असन्तुष्ट दलहरू संविधान सभा चुनावका लागि सहमत हुनु सकारात्मक संकेत हो। तिनले खोजेेको आत्मसम्मानको पुनर्बहालीमात्र हो तर त्यसका बाटा र तरिका सही छैनन्। नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा र उपेन्द्र यादव नेतृत्वको मोर्चाले उच्चस्तरीय राजनीतिक समितिसमक्ष राखेका मागले यिनै कुराको संकेत गर्छन्।
नेपाली राजनीतिमा विदेशी चलखेल, चारदलीय सिन्डिकेट, निर्दलीय सरकार जस्ता वैद्य माओवादीले धेरै अघिदेखि औँल्याएका समस्या सही हुन्। संविधान नबनी संविधान सभाको मृत्यु हुँदा शरीररूपी देशमा यस्तो इन्फेक्सन फैलेको हो। त्यही शून्य स्थितिमा विदेशी चलखेल र चार दलको सिन्डिकेटरूपी भाइरस सक्रिय भएको हो। यसको तत्काल उपचार प्रस्तावित मंसिर ४ को संविधानसभा चुनावरूपी एन्टिबायोटिकबाट मात्र सम्भव छ। तर ३३ दलीय मोर्चा यही निर्विकल्प उपचारलाई स्थगित गर्न खोज्दैछ।
रोग जरामा छ, टुप्पामा ओखती छर्केर निको हुँदैन। संविधान नबनी संविधान सभा विघटन भएर सारा समस्या आइलागेको कुरामा आन्दोलनरत् दल सहमत छन्। त्यसो हो भने संविधान सभाको यथासम्भव छिटो उपस्थितिबाट मात्र यो समस्या समाधान सम्भव हुन्छ। हो, बरु संविधान सभाको चुनाव भाँड्न नदिने, पहिलेजस्तो संविधान नबनी संविधान सभाको मृत्यु हुने स्थिति आउन नदिने वा संविधानको ग्यारेन्टीको आधार खोज्ने, संघीयता र शासकीय स्वरूपका विषयमा अहिलेदेखि प्रस्ट भएर सहमतिको वातावरण बनाउने मागमै केन्द्रित पो हुनुपर्थ्यो। त्यसका लागि अनेक असान्दर्भिक माग तेर्स्याउँदा मूल मुद्दै ओझेल पर्छ। एनेकपा (माओवादी) अध्यक्ष प्रचण्डले पोखरा पुगेर हतारमा भनिसके, 'वैद्यजीहरूको माग पूरा गर्न सकिन्न।'
वैद्यको अपमानबोध
माओवादीको चुनवाङ प्लेनमले संविधान सभा गठनको सर्तमा शाही शासनविरुद्ध संसदीय दलसँग सहकार्य गर्ने निर्णय गर्दा, दिल्लीमा बाह्रबुँदे सहमति हुँदा मोहन वैद्य भारतको जेलमा थिए। यी कुरामा उनले ऊबेलैदेखि स्वामित्वबोध गर्न सकेका थिएनन्। यही कारण माओवादीभित्र बेलाबेला भाँडभैलो हुने गरी अन्तर्द्वन्द्व चलिरहन्थ्यो। अझ गणतन्त्रसमेत दिल्लीसँग सम्झौतामै आएको बुझाइले उनको मनको बाँध भत्कन सुरु भएको थियो। त्यसमा उनलाई स्वामित्वबोध गराउन नसक्नु, उनको आत्मसम्मानमा लागेको चोटलाई सम्बोधन गर्न नसक्नु अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराई र अन्य दलका प्रमुख नेताको पनि कमजोरी थियो।
वैद्यले बेलाबेलामा त्यो असन्तुष्टि वेदनाका रूपमा प्रकट गरेकै हुन्। त्यसलाई एकप्रकारले दमन गर्ने काममात्र भयो। संविधान निर्माण प्रक्रिया र सहमति पालना गर्दै अगाडि बढे नेपालको प्रगतिशील रूपान्तरण सम्भव छ भन्ने वैचारिक लाइनमा प्रचण्ड र भट्टराई थिए। यो चुनवाङ बैठककै निर्णयको निरन्तरता थियो। पार्टी नफुट्दै वैद्य समूहले भने त्यसलाई सच्याएर अघि बढ्नुपर्ने ठानेको थियो। उसले माओवादी अत्यन्त अपमानजनक स्थितिमा रहेको महसुस गरेको थियो। सेना समायोजन, संविधान निर्माण प्रक्रियामा संस्थापन पक्षले गरेको सहमति अपमानजनक, आत्मसमर्पणमुखी र पुँजीवादी संस्कृतिमै विलय हुनेखालको भएको उसको आरोप थियो। क्रान्तिको मुहानबाट निस्केको पार्टी पुँजीवादी दलदलमा डुब्ने भय उसलाई थियो।
गरिबको राज्य ल्याउने सपनासहित जनयुद्ध गरेका तल्लो तहका कार्यकर्ता त्यतिखेर निराश भए, जब व्यावहारिक हुने नाममा माओवादीको साख पतन हुने जोखिम देखियो। जनयुद्धका घाइते, सहिद परिवार उपेक्षित भए। सुबसेन ओली, कुमार फुदुङ प्रवृत्तिले महत्त्वपूर्ण ठाउँ पायो। आखिर त्यसले पार्टी फुटको स्थितिसम्म निम्त्यायो। वैद्य माओवादीले त्यही अपमानबोधलाई प्रस्फुटित गर्दै आएको हो। आखिर उसको अपमानबोध कहाँसम्म चुलियो भने ऊ राष्ट्रियताका मामिलामा पूर्वराजासँग एकजुट हुने र संविधान सभाको मतपेटिका फोर्ने स्थितिसम्म पुग्यो। अन्य दल पनि अस्तित्वको यही अवहेलनाले असन्तुष्ट भएका थिए।
संविधानको ग्यारेन्टी
३३ दलीय मोर्चा र उपेन्द्र यादव नेतृत्वको मोर्चाले उच्चस्तरीय संयन्त्रसँगको वार्तामा खोजेको कुरा समावेशी संविधान सभा र संविधान बन्ने ग्यारेन्टीका आधार नै हुन्। यो राम्रो कुरा हो। पहिलो संविधान सभामा देशको अर्बौँ रुपियाँ खर्च भयो। अब अर्को अबर्ौँ रुपियाँ खर्च हुनेवाला छ। तैपनि संविधान बन्ने ग्यारेन्टी छैन। देशको समस्या समतामूलक लोकतान्त्रिक गणतन्त्रको ग्यारेन्टी गर्ने संविधान नबन्दा निम्तेको हो। संघीयता लागु भए पनि, समावेशी र समताको व्यवस्था भए पनि तिनको मर्म सम्बोधन भएन भने संविधान बने पनि समस्या यथावत् रहन्छ।
संघीयताको विवाद अघिल्लो संविधान सभाका लागि गलपासो बनेको थियो। नामांकन, सीमांकन र प्रदेशहरूको संख्या निश्चित हुन बाँकी थियो। ती समाधानै हुन नसक्ने मुद्दा थिएनन्। संघीयतामा जाने निर्णय भइसकेपछि यसको मूल मर्म स्थानीय सत्तालाई बलियो बनाउने, उत्पीडित र पाखा परेका वर्गलाई समताका आधारमा माथि ल्याउने अनि सबै भाषा, संस्कृति, क्षेत्र र वर्गको आत्मसम्मान उँचो पार्नेमा सबैको ध्यान केन्द्रित हुनुपर्थ्यो। त्यसमा कसैको ध्यान गएन। सबै पक्ष आ–आफ्ना अहम् स्थापित गर्नमै केन्द्रित रहे। खस बाहुन–क्षेत्रीलगायतले राज्यभित्रका कुनै पनि जातिको लोकतान्त्रिक हक छिनिन्न भने राज्यको नाम जे भए पनि फरक पर्दैन भन्ने सत्यबोध गरेनन्। जनजाति र सीमान्तकृत समुदायले भाषिक, सांस्कृतिक र समताको अधिकार ग्यारेन्टीलाई भन्दा एकजातीय पहिचान रटिरहे। यसैलाई निहुँ बनाएर दलहरू संविधान जारी नगरी संविधान सभा विघटन गर्ने स्थितिमा पुगे। संघीयताको मर्मविपरीत अधिकारका सूचीहरू केन्द्रीकृत नै बन्न लागेको स्थितिप्रति भने कसैको ध्यान पुगेको थिएन। अघिल्लो संविधान सभाको विषयगत समितिले भ्याट, भन्सार, अन्तशुल्क, संस्थागत आयकरजस्ता मुख्य राजस्वको तीन चौथाइ केन्द्रमै राख्ने अनि प्रादेेशिक व्यवस्थापिका तथा सरकार भंग गर्ने अधिकार पनि केन्द्रमै राख्ने व्यवस्था गरेको थियो। संघीयताको मर्मविपरीत यस्ता अरु पनि प्रावधान छन् जसलाई सच्याउनु अनिवार्य छ। संविधानको ग्यारेन्टी खोज्ने हो भने असन्तुष्ट दलहरूले यसतर्फ पो ध्यान दिनुपर्ने हो।
चार दलबीच गत फागुन ३० गते भएको ११ बुँदे सहमतिको बुँदा नं. ८ मा अघिल्लो संविधान सभाको कामको स्वामित्व लिइने प्रावधान छ। दोस्रो संविधान सभाले संविधान बनाउन सक्ने यो सबैभन्दा भरपर्दो आधार हो। १८ बुँदे मागले पनि यही आधार समाएको छ। यो अर्को राम्रो पक्ष हो। संविधान सभाका विषयगत समितिहरूले महिला, मधेसी, उत्पीडित, दलित, उपेक्षित वर्गको पक्षमा महत्त्वपूर्ण व्यवस्था गरेका थिए। संविधान सभामा सर्वसम्मतिले टुंगिएको प्रतिवेदनमा तिनीहरूको समताको अत्यन्त राम्रो व्यवस्था छ। अझ यो दलित वर्गका लागि त वरदानै साबित हुनेवाला छ। महिला, दलित, मधेसी, जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत, मुसलमान, अपांग, पिछडिएको वर्ग, किसान, मजदुर, उत्पीडित क्षेत्रलाई समानुपातिक र समावेशी सिद्धान्तका आधारमा राज्यका संरचना अनि सार्वजनिक सेवामा सहभागिताको हकको व्यवस्था छ। यी अनुपम उपलब्धि जोगाएरमात्र नयाँ संविधान बन्ने ग्यारेन्टीको आधार खोज्न सकिन्छ। ३३ दलीय मोर्चाको १८ बुँदे मागको बुँदा नं ५ देखि १२ सम्म यसमै केन्द्रित छ। त्यो अर्को सकारात्मक संकेत हो।
सहमतिको विन्दु
चारदलीय सिन्डिकेटले अन्य दललाई अपमानबोध हुनु स्वाभाविक हो। संविधान नबनी संविधान सभाको विघटनकै तिनकै कारणले भएको थियो। पछि निर्दलीय सरकार गठन गर्नेदेखि चुनाव गर्नेसम्मका निर्णय अरु दललाई सहमति र सहकार्यमा नल्याई गर्दा यस्तो समस्या आउनु स्वाभाविक हो। त्यसो भन्दैमा चार दलले गरेका सारा निर्णय खारेज गर्नुपर्छ भन्ने माग जायज होइन। त्यसो गर्दा देश फेरि संविधान सभा विघटन भएपछिको शून्य स्थितिमा फर्कन्छ।
संविधान सभाको औचित्य सकियो भन्ने निष्कर्षमा पुगिसकेको वैद्य माओवादी संविधान सभा चुनाव स्विकार्ने स्थितिमा फर्कनु सहमतिको दुरी साँघुरिएको संकेत हो। तर लक्ष्य मिलेपछि बाटो पनि सही हुनुपर्छ। बाटो उल्टो भयो भने लक्ष्य छलिन्छ। ३३ दलीय मोर्चाले समाउन खोजेको मार्ग लक्ष्यउन्मुख छैन। प्रस्तावित मंसिर ४ को चुनाव स्थगित गर्नुपर्ने कुनै कारण छैन। उसले सहमतिका लागि संविधानको ग्यारेन्टी र संविधान सभा चुनावसँग असम्बन्धित सर्त त्याग्ने साहस गर्नैपर्छ। यथासम्भव छिटो संविधान सभा चुनाव र संविधान बन्ने ग्यारेन्टी हुन्छ भने चारदलीय उच्चस्तरीय राजनीतिक समितिलाई विघटन गर्न सकिन्छ। अथवा यसलाई मुख्य दलहरूका शीर्ष नेता रहने गरी पुनर्गठन गर्न सकिन्छ। चार दलबीचका सहमतिमा सुधार गर्दा फरक पर्दैन। समावेशी बनाउन संविधान सभाको पुरानै पदसंख्या कायम गर्न सकिन्छ। मुख्य कुरा, सिन्डिकेट चलाएको र अन्य दलको अस्तित्वको अवहेलना गरेकामा चार दलले विनम्रतापूर्वक माफी मागेर मध्यमार्गको बाटो खोज्नु जरुरी छ।