संसद्को बैठक दसैँभरका लागि स्थगित भएको छ। संविधानसभा त यसै पनि स्थगित नै छ। समितिका बैठक पनि कोगाज्रत पूर्णिमासम्मका लागि रोकिँंदैछन्। राजनीतिक दलहरू स्थानीय स्तरमा चियापान, पुनर्मिलन कार्यक्रमजस्ता समारोह गरेर दसैँ मान्ने तयारी गर्दैछन्।
गाउँघरका बाबुआमा, काकाकाकी, गुरुवर्गजस्ता मान्यजनका अगाडि आफूलाई माननीय भनाएर यसपटकको दसैँमा पनि निकै भाषण चुटिनेछन्। समारोहमा प्रमुख अतिथि बन्न ६ सय १ मध्येका अधिकांश सभासद् त्यहाँसम्म पुग्नेछन्। भाषण गरेर दसैँ मान्ने परम्परा बोकेका नेपाली कम्युनिष्टमध्ये केहीले क्रान्ति, मुक्ति र बलिदान गर्न तयार रहेको बताउलान््। अलि नरमपन्थीले सामाजिक परिवर्तन र रूपान्तरणको नेतृत्व आफूले मात्रै गर्नसक्ने भन्दै चुनावै नआएको भए पनि 'भोट माग्नसमेत' लाज मान्ने छैनन्। बेमौसमका बाँसुरी धेरै बज्नेछन्। कम्युनिष्टले मुलुक खाए भन्दै आफ्नो नालायकी ढाक्ने प्रयास गैरकम्युनिष्ट दलका सभासद्ले पनि गर्नेछन्।
परिवर्तनका लागि जनआन्दोलनमा सरिक भएका सर्वसाधारणमा उनीहरूको व्यवहारले वितृष्णा नै बढाउने छ। जनताका मनमा प्रश्न छ- के दियो गणतन्त्रले? जीवनमा कहाँनिर पर्यो परिवर्तनको प्रभाव? कति सजिलो भयो त संघीय लोकतान्त्रिक गणतन्त्रमा दसैँ मनाउन? गणतन्त्रको दोस्रो दसैँमा पनि राणा र शाहकालका कठिनाइभन्दा होलो भएको छैन।
तीन वर्षअघि 'शाही शासन' मै किनेको भोटो र कछाडले दसैँै मान्नुपर्ने अवस्थाका वृद्धले सभासद्लाई सोध्नेछन्, 'के गर्नुभो त माननीयज्यू, वर्षदिनका उपलब्धि?'
वर्षदिनका उपलब्धिको हिसाबकिताब माग्ने अधिकार स्थायी शान्ति स्थापनाका लागि, नयाँ संविधान लेख्न, सुशासन गरी नेपालीको जीवनमा परिवर्तनको आभाष दिलाउन भोट खसालेका ती वृद्ध बाआमालाई। खाउँ-खाऊँ लाऊ-लाऊँ उमेरको जवान छोरो बिनाकारण गुमाउनुको पीडा बिर्सेर शान्तिप्रक्रियालाई सघाएका थिए। मार्ने र मारिने दुवैका प्रतिनिधि सभासद्ले के सुनाउलान् त उपलब्धिका कथा?
सभासद्का वर्षदिनका उपलब्धि यत्ति छन्- संसद् अवरोध, संसद् बहिस्कार र संविधानसभाको कार्यतालिका हेरफेर। परिवर्तनको लडाइँमा काख र कोख रित्तिने, खुसी र बैंस गुमाउनेले के पाए? ०६७ जेठ धेरै नजिक आइसकेको छ। तोकिएको संविधान लेख्ने काम त्यतिञ्जेल नसकिएमा सारा उपलब्धि शून्यमा झर्नेछ। मारिएका र बेपत्ता पारिएका आत्माको अपमान हुनेछ। जनआन्दोलनमा बगेका रगत र पसिना खेर जानेछ। त्यसैले ती मतदाताले भन्नेछन् - तोकिएको तिथिमा संविधान जारी नगरेमा फेरि मुख देखाउन नआउनू। संसद् सधैं अवरुद्ध गर्नु थियो भने किन भोट मागेको? संसद्को बैठक नै नचाहिने हो भने किन सांसद् बनेको? संविधान लेखन कहाँ पुग्यो? आफैंले बनाएको कार्यतालिका छ पटकसम्म फेरबदल गर्दा पनि त्यसअनुसार संविधान निर्माण गर्न नसक्ने जनप्रतिनिधि 'अक्षम' हो कि हैन? माओवादी, कांग्रेस र एमाले सबै दलका सभासद्लाई सबै गाउँ, टोल र मञ्चमा यस्तो प्रश्न सोधिने निश्चित् छ।
गतवर्ष दसैँमा त जसोतसो फुत्केका सभासद्ले यस वर्ष कुन पार्टीलाई दोष दिएर उम्कने भनेर पनि सोच्दै होलान्। हामीले त गर्न खोजेका, फलानोले दिएन? यसलाई जनाले पत्याउने छैनन्। कानुनले ६ सय १ जना सभासद्लाई समान हैसियत दिएको छ। राजनीतिक निकासका लागि ६ सय १ जनै प्रतिबद्ध हुनुपर्छ। ले नै भूमिका खेल्न सचेत पार्ने काम पनि मतदाताकै हो।
सबै दलका नेताले सहमति र सहकार्य नगरेसम्म संक्रमणकालको निकास निश्चय पनि संभव छैन। तर, त्यसो भन्दै केही पश्चिम महेन्द्रनगर पुग्छन्, कोही पूर्वको काकडभित्ता। कोही तनहूँ पुगेर त कोही बिराटनगर गएर छाँट्छन्। चितवनदेखि हङ्कङ र न्यु योर्क पुगेर पनि यस्तै ओठेमन्त्र जप्ने सभासद् नै हुन्। तर, साँच्चै अपरिहार्य नै सहमति र सहकार्य नै हो भने सबैले सहमति जनाएको उच्च संयन्त्र निर्माण गर्न गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल र झलनाथ खनाल प्रधानमन्त्री माधवकुमार नेपालसहित किन एकै ठाउँ बसेर निकास निकाल्दैनन्? मतदाताले खबरदारी गर्नेछन्। सभासद्मार्फत् 'शीर्ष नेता' समक्ष दवाब पठाउनुपर्छ।
आदेश दिने त जनता हुन्। यसैले त संविधान निर्माण जनादेश भनिएको हो। सभासद्लाई भन्नुपर्छ, दलहरूबीचको अविश्वासका कारण परिवर्तनको गति रोकिन सत्तै्कन। खुल्ला छलफल र बहसबाट मात्र लोकतन्त्र सबल हुन्छ। त्यसको सुनिश्चितताका लागि राजनीतिक पद्धति संस्थागत गरिनुपर्छ। अन्यथा अर्को दसैँमा ंहाम्रो अवस्था अहिलेभन्दा पनि खराब हुनेछ। किनभने अर्को दसैँमा संविधान बनाउने २ वर्षको समयावधि समाप्त भैसकेको हुनेछ।