गत साता नागरिक दैनिकमा मेरो लेख 'पूर्व राजालाई खुलापत्र' प्रकाशित भएपछि व्यापक प्रतिक्रिया जनाइए। मलाई पठाइएका इमेल, फेसबुक सन्देश अनि यसै पत्रिकाको वेबसाइटमा व्यक्त अधिकांश प्रतिक्रिया सकारात्मक रहे। तर लेख छापिएको पर्सिपल्ट नागरिक दैनिकमा सो लेखबारे छापिएका प्रतिक्रिया भने बढी आलोचनात्मक थिए । तिनमा लेखको मूल भावभन्दा त्यसमा प्रयुक्त शब्दहरू र पूर्व राजालाई सो पत्र लेखेकोमा आक्रोश पोखिएको थियो। ती प्रतिक्रियाले लेखबारे व्यक्त आमधारणालाई प्रतिनिधित्व नगरेपनि यस दैनिकले दिएको महत्व र त्यसमा व्यक्त विचारले हाम्रो समाजको चरित्रलाई धेरैहदसम्म प्रतिविम्बित गर्छ। त्यसैले यो लेख लेख्नु उपयुक्त संझेको छु।
हाम्रो समाज अधिकांश स्थितिमा तपसिलका विषयमा रुमल्लिँदै आएको छ। हाम्रालागि सारभन्दा शब्द महत्वपूर्ण हुनेगरेका छन्। त्यसैले विकास होइन, हामीलाई दस्तावेज स्तरीय चाहिएको छ। मानौं, स्तरीय दस्तावेज तयार गरेपछि विकास आफैं हुन्छ। चर्को मूल्य वृद्धिका कारण, बहुसंख्यक नेपाली यो दसैं मनाउनै नसक्ने अवस्थामा छन्। तर काठमाडौंमा देश चलाउनेमध्ये कसैको बहस राष्ट्रिय झण्डा फेर्नेमा, कसैको ध्यान जसरी पनि सरकार जोगाउनेमा, कसैको ध्येय छोरीलाई उपप्रधानमन्त्री बनाउनेमा र कसैको लक्ष्य सरकार फेर्नेमा केन्द्रित छ। सरकार फेरिएपछि, सरकारमा जान नपाउनेको ध्यान फेरि सरकार फेर्नेमै केन्द्रित हुनेछ। सबैको लक्ष्य देश बनाउनेमा होइन सरकार बनाउनेमा सीमित छ।
हामी ठोस कामभन्दा तातो बहस मन पराउँछौँ। हामी परिणामभन्दा पदलाई महत्व दिन्छौं। हाम्रो लक्ष्य सधैँ पद र पैसा भए। त्यसैले स्कुल, विश्वविद्यालय र बृद्धाश्रम निर्माण गर्न करोडौँको सम्पत्ति दान दिने दाङका टेकनाथ गौतमलाई धेरै कम नेपालीले चिन्छन् तर पद र पैसा भएका समाजमा केही योगदान नगरेका ठालुहरूको भने देशभर राम्रो परिचय छ। राजधानी काठमाडौंबाट ३१ र ४१ किलोमिटरमात्र बाहिर निस्किएपछि देशका अधिकाँश भाग आजभन्दा २ सय ५१ वर्षअगाडि जस्तो थियो, अहिले पनि त्यस्तै छ भन्ने थाहा हुन्छ। यसमा राजा र राजनीतिज्ञको मात्र होइन, हामीजस्ता अलिकति लेख्नपढ्न जानेका सबैको दोष छ। हामीले राम्रोलाई प्रवर्धन गर्न सधैं कन्जुस्याईं गर्यौँ। मन नपरेका सबैलाई दानव बनायौँ। परिस्थितिलाई सदा उल्टो आँखा र उल्टो विवेकले हेर्यौँ। कसरी बहकियौंभने हामी पट्टी लगाएको घोडाभन्दा कम भएनौ। सम्पूर्णतामा होइन, परिस्थितिको आंशिक व्याख्या गर्यौँं। असल र खराब, प्रकृतिको अकाट्य नियम हो, त्यो पुष्पकमल दाहाल (प्रचण्ड)देखि, गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, उपेन्द्र यादव र पूर्व राजासम्म सबैमा लागू हुन्छ भन्ने सत्य हामीले सधैं अस्वीकार गर्यौँ। फलतः सधैं नकारात्मकतालाई मात्र हेर्र्यौं जसका कारण समाजमा घृणा यति बढ्यो कि हामीले आफू र आफ्ना पक्षधरबाहेक अरू सबलाई वैरी देख्यौं। समाजमा घृणाले घृणा कति बढाइदियो भने आफन्त, साथीभाइ र छिमेकीसमेत त्यसको सिकार भइसके। समाज, सिङ्गो देश, त्यसको सिकार भइसक्यो। तैपनि अझै हामीले छिः छिः र दूर दूरको संस्कार छोडेका छैनौ। नराम्रोको आलोचना गर्नु एउटा कुरा हो तर आलोचित व्यक्तिलाई राम्रो कामका लागि प्रेरित पनि नगर्नु संकीर्णता हो।
अर्बपति पूर्व राजालाई लेखेको पत्र त्यही संकीर्णताबाट अलिकति माथि उठ्ने प्रयास थियो। त्यस्ता पत्र मैले अन्य व्यक्तिलाई पनि सार्वजनकि र व्यक्तिगतरूपमा लेखेको छु र कतिबाट सकारात्मक परिणाम पनि आएका छन्। त्यसबाट मलाई हैन सानै स्तरमा किन नहोस् विकट गाउँका गरिबलाई सहयोग पुगेको छ। यस पटक मेरो पत्रको मूल सार, पूर्व राजाले बृहत् कल्याणकारी काम गरून् जसले उनलाई बाँकि जीवनमा आध्यात्मिक शान्ति मिलोस् र हामीजस्ता शब्दमा तर्क गरेर सान देखाउने गच्छे भएकाहरू होइन, खानलाउनै धौधौ हुने, छोराछोरीलाई स्कुलसम्म पठाउन नसक्नेलाई सहयोग पुगोस् भन्नेे उद्देश्य थियो। पूर्व राजाको रुचि त्यसमा नभए, वागमति घाट सफाइ र पार्क निर्माण जस्ता धार्मिकसामाजिक काम होस् भन्ने चाहाना थियो। तर अफसोस, आलोचकहरूको आँखा सरकार, हजुर र बक्स्योस्मा केन्द्रित भए। त्यति मात्र हैन उनीहरूले लेखसँग असम्बन्धित मेरो जीवनका अरू पाटालाई समेत आलोचनामा मुछेका छन्, जुन सम्पादकीय दृष्टकोणबाट पनि छाप्नु अनुपयाुक्त हुनजान्थ्यो। तर, त्यो पत्र लेखक र सम्पादकहरूको मात्र दोइन समाजको समग्र नकारात्मक मानकिसताको प्रतिविम्ब हो। पत्र लेखकहरूले त्यसमा राजतन्त्र जगाउने षडयन्त्र देखे। हसनत, पत्रमा नै कडा शब्दहरू प्रयोग गरेर बिग्रिएको राजनीतिको धमिलो पोखरीमा राष्ट्रवादको बल्छी फ्याँकेर गुमेको मुकुट फर्काउनेतिर ध्यान केन्द्रित नगर्न सुझाव दिइएको थियो। 'राजनीतिज्ञहरूको कवुद्धि तन्किँदै गयो भने राजतन्त्र आफैं फर्किने छ,' भन्ने त नेताहरू नै अनौपचारिक कुराकानीमा भन्ने गर्छन्।
यस लेखमा गरिए झैं, तेस्रो व्यक्तिको रूपमा उल्लेख गर्दा, पूर्व राजा या राष्ट्रपति कसैलाई पनि 'उनी' भन्नु अपमान हुँदैन। तर जसरी साह्रै घृणा गरेपनि घुस्याहा नेतालाई प्रत्यक्ष भेटमा या उनलाई सिधै लेखिएको पत्रमा 'तँ' भनेर सम्वोधान गर्नु अनुपयुक्त हुन्छ, त्यसैगरी मेरा दृष्टिमा हाम्रो भाषाको परम्परागत तहका कारण आफ्नै देशको पूर्व राजालाई व्यक्तिगतरूपमा लेखिएको पत्रमा 'तपाईं' भनेर सम्बोधन गर्नु अनुपयुक्त हुन्छ। भारतका पूर्व राजाहरू, पाकिस्तानका पूर्व नबाबहरू र बेलायतका पूर्व राजपरिवारका सदस्यहरू सबैलाई उपल्लो स्तरको भाषा प्रयोग गरिन्छ भने, म नेपाली हुँ, एकचोटी महागल्ती गरे भन्दैमा, प्रतिकारबिना गद्दी छाड्ने तर देश छोडेर जान नचाहने आफ्नो देशको पूर्व राजालाई 'हजुर' भन्न अनुपयुक्त हुनै सत्तै्कन। तर त्यसो भन्नु गलत हुन्छ भनेर विमति राख्नेको धारणालाई पनि म सम्मान गर्छु। त्यसको निन्दा गर्ने पक्षमा म छैन। नेपाली भाषामा जस्तो आदरार्थी शब्दको तहहरू नभएकै राम्रो हो भन्नेमा भने कुनै विमति छैन। त्यस्तो परिवर्तन आउन समय लाग्छ।
म त भन्छु पूर्व राजा वा उनको जति सम्पत्ति भएको कुनै पनि धनाढ्य व्यापारी या कुनै धनी राजनीतिज्ञले, गरिबहरूका लागि विकास क्षेत्रमा पाँचवटा बुढानिलिकण्ठस्तरका विद्यालय स्थापना या पाँचवटा अस्पताल निर्माण गरिदिने अग्रसरता लिन्छन् भने, म तिनलाई 'हजुर'को गजुर लगाउनेमात्र होइन, देउतै मानेर पूजा गर्न तयार हुनेछु। त्यस्ता नेपाली सयजना निस्किए भने यो देश आफैं बन्छ। म सार्वजनिकरूपमा तिनको पाउ नै छुन पनि तयार हुनेछु। तिनले विगतमा के, के गल्ती गरे भनेर म केलाउने पक्षमा छैन। चोरले पनि चोर्न छोडेर राम्रो काम गर्छु भन्यो भने उसलाई प्रेरित नै गर्नुपर्छ। विगतको छिद्रान्वेषण गर्ने हो भने त, पूर्व राजा ज्ञानेन्द्रमात्र होइन कतिपय प्रधानमन्त्री र मन्त्रीहरूलाई जेल हाले हुन्छ। के त्यसो गर्नु उपयुक्त होला? धनाड्य समाजसेवीहरूले बनाइदिएका कयौं अस्पतालमा उपचार गराउनै नगए हुन्छ, किनभने, धन कमाउन तिनले कर छलेको र कयौंलाई घुस खुवाएको हुनुपर्छ। त्यतिमात्र होइन, हामीले दिनदिनै पढ्ने कयौं पत्रपित्रका पनि नपढे हुन्छ, किनभने, एकपल्ट देशका वरिष्ठ सम्पादक तथा प्रकाशक कुन्द दीक्षितले भन्थे, 'तपाईं विश्वास गर्नोस् या नगर्नोस्, यो देशमा एउटाबाहेक कुनै पनि पत्रिका नाफामा छैन।" भनेपछि, एकदिन होइन, दुईदिन होइन, वर्षौंसम्म घाटा खाएर यति ठूलाठूला, यति धेरै पत्रिका यो देशमा कसरी चलिरहेका छन् भन्ने प्रश्न उठ्छ।
हामी वर्णनै गर्न नसकिने गरी नकारात्मकतामा डुबेका छौं। प्रत्येक व्यक्तिको नियतप्रति हामी कति सशंकित छौं भने हाम्रो दिमागले विमति राख्ने सबैलाई स्वार्थी, पश्चगमनकारी, प्रतिक्रियावादीबाहेक अरू केही देख्दैन। दुःखलाग्दो कुरा त के भने, सञ्चारमाध्यमले पनि नकारात्मकतामा केन्द्रित हुनुलाई नै आफ्नो धर्म संझिएका छन्। त्यसैको परिणाम हो यस दैनिकमा छापिएको मेरो लेखबारेका अप्रासांगिक टिप्पणीहरू। नागरिक दैनिककै वेभसाइटमा त्यति धेरै प्रशंसापूर्ण प्रतिक्रियाहरू हुँदाहुँदै, लेखको मूल भावसँग मेलै नखाने विषयका पत्रहरू छापियो। किनभने सम्पादकहरूको निष्कर्ष त्यस्ता प्रतिक्रियाले पाठकको ध्यान मज्जाले आकर्षित गर्छ भन्ने रह्यो होला।
यो नकारात्मक मानसिकतालाई, सारमा होइन रूपमा रुमल्लिएको सोचलाई, तत्वभन्दा तपसिल केन्द्रित राजनीतिलाई हामीले, र अझ खासगरी सञ्चारकर्मीले, बदल्न प्रयास नगर्ने हो भने, हाम्रो देश र हाम्रो समाजमा न कहिले शान्ति आउने छ, न गणतन्त्र या जनगणतन्त्र नै संस्थागत हुनेछ। न यहाँ कहिले कसैले शान्तिले शासन गर्ने पाउनेछ। अनि हामी सभ्य, तर्कसंगत र सन्तुलित आलोचना होइन, सधैं एकले अर्कोलाई गाली गरेर, एकले आर्कोको आंगको छारो उडाएर, हिलो र फोहोरमा घसि्ररहने छौं। देश चाहिँ जहाँको त्यहीँ रहिरहने छ या अझै खत्तम भएर जानेछ।