मतदाताको यक्ष प्रश्न
१९ असोज २०७०
•
११ मिनेट पाठ
मतदाताको यक्ष प्रश्न
सबै निर्वाचन क्षेत्रमा को को उमेदवार हुने भन्ने ठेगान लागिसक्यो। नेताहरूको घरदैलो कार्यक्रम सुरु हुने बेला भयो। कोही न कोही आउला तपाईंकोमा पनि मत माग्न। 'मलाई मत दिनुभयो भने फलानो, ढिस्कानो काम गर्छु, तपाईंलाई जागिर लगाइदिन्छु, ठेक्कापट्टा दिलाइदिन्छु, पानी–बत्ती पुर्‍याइदिन्छु'जस्ता अनेकौं वाचा पनि गर्लान्। अझ कतिले त पैसाकै लोभ पनि देखाउलान्। तपाईं के गर्नुहुन्छ, यस्ता नेता अगाडि परे भने?
अधिकांश नेपालीलाई नेताहरू बोलेको पूरा गर्दैनन् भन्ने थाहा छ। तैपनि, सबैजना सधैंजसो निर्वाचनका बेला सिधै नेतालाई प्रश्न गर्न सत्तै्कनौं। आफ्नो प्रभाव जमाउन कोठेगफ र चियापसलको भेलामा भने धेरैले भन्ने गर्छन्– अहिलेसम्म कसैले केही गरेन, त्यसैले यसपल्ट भोटै दिइन्न वा यसपल्ट दिनैपरे नयाँ दललाई दिइन्छ, त्यसले त केही गर्ला कि नेपालीका लागि। अथवा कोही भन्छन्– युवालाई जिताउनुपर्छ, युवा नै हुन् भविष्यका आशापुञ्ज। कसैले एउटा दललाई भोट हाल्नुपर्छ भन्लान्, कसैले अर्कैलाई।
नेताहरूले जनताको चाहनाअनुरुप कहिल्यै, केही गर्न नसकेका हुनाले नै नेपालमा सधैँ शासन व्यवस्था परिवर्तन भइरहन्छ, तर जनताको भाग्य बदलिँदैन। यसको मुख्य कारण के हो भने हामीले सच्चा नेतृत्व पाएनौं। विसं २००७ सालमा राणालाई त फाल्यौं, तर राणाशासनको मूल जग अर्थात् तानाशाही, चाकरी, चाप्लुसी र षड्यन्त्रको राजनीतिलाई परिवर्तन गर्न सकेनौं। विसं २०१५ सालदेखि २०१७ सालसम्म विश्वेश्वरप्रसाद कोइरालाले लोकतान्त्रिक शासन स्थापित गर्ने कोसिस नगरेका होइनन्, गरिब जनता र भूमिहीनहरूका पक्षमा आवाज मुखर नगरेका पनि होइनन् तर उनले मौकै पाएनन्। पञ्चायतले केही मान्छेलाई बनायो, तर देश बनाएन। तथापि, पञ्चायतकालमा निरंकुश राजाहरूले विश्व रंगमंचमा आफूलाई उदार देखाउन केही सुधार गरिटोपले। शाह राजाका पालामा भएका सुधार प्रत्यक्ष रूपमा उल्लेख्य देखिए पनि त्यही बेलाका हामीजस्तै अरु देशले गरेको प्रगतिको सापेक्षमा गौण नै हो। विसं २०४६ पछिको राजनीति पनि जनताका लागि भएन। एउटा प्रजातान्त्रिक दलको पनि संस्थापन र असन्तुष्ट पक्षको लडाइँमै सकियो। बाँकी समय संक्रमण र राजनीतिक खिचातानीले बित्यो। जतिले सके, सबैले आफ्नो दुनो सोझ्याए, तर गरिब जनताका लागि केही भएन। विसं २०६३ पछिको राजनीति त झनै शक्तिशालीका लागि मात्र भयो, जनता झन्झन् पछि पारिँदै गए।
यसरी लगातार जनता पछि पर्दै जानु र राजनीतिमा लागेकाहरू क्रमशः मोटाउँदै जानुले राजनीतिलाई सबैभन्दा फाइदाजनक व्यापारका रूपमा स्थापित गरिदियो। अहिलेको अवस्थामा व्यापारीहरूसमेत आफैं राजनीतिमा आउँदा धेरै फाइदा देख्न थाले। यो सबैको एउटै कारण छ, मतदाताहरूले उमेदवारसँग सोध्ने प्रश्न सही भएन। हामीले नेता वा उमेदवारलाई सधैं तिमीले के गर्‍यौ वा जनताका लागि के के गर्नेछौ भनेर सोध्याँै, तर तिमी आफू र परिवार बाँच्नका लागि के गरिआएका छौ र भोलि कसरी समाजमा बाँच्ने चाहना बोकेका छौ भन्ने प्रश्न गरेनांै।
नेपालमा ठूला नेता हुन् वा कनिष्ठ कार्यकर्ता, सबैजना सधैंजसो मूल्यको राजनीति गरेको ढ्वाङ पिट्छन्। उनीहरूको थेगो नै भइसकेको छ– 'राजनीति भनेको त्याग हो, तपस्या हो र जनताको सेवाका लागि समर्पण हो।' तर जनताका लागि त्याग भोको पेटले हुन्छ र? नांगो आङले हुन्छ? कसले गर्छ आफू भोकै बसेर जनताको सेवा? जनताले बुझ्नुपर्ने के हो भने जुन राजनीतिक नेताले त्याग र समर्पणका नाममा आफू कुनै पनि पेसा गर्दैन वा जसको घरपरिवार पाल्नका लागि कुनै आयस्रोत छैन, त्यस्ता सबै नेता ढोंगी हुन्, देशका जुका हुन्, जनताका सेवक होइनन्।
यसपटक संविधानसभा निर्वाचनमा मत माग्न आउने नेता हुन् वा कार्यकर्ता, सबैलाई एउटामात्र प्रश्न– तपाईं अहिलेसम्म के गरेर जीविका गर्दै हुनुहुन्छ? अहिलेसम्म आफैंले कुनै जागिर, पेसा, उद्यम गरेर जीवनयापन गरिरहेका व्यक्ति हुन् भने तिनलाई हाम्रो साझा सम्पत्ति अर्थात् देशकोे ढुकुटी जिम्मा लगाउन सकिन्छ। होइन भने कसरी विश्वास गर्ने? जनताको नाममा सधैं केही काम नगरी षड्यन्त्र र छलछाम गरेर बसेका व्यक्तिलाई अझ धेरै कमाउने र अझ बढी राजनीतिक अपराध गर्ने मौकामात्र प्रदान गर्ने?
नेपालका अधिकांश नेताको न त पर्याप्त पारिवारिक सम्पत्ति छ, न कुनै बन्दव्यापार छ, न कुनै सेवा उद्योग छ, न त आम्दानीको अरू कुनै स्रोत नै। तर, उनीहरू नै ठूला घरमा बस्छन्, महँगा मोटर चढ्छन् अनि एउटा रिसोर्टबाट अर्को रिसोर्टमा दौडँदै राजनीतिका ठूला गफ हाँक्छन्। कसरी प्राप्त गरे तिनले त्यत्रो खर्च गर्ने क्षमता? तपाईंको प्रश्न भुइँमा झर्न नपाउँदै तुरुन्तै उत्तर आउँछ– 'जनताले दिएको चन्दा र लेबीको पैसाले।' बाटोमा भोको पेट र नांगो बच्चा लिएर विलौना गर्दै बसेकी महिलालाई एक रुपैयाँको ढ्याक फुत्त फ्याँक्न नसक्ने जनताले तिनलाई त्यस्तो सान र इज्जतसाथ बस्न पुग्ने पैसा त्यसै दिए होलान् र? पक्कै दिएनन्। तिनले खोसेरचाहिँ लिए होलान्। त्यसै दिएको हो भने किन कुनै पनि राजनीतिक दलको हिसाबकिताब पारदर्शी छैन त?
वास्तवमा नेपालका राजनीतिक दलका नेताहरू जनताका सेवक नभएर मालिकका रूपमा निरन्तर विकसित हुँदै गएका छन्। यस प्रक्रियालाई रोक्न निर्वाचनै सबैभन्दा अचुक अस्त्र हो। यही अवसर हो, जनताले राजनीतिक नेताको भेषमा लुकेका मालिक प्रवृत्तिका गुन्डा, लुटेरा, दलाललाई 'बेनकाव' पार्ने। कसैले, कुनै पेसा गरेको छ वा बन्दव्यापारमा छ भन्दैमा त्यो व्यक्ति पनि मत प्राप्त गर्ने योग्य व्यक्ति भने नहुन सक्छ। कुनै व्यक्तिले अहिलेसम्म बन्दव्यापार गरेर पैसा कमाएको छ भने उसले सरकारलाई कति राजस्व तिर्‍यो? कतिजनालाई रोजगारी दियो र अहिलेसम्म उसको व्यापारिक साख कस्तो छ भन्नेमा पनि मतदाताले ध्यान दिनु जरुरी हुन्छ। पुराना बद्मास व्यापारी, तस्कर, गुन्डालाई पुरानो सम्पत्ति भएकै भरमा आफ्नो प्रतिनिधि बनाउँदा झन् ठूलो भँड्खालोमा पर्ने जोखिम हुन्छ। अरूले लाख खाँदा ऊ जनताको अर्ब सिध्याउने खालको हुनसक्छ।
त्यसैले जनताले मत माग्न आउनेलाई सोध्न एउटा प्रश्न तयार गरेर राखे हुन्छ– अहिलेसम्म कसरी बाँच्नुभयो र भोलि के गर्नुहुन्छ? यो प्रश्न उमेदवारलाई मात्र होइन, राजनीतिमा लागेका सबैका लागि साझा हो।
तर मतदातामात्रै प्रश्नबाट उम्कन चाहिँ पाउँदैनन्। मतदाताले पनि केही प्रश्नको उत्तर दिनैपर्ने हुन्छ। के तपाईं कुनै त्यस्तो व्यक्तिलाई मतदान गर्नुहुन्छ जसले तपाईं वा तपाईंका नातेदार, इष्टमित्रलाई जागिर लगाइदिने वाचा गर्दैन? तपाईंलाई भट्टीमा लगेर जाँड नखुवाउने, काठमाडौं आउँदा बसको टिकट नकिनिदिने, नियमविपरीत काम गर्न तपाईंलाई सहयोग नगर्ने उमेदवारलाई भोट दिने कि नदिने?
जबसम्म जनताले नेताको सही काम के हो भनेर बुझ्दैनन्, नेताहरूले पनि जनताका लागि सही काम गर्दैनन्। नेताको काम बहुजन हिताय, बहुजन सुखाय हो। जनताले सानाभन्दा साना कामका लागि नेताबाट फाइदा खोज्न थालेपछि नेताहरू पनि धेरैको हित र सुखको काममा लाग्दैनन्। यसैगरी जाने हो भने देशको भविष्य अझ ओर्लेला, उँभो पक्कै लाग्दैन। जनताले पनि आफ्नो स्वार्थका लागि भोट नदिऊँ, धेरैको हित गर्नसक्ने र देशलाई अघि लगाउने उम्मेदवारलाई चिनौं र चुनौं।
अर्को समाचार
वीरगञ्जको विकासका बारेमा उम्मेद्वारका एजेण्डा
२५ भदौ २०७४
•
६ मिनेट पाठ
वीरगञ्जको विकासका बारेमा उम्मेद्वारका एजेण्डा
वीरगञ्ज –आर्थिक नगरी वीरगञ्ज किन र कसरी जीर्ण, जर्जर बन्दै गइरहेको छ। एउटा सुन्दर र समुन्नत वीरगञ्जको कल्पना गर्ने पछिल्लो पुस्तामात्र होइन यसको आर्थिक महत्व बुझेको अघिल्लो पुस्ता पनि वीरगञ्जको खस्कँदो स्थितिप्रति के गर्न सक्छ। वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवारसँग आर्थिक नगरी वीरगञ्जको समग्र विकासप्रति कस्ता दूरदृष्टि (भिजन) छन् । त्यो मतदाताको यक्ष प्रश्न रहेको छ। 

वीरगञ्ज मृत शहर बन्दै गएको अनुभूतिबीच भइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवारसँग यसका उत्प्रेरक सकारात्मक पक्ष के–के छन् । यही विषयको उत्तर खोज्न रिपोर्टर्स क्लब पर्साले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुखको उम्मेदवारसँग मतदातासमक्ष उभ्याएर उत्तर खोज्ने प्रत्यत्न शनिबार गरेको थियो। 

मुलुकको लाइफलाइनका रुपमा रहेको आर्थिक नगरी वीरगञ्जको समग्र विकासप्रति आफ्नो प्रतिबद्धता जनाउँदै नेपाली काँग्रेसबाट महानगर प्रमुखका उम्मेदवार बनेका अजय द्विवेदीले नेपालको गेटवेका रुपमा रहेको वीरगञ्जको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए। 

पाँच वर्षसम्म वीरगञ्ज नगरपालिकाको उपप्रमुख भइसकेका द्विवेदीसँग समृद्ध वीरगञ्ज बनाउने योजना भने धेरै छन्। उनले गाउँलाई वीरगञ्ज शहरसम्म जोड्न सडक विकास, घर घरसम्म पुग्ने मोबाइल अस्पताल, दलित तथा महिलाको समग्र विकास, वीरगञ्जलाई सुविधायुक्त शहर बनाउन, जलनिकासको स्थायी उपाय अवलम्बन गर्न, उद्योगी व्यापारीलाई सुरक्षाको प्रत्याभूति दिन आफूले प्रमुखमा उम्मेदवारी दिएको मतदातासमक्ष अठोट गरेका छन्। 

निर्वाचनमा मतदान गर्न मतदाता आतुर भए पनि कसलाई मत दिने भनेर अन्योलमा रहेको मतदातासामु आफ्नो उम्मेदवारीको कारणबारे स्पष्ट पार्दै प्रमुख पदका अर्का उम्मेदवार नेकपा (एमाले)का बसुरुद्धिन अन्सारीले महानगरपालिकाभित्रको बासिन्दालाई महानगर क्षेत्रभित्रका बासिन्दा हुँ भन्ने अनुभूति गराउनका साथै वीरगञ्जको समग्र विकासका लागि नै आफ्नो उम्मेदवारी परेको स्पष्ट पारे। 

सत्तारुढ दल माओवादी केन्द्रका प्रमुख पदका अर्का उम्मेदवार रहवर अन्सारीले आफ्नो उम्मेदवारीबारे मतदातासामु विचार राख्दै देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि देशको लाइफलाइनका रुपमा रहेको वीरगञ्ज शहरको परिवर्तन हुन नसकेकाले यहाँको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले नगर क्षेत्रभित्र रहेको बिजुलीको पोलमा बत्ती छैन तर विभिन्न पार्टीका झण्डा फहराइरहेकाले झण्डा होइन उज्यालो दिने बत्ती राख्नुपर्ने आवश्यकता रहेको बताए। 

राजनीतिक क्षेत्रमा समेत अग्रणी मानिएको वीरगञ्जको औद्योगिक एवं व्यापारिक क्षेत्र धरासाही भएको भन्दै वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका अर्का उम्मेदवार संघीय समाजवादी फोरम नेपालका विजय सराबगीले मधेशमा विद्यमान विभेदको अन्त्य, युवा स्वरोजगार, आर्थिक विकास, शिक्षा क्षेत्रको विकास, ऐतिहासिक सिरसिया नदीको संरक्षण आफ्नो प्रमुख एजेण्डा रहेको बताए। 

सुशासन र राजनीतिमा इमान्दारीको अभाव रहेको वीरगञ्जलाई संकटबाट मुक्त गर्न आफ्नो उम्मेदवारी दिएको भन्दै राजपाका प्रमुखका उम्मेदवार राजेशमान सिंह र राष्ट्रिय जनता दलका मनोज रौनियारले युवालाई रोजगारीको अवसर, समुन्नत वीरगञ्जको विकास, भ्रष्टाचार मुक्त वीरगञ्ज बनाउन आफूहरुको उम्मेदवारी परेको बताए। वीरगञ्ज शहरलाई सुन्दर, हराभरा र विकासमुखी शहर बनाउने एजेण्डा भएका उम्मेदवारको पक्षमा मतदाता रहेको देखिन्छ। 

वीरगञ्ज महानगर क्षेत्रभित्र ३२ वडा रहेको छ भने त्यहाँ एक लाख आठ हजार ५०१ मतदाता रहेका छन् । रासस 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस