असन्तुष्ट ३३ दलका १८ बुँदे मागमध्ये बुँदा नं ५ देखि १२ सम्मका मागले संविधान बन्ने ग्यारेन्टीको आधार खोजेका थिए। त्यो अत्यन्त सकारात्मक कुरा थियो। यो बेग्लै कुरा हो, तिनका अन्तर्वस्तुबारे बहस गर्न सकिन्थ्यो र आवश्यक फेरबदल गर्नुपर्ने हुनसक्थ्यो। निर्वाचन भाँड्ने नियत होइन भने यी बुँदा अझै मननीय छन्। पहिलो संविधान सभामा देशको अर्बौँ रुपियाँ खर्च भयो। अब अर्को अर्बौँ रुपियाँ खर्च हुनेवाला छ। तैपनि संविधान बन्ने ग्यारेन्टी छैन। देशको समस्या समतामूलक लोकतान्त्रिक गणतन्त्रको ग्यारेन्टी गर्ने संविधान नबन्दा निम्तेको हो। संघीयता लागु भए पनि, समावेशी र समताको व्यवस्था भए पनि तिनको मर्म सम्बोधन भएन भने संविधान बने पनि समस्या यथावत रहन्छ। वैद्य मोर्चाले यो संवेदनशीलता सम्बोधन गर्ने प्रयास गरेको हो। सर्वसम्मतिको चुनावलाई मनन गरेर पाँच दल वैद्य मोर्चालाई चुनावमा सामेल गराउने अन्तिम प्रयास गर्दैछ। मोर्चाको बुँदा नं. १२ मा पूर्ण समानुपातिक निर्वाचन हुनुपर्ने माग थियो। त्यसलाई सबै वर्ग, क्षेत्र, जाति, समुदायको प्रतिनिधित्वका लागि समानुपातिक सिट संख्या बढाएर संविधान सभा सदस्य संख्या पहिलेकै जति ६ सय १ पुर्याखइएको छ। वैद्य मोर्चालाई यो वातावरण तुलनात्मकरूपमा धेरै अनुकूल छ।
साध्य र साधन
संविधान सभामा फेरि पनि माओवादी, कांग्रेस, एमाले, मधेसी दलहरू नै मुख्य शक्तिका रूपमा उदाउने हुन् जो अघिल्लो संविधान सभामा मुख्य शक्ति थिए। अघिल्लो संविधान सभाले टुंगो लगाएका अधिकांश प्रावधान समतामूलक समाज निर्माणका लागि उपयोगी छन्। तिनको स्वामित्व चार दलले अस्विकार्नुपर्ने कुनै कारण छैन। त्यसमाथि चार दलबीच गत फागुन ३० मा सम्पन्न २५ बुँदे सहमतिको बुँदा नं. ८ मा प्रस्ट भाषामा यसको स्वामित्व लिइने प्रतिबद्धता छ। यस्तो अवस्थामा यी दुई पक्षबीच कुरा नमिल्नुपर्ने कुनै कारण थिएन र छैन।
युवा नेता विप्लवले एमाओवादीसँग एकीकृत हुने घुर्की देखाएपछि वैद्य संविधान बनाउने चोखो लक्षमा भन्दा घोषित मितिको चुनाव सार्ने र सरकारको नेतृत्व फेर्नेमा केन्द्रित भइदिए। निश्चित अवधिमा कुनै शिखरमा पुग्नु छ भने सबैभन्दा महत्वपूर्ण कुरा त्यहाँ पुग्नु नै हुनुपर्छ। त्यसका लागि मोटरबाटो जाने कि हिँडेर जाने, छोटो, ठाडो बाटो जाने कि लामो, आरामदायी बाटो जाने भन्ने विवादमा अल्भि्कनु हुँदैन। लक्षप्रति इमानदार मान्छेले सबैभन्दा सजिलो, सबैभन्दा सुरक्षित र सबैभन्दा छोटो बाटो रोज्छ। वैद्यको नियतमा शंका गर्नु जरुरी छैन किनभने उनले पनि गोलमेच सम्मेलनका लागि राष्ट्रपतिलाई गुहारेका हुन्। मनन गर्नुपर्ने के हो भने उनी लक्षप्रति भन्दा त्यहाँ पुग्ने बाटोको अनावश्यक विवादमा अलमलिए।
साम्यवादीहरुको एउटा आदर्श वाक्य छ, साधनभन्दा साध्य महत्वपूर्ण हुन्छ। अर्थात् बाटोभन्दा लक्ष महत्वपूर्ण हुन्छ जसरी फुटबलमा जितका लागि खेल कौशल देखाउनुभन्दा गोल गर्नु अनिवार्य हुन्छ। वैद्यचाहिँ साध्यभन्दा साधनलाई महत्वपूर्ण मानिरहेका थिए। अर्थात् गोलपोस्टमा छिराउनुभन्दा बल ग्राउन्डमा अल्झाइरहने रणनीतिमा अलिमलिइरहेका थिए। विपक्षीको गोलपोस्टनिर बल पुगेको छ भने नियमपूर्वक स्ट्राइकरले प्रहार गरे पनि हुन्छ, मिडफिल्डर, डिफेन्डर वा गोलकिपरले गरे पनि हुन्छ। मुख्य कुरा, ध्यान गोल गर्नमा केन्द्रित हुनुपर्छ। वैद्य कस्ता गुरु हुन् जसको ध्यान गोल गर्नभन्दा बल अलमलाइराख्न केन्द्रित छ? उनले आगामी संविधान सभाबाट संविधान बन्नैपर्ने आधार खोजेका थिए कि 'यथास्थितिवादी' चुनाव भाँड्न? प्रस्ट थियो, उनका यी गतिविधि चुनाव भाँड्नै केन्द्रित थिए। होइन भने उनले जनतालाई आफ्नो कुरामा विश्वस्त पार्न र बुझाउन सकेका थिएनन्। त्यो अन्ततः प्रगतिशील रुपान्तरणको नारा दिइरहेका उनकै पार्टीका लागि सबैभन्दा ठूलो घाटा थियो।
संविधान नबन्नु अहिलेको सबैभन्दा ठूलो समस्या हो भन्ने कुरामा वैद्य स्वयं विश्वस्त छन्। त्यसो भए संविधान सभाको यथासम्भव छिटो उपस्थितिबाट मात्र यो समस्या निदान हुन सक्छ भन्ने उनले आत्मसात गर्न ढिला भइसकेको छ।
भनिन्छ, सत्ता सरकारको हातमा हुन्छ। हाम्रो जस्तो मुलुकमा यो कुरा अर्धसत्यमात्र हुँदै आएको छ। अहिले प्रत्यक्ष देखिएको के हो भने रेग्मी सरकारको हातमा सत्ता छैन, सरकारमात्र छ। मन्त्रिपरिषद् अध्यक्ष भइकन पनि रेग्मीले आफूखुसी नभई चार दलको सिफारिसमा मन्त्रीहरु नियुक्त गरेका थिए। यसले प्रस्ट देखाउँछ, सत्ता चारदलीय संयन्त्रको पकडमा छ। तर, गहिरिएर हेर्ने हो भने नेपालको सत्ता नयाँ दिल्लीमा छ। त्यो बेइजिङ र वासिंगटनबाट पनि प्र्रभावित हुने गरेको छ। रेग्मी सरकार त आवश्यक व्यवस्था मिलाउने औजारमात्र हो। वैद्य माओवादीको विरोध सत्ताको यस्तो चरित्रतिर लक्षित छ। यो सकारात्मक कुरा हो। तर, यसलाई निर्मूल पार्न नसके पनि नियन्त्रण गर्ने हो भने ऊ स्वयं सत्ताको स्रोत बन्नु अनिवार्य छ। तत्काल यो तब सम्भव हुन्छ जब ऊ पाँच दलसँग सहमतिमा पुग्छ। यसो गरेर उसले तत्काललाई सरकारमा आफ्नो सिफारिसका केही मान्छे पठाउन सक्छ। चार दलबीचका सम्झौतामा केही परिवर्तन ल्याउन सक्छ। आगामी संविधान सभाबाट संविधान बन्ने ग्यारेन्टीको धेरै नजिक पुग्न सक्छ। गोलमेच सम्मेलन गरे पनि, दुई पक्षीय वार्ताबाट सहमतिमा पुगे पनि उसका लागि मात्र नभई देशको उज्ज्वल भविष्यकै लागि यी कुरा महत्वपूर्ण छन्।
वैद्य स्वयंलाई थाहा छ, राष्ट्रिय सहमतिको सरकार असम्भव छ। सम्भव भइदिएको भए बहालवाला प्रधान न्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिनु जरुरी थिएन। यस्तो अवस्थामा सरकार परिवर्तन र चुनाव स्थगनलाई गोलमेच सम्मेलनको सर्त बनाउने हो भने संविधान बन्ने आधार झन्झन् अनिश्चित हुँदै जान्छ। यता, चार दलले पनि अघिल्लो संविधान सभाले टुंग्याइसकेका प्रावधानको स्वामित्व लिने र संविधानका अन्तर्वस्तुमा सहमति गर्न लचिलो हुनु जरुरी छ। तोकिएको कार्यतालिकाअनुसार विवाद नटुंगिए बहुमतका आधारमा मतदानबाट छिनोफानो गर्ने र संघीयताको विवादलाई आवश्यक परेर जनमतबाटै टुंगो लगाउने प्रावधान दुवै पक्षलाई ग्राह्य हुन सक्छ।
अन्त्यमा
एकपल्ट बुद्ध डुंगामा बसेर नदी तर्दै थिए। त्यसै बेला एक चमत्कारी साधु पानीको सतहमा टेकेर नदीपारि पुगे। दुवै जना सँगसँगै किनारामा पुगे। साधुले नाक फुलाउँदै भने, 'क्या हो, आफूलाई सर्वज्ञ भन्ने बुद्धजी, तपाईँ त डुंगामा बसेर नदी तर्नुहुँदोरहेछ। म त पानीमाथि हिँडेरै आएँ।'
बुद्धले विनम्रतापूर्वक साधुसँग सोधे, 'हे साधु, हजुरलाई यो चमत्कार देखाउन कति वर्ष साधना गर्नुपर्योन?'
'धेरै होइन, मात्र बीस वर्ष', साधुले व्यंग्यपूर्वक भने, 'प्रवचन दिनजस्तै यस्तो चमत्कार देखाउन कहाँ सजिलो छ र बुद्धजी!'
'म मान्छु साधुज्यू, यो धेरै गाह्रो कुरा हो। अँ, यहाँबाट पारि पुग्न माझीले कति पैसा लिन्छ,?'
'कति लिन्छ र! दुई पैसा त हो नि!'
बुद्धले सोधे, 'त्यसो भए बीस वर्ष लामो साधनाबाट प्राप्त हजुरको चमत्कारको मूल्य केबल दुई पैसा रहेछ, होइन त?' बुद्धको कुरा सुनेर साधु लाजले भुतुक्कै भए।
चमत्कारी बाबालाई जस्तो लाजले भुतुक्कै हुने स्थिति वैद्य माओवादीलाई नआओस्। प्रस्ट छ, ऊ सहमतिमा नआए चुनाव हुन पनि सक्छ, नहुन पनि सक्छ। तर, दुवै स्थितिमा उसको लक्ष्य स्वाहा हुन्छ। संविधान सभा एक्सप्रेस छुट्नै लागेको छ। वैद्यजी, विप्लवलाई मनाएर मोर्चाका सेनाबेनालाई चढाइहाल्नुस्। गयो, गयो...ढ्याकढयाकढयाक....!