राम जान्या अयोध्या, लडाकु जान्या वैद्य। भानुभक्त आचार्यको भाकामा लेख्ने हो भने अहिलेका विद्रोही कविता अब यस्तै हुनेछन्। नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई छाडेर संविधान सभा चुनाव गराउने प्रक्रिया जसै अघि बढ्छ, यस कवितांशको कथन साबित हुँदै जान्छ। हो, वैद्य माओवादीका गतिविधि शान्तिपूर्ण छैनन्। चैतमा सारेमात्र चुनावमा भाग लिन्छु भन्ने उसको आग्रहमा आत्मविश्वासको अभाव छ। संविधान बन्ने ग्यारेन्टीका आधार खोज्नभन्दा उसका कतिपय माग अन्तै बरालिएका देखिन्छन्। तथापि उसलाई छाडेर चुनाव गराउँदा द्वन्द्वको घाउ मेटिँदैन, झन्झन् बढ्छ।
चारदलीय संयन्त्र र सरकार सेना परिचालन गरेरै उसको विद्रोह दबाएर चुनाव गराउने पक्षमा देखिन्छ। यो प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ। वैद्य माओवादीले निर्वाचनलाई निरपेक्षरूपले अस्विकारेको होइन। उसका सर्त छन्। ती पूरा भए ऊ चुनावमा भाग लिने पक्षमा छ। यस्तो स्थितिमा उसलाई बाइपास गरेर, सेना परिचालन गरेरै चुनाव गराउन खोजिएको छ। एकातिर संविधान सभाजस्तो युगान्तकारी चुनाव सेना परिचालन गरेर गर्नु लोकतन्त्रको भावना डगमगाउँछ। अर्कातिर शान्ति सम्झौताकै एउटा पक्षलाई लक्षित गरेर सेना परिचालन गर्दा विस्तृत शान्ति सम्झौता उल्लंघन हुन्छ।
मननीय के छ भने हुन लागेको चुनाव व्यवस्थापिकाको नियमित आवधिक चुनावजस्तो होइन। व्यवस्थापिकाको चुनाव त हरेक पाँच वर्षमा हुन्छ। त्यस्तोमा समेत सबै असन्तुष्ट पक्षको सहभागिता र सहमतिका लागि अधिकतम प्रयास गरिन्छ। २०३७ सालको जनमत संग्रह एउटा पक्षले अस्विकार्दा सुधारिएको पञ्चायतलाई नौ वर्ष टिक्नै धौधौ पर्यो। आखिर २०४६ सालमा त्यसले सदाका लागि बिदा लिनुपर्यो। २०३८ सालको चुनावमा पञ्चायतको धज्जी उडाउन काठमाडौँबाट नानीमैया दाहाल, झापाबाट पुहातु चौधरीलगायतलाई जिताइएका प्रसंग स्मरणीय छन्। २०६२ सालमा मुख्य राजनीतिक दलको असहमतिमा राजाले गराएको स्थानीय चुनावको हालत बेहाल भयो। अहिले हुन लागेको देशको भाग्यरेखा कोर्ने संविधान सभा चुनाव हो। त्यो हरेक देशको जीवनमा एक जुगमा एकचोटि मात्र आउँछ भनिन्छ। २००७ सालमै हुनुपर्ने चुनाव हुन देशले झन्डै ६० वर्ष कुर्नुपर्यो। यस्तो चुनाव देशका हरेक असन्तुष्टिलाई निमिट्यान्न पार्नेखालको हुनुपर्छ। शाही सरकारविरुद्ध आन्दोलन सफल पार्ने र संविधान सभा चुनाव गर्ने सर्तमै जंगलबाट सत्तामाथि आक्रमण गरिरहेको माओवादी बाह्रबुँदे सम्झौता र शान्ति प्रक्रियामा आउन राजी भएको थियो। अन्यायको जगमै अशान्ति भर्भराउने हो। संविधान सभाबाट बन्ने समतामूलक संविधानले मात्र यो अशान्तिको आगो निभाउन सक्ने निष्कर्षसहित सबै राजनीतिक दल २०६४ सालको संविधान सभा चुनावमा सहभागी भएका थिए। सर्वसम्मतिमा भएको चुनावबाट बनेको संविधान सभाले समेत संविधान बनाउन सकेन भने एउटा ठूलो शक्तिको बहिष्कार र चुनौती सामना गरेर संविधान सभा चुनाव कसरी शान्तिपूर्ण होला? त्यसले कसरी संविधान बनाउला?
एनेकपा (माओवादी) बाट करिब सय जना पूर्वसभासद्को समर्थन लिएर बनेको वैद्य माओवादी शान्ति सम्झौताकै एउटा पक्ष हो। जुन एजेन्डा बोकेर तत्कालीन माओवादी जंगल छिरेको थियो, त्यसको मूल भावनाको प्रतिनिधित्व गर्ने मानिस यसमै छन्। सत्ता र राज्यको हरेक सुविधाबाट वञ्चित, अंगभंग भएका, आफन्त गुमाएका, अनमिनबाट अयोग्य ठहरिएका, आफ्नै कमरेडबाट लुटिएका, अभाव र आँसुमा डुबिरहेका अधिकांश लडाकुले वैद्य माओवादीलाई जुझारु बनाएका छन्। जहाँ अभाव र अत्याचारबाहेक केही हुँदैनन्, त्यहाँ आँसु नै आगो लगाउन पर्याप्त हुन्छ। २०५२ साल फागुन १ गते थालिएको माओवादी वि्रद्रोहको आगो अभाव र अत्याचारको जगमा भर्भराएर देशव्यापी हुन पुगेको थियो। त्यति बेला माओवादी जंगल छिर्नुपरेका आर्थिक र सामाजिक परिस्थिति यथावत् छन्। वैद्य माओवादीसहित ३३ दलीय मोर्चाले यी परिस्थिति अन्त्य गर्न संविधान बन्ने ग्यारेन्टी हुनुपर्छ भनी उठाएको आवाज एक कानले सुनेर अर्को कानले उडाउने विषय हुँदै होइनन्।
मोर्चाका १८ बुँदे मागमध्ये बुँदा नं. ५ देखि १२ सम्मका मागमा दोस्रो संविधान सभाले संविधान बनाउने ग्यारेन्टीको आधार खोजिएको छ। यी सर्वथा जायज माग थिए। यिनलाई अस्विकार्नुपर्ने कुनै कारण छैन। कसैले अस्वीकार गर्छ भने त्यो संविधान अनिश्चित हुने मूल्यमै देशको अर्बौँ रुपियाँ स्वाहा पार्ने पक्षमा छ भन्ने बुझ्न सकिन्छ। अझ पछाडि त मोर्चा ४ बुँदे मागमा ओर्लेको छ। अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा गर्नुपर्ने र उनकै नेतृत्वमा दलीय सरकार बन्नुपर्ने, चुनाव चैतमा सार्नुपर्ने, संविधानको अन्तर्वस्तुमा सहमति हुनुपर्ने, चुनाव पूर्ण समानुपातिक हुनुपर्ने उसका पछिल्ला माग हुन्। त्यसमा पनि रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा गरे चुनावमा सहभागी हुने वचन उसका नेताहरूले सार्वजनिक सभामा बारम्बार दिएका छन्।
राजनीतिक माग र आपूर्तिमा सधैँ देखिने कुरा के हो भने असन्तुष्ट पक्षले अधिकतम माग गर्छ। तर, उसले आफ्नो आधारभूत मागको बेग्लै ग्राफ बनाएको हुन्छ। त्यति पूरा भए ऊ सम्झौतामा पुग्न राजी हुन्छ। अर्कातिर सत्ताले सकेसम्म त्यसै टारेर असन्तुष्ट पक्षलाई गलाउन खोज्छ। केही नलागे सकेसम्म थोरै दिएर मनाउन खोज्छ। राजनीतिमा यसैलाई रणनीति भनिन्छ। रेग्मीलाई प्रधान न्यायाधीशबाट राजीनामा गराई शक्ति पृथकीकरण कायम राख्न माओवादीजस्तो आफूलाई कम्युनिस्ट भन्न चाहने पार्टीले उठाउनुपर्ने कुरै थिएन। यो त आफूलाई लोकतान्त्रिक दाबी गर्ने पार्टीले आफ्नो जीवन–मरणको विषय ठान्नुपर्ने मुद्दा थियो। नेपालीे राजनीतिको विडम्बना, त्यही कुरा लोकतान्त्रिक भनिएका दल अस्वीकार गरिरहेका छन्। बहुदलीयताको कुरा गरेर नथाक्ने र त्यसकै लागि त्यति ठूला आन्दोलन गरेका दलहरूले संविधान सभाजस्तो युगान्तकारी चुनाव गराउने जिम्मा नोकरशाहीलाई हस्तान्तरण गर्नु आफैँमा निर्लज्ज अराजनीतिक निर्णय थियो। त्यसलाई पूरै नसके पनि सरकारमा दलहरूलाई सामेल गरेर थोरै भए पनि सुधार गर भन्नु वैद्य माओवादीले लोकतान्त्रिक भनिएका दलहरूको अर्को नारा बोकिदिनु थियो। विडम्बना, त्यही कुरामा पनि चार दलीय संयन्त्र हलचल हुन तयार देखिन्न।
चुनाव सार्ने माग वैद्य माओवादीको प्राविधिक अप्ठेरोको परिणाम हो। भारतीय विदेश सचिव सुजाथा सिंहले भन्दैमा चार दलले मंसिर ४ लाई पितृको सराद्धेजस्तै यताउता गर्नै नहुने कारण थिएन। त्यसलाई वैद्यले भनेकै मितिमा पुर्याउनु अनिवार्य थिएन। तर मंसिरभित्रै वा पुसको पहिलो हप्ताभित्र गराएर असन्तुष्टलाई नाक जोगाउने अवसर दिन सकिन्थ्यो। पूर्ण समानुपातिक चुनावको माग उसको रणनीतिक अंकुशेमात्र हो। उसको मुख्य माग संविधानको अन्तर्वस्तुमा सहमति हो। यो अत्यन्त महत्त्वपूर्ण कुरा हो। अर्बौं रुपियाँ खर्च भएको पहिलो संविधान सभा संविधान जारी नगरी बिदा भयो। अब अर्को अबर्ौँ रुपियाँ खर्च गरेर बन्ने नयाँ संविधान सभाबाट पनि संविधान बन्ने ग्यारेन्टी छैन। त्यो ग्यारेन्टीको अनिवार्यतामा जोड दिनु वैद्य माओवादीको गल्ती थिएन। संविधान सभामा माओवादी, कांग्रेस, एमाले, मधेसी दलहरू नै मुख्य शक्तिका रूपमा उदाउने लगभग पक्का छ जो अघिल्लो संविधान सभामा मुख्य शक्ति थिए। अघिल्लो संविधान सभाले टुंगो लगाएका अधिकांश प्रावधान समतामूलक समाज निर्माणका लागि अत्यन्त उपयोगी छन्। तिनको स्वामित्व चार दलले अस्विकार्नुपर्ने कुनै कारण छैन। त्यसमाथि चार दलबीच गत फागुन ३० मा सम्पन्न ११ बुँदे सहमतिको बुँदा नं. ८ मा प्रस्ट भाषामा यसको स्वामित्व लिइने प्रतिबद्धता छ। यस्तो अवस्थामा यी दुई पक्षबीच कुरा नमिल्नुपर्ने कुनै कारण छैन। तोकिएको कार्यतालिकाअनुसार विवाद नटुंगिए बहुमतका आधारमा मतदानबाट छिनोफानो गर्ने वा संघीयता र शासकीय स्वरूपको विवादलाई संविधान सभाकै चुनावमा जनमत संग्रहमार्फत् टुंगो लगाउने प्रस्तावमा सहमति गर्न सकिन्छ। यति कुरामा पनि चित्त उदात्त पार्न नसके चुनाव त होला, अन्तर्राष्ट्रिय समुदायले पुट दिएका कारण मान्यता पनि पाउला तर द्वन्द्वको घाउ निमिट्यान्न हुन्न। उल्टै बल्भि्कन्छ। माओवादी विद्रोहका क्रममा राज्य र माओवादीका तर्फबाट १५ हजार जनाले ज्यान गुमाएका थिए। अबको वार्तामा लोकतान्त्रिक दलहरू फेरि तिनै दिन दोहोरिन नदिन प्रतिबद्ध होऊन्।