नेपाली कांग्रेसले सबैभन्दा बढी जपिरहेको नाम हो– बीपी। अनि सबैभन्दा उपेक्षा गरेको सिद्धान्त उनकै प्रजातान्त्रिक समाजवाद। बीपी कोइराला जन्म शताब्दीका अवसरमा वर्षभरि उनको स्मरणमा विभिन्न कार्यक्रम हुँदैछ।तर, उनको प्रजातान्त्रिक समाजवादको सान्दर्भिकता वा आधुनिक स्वरूपबारे छलफल चलाउन कांग्रेस नेतृत्वमा कुनै जाँगर देखिन्न। समाजवाद उसको जपनामा यदाकदा आए पनि थपनाको मूल मन्त्र बजारको हैकम चल्ने अर्थतन्त्रमात्र देखिन्छ। यो बाघ र बाख्रालाई एउटै खोरमा छाडेर जसले सक्छ एक अर्कालाई खाऊ भन्ने अर्थ व्यवस्था हो।
प्रजातन्त्रका लागि राणाकालदेखि नै कांग्रेसले सदैव लडेको हो। यो गौरवमय इतिहासलाई सिँच्न बीपीले प्रजातान्त्रिक समाजवादको सपना देखेका थिए। तर, उनकै साख्खे भाइ गिरिजाप्रसाद कोइरालाले त्यसमाथि बुल्डोजर चलाइदिए। कांग्रेसमा अहिले बीपी होइन, स्वर्गीय गिरिजाप्रसादको ढिपी र रामशरण महतको बेलगाम बजार अर्थतन्त्रको राज छ।
गिरिजाप्रसादका लागि प्रजातन्त्र जीवनजत्तिकै प्यारो थियो। आवधिक निर्वाचन, प्रधानमन्त्रीय पद्धतिको बहुमतको सरकार र संवैधानिक राजतन्त्र उनका प्रजातान्त्रिक प्रतिबद्धता थिए। तर, यी कुरा प्रजातन्त्र वा लोकतन्त्रका राजनीतिक आवरणमात्र हुन्। लोकतन्त्र भनेको जनताको जीवनमा आउने प्रत्यक्ष परिवर्तन पनि हो। जस्तो जन्मनासाथ व्यक्तिको जीवन सुरक्षाको दायित्व राज्यको मानिन्छ। ऊबाट कर असुलेपछि उसका मौलिक हक ग्यारेन्टी गरिदिनु पनि राज्यको दायित्व हो। पैसाको अभावमा उसले उच्च शिक्षा हासिल गर्न नपाउने, रोग लाग्दा पैसाको अभावमा उपचार नपाई मर्नुपर्ने र पहुँच नहुँदा रोजगार नपाउने स्थिति अन्त्य हुनुपर्छ। त्यस स्थितिमा मात्र लोकतन्त्रको फल जनताले चाख्न पाउँछन्। नत्र यो टाठाबाठाका लागि मात्र हुन्छ, जस्तो अहिले नेपालमा भइरहेको छ। विडम्बना, गिरिजाबाबुदेखि सुशील कोइराला नेतृत्वको कांग्रेस प्रजातन्त्रको राजनीतिक आवरणभन्दा अघि जान तयार भएन बीपीको सेखपछि कांग्रेसको हालत त्यो बहुचर्चित अभिनेत्रीको जस्तो हुँदैछ जसको अभिनयबाहेक सबै कुरा राम्रा हुन्छन्।
कांग्रेसको लोकतन्त्र
नेपाली कांग्रेस राजनीतिकरूपमा लोकतन्त्रप्रति सबैभन्दा प्रतिबद्ध पार्टी हो। उसको नेतृत्वदायी भूमिका नभएको भए २००७ सालको क्रान्ति, २०४६ र २०६२–६३ सालको आन्दोलन सायदै सफल हुन्थ्यो। यसका लागि कांग्रेसको प्रशंसा जति गरे पनि कम हुन्छ। तर, प्रजातन्त्रलाई संस्थागत गर्न वर्तमान कांग्रेससँग त्यस्तो कुनै एजेन्डा देखिन्न। आवधिक निर्वाचन, बहुमतको सरकार र संविधानको सर्वोच्चताभन्दा अघि बढ्न ऊ तयार देखिन्न। सामाजिक न्याय, आर्थिक क्रान्ति, सांस्कृतिक तथा संरचनात्मक परिवर्तनजस्ता कुनै पनि एजेन्डा ऊसँग छैनन्। लाग्छ, प्रजातन्त्र स्थापना भएपछि उसको भूमिका सधैँ सिनेमामा अल्पनायकको जस्तै एकाएक पटाक्षेप हुन्छ।। हो, संविधान सभा चुनावअघिसम्म नेपाली राजनीति गिरिजाप्रसाद नेतृत्वको कांग्रेसको कब्जामा रह्यो। तर, माओवादी बुलेट छाडेर ब्यालेटमा आएपछि संविधान सभा चुनावमा ऊ माओवादीभन्दा धेरै तल्लो हैसियतमा पुग्यो। प्रत्यक्षतर्फ जम्मा ३७ सिट आउनु सायद उसको यही एजेन्डाशून्य राजनीति थियो। अहिले मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चालाई बाहिरै राखेर पनि दोस्रो संविधान सभा चुनाव गराउने मानसिकतामा कांग्रेस देखिन्छ। एउटा ठूलो राजनीतिक शक्तिलाई बाहिरै राखेर गरिने चुनावको आधिकारिकता कति होला र त्यसले कसरी संविधान बनाउला भन्ने भविष्यको आकलन कांग्रेसले गर्न नसक्नु नेपाली राजनीतिकै विडम्बना हो।
चुनावी सरकार निर्दलीय त्यसै बनेको थिएन। बाबुराम भट्टराई नेतृत्वको एनेकपा (माओवादी)–मधेसी गठबन्धन सरकारले गराउन खोजेको संविधान सभाको दोस्रो चुनावका लागि कांग्रेस, नेकपा (एमाले) लगायत प्रतिपक्षी पार्टी सहमत भएनन्। संसदीय व्यवस्थाको सर्वमान्य र विश्वभरि प्रचलित मान्यताअनुसार संसद् विघटित अवस्थामा कामचलाउ सरकारले नै चुनाव गराउँछ। यसअनुसार चुनाव गराउने दायित्व र अधिकार दुवै भट्टराई नेतृत्वको सरकारको थियो। कांग्रेसजस्तो संसदीय व्यवस्थाको महान् पक्षपाती पार्टीले यसलाई अस्विकार्न सुहाउने कुरा थिएन। संसद्को बहुमतले छानेको भट्टराईको राजीनामा माग्दै उसले संसद्मा माओवादीको तुलनामा अत्यन्त निर्धो हैसियत भएको आफ्नै नेतृत्वमा चुनावी सरकार बन्नुपर्ने माग राख्यो।
स्मरणीय के छ भने एमाओवादीले राखेका राम्रा प्रस्तावजति कांग्रेस–एमालेले स्विकार्न चाहेनन्। तर, खराब प्रस्ताव सहजै स्वीकार गरे। जस्तो कि, एमाओवादीले संविधान सभा चुनावपछि सहमतीय सरकार कायम राख्न आग्रह गर्यो। त्यो व्यवस्था अन्तरिम संविधानमै थियो । कांग्रेस–एमालेकै दबाबमा त्यो बहुमतीय बन्यो। यसले गर्दा संविधान बनाउने महान् दायित्व बोकेको संविधान सभा सरकार ढाल्ने र बनाउने क्रियाकलापमै बढी सक्रिय भयो। सरकार निर्माणमा विभाजित मानसिकताको सोझो असर संविधान निर्माणमा देखियो र संविधान नबनी संविधान सभाको आयु सकियो। दोस्रो संविधान सभाको चुनावी सरकारका लागि सहमति नभएपछि एमाओवादीले प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बन्नुपर्ने प्रस्ताव राख्यो। यथार्थमा यो प्रस्ताव अत्यन्त अराजनीतिक, निर्दलीय र पञ्चायती शैलीको थियो। तर, यसमा चाहिँ कांग्रेस–एमाले सजिलै राजी भए। भनिन्छ, अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको प्रस्ताव पनि एमाओवादीकै थियो। त्यसमा पनि कांग्रेस–एमाले सहमत भए।
उखेलिएको आत्मा
कांग्रेसका सर्वप्रिय नेता बीपी कोइरालाको सपना थियो– प्रजातान्त्रिक समाजवाद। यो प्रजातन्त्रको नाममा फस्टाएको चरम पुँजीवादलाई मानवीय अनुहार दिने प्रयास थियो। भन्नुको अर्थ के हो भने हाम्रो प्रजातन्त्र पूरै बजारको अधीनमा छ। पैसा छ, स्वर्गीय सुखभोग यहीँ छ। पैसा छैन, बाँच्ने अधिकार पनि छैन। मानवीय गरिमासाथ बाँच्न पाउने जनताको मौलिक हक, शिक्षा, स्वास्थ्य र रोजगारको हक पूरा गर्न राज्यले नै दायित्व लिनुपर्छ। तब मात्र पुँजीवादलाई मानवीय अनुहार दिन सकिन्छ। यही अभ्यास अहिले नर्वे, डेनमार्क, फिनल्यान्डजस्ता स्कान्डिभियन देशहरूमा भइरहेको छ।
कांग्रेसको २०१२ सालमा वीरगन्जमा सम्पन्न महाधिवेशनले बीपीको यही आदर्शलाई आधारभूत निर्देशक सिद्धान्त मानेको थियो। २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले पूर्ण बहुमत पाएपछि २०१६ जेठ १३ गते बीपीको नेतृत्वमा नयाँ सरकार गठन भयो। महाधिवेशनले पारित गरेको सिद्धान्त कार्यान्वयन गर्ने प्रारम्भिक प्रयासस्वरूप उसले २०१६ सालमा बिर्ता तथा राजारजौटा उन्मूलन गर्यो। कर्मचारीको तलब बढायो तर मन्त्रीहरूको घटायो। उसले प्रधानमन्त्रीको तलब २५ सयबाट १५ सय, मन्त्रीको १५ सयबाट १ हजार र सहायक मन्त्रीको १२ सयबाट ८ सयमा झारेको थियो। वनको राष्ट्रियकरण, मोही हक रक्षा, भूमिहीनलाई बसोबासको व्यवस्था, भूमि सुधार, छुवाछुत अन्त्यलगायत सामाजिक आर्थिक परिवर्तनको रेखा कोरिसकेको थियो। शिक्षा, स्वास्थ्य र रोजगार जनताका मौलिक अधिकार हुन सकेका छैनन्। धनी र पहुँच हुनेले उच्च स्तरको शिक्षा पाउँछन्। जति प्रतिभा भए पनि गच्छे र पहुँच नहुनेले पढ्नै पाउँदैनन्। स्वास्थ्य र रोजगारमा पनि यही भइरहेको छ। पैसा छैन भने बाँच्ने अधिकार पनि छैन। बीपीको सपना शब्दमा जे भनिए पनि जनताका आधारभूत आवश्यकता मौलिक हकका रूपमा सुनिश्चित हुनुपर्छ भन्ने थियो। बीपी नेपाली कांग्रेसलाई गरिब किसानको पार्टी बनाउन चाहन्थे। हरेक परिवारलाई एउटा दुहुनो गाई र खान पुग्ने जमिन हुनुपर्छ भन्थे। तर, कांग्रेस आज गरिब किसानको होइन, धनी व्यापारीहरूको पार्टी बनेको छ।
वर्तमान कांग्रेसलाई कोइराला परिवारको विरासत कायम राख्न जति जाँगर छ, त्यसको एक शतांश पनि बीपीको परिवर्तनकारी सिद्धान्त लागु गर्ने जाँगर देखिन्न। खासमा कांग्रेसको आत्मा बीपीको यही सपना थियो। त्यो उखेलिएको सार्वजनिक सूचना जारी गर्न हतार भइसकेको छ। यो कांग्रेसजन कतिले मनन गरेका होलान्?