नेपालमा कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र त कहिले गणतन्त्रका नाममा धेरै पटक लोकतन्त्र आएको छ। शब्द जे प्रयोग गरे पनि त्यसको सारभाव एउटै हो। यी तीनवटै शब्दले 'जनताको सम्प्रभुता' भन्ने नै बुझाउँछन्। लोकतन्त्रमा जनता आफैँले आफ्नो शासन व्यवस्थाको निर्धारण र भाग्यको निर्माण गर्छन्। सबै नागरिकले समानरूपमा आफ्नो क्षमताअनुसारको अवसर पाउँछन्। राज्यले अभिभावकको भूमिकामा हुन्छ। जनताले राज्यबाट कानुनी शासन, सामाजिक न्याय र मानवअधिकारको प्रत्याभूति पाउँछन्। लोकतन्त्रबाटै जनताले साँचो अर्थमा राजनीतिक स्वतन्त्रता, सामाजिक र आर्थिक समानताको अवसर प्राप्त गर्छन्।
विश्वमा दोस्रो प्रजातान्त्रिक लहर आएको समयमा २००७ सालमा पहिलो पटक नेपालमा राजसंस्थासहितको प्रजातन्त्र आएको हो। त्यसभन्दा पहिले नेपालमा एकतन्त्रीय निरंकुश राणा शासन थियो। नेपाली जनताले राणाहरूको जहानियाँ हुकुमी शासन स्वीकार गनर्ुु पर्थ्याे। तर त्यतिबेलै शिशु प्रजातन्त्र राम्रोसित हुर्कन नपाउँदै तत्कालीन राजा महेन्द्रले २०१७ सालमा बहुदलीय व्यवस्था समाप्त पारी पञ्चायती व्यवस्थाका नाममा एकछत्र राज गर्न गाले। राजाले पनि राणाले जस्तै जनताका सम्पूर्ण राजनीतिक अधिकार खोसेर निरंकुश राजतन्त्रको सुरुआत गरे।
विसं २०१७ सालमा खोसिएको प्रजातन्त्र पुनः प्राप्त गर्न नेपालीले तेस्रो विश्वव्यापी प्रजातान्त्रिक लहरलाई पर्खनु पर्यो। प्रतिबन्धित राजनीतिक दलहरुको संयुक्त संघर्षबाट २०४६ सालमा नेपाली जनताले फेरि संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र प्राप्त गरे। त्यसपछि संसदीय शासन प्रणाली लागु गरियो। संसदीय शासन प्रणालीको राम्रोसित अभ्यास हुन नपाउँदै २०५२ सालमा तत्कालीन नेकपा (माओवादी)ले यस प्रणालीकै विरुद्धमा सशस्त्र संघर्ष सुरु गर्यो। त्यसपछिका अन्य घटनाक्रम राजा वीरेन्द्रको वंश नाश, ज्ञानेन्द्रको राज्यरोहण र महत्वकांक्षा आदिका कारणले २४० वर्ष पुरानो नेपालको राजतन्त्र अन्त्य भई २०६५ सालमा नेपालमा गणतन्त्र स्थापना भयो।
विसं २०४६ साल देखि २०६५ सालसम्म आइपुग्दा नेपालमा संसदीय र संविधान सभाको गरी ४ पटक आम निर्वाचन भइसकेको छ। त्यसमध्ये ३ वटा संसद्का लागि र एउटा संविधान सभाको। तर यी चारैवटा निर्वाचनबाट बनेका सरकारले जनअपेक्षाअनुसारको परिणाम दिन सकेनन्। संविधान सभा नयाँ संविधान नबनाई विघटन हुन पुग्यो। अहिले दोस्रो संविधान सभाको चुनाव यही आउँदो मंसिर ४ मा मतदान गर्ने मिति तय भइसकेको छ। तर तोकिएकै मितिमा चुनाव हुन अझै धेरै बाधा व्यवधान बाँकी नै छ।
नेपालमा प्रजातान्त्रिक विकासक्रमको समीक्षा गर्दा प्रजातन्त्र जहिले पनि अस्थिर रहेको पाइन्छ। हाम्रो देश प्रजातन्त्रको माध्यमबाट सभ्य र समृद्ध बन्नेतर्फ उन्मुख हुनुभन्दा उत्ताउलो र अन्धकारतिर अग्रसर भइरहेको महसुस हुन्छ। देशमा प्रजातन्त्र अस्थिर हुनुका कारण विभिन्न हुन सक्छन्। जस्तैः गरिबी, अशिक्षा, सामाजिक संरचना र संस्कार, देश विकासको अवस्था, दूरदृष्टियुक्त सक्षम नेतृत्वको अभाव आदि।
एकातिर गरिब तथा अशिक्षित जनतालाई प्रजातन्त्र अभ्यासका बारेमा खासै जानकारी हुँदैन भने अर्कोतिर जनतासँग प्रत्यक्ष सरोकार राख्ने राज्यका निकाय, टाठाबाठा र बलियाले तिनीहरूमागि अन्याय, अत्याचार र शोषण गरिरहेका हुन्छन्। साथै, त्यस्तो तत्वले सामान्य जनताको अस्तित्वसम्म पनि स्वीकार गरेका हुँदैनन्। फलस्वरूप जनतामा भित्रभित्रै विद्रोहको भावना दन्किरहेको हुन्छ। यस्तो स्थितिलाई राम्ररी बुझेका व्यक्तिले आफ्नो स्वार्थ पूर्ति गर्न गरिब जनतालाई प्रयोग गर्ने सम्भावना सधैँ रहिरहेको हुन्छ।
नेपालमा लोकतन्त्रको दिगो विकासको सम्भावना खोज्दा यहाँको सामाजिक संरचना र संस्कारको पनि विश्लेषण गर्नु आवश्यक हुन्छ। संसारमा सामाजिक विविधता नभएको कुनै पनि देश छैन। हाम्रो देश भौगोलिक रूपमा सानै भए पनि यहाँको सामाजिक विविधता अन्य धेरै देशका तुलनामा विशिष्ट छ। हामी नेपाली विभिन्न किसिमले एक आपसमा फरक छौँ। उदाहरणका लागि कोही मधेसी त कोही पहाडी, कोही मंगोलियन त कोही आर्यन। यी समुदायभित्र पनि मनु ऋषिद्वारा विभाजित चार जात ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र पर्छन्। कामको प्रकृतिसहित छुट्याइएको यी चार जातलाई कालान्तरमा उच्च र तल्लो जातमा बाँडियो। यस प्रथाको निरन्तरताले प्रजातन्त्रमा सबैले सबैसँग समान व्यवहार गर्ने भन्ने मान्यता आत्मसात् गर्न अप्ठेरो बनाएको छ। प्रजातन्त्रमा मानिस कुनै पनि जात वा अरू कारणले ठूलो वा सानो हुँदैन। सबै समान हुन्छन्। अर्कातिर हाम्रो देशमा धेरै वर्षसम्म सामन्ती प्रथाले जरो गाडेको थियो। प्रजातन्त्रको प्रादुर्भावपछि पनि यही प्रथाले हामीलाई कक्रक्क पारिरहेको छ। आफूभन्दा कमजोरलाई हेप्ने, विभिन्न जालझेल गरेर आफू अगाडि बढ्ने, आफ्नो फाइदाका लागि आफूभन्दा माथिकाको चाकरी गर्ने, अरुको प्रगतिलाई देखी नसहने जस्ता सामन्ती प्रवृत्ति यस प्रथाका जरा हुन्। प्रजातन्त्रलाई बलियो बनाउन यस्ता सामन्ती प्रवृत्तिका जरा उखेल्दै जानुपर्छ।
पछिल्लो कारखण्डमा नेपाली राजनीतिमा जातीय विषयले निकै ठूलो चर्चा पाएको छ। विशेष गरेर यस विषयलाई माओवादी सशस्त्र द्वन्द्वकालपछि बढी सशक्तरूपमा उठान गरियो। माओवादीले आफ्नो क्षणिक अभीष्ट पस्रा गर्न अपेक्षाकृत सोझासिधा जनजातिलाई जातीय राज्यको अवधारणा ल्याई द्वन्द्वमा होमेमा सथए। तर अब त्यस विषयलाई कसरी सहज ढंगले अवतरण गर्ने भन्ने बारेमा माओवादी स्वयं अन्योलमा देखिन्छन्। नेपालको कुनै पनि भूभागमा विशुद्ध एउटा जात विशेषको मात्र बसोबास छैन। गाउँ विकास समिति तहसम्ममा पनि विभिन्न जातको बसोबास पाइन्छ। खासखास ठाउँमा जाति विशेषको बाहुल्य भए पनि अन्य जातिको पनि बसोबास भएकोले एकल जातीय पहिचान भएको राज्य या प्रदेश बनाउन व्यावहारिकरूपले पनि सम्भव देखिँदैन। कदाचित् त्यस्तो राज्य निर्माण भइहाल्यो भने बहुसंख्यक र अल्पसंख्यकबीच द्वन्द्व हुने बलियो सम्भावना छ। अघिल्लो संविधान सभा विफल हुनुमा यही एकल जातीय पहिचानसहितको संघियताको विषय प्रमुख थियो भन्ने धेरैको ठम्याइ रहेको छ।
व्यक्तिको भावनासँग गाँसिएको विषय भएकाले पहिचान भन्ने शब्द ज्यादै संवेदनशील हुन्छ। सोभियत संघ, युगोस्लाभियाजस्ता मुलुक यही जातीयताको सवालले गर्दा सिंगो राष्ट्रका रूपमा रहन सकेनन्। जातीयताको कारणले नयाँ राष्ट्रियताको भावना विकास भयो। कतिपय अफ्रिकी देशमा प्रजातन्त्र आए पनि जातीय राजनीतिकै प्रभुत्व छ। जातीयतामा आधारित दलले जात विशेषलाई आफ्नो भोट बैंक बनाउँछन्। यसरी चुनाव जितेर आएको दल सत्तामा पुगेपछि देशको आर्थिक योजना पनि आफ्नै जाति बस्ने क्षेत्रमा पार्छन् र अन्य जाति त्यसको विरोधमा उत्रन्छन्। ती देशहरूमा अझै पनि प्रजातन्त्र फस्टाउन सकेको छैन। छिमेकी मुलुक भारतमा सुरुमा १६ वटा राज्य थिए भने हाल आएर २९ वटा भइसकेका छन्। भविष्यमा यो संख्या बढ्ने क्रम पक्कै जारी रहनेछ।
यसरी भारतमा राज्यको संख्या बढ्दै जानुमा जातीयताको महत्वपूर्ण भूमिका छ। नेपालमा भन्दा भारतमा जातीयताको विषय बढी व्यावहारिक देखिन्छ। किनभने त्यहाँका अधिकांश जातीय राज्यमा लगभग एउटै जाति वा भाषी जनताको बसोबास छ। हाम्रो देशको कुनै पनि भूभागमा एउटै जातिका मानिसको मात्र बसोबास पाइँदैन। प्रायः सबै ठाउँमा विभिन्न जातजातिका मानिस छ्यासमिस भएर बसेका हुन्छन्। संयुक्त राज्य अमेरिका संघीय गणराज्य हो। त्यहाँ राज्यको संख्या निश्चित अर्थात् ५० वटा छ। धेरै साना राज्यहरूमा मेन, डेलवेयरदेखि टेक्सस, क्यालिफोर्नियाजस्ता धेरै ठूला राज्य पनि छन्। तर त्यहाँको माथिल्लो सभामा सबै राज्यबाट बराबर दुई दुई जना सिनेटर चुनिएर आएका हुन्छन्। त्यसले गर्दा सानो ठूलो राज्यको एउटै हैसियत रहन्छ। त्यहाँ पनि वर्ण तथा उत्पत्तिका आधारमा जातीय विविधता छ। तर त्यहाँका मानिस आफ्नो जातीयता वा उत्पत्तिको पहिचानलाई त्यति महत्व दिँदैनन्। कानुनी आधार तथा व्यवहारमा पनि सबै समान हुने भएकाले उनीहरु वर्ण अथवा उत्पत्तिभन्दा स्वतन्त्र व्यक्तित्वलाई बढी महत्व दिन्छन्। उनीहरु अनेकतामा एकता देख्छन्। यसैको परिणामस्वरुप अल्पसंख्यक काला जातिका बाराक ओबामा दुई पटक राष्ट्रपति निर्वाचित भए।
नेपाली राजनीतिमा भने जातीयताको विषयले अझै केही वर्ष ठाउँ पाउने देखिन्छ। नेपाली समाज जातीयता वा सम्प्रदायका बारेमा अझै पनि पुरातनवादी नै छन्। अधिकांश मानिसमा बिहेवारी आफ्नै जातभित्र हुनुपर्छ भन्ने सोच यथावत् छ र यसलाई सामाजिक प्रतिष्ठाका रूपमा लिइन्छ। जातीयताबीच अन्तरनिहित भावनात्मक सामीप्यले गर्दा लोकतान्त्रिक प्रक्रियामा प्रभाव परेको देखिन्छ। विगतका निर्वाचन परिणामलाई हेर्दा कि त पार्टीमा आएको लहर कि त जातीयताको आधारमा उम्मेदवार विजयी भएको देखिन्छ। यसरी पार्टीगत लहर वा जातिगत आधारमा मात्र निर्वाचित हुने परिस्थितिले उत्तिकै सही र सक्षम उम्मेदवार चयन हुनेमा शंका गर्ने ठाउँ हुन सक्छ। प्रजातन्त्र बलियो हुन निर्वाचित व्यक्तित्व आफ्नो विवेक प्रयोग गर्नसक्ने हुनुपर्छ।
नेपालमा सयभन्दा बढी जातजाति छन्। यसलाई सकारात्मकरूपमा पनि लिन सकिन्छ। किनभने यसरी धेरै जातजाति हुँदा कसैको पनि बाहुल्य हुँदैन र अनेकतामा एकता कायम गर्न सजिलो हुन्छ। तर देशको विभिन्न भूभागमा क्षेत्रगतरूपमा निश्चित जातिको बाहुल्य र केन्द्रमा हुने निश्चित जातिको प्रभुत्वलाई ध्यानमा राखेर राजनीतिक नीति निर्माण गर्नुपर्ने हुन्छ। यसमा सम्पूर्ण जातजातिलाई राजनीतिक वा सरकारी निकायमा जातीय सन्तुलन मिलाई उनीहरुमा अपनत्वको भावना जाग्रित गराउन जरुरी छ। यसका लागि समावेशी समानुपातिक सिद्धान्तलाई अंगिकार गर्नु उत्तम हुन्छ।
हाम्रो देशमा प्रजातन्त्र बलियो बनाउन जातीयतालाई मात्र नहेरी अन्य विभिन्न प्रमुख कारणलाई पनि लिन जरुरी छ। यसमध्ये भ्रष्टाचारमुक्त कानुनी राज्य, प्रेस स्वतन्त्रता, मानवअधिकार, राज्यका सम्पूर्ण निकायमा पारदर्शी तथा समावेशी आधारमा नियुक्ति प्रथा, गरिब नागरिकका लागि प्रभावकारी आर्थिक नीति आदिले प्रजातन्त्रलाई बलियो बनाउन मद्दत गर्छ।
लेखक काठमाडौं विश्वविद्यालयमा अध्यापन गर्छन्।