सहस्राब्दी विकास लक्ष्य हासिल गर्न आंशिक सफलता प्राप्त हुँदा नेपालका विकास सहकर्मी सबैको आशा र आत्मविश्वास बढेको हुनुपर्छ। हालै सार्वजनिक जानकारीअनुसार नेपालले ८ मध्ये ६ वटा विकास लक्ष्य हासिल गर्नसक्ने संकेत देखिएको छ। नेपालको राजनीतिक अस्थिरता र आर्थिक विपन्नताको पृष्ठभूमिमा यति हासिल हुनु पनि सामान्य होइन। सन् २००० मा विश्वभरका शीर्ष नेताहरूको उपस्थितिमा तय गरिएका सहस्राब्दी विकास लक्ष्य मूलतः गरिबी निवारणकै सेरोफेरो केन्द्रित छन्।सबै लक्ष्यहरू प्रत्यक्ष वा परोक्षरूपमा गरिबी निवारण र जनताको सबलीकरणसँग जोडिएका छन्। आर्थिक सामाजिक विकाससँग प्रत्यक्ष सम्बन्धित यी लक्ष्यहरूमा भएको प्रगतिको प्रभाव पुनरुत्पादक हुन्छ। यसैले गरिबीलगायत अशिक्षा, कुपोषणजस्ता अनेकौं पछौटेपनका कारक न्यून गर्न प्राप्त सफलताले सम्भावनाका ढोका खोलेका छन्।
नेपालले ८ मध्ये २ वटा लक्ष्य भने पूरा गर्न नसक्ने संकेत देखिएको गत मंगलबार सार्वजनिक प्रतिवेदनमा उल्लेख भएको छ। प्रतिवेदनअनुसार लैंगिक समानता तथा महिला सशक्तीकरण र विकासका लागि विश्व व्यापी सहकार्यको लक्ष्य हासिल गर्न नेपालले नेपालले अपेक्षित प्रगति गर्न सकेको छैन। गरिबी निवारण, प्राथमिक शिक्षा, बाल मृत्यु, मातृ मृत्यु, संक्रामक रोग, वातावरण क्षेत्रका लागि तय गरिएका लक्ष्य हासिल गर्न नेपालले गरेको प्रगति भने उपलब्धिमूलक मानिएको छ। सन्, २०१५ को अन्त्यसम्ममा यी लक्ष्यहरू पूरै हासिल नभए पनि नेपालले संसारका नेपालजस्तै गरिब र कतिपय नेपालभन्दा आर्थिक अवस्था राम्रा भएका देशका तुलनामा गरेको प्रगति आशाप्रद रहेको छ। सही लक्ष्य, नीति र कार्यक्रम भएमा नेपाली आर्थिक सामाजिक विकासमा अगाडि बढ्न सक्छन् भन्ने पनि यसले पुष्टि गरेको छ।
सहस्राब्दी विकास लक्ष्य तय गरिँदा कतिपयले त्यसलाई हासिल गर्न नसकिने सपनाका रूपमा चित्रण गरेका थिए। विशेषगरी सामाजिक विकास लक्ष्य हासिल गर्न धेरै समय र पैसा लगानी आवश्यक हुने हुनाले गरिब समाजमा त्यस्ता लक्ष्यमा सफलता प्राप्त हुँदैन भन्ने धारणा संसारका पुँजीवादी अर्थशास्त्रीले प्रकट गर्ने गरेका छन्। धनी मुलुक र तिनको प्रभावमा रहेका संस्थाहरूमा यही मान्यता लामो समयसम्म निर्णायक रह्यो। सामाजिक विकासलाई अनुत्पादक क्षेत्र मानेर त्यसमा लगानी नबढाउने वा कम गर्ने नीति अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकजस्ता संस्थाहरूको दबाबमा सन् १९८० र ९० को दशकमा धेरै मुलुकले अपनाए। तर, त्यसले आर्थिक विकासमै पनि अपेक्षित उपलब्धि हुन सकेन। सन् १९९० को उत्तरार्धदेखि नै विकास चिन्तनमा पुनर्विचार हुन थाल्यो र शिक्षा, स्वास्थ्यजस्ता सामाजिक सेवाको विकासमा हुने खर्चलाई दिगो आर्थिक प्रतिफल दिने लगानी मान्न थालियो। पूर्वी एसियाली देशले गरेका आर्थिक चमत्कारले पनि सामाजिक विकासमा भएको लगानीको औचित्य पुष्टि भयो। यही पाठलाई विश्वको गरिबी र पछौटेपन अन्त्य गर्न प्रयोग गर्ने सहस्राब्दी विकास लक्ष्य मानवीय भावनाबाट निर्देशित छ। यसैले संसारका कमजोर बहुसंख्यकलाई समेटेका कारण सहस्राब्दी विकास लक्ष्य महत्वपूर्ण हुन पुगेको हो। यसमा सहकार्य गर्ने सबै प्रशंसाका पात्र बनेका छन्।
अरू क्षेत्रमा जस्तै सहस्राब्दी विकास लक्ष्यका हकमा पनि अन्तर्राष्ट्रिय समुदायले सहयोगका वाचा पूरा गरेन। विकास सहयोग धनी मुलुकहरूको नैतिक दायित्व त हुँदै हो विश्वकै फाइदाका लागि हो। 'गरिबीको समुद्रमा अमिरीको टापु धेरै टिक्न सत्तै्कन’ भन्ने प्रसिद्ध भनाइ धनी मुलुकहरूले सम्झनु आवश्यक छ। यस्ता मानवीय विकास लक्ष्यहरू हासिल गर्न निकै कठिन हुन्छ। हासिल गर्नभन्दा पनि तिनको उपलब्धिलाई दिगो बनाउन मुस्किल हुन्छ। यसैले नीति नीति निर्माताहरूले बाँकी लक्ष्य हासिल गर्न जत्तिकै ध्यान उपलब्धि जोगाउन पनि दिनुपर्ने देखिन्छ। उदाहरणका लागि प्राथमिक शिक्षाको उद्देश्य विद्यालय भर्नामात्र हैन। प्राथमिक कक्षा पूरा गरेको व्यक्तिले आजीवन कम्तीमा पनि अंक अक्षर लेखपढ गर्न सक्ने हुनुपर्छ। अहिले प्राथमिक कक्षामा भर्ना भएका सबैमा यति क्षमताको विकास भएको विश्वास गर्न मिल्ने आधार छैन। यस्तै स्थिति स्वास्थ्य र गरिबी निवारणका पनि विद्यमान छ। यसैले बाँकी लक्ष्य हासिल गर्न र तिनको उपलब्धि दिगो बनाउन राष्ट्रिय स्तरमा पनि विशेष प्रयास गर्नु उचित हुनेछ।