भारतका प्रधानमन्त्री मनमोहन सिंहले हालै भारतीय सुरक्षा अधिकारीको सम्मेलनमा भारतीय माओवादीले नेपाललाई आधार बनाएर भारतमा हिंसात्मक गतिविधि गरेकाले सावधान हुन निर्देशन दिएका छन्। प्रधानमन्त्री सिंहको यस अभिव्यक्तिप्रति नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छैन। भारतमात्र होइन चीनले पनि नेपाललाई आधार बनाएर तिब्बतमा अशान्ति मच्चाउन खोजिएको आरोप लगाउने गरेको छ। नेपाली जनता नै शान्ति सुरक्षाको अभावबाट आहत भइरहेका समयमा दुवै छिमेकीले यस्तो गुनासो र चिन्ता सार्वजनिकरूपमा नै गरेका छन्।
दोस्रो जनआन्दोलनपछि नेपालमा भारत र चीनको चासो ह्वात्तै बढेको छ। महिनैपिच्छे दुवै देशबाट प्रतिनिधि मण्डल नेपाल आउने गरेका छन्। भारतको प्रतिनिधि मण्डल फर्केको साता नि नबित्दै चिनियाहरू आइसकेका हुन्छन्। यो क्रम पालै पालो चालु रहेको छ। यस शताब्दीको प्रारंभदेखि नै आर्थिक र सामरिक प्रतिस्पर्धा गरिरहेका छिमेकी राष्ट्रहरूले नेपालका बारेमा यति धेरै चासो लिनु खुसीको कुरा पनि हो तर यस्ता भ्रमणको उद्देश्य प्रचार गरिएजस्तै सद्भाव र मित्रता बढाउनु मात्र होला र? अथवा युगान्तकारी परिवर्तनपछिको संक्रमणबालीन कमजोर नेपालमा आआफ्ना राष्ट्रिय स्वार्थका एजेन्डा नेपालमा स्थापना गराउनु यिनको उद्देश्य होला?
सन् १९८० को दशकमा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीले चीन भ्रमण गरेपछि मथ्थर हुँदै गएको भारत र चीनको सीमा विवाद केही समय यता पुनः चर्कन थालेको छ। भारतीय संचार माध्यमले केही समय यता संचार गरेका समाचारअनुसार भारतको अरुणाञ्चल प्रदेश र लद्दाखमा चीनिया सुरक्षा सेनाबाट पटक पटक अतिक्रमण भइरहेको छ। हालै हातहतियार बोकेको एउटा विदेशी विमान तेल हाल्न कलकत्तामा ओरालिएपछि मात्र भारतीय सुरक्षा एजेन्सीले थाहा पाउनु र एक जना चीनिया विद्वान्ले आफ्नो वेब साइटमा भारत चाँडै नै २०/३० टुक्रामा विभाजन हुने र सन् २०१२ सम्ममा चीनले आक्रमण गर्नेछ भन्ने बेहोराको उत्तेजक सामग्री प्रचारप्रसार गर्नुले भारत र चीनबीचको सम्बन्ध चिसिएको प्रष्ट भएको छ। अरुणांचलको विवादित क्षेत्रमा दुवैतर्फका सीमा सुरक्षामा खटिएका सेनालाई सतर्कतामा राखिनु र सन् १९६२ को युद्धपछि बन्द रहेको त्यहाँको सैन्य विमानस्थल पुनः चालु गर्ने भारतीय स्थल सेनाध्यक्षको घोषणाले पनि भारत र चीनबीच सीमा विवाद चर्कने आशंका जन्मिएको छ। भारतीय सुरक्षा विशेषज्ञले बर्माको सैनिक सरकार चीनको समर्थनमा टिकेको, नेपालको सीमासम्म चीनले रेलमार्ग बनाउन लागेको, पाकिस्तानलाई पहिलेदेखि नै भारतविरुद्ध उक्साइरहेको र श्रीलंकाको तमिल विद्रोह दवाउन न्यून मूल्यमा हात हतियार उपलब्ध गराएर भारतप्रति सबै छिमेकीमा अविश्वास पैदा गराई एक्लो पार्ने रणनीति अख्तियार गरेको आरोप लगाउने गरेका छन्। भारत र चीनबाट नेपालमा भइरहेका प्रतिनिधि मण्डलहरूको भ्रमणलाई उपर्युक्त पृष्ठभूमि र घटनाक्रमको शृंखलाभन्दा भिन्नरूपमा हेर्नु उचित हुँदैन।
नेपाल संक्रमण कालमा छ। आजको कमजोर अस्थिर राजनीतिक परिस्थितिबाट फाइदा उठाउन दृश्य र अदृश्य शक्तिको चलखेल हुनसक्छ भन्नेतर्फ सतर्क नरहे नेपालको शान्ति र स्थिरतामा प्रतिकूल प्रभाव पर्नेछ। हालै प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणका समयमा भारतले पाकिस्तानी जासुसी संस्था आईएसआईले नेपाललाई आधार बनाएर भारतमा भारतीय नक्कली नोट पठाउने र आतंकवादी गतिविधि संचालन गर्न अन्तर्राष्ट्रिय आतंककारी प्रवेश गराउने गरेको आरोप लगाउँदै त्यस्ता गतिविधि नियन्त्रण गर्न र भारतविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन दह्रो प्रतिबद्धता खेाजेको थियो। यसैगरी परराष्ट्रमन्त्री सुजाता कोइरालाको चीन भ्रमणमा पनि नेपाललाई आधार बनाएर विभिन्न शक्ति केन्द्रले तिब्बतमा गडबडी मच्चाउने गरेको दाबी गर्दै त्यसलाई कडाइपूर्वक नियन्त्रण गर्न नेपालसंग आग्रह गरेको थियो।
नेपालको भूमिबाट आफ्नो मुलुक असुरक्षित भएको गुनासो व्यक्त गर्ने दुवै छिमेकीबाट नेपालप्रति समान व्यवहार र सम्मान भनेे पाउन सकिएको छैन। विगत १२ वर्षमा हाम्रा प्रधानमन्त्रीले ६/७ पटक भारत भ्रमण गरेका छन् तर सार्कको शिखर सम्मेलनमा भाग लिन तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयी अएबाहेक अरू प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका छैनन्। यसै गरी चीनले पनि आफ्ना गुनासा राख्ने तर नेपाललाई महत्व दिएर व्यवहार गर्ने गरेको पाइँदैन। परराष्ट्रमन्त्री सुजाता कोइरालाको चीन भ्रमणमा पटकपटक अनुरोध गर्दा पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट हुन सकेन। चीनका सरकारी र गैरसरकारी प्रतिनिधि मण्डलले हाम्रा वरिष्ठ पदाधिकारीलाई चाहेकोबखत भेट्ने र आफ्ना गुनासा राख्ने गर्छन्। परराष्ट्रमन्त्रीको चीन भ्रमणभन्दा केहीअघि चिनिया कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य नेपाल आउँदा हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीदेखि उच्च पदस्थ पदाधिकारीसँग उनको भेट भयो।
भारत र चीन दुवैले नेपालबाट खतराको आशंका गर्दै सुपूर्दगी सन्धिको प्रस्ताव राखेका छन्। भारतका परराष्ट्र सचिवको पछिल्लो नेपाल भ्रमणमा सुपूर्दगी सन्धिमा हस्ताक्षर गर्न जोड दिइएको थियो। केही वर्षपहिले नेपालबाट भारतीय विमान अपहरण भएदेखि भारतले यस्तो सन्धिको प्रस्ताव गरेको हो र यस सम्बन्धमा धेरै चरणमा छलफल भइसकेको छ। भारतमा अपराध गरेर नेपाल पस्ने तेस्रो मुलुकका नागरिकलाई भारतमा सुम्पनुपर्ने जस्ता विषयमा नेपालले निर्णय लिन नसकेर सुपूर्दगी सन्धिमा हस्ताक्षर नभएको हो।
नेपाल र चीनबीच मैत्री सन्धि हुँदाहुँदै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको चीनको भ्रमणका बेला हस्ताक्षर गर्ने गरी चीनले सुपुर्दगीको समेत उल्लेख भएको नयाँ सन्धिको प्रस्ताव गरेको थियो। दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएकाले उनको चीन भ्रमण हुन सकेन। निकट भविष्यमा हुने प्रधानमन्त्री माधव नेपालको चीन भ्रमणमा नयाँ सन्धिमा हस्ताक्षर गर्नमा जोड दिइने सम्भावना छ। नेपालबाट तिब्बतमा हुने विदेशी घुसपैठ रोक्न नेपालले उत्तरी सीमानामो सशस्त्र प्रहरी राख्न र त्यसलाई आवश्यक पर्ने हतियार र सामग्री खरिद गर्न चीनले सहयोग गर्ने प्रस्ताव यही क्रममा आएको हो।
चीन र भारतबीच यता आएर ह्वात्तै बढेको 'प्रोपोगण्डा वार'मा नेपाललाई तान्ने कोसिस भइरहेछ। भारतलाई निल्न 'ड्र्यागन' नेपालको सीमामा आइसक्यो अब छिट्टै नेपालमा रेलमार्ग आउँदै छ भन्ने प्रचार गरेर भारतीय संचार माध्यमले भारतीय जनतालाई नेपाल पूरै चीनको पोल्टामा परिसकेको सन्देश दिन खोज्दैछन्। चीनबाट आउने सरकारी र गैरसरकारी प्रतिनिधिमण्डलले पनि बारंबार 'नेपालमाथि वाह्य हस्तक्षेप भएमा, सामरिक र आर्थिक सहयोग गर्न हामी तयार छौँ। त्यस्तो हस्तक्षेप चीनको लागि सह्य हुने छैन' भनी चीनले आफैँ नेपालको अभिभावकत्व ग्रहण गरेको प्रचार भइरहेछ।
संक्रमणको चरणमा रहेको नेपालमा पुराना धेरै मान्यताहरु चुँडिएका छन् र नयाँ मूल्य र मान्यता स्थापित हुन सकेका छैनन्। दशक लामो द्वन्द्व तात्विक परिणतिमा नपुगेको वर्तमान अवस्थामा आन्तरिक अशान्ति र अराजकताले हाम्रो सामाजिक सद्भाव खल्बलिने हो कि भन्नेमा नेपाली जनता चिन्तित छन्। यसको मतलब नेपालमा वाह्य हस्तक्षेप हुनैलाग्यो वा त्यसलाई असफल पार्न हामीलाई कसैको संरक्षण चाहियो भन्ने होइन। सत्ताबाट विस्थापित अतिदक्षिणपन्थी तत्वले 'नेपाल चाँडै लेबनान बन्दैछ' भन्ने अनर्गल प्रचार गरेर छिमेकीलाई बढी सशंकित पार्ने काम गरेका छन्। नेपालको कुनै पनि सन्दर्भ लेवनानसँग तुलना हुन सक्तैन।
भारत र चीनसँग नेपालको अटुट सम्बन्धको तन्तु किन र कसरी कमजोर हुन पुग्यो? नेपालबाट आफू असुरक्षित भएको हाम्रा छिमेकीले महसुस गर्नु कतै नेपाल असफल राष्ट्र बन्नेतर्फ जान लाग्यो भन्ने उनीहरूको निष्कर्षका अभिव्यक्ति त होइनन्? हामी नेपाली यतिबेला अत्यन्त गंभीर हुनु परेको छ।
भारत र चीन दुवैको सहयोगबाट मात्र नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्न सक्छ। हाम्रो शान्ति सुरक्षा जसरी कमजोर भएको छ, त्यसप्रति सरकार, सत्तामा रहेका दलहरू संवेदनशील नभए भारत र चीन दुवैको सद्भावना हामीले गुमाउने छौंँ। नेपाल न भारतविरुद्ध प्रयोग हुनसक्छ, न त चीनविरुद्ध कुनै गतिविधि नेपालको हितमा हुनेछ। दुवै छिमेकीबाट बारंबार व्यक्त चिन्ता र गुनासो हटाउन सरकार गंभीर हुनु नै नेपालको हितमा हुन्छ।