशु बध गरेपछि मासुलाई कसरी सुरक्षित रूपमा काटकुट गर्ने? कसरी उचित भण्डार र संचय गर्ने? कुन उपभोक्ताले रातो मासु खान हुने? कसले खान नहुने? कसले कतिसम्म मासु खान हुने? भन्ने बारेमा पर्याप्त छलफल भएको पाइँदैन। यसैले दसैंको मासु धेरैलाई मन्द विष हुन पुग्छ। अस्वस्थ तरिकाले पशु बध गरी काटेको र ठीकसँग नराखेको मासु मन्द विष हुन्छ। यस्ता मासुमा रहने सालमानेला ब्याक्टेरियाले उपभोक्ताको जीवन, स्वास्थ्य र सम्पत्ति ध्वस्त बनाइदिएको पाइन्छ। मासु काटेपछि चिसो नबनाई वा फ्रिजमा नराखी सोझै पकाउँदा यस्तो ब्याक्टेरियाले मानिसको जीव कोष नष्ट गर्न थाल्छ। यही कारणले भोज भतेरमा पकाएको मासु खाँदा धेरै बिरामी हुने गरेको मानिन्छ।
पशुको छनौटमा असावधानी, असुरक्षित बध र अवैज्ञानिक रखाइले मासु शरीरका लागि आवश्यक खाद्य वस्तुभन्दा दूषित खाद्य पदार्थ हुन पुगेकोे छ। त्यसमा पनि थोरै समयमा धेरै मासु खाइने हुनाले दसैं उपभोक्ताका लागि दशा हुने गरेको हो। क्षय रोग (टीबी) रोग भएको पशुको मासुबाट त्यसको जीवाणु मानिसमा सर्ने गरेको पाइएको छ। काँचो मासु खाँदा रेबिज रोग लागेको भेटिएको छ। कलेजो, पित्त, फोक्सोमा हुने रोग हाइड्रोजिलोसिस र मासु तथा जमिन मुनिका फलफूलमा पाइने मिर्गी रोगले पनि मानव शरीरमा प्रवेश पाएको छ। राँगा, भैंँसी, बोकाको रातो मासु खाँदा सामान्य मुटुका रोगी पनि गम्भीर र दीर्घरोगी भएको पाइन्छ। मासु खाँदा झाडापखाला लाग्नु र अपच हुनु सामान्य मानिन्छ। त्यसैले दसैंका अवधिमा अस्पतालमा अपचका बिरामीका लागि विशेष तयारी गरिएको हुन्छ।
स्वस्थ्य पशु छान्न नजानेको, असुरक्षित बध गरेको, काँचो मासु उपयोग गरेको र काटेपछि सुरक्षित रूपमा नराखेको कारणले मासन विषमा परिणत भएको रोग लागेपछि मात्र थाहा पहुन्छ। मासुका लागि पशु वा पक्षी छान्दा नाक रसिलो भएको, ज्वरो आएको, दिशा पातलो भएको, दिशाभित्र कीरा भएको, मुखबाट र्याल आएको, जीब्रोमा खटिरा भएको, खोकी लागेको हुनु हुँदैन। यस्तो पशुको मासु आफ्नो र परिवारको लागि रोगको स्रोत हो। उपभोक्ता यस विषयमा सचेत भएपछि मात्र मासु बजारबाट उपभोक्ता अधिकार संरक्षित गर्न सकिन्छ।
जनताको स्वास्थ्य कायम राख्न, मासुबाट सर्ने रोगबाट उपभोक्तालाई सुरक्षित राख्न, मासुमा मिसावट रोक्न, मासुको स्वाभाविक गुणलाई बिग्रन नदिन मुलुकहरूले मासु जाँच तथा बधशाला व्यवस्थापनका लागि छुट्टै विशेष कानुन बनाएको देखिन्छ। नेपालमा पनि पशु बधशाला र मासु जाँच ऐन, २०५५ र नियमावली तर्जुमा गरिएको छ। विडम्बना, नेपालमा ती कानुनहरू कार्यान्वयन भएका छैनन्। देशभर लागू गर्नुपर्ने त्यो कानुन सरकारले हेटौंँडा नगरभित्र मात्र लागू गर्दा पनि कार्यान्वयन हुन सकेन। उपभोक्ताको हितप्रति सरकार संवेदनशील नभएको यो उदाहरण हो।
यो कानुन कार्यान्वयन भएमा इजाजत नलिई र जाँच नगरी पशु बध तथा मासु बेचबिखन गर्न पाइँदैन। यसमा जाँच नगरी बध गरेको र रोग लागेर वा नलागी कालगतिले मरेको पशुको मासु बेचन नपाइने प्रावधान छ। त्यसैगरी ऐन लागू भएमा छालासहितको मासु पनि विक्री र उपयोग गर्न पाइँदैन। एउटा जातको भनी अर्को जातको मासु विक्री गर्न पाइँदैन। तौल बढाउने पदार्थ वा औषधि राखी विक्री व्यवस्था गर्न पाइँदैन। ऐन कार्यान्वयन नगरिएकाले अहिले मासुको व्यापार ठगीको अड्डा बनेको छ।
केन्द्रीय र स्थानीय सरकारले नगर तथा गाउँका ठाउँठाउँमा पशु बधशाला स्थापना गर्नुपर्ने हो। तर जनताको प्रत्यक्ष सरोकार भएको र जनस्वास्थ्यसँग सम्बन्धित तथा लागतका हिसाबले पनि बढी कारोवार हुने मासु बजारमा सरकारको उपस्थिति नै छैन। मासु व्यवसायीले नाफाबाहेक अरू केही हेरेको देखिँदैन। पशुपालकसँग सस्तोमा किनेर महंगोमा उपभोक्तालाई बेच्ने मात्र व्यवसायीको काम भएको छ। यसबाट पशुपालक र उपभोक्ता दुवै ठगिएका छन्। मासु बजारमा सरकारको उपस्थिति नभएसम्म उपभोक्ताले स्वस्थ मासु उचित मूल्यमा पाउने छैनन्। उपभोक्ता सचेत भई मासु बजारको अनुचित व्यापारिक क्रियाकलापको विरोध नभएसम्म सरकारमाथि दबाब सिर्जना हुनेछैन। अन्यथा मासु बजार सीमित मासु व्यवसायीबाट ठगी हुने मन्द विषको व्यापार रहिरहने छ।
मासु तौल गर्ने ढक, तराजुमा घाटी काट्ने, तौल सामाग्रीमा घटी तौल गरी बेच्ने नियतले टुक्रा निकाल्ने अहिले भएको कृयाकलाप तत्काल नियन्त्रण हुनुपर्ने हुन्छ। तर नेपाली मासु बजारमा यिनै अपराधले ठाउँ लिएको छ। जसको कारणले एकातिर उपभोक्ताले मासुमा मूल्य र गुणस्तरको ठगीको सिकार भई रहनु परेको छ।