फुटबलले उघारेको पाटो
२२ भदौ २०७०
•
१२ मिनेट पाठ
फुटबलले उघारेको पाटो
ने..पाल... ने..पाल... ने..पाल... नारा लगाउने हुन् वा नारा सुनेर रमाइलो मान्ने सबैको मन तरङ्गित भएको छ। सबैको जिउमा काँडा उम्रेको छ। कता कता थाहै नपाई देशप्रतिको प्रेम र भक्ति भावले सबैलाई एकनासले खुसी, उद्वेलित र रोमाञ्चित तुल्याएको छ। खेल समयावधिभर एकस्वरमा चिच्याएका नेपाली युवाको घाँटी सुकेको छैन, जितको सुवास रङ्गशालाबाट निस्केर देशभर गर्वभाव बनेर फैलिएको छ। रंगशालाका दर्शक हुन्, देशभर टिभी हेर्ने नेपाली हुन् वा विदेशमा बसेर व्यग्रतापूर्वक नतिजा पर्खने नेपाली सबैमा समान उत्साह, जोस र नेपाली टोलीप्रतिको लगावले घेरेको छ। नेपाली फुटबल खेलाडीले बङ्गलादेशलाई हराए। पाकिस्तानसँग बराबरी खेले। अनि, भारतलाई पछारेपछि त झन् सबै नेपाली एकोहोरो विजयघोष गर्दै रमाइरहेका छन्। नेपालले सन् २०१३ को साफ फुटबल च्याम्पियनसिप जित्नेछ वा मौका चुकाउनेछ त्यसको निधो हुन अझै केही दिन कुर्नु पर्नेछ। खेलको परिणाम पुर्वानुमान लगाउन सकिने विषय त होइन तर नेपालले यो वर्षको साफ च्याम्पियनसिप फुटबलमार्फत धेरै कुरा चाहिँ अहिल्यै जितिसकेको छ।पहिलो त, नेपालीमा 'हामी सक्छौं' भन्ने भाव पुनःजागेको छ। विश्व विजेता बेलायतलाई ढुङ्गा, भाला र घरेलु हतियारले रोकेर उपनिवेश हुनबाट जोगिएको नेपाल कालान्तरमा कमजोर राष्ट्रको रूपमा देखापर्‍यो। सुरा र सुन्दरीमा मस्त लम्पट सन्तानले पृथ्वीनारायण शाह र बहादुर शाहको नाम रछ्यानमा मिलाइदिए। जनताको अधिकार खोसे, जनतालाई सुख, सुविधा र शिक्षा प्रदान गर्नुपर्ने जिम्मेवारी पूरा गरेनन्। आफ्नै कमजोरीले शासन सत्ता राणाहरूलाई सुम्पिए। दुवै विश्व युद्ध, भारत–पाकिस्तान युद्ध, फकल्यान्ड युद्धहरूमा शौर्य र वीरताको इतिहास रचेका नेपालीको मातृभूमि सुडानमा कमसल युद्ध सामग्री किन्ने ठगहरूको र हाइटीमा हैजाका जीवाणु फैलाउने रोगीहरू देशका रूपमा स्थापित भयो। चीनमा गएर शिखर शैलीका प्रख्यात मन्दिर बनाएर ख्याती कमाउने अरनिकोका सन्तान त्यही चीनमा खासाको बाटो हुँदै रक्त चन्दन पुर्‍याउने तस्कर बने। हामी गलत काममात्र गर्न सक्ने, सही काम राम्रो ढङ्गले गर्न नसक्ने जातिका रूपमा बदनाम हुँदैआएकोमा फुटबल खेलाडी युवाले सबैमा नयाँ रक्त संचार गरिदिएका छन्। सबैलाई हामी सक्छौ, सामूहिकरूपमा मिलेर पनि सफल कार्य गर्न सकिन्छ भन्ने प्रमाणित गरिदिएका छन्।
भर्खरै युवावयमा उक्लेका कलिला केटाले नेपालका दिग्गज जातिवादी नेतालाईसम्झाइदिएका छन्, हामी सबैभन्दा पहिले नेपाली हौँ र नेपालीमात्र हुनुमा हामीलाई गर्व छ। अर्थात् हामी सबै एक छौँ। हामीलाई जातजाति, भाषाधर्म, भेषभुषा र इतिहास भूगोलले फुटाउनु पर्दैन, फुटाउनु हुँदैन। फेसबुकमा सरोज धिताल लेख्छन्, 'प्रचण्ड र बाबुरामलाई सुनाइदिनु, अनिल गुरुङले गोलगर्दा पूर्वका नेपाली पनि खुसीले बुरुकबुरुक भएका थिए, भरत खवासले गोल गर्दा हिमाल र पहाडका नेपालीले पनि गडगडाहट ताली पिटेका थिए, अनि विमल घर्ती मगरले गोल गर्दा बाहुन, क्षेत्रीले पनि हर्षको आँसु झारेका थिए। त्यसैले हामी सबै एकतामा बाँधिएका नेपाली हौँ, विभिन्न नाममा फुटाउने कोसिन नगर्नू।'
वास्तवमा नेपालीलाई एकताको सूत्रमा बाँध्नका लागि विभिन्न जातिवादी आन्दोलन चाहिँदैनन्। त्यस्ता जाति, धर्म, सम्प्रदायवादी आन्दोलनले हामीलाई फुटाउने काममात्र गर्छन्, जुटाउँदैन्। तर फुटबलले यस्तो जोडको काम गरेको छ जहाँ जाती, भाषा, सम्प्रदाय सबै गौंण हुन्छन्। यहाँ स्पष्ट देखिने नेपालमात्र हो, नेपालको जित हो र नेपाली हुनुको अभिमान हो। एकपल्ट मानव अधिकारवादी नेता कृष्ण पहाडीले भन्थे, 'हामी नेपालीलाई जोड्ने कडी अर्थोक केही होइन हाम्रो देशको सिमाना रहेछ।' नेपाली फुटबलले कृष्ण पहाडीको भनाइलाई प्रमाणित गरिदिएको छ। पूर्व, पश्चिम, उत्तर र दक्षिण सीमाभित्र बस्ने सम्पूर्ण नेपालीको एकताको सूत्र न राजा हो, न धर्म हो न जातपातै हो। हामी शताब्दीयौंदेखि एउटा सिमानाभित्र बसेका छौँ र त्यसैले हामीलाई जोडेको छ। त्यसैमा हामीले अपनत्व अनुभूत गरेका छौँ।
फुटबल खेलको अहिलेसम्मको क्रममा देखिएको अर्को महत्वपूर्ण पाटो भनेको नेपाली युवाको राजनीतिक नेताप्रतिको द्वेष हो। नेपाली युवा नेपाललाई अहिलेको कमजोर अवस्थामा पुर्‍याउनेमा राजनीतिक नेतालाई मुख्य दोषी मान्छन्। फुटबल हेर्ने क्रममा सामाजिक सञ्जालमार्फत आफ्ना भावना व्यक्त गरिरहने युवा र प्रौढ सबैजना वाक्यैपिच्छे नेतालाई होच्याउने र खेलाडीलाई उक्साउने काम गरिरहेका थिए। भारतलाई दुई गोल हानेपश्चात एकजनाले टि्वट गरे, 'नेताहरूले फोन गरिसके होलान् भारतका मालिकलाई, केटाहरूले गल्ती गरे माफ पाउँ्क भनेर।' हुनत, राजनीतिक नेताको बेइज्जत गर्नु सही कार्य चाहिँ होइन। नेता चयन गर्ने र उसलाई सही बाटोमा हिंड्न बाध्य बनाउने हामीले नै हो। अहिलेको अवस्था जनताले नेतालाई जुवामा नारेर ठीक तवरले जोत्न नसक्नाले आएको हो। तर, नेताप्रति यतिधेरै आक्रोश किन प्रकट भयो भनेर नेतृत्व लिने वर्गले पनि सोच्नुपर्छ। आफूले जनताका लागि के कति गरेको छु र आफ्नो स्वार्थका लागि मात्र कति लडेको छु भन्ने तिनैले विचार गर्नुपर्छ। यद्यपि, तिनले नसोचे पनि जनताले त मूल्यांकन गरिरहेका हुन्छन्। जनताले त नेतालाई देशको हितको काम गर्न सत्तामा पठाएका हुन्, आफ्नै भुँडी भर्न र देशको दुर्दशा बनाएर दुनियाँ हँसाउन होइन। नेपालका नेताहरूले यही नबुझेको देखिएकाले जनता यति धेरै रुष्ट भएको हुनुपर्छ। दलहरू जनताका समस्याप्रति कति उदासीन र हेपाहा छन् भन्ने त शनिबारको बन्दले पनि देखाएको छ। एनेकपा (माओवादी)ले  तीजमा महिलाको दर खाने दिनको वास्तै नगरी बन्द घोषणा गर्‍यो। राता सारीमा आएका महिलाले रातो झन्डावालाविरुद्ध कलंकीमा प्रतिकार गरेपछि बन्द खोल्न उनीहरू लाचार भए। एमाओवादीका नेताले थाहा पाए होलान् जनता कति वाक्क भइसकेका छन् तिनको जबर्जस्तीको राजनीतिबाट!
साफ फुटबल च्याम्पियनसिपले सबैभन्दा सशक्त स्वरमा प्रष्ट पारेको सन्देश सुन्न नेपाल कम्युनिस्ट पार्टी–माओवादीका नेता मोहन वैद्य, नेत्रविक्रम चन्द, पम्फा भुषालआदिलाई रङ्गशालाको विशेष पास उपलब्ध गराउनुपर्ने भएको छ। यी नेताले नेपाली युवाको रगतमा उम्लेको राष्ट्रभक्ति र राष्ट्रप्रतिको प्रतिबद्धता देखे भने यिनलाई पनि चेत आउला कि नेपालको स्वाधीनता खतरामा छैन भनेर। आफ्ना कार्यकर्ताको भिडमा लुकेर र कम्युनिज्मका शास्त्रीय पुस्तकमा घोकेका सूत्र रटेर बुझिदैँन अहिलेको नेपाललाई। मंसिर ४ गतेको निर्वाचनमा भाग लियो भने नेपालको स्वाधीनतामा खतरा हुन्छ भन्ने हास्यास्पद तर्क समातेर बसेका माओवादीलाई निर्वाचनमा जानु नपर्ने हुनाले फुर्सद पनि छ। फुटबल हेर्न गए हुन्छ आजै। उनीहरूले बुझ्ने थिए कि कसैले पनि कुनै रूपमा पनि नेपालको स्वाधीनतालाई समाप्त पार्न सक्ने छैनन्।
एक जना भारतीय कूटनयिकले हालै नेपालको बढो अभिन्न मित्र भएको देखाउँदै भने – 'नेपालले विकासको नमुना भुटान र सिक्किमबाट सिक्नुपर्छ।' बिचरा! तिनको वैचारिक दरिद्रता। नेपालले विकासको नमुना स्विट्जरल्यान्ण्ड र जापानबाट सिक्नुपर्छ, सिक्नेछ, सिक्किमबाट होइन। भारतले अझै पनि नेपाललाई सिक्किम बनाउन सकिन्छ कि भनेर मनमा मात्रै लिएको छ भने तिनलाई पनि एक पटक रंगशाला पठाउनु पर्छ। नेपाली युवाको नेपालीपनको पक्षमा देखिएको हुंकारले बाघ हुँ भन्नेलाई पनि 'म्याऊ' गर्दै पुच्छर लुकाएर भाग्न बाध्य बनाइदिनेछ।
फुटबलमा एकजुट भएर राष्ट्रियताको धागोमा बाँधिएका, लुगामा र आफ्ना गालामा नेपाली झन्डाको चित्र अंकित गरेर जोसमा उठेका हात देखेर यो पक्तिकारलाई पनि लाग्यो – 'वा! क्याबात नेपाली युवा, क्याबात नेपाल!'


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस