नेपाल दोस्रो संविधान सभा निर्वाचनको संघारमा छ। पहिलो संविधान सभा निर्वाचन भएको करिब छ वर्ष हुन लागेको छ। त्यसैले पनि देशमा लोकतान्त्रिक पद्धतिअनुसार यथाशीघ्र निर्वाचन हुनुपर्ने बाध्यात्मक परिस्थिति छ। आगामी निर्वाचनमा जनताले दिएको अभिमतलाई स्वीकार गरी सोमुताबिक संविधान निर्माण गर्न राजनीतिक दलहरू लाग्नुपर्छ। तर विभिन्न राजनीतिक दलहरू विशेषतः नेकपा – माओवादीसहित तेत्तीस दलीय मोर्चाले विभिन्न बहाना गरेर निर्वाचन असफल बनाउन बहिष्कारको नीति लिएको देखिन्छ। यस गठबन्धनले चुनाव बहिष्कारका नाममा जनता, राजनीतिक दल एवं कार्यकर्तालाई आतंकित पार्ने विभिन्न कार्यक्रमको घोषणा गरेको छ। यसबाट स्पष्ट हुन्छ नेकपा–माओवादीले जतिसुकै चुनावको नाम लिए पनि अहिलेको उस्को रणनीति चुनाव असफल बनाउनु नै हो। वैद्य माओवादी नेतृत्वको मोर्चालेे खोजेजस्तो निर्वाचन नेपालमा सम्भव छैन। यसलाई पबुद्ध नागरिक, सञ्चार माध्यमले समेत बुझ पचाएर प्रोत्साहन गरेको आभास भएको छ। फलस्वरूप सक्रमणको अवधि अझ लम्मिन जान्छ। यस्तो परिस्थिती र अप्ठेरोबाट देशलाई मुक्त गरी सार्वभौम जनतालाई लोकतान्त्रिक संविधान दिनु आजको प्रमुख आवश्यकता हो। यसैबाट लोकतन्त्र बलियो हुन्छ।
नेपालको लोकतान्त्रिक आन्दोलनको नेपाल प्रजापरिषद्ले गरेको देखिए पनि मूलतः नेपाली कांग्रेसले नै लोकतान्त्रिक मूलधारको नेतृत्व गर्दै आएको छ। नेपाली कांग्रेस स्थापना कालदेखि नै क्रान्तिकारी, समावेशी, समानुपातिक चरित्रको देखिन्छ। यस पार्टी गठन ताका देवदत्त परियार प्रचार र संगठन सदस्य तथा लाक्पा छिरिङ्ग शेर्पा सदस्य थिए। विसं २००९ साल जेठमा जनकपुरमा भएको पाँचौ महाअधिवेशनबाट महामन्त्रीमा धनमान सिंह परियार, राधाकृष्ण थारु, रामनारायण मिश्र, परशु नारायण चौधरी केन्द्रीय सदस्य चयन भएका थिए। प्रथम जननिर्वाचित प्रधानमन्त्रीमा बीपी कोइराला, प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्य, प्रथम महिला मन्त्री द्वारिका देवी ठकुरानी, प्रथम महिला उपसभामुखमा चित्रलेखा यादव, प्रथम दलित जिल्ला विकास सभापतिमा हरिशंकर परियार, जननिर्वाचित सभासद् कृष्णसिंह परियारका साथै नेपालको प्रथम राष्ट्रपतिका रूपमा डा. रामवरण यादव रहेको इतिहास कांग्रेसको छ।
नेपाली कांग्रेसको गठन पश्चात् चिनियाँ क्रान्तिबाट प्रभावित काठमाडौँका मध्यम वर्गीय नेवार समुदायका युवाले लोकतान्त्रिक आन्दोलनको भूमिकालाई न्यून बनाउने उद्देश्यबाट २००६ साल वैशाख १० गते (२२ अप्रिल १९४९) अर्थात् लेनिन दिवसका दिन पंकजकुमार भनिने भारतीय कम्युनिष्ट पार्टीका सदस्यको घर कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे। साथै १५ सेटेम्बर १९४९ मा घोषणापत्र जारी गरिएको थियो। यसको प्रथम अधिवेशन ललितपुर गाबहाल कुंछेननीका धर्म महर्जनको घरमा भएको हो।
नेपाल कम्युनिस्ट पार्टी स्थापना कालदेखि अहिलेसम्म करिब ७३ पटक विभाजन भइसकेको छ। यसका संस्थापक पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ हुन्। तत्पश्चात् तुल्सीलाल अमात्य, देवेन्द्रलाल श्रेष्ठ (काइँला बा) शम्भुराम श्रेष्ठ, मनमोहन अधिकारी आदि पनि कम्युनिस्ट आन्दोलनमा समावेश भएका थिए।
नेपालको आधुनिक राजनीतिमा तीन वटा शक्तिको उपस्थिति देखिन्छ। लोकतान्त्रिक शक्तिको प्रतिनिधित्व नेपाली कांगे्रसले गर्छ। वामपन्थीका नाममा कम्युनिस्ट विचारधाराबाट प्रशिक्षित दलहरू छन् भने परम्परावादी यथास्थितिवादी अर्थात् राजतन्त्रवादी शक्ति पनि छन्।
विसं २००७ सालदेखिको राजनीतिलाई विश्लेषण गर्ने हो भने लोकतान्त्रिक व्यवस्थाका पक्षधरहरूको व्यवस्थापन पक्षमा कमजोरी देखिएको छ भने वामपंथी एवं राजावादी शक्तिको सिद्धान्त नै गलत देखिन्छ। तिनको सामन्ती एवं अधिनायकवादी सोच तथा क्रियाकलापबाट लोकतन्त्रमाथि निरन्तर विभिन्न कोणबाट प्रहार गरेको देखिएको छ। लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने सन्दर्भमा कम्युनिस्टहरू र राजावादीको द्वैध चरित्र विभिन्न घटनामा प्रकट भएका छन्। तिनको दुष्प्रचारबाट जनता भ्रमित छन् र लोकतान्त्रिक व्यवस्थाले स्थायित्व पाउन पनि सकेको छैन।
लोकतन्त्र, अब्राहम लिंकनको शब्दमा भन्ने हो भने 'जनताद्वारा, जनताको निम्ति, जनताको शासन हो।' लोकतन्त्रको मुख्य आधार मानव अधिकार, कानुुुनी शासन, शक्ती पृथकीकरण, प्रेस स्वतन्त्रता, बहुलवाद, स्थानीय सरकार, आवधिक निर्वाचन, राजनीतिक दलहरू, नागरिक समाज, सुशासन, धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता आदि हुन्। तर, मुलुकमा यी सबैको अवस्था अत्यन्त कमजोर छ र अहिलेसम्मको लोकतन्त्रवादीको संघर्ष यिनै आधारभूत मान्यतालाई स्थापित गर्नका लागि हो।
शिक्षित, चेतनशील वर्गको विकास र विस्तार लोकतान्त्रिक व्यवस्थाको जग हो। रोजगारी, व्यक्तिगत स्वतन्त्रता, सूचना प्रविधिमा पँहुच, सञ्चार माध्यमको विस्तारले नेपाली समाजमा लोकतान्त्रिक व्यवस्थाको भविष्य सुन्दर छ भन्नेमा कुनै शंका छैन। अहिलेसम्म शोषित भनिएका महिला, दलित, जनजाति, मधेसी, अल्प संख्यक र पिछडिएका वर्गको उचित उत्थान एवं प्रतिनिधित्व सहितको समाजको स्थापना गर्न पनि उत्तिकै आवश्यक छ।
नेपाललाई समृद्ध बनाउन राष्ट्रियता र लोकतन्त्र सबल सुदृद्ध हुनुपर्छ। नेपाली कांग्रेसलाई सत्तोसराप गरी राजनीति थालेका नेपाली कम्युनिस्ट पार्टीका केही सीमित समूहबाहेक प्रायशः सबै अहिले संसदीय अभ्यासमै लागेका छन्। आजभन्दा दुई दशक अगाडिसम्म उग्र वामपन्थी भडकावमा रहेको मानिएको तत्कालीन माले हालको एमाले होस् वा सशस्त्र क्रान्तिबाट सर्वहाराको अधिनायकवादी सत्ता स्थापना गर्ने नाममा पन्ध्र हजार नेपालीको ज्यान लिने एनेकपा (माओवादी) हेटौँडा अधिवेशनपश्चात् लोकतन्त्रकै बाटोमा आइपुगेको देखिएको छ। हिजो निरंकुश राजतन्त्रबाटै मात्र मुलुकको विकास हुन्छ भनी दिग्भ्रमित भएर बीपी कोइराला, गणेशमान सिंह आदिलाई अराष्ट्रिय तत्व भन्दै फाँसीको सजाय माग्नेहरू पनि आज प्रजातन्त्र र उदारवादका नारासहित संसदीय लोकतन्त्रमा समाहित भएका छन्।
तीस वर्षे पंचायती निरंकुशताविरुद्धको २०४६ सालको सफल जनआन्दोलनपश्चात् प्राप्त नेपाल अधिराज्यको संविधान, २०४७ ले नेपाली जनतालाई रैतीबाट नागरिक बनाएको थियो। सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले प्रथम संसदीय निर्वाचनमा चुनेको नेपाली कांग्रेसको नेतृत्वमा प्रथम प्रजातान्त्रिक सरकारले मुलुकमा शान्तिपूर्वक आर्थिक विकास गर्न सुरु गरेको थियो। त्यही समयमा कम्युनिस्टहरूले अनेकौं विवाद उठाएर मुलुकमा अस्थिर राजनीतिको सूत्रपात गरेको यथार्थ सबै नेपालीले स्मरण गर्न आवश्यक छ। नेकपा (माओवादी) ले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई चालीस बुँदे माग पत्र बुझाएको र उक्त माग पूरा नभएको निहुँ बनाएर २०५२ फागुन १ गते बाट शान्तिनायक बुद्धको भूमिलाई जनताको रगतबाट कलूषित बनाए। जल विद्युत् योजना, दूर सञ्चारका टावर, पुलहरूजस्ता विकासका पूर्वाधारका साथै ऐतिहासिक धरोहर र गाँउ विकास समितिका कार्यालय, विद्यालय, प्रहरी चौकी आदि ध्वस्त गरी सशस्त्र द्वन्द्वका नाममा मुलुकमा विध्वंश मच्चाए।
नेपाली कांग्रेसको आन्तरिक विग्र्रह, नेकपा (एमाले)को अलोकतान्त्रिक व्यवहार, राज्य व्यवस्थाको कमजोरी, राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्र एवं एनेकपा (माओवादी) सशस्त्र द्वन्द्वका कारण ज्ञानेन्द्र जनताको शक्तिलाई अवमूल्यन गरी लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर बनाउने तानावाना बुन्न लागे। फलस्वरूप, दुई सय पैतालीस वर्षे राजतन्त्रलाई २०६२/६३ को जनआन्दोलनले पाखा लगाई नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न बनायो। त्यसपछि, मुलुक धर्मनिरपेक्ष गणतान्त्रिक संघीय राज्य व्यवस्थामा प्रवेशकोे हो। संविधान सभाको निर्वाचनबाट सबैभन्दा ठूलो दल बन्न पुगेको एनेकपा (माओवादीे)लाई २०६२/६३ को जनआन्दोलनको सफलता माओवादीकोे सशस्त्र संघर्ष हो भन्ने भ्रम छ। यथार्थ भने त्यसो होइन।
माओवादीले सशस्त्र संघर्षको सुरुदेखि नै सबै पक्षलाई भ्रममा पारी आफ्नो उद्देश्य पूरा गर्दै आएको तथ्य स्मरण गर्नु सान्दर्भिक हुन्छ। एनेकपा (माओवादी) मात्र निर्णायक शक्ति भएको भए बाह्र बुँदे सहमति पक्कै गर्ने थिएन। संविधान सभा निर्वाचनमा माओवादीले पाएको सफलता परिवर्तनको रहरका साथै डर, कर, धाँधली र भ्रमको परिमाण थियो। अहिलेसम्म पनि नेपालमा लुुट, हत्या, हिंसा, अपहरणको शृंखला अन्त्य नभएकाले मुलुकको विकास र प्रगतिकोे सपना भने अहिलेसम्म पूरा भएको छैन।
लोकतन्त्रवादी नेता गिरिजाप्रसाद कोइरालाले मुलुकमा हत्या, हिंसाको शृंखला अन्त्य गरी शान्ति र आर्थिक उन्नतिको मार्ग प्रशस्त गर्नका बाह्र बुँदे सहमतिको अगुवाइ गरेका थिए। यी सबै पृष्ठभूभिबाट मुलुकलाई समाजवादी लोकतन्त्रतर्फ उन्मुख गरी समृद्ध नेपाल निर्माण गर्नु पर्नेमा संसारमा असफल भइसकेको कम्युनिस्ट व्यवस्थाको प्रयोगशालाका रूपमा स्थापित गर्ने प्रयासले गर्दा देशको स्रोत र साधन खेर गइरहेको छ भने ऊर्जाशील युवा जनशक्ति अन्य मुलुकमा दास सरहको जीवन बिताउन बाध्य भइरहेका छन्। विदेशी दाताको निर्देशनमा अग्रगमनको नाउँमा जातीय र सामाजिक विभाजन, संघीयता र राष्ट्रिय पुर्नसंरचनाका नाममा अव्यावहारिक अप्ठेरा उठाई राष्ट्रिय विखण्डनका प्रयास भइरहेका छन्।
अस्थिर राजनीतिकै कारण अर्थतन्त्र तहसनहस हुँदैछ। मौलाउँदो दण्डहीनता, माफियातन्त्र, भ्रष्टाचार र असुरक्षाले जनजीवन थप कष्टकर बन्दैछ। भनिन्छ, सुगौली सन्धिपश्चात् अहिले राष्ट्रियता सबैभन्दा बढी कमजोर भएकोमा सम्पूर्ण नेपाली जनता चिन्तित छन्। राष्ट्रियता साच्चैँ कमजोर भएकै हो त? हाम्रो राष्ट्रियता अहिले कमजोर हुनाको कारण के हो? कसका कारणले कमजोर भयो? यसको वास्तविक विश्लेषण गरी साँच्चै कमजोर भएको भए सुदृढ बनाउन नेपाली जनता एक हुनु आवश्यक छ।