मंसिर ४ मा हुने चुनाव ऐतिहासिक नै हो। संविधान निर्माण गर्ने सभाको चुनाव भएकाले आवधिक चुनाव जस्तो गरी यसलाई हेरिनुहुन्न। अर्थात् संविधान सभाको चुनाव पटक–पटक हुँदैनन् तर नेपालले दोस्रो पटक गर्दैछ। एक युगमा एक पटक भनेर चुनाव भइसकेकाले यस पटक जनसाधारणलाई बुझाउन कठिन पर्ने देखिन्छ जुन नेपाली राजनीतिको मुख्य चुनौती हो। यसर्थ, अधिकतम् जनतालाई मतदान केन्द्रसम्म पुर्याउनु नै राजनेताहरुको कुशलता हुन जान्छ।अघिल्लो संविधान सभाले सार्थकता नपाएकाले धेरै मतदातामा निराशा छाएको छ। उनीहरुमा चुनावप्रति कुनै उत्साह छैन। आफ्नो काम छाडेर मतदान गर्न जाने मनस्थितिमा पनि छैनन्।
दोस्रो जनआन्दोलनले उत्पन्न गराएको राजनीतिक उत्साह झण्डै दशक पुग्न लाग्दा पनि संस्थागत हुन नपाएपछि मतदातामा मनोवैज्ञानिक प्रभाव परेको छ। जो आए पनि र जुनसुकै व्यवस्थाले पनि केही फरक नपर्दाे रहेछ भन्ने बुझाई आमसमुदायमा पर्न गएकाले राजनीतिप्रति उत्साह घट्दै जानु स्वाभाविक पनि मान्नुपर्छ। अध्ययन, रोजगारी र सुविधाका खोजीमा अन्यत्र बसेकाहरु आफ्नो मत खसाल्न नजाने हो भने लाखौं मत तटस्थ रहनेछन्। उनीहरुको राय संविधान सभा बाहिरै हुन्छ। यसबाहेक वैदेशिक रोजगारीमा गएका र १८ वर्ष नपुगेकाको संख्या जोड्दा एक तिहाई जनसंख्याको मात्रै संविधान सभामा प्रतिनिधित्व हुनेछ। यसरी बनाइने संविधान सभाबाट बन्ने संविधानको सार्थकता कति होला? यी त भए, अदूरदर्शी दलका अक्षम नेताहरुका कारण आमजनतामा पर्न गएको मनौवैज्ञानिक असर र तिनको परिणाम।
यसबाहेक आगामी संविधान सभा–२ को चुनाव विफल र निरर्थक बनाउने तत्व अरु पनि छन्। हतियारको धम्की दिएर मानसिक आतंक सृजना गर्दै जनतालाई मतदान केन्द्रसम्म पुग्न नदिने प्रमुख तत्वका रूपमा वैद्य माओवादी देखिएका छन्। जो लामो समयदेखि संविधान सभाको मागमा हिंसात्मक राजनीतिमार्फत् हजारौं नेपालीको हत्या गर्दै विगतको संविधान सभाका सहभागी हुन्। अर्थात् जुन मागका लागि हिजो बम फाल्थे, आज तिनै उपलब्धिविरुद्ध बम फाल्ने धम्की दिएका छन्। यो अवस्थामा एकातिर वैद्यको माग र अर्कातिर संविधान सभाको चुनाव तौलने हो भने परिणाम के आउला? विगतका संघर्ष, बलिदान र आमयोगदान नभुल्ने हो भने संविधान सभाका अगाडि सबै राजनीतिक कार्यक्रम फिक्का हुन। अनि, संविधान सभालाई गौण मान्ने हो भने हजारौं नेपालीको हत्या किन भयो? यसलाई वैद्य माओवादी स्वयंले पुष्टि गर्न सक्दैन।
आज तिनै वैद्य माओवादीले जसरी पनि चुनाव भाड्ने निर्णय गरेपछि, सरकार जसरी पनि चुनाव गराउन लागेको छ। चुनाव बिथोल्न वैद्यले मतदान केन्द्रहरुमा बम खसाल्ने भनेपछि सरकारले ब्यारेकलाई क्रियाशील बनाउने मनस्थिति बनाएको छ। त्यसका लागि सुरक्षा योजनालाई तीव्रता दिएका छन्। रातारात सेना परिचालनका लागि अध्यादेश पारित गराए पनि। सुरक्षाकै लागि अर्बाै बजेट खर्च अनुमान पनि गरिसकियो। उच्चस्तरीय राजनीतिक संयन्त्र चूपचाप बसिदिए भने चुनावी सरकारले सेना परिचालन गरेर भए पनि चुनाव सम्पन्न गराउनेछ। अस्तित्व रक्षाकै लागि भए पनि वैद्यले फाल्ने बमको प्रतिकार हुने हो भने मतकेन्द्रहरु सुरक्षित हुने छैनन्। यो आमसाधारणले सजिलै बुझ्न सक्छन्। जहाँ विचारको नभई हतियारको भिडन्त हुन्छ, त्यहाँ सर्वसाधारण कुनै हालतमा स्वस्फूर्त सहभागी हुने छैनन्। यसपछि पूर्ण मत संकलन गर्न सरकार चुक्छ, चुनाव बिथोल्ने वैद्यको योजना पनि अपूर्ण रहनेछ। यसो हुँदा दुवै पक्षको हार हुनेछ, जीत बम र बन्दूकको हुनेछ।
तर यो खतरा रोक्न अन्तिम समयमा भए पनि दलहरु अनौपचारिक पहलमा जुटेको देखिन्छ। जुन, सकरात्मक छ, निकासको बाटो त्यही नै हो। सात महिनासम्म एकअर्कालाई दोषारोपण गर्दैमा ठिक्क भएका पक्ष/विपक्षका दलहरुले अब पनि तत्काल निकास ननिकाल्ने हो भने मुलुक अँध्यारो सुरुङतर्फ लागि नै सकेको अवस्थामा देखिन्छ। फुटेको औचित्य पुष्टि गर्नकै लागि भए पनि चुनावी सरकारको राजीनामालाई प्रमुख माग भनिरहेको वैद्य लचिलो भएको खबर सार्वजनिक भएको छ, जसले सार्थकता पाउनु जरुरी छ। अर्कोतिर, वैद्यलाई चुनावमा सहभागी गराउन चुनाव सार्ने वा निर्धारित मितिमै चुनाव गराउने भन्ने बिलखबन्दमा प्रमुख दल देखिन्छन्, यसलाई पनि तत्काल निकास दिनुपर्छ। आवधिक नभई संविधान सभाको चुनाव भएकाले कसैलाई छुटाउन नहुने भन्ने दलमाथि परेको दबाबमा सत्यता पनि लुकेको छ। उसो त, निर्वाचन आयोगमा दल दर्ता नै नगरेको वैद्यकै लागि संयन्त्रका दलहरुले निर्वाचन कार्यतालिका विभिन्न बहानामा परिवर्तन गर्दै पनि आएको कतै छिपेको छैन।
उसो भए वैद्यले मागेको समयअनुसार चैतमा चुनाव सार्ने? यसो गर्नु पनि उचित देखिँदैन। पहिलो संविधान सभा विघटन, दोस्रो संविधान सभा चुनावको मिति पनि पटकपटक सारिरहँदा आमजनतामा थप मनौवैज्ञानिक असर पर्नेछ। उनीहरुले चैतको चुनावमा मंसिरभन्दा पनि कम सक्रियता जनाउनेछन्। राजनीतिक निकासका लागि भनेर चुनावमा आएका उपेन्द्र यादवहरु मंसिरमा चुनाव भएन भनेर पुनः बाहिरिने खतरा हुन्छ। यसो भएकाले चुनाव मंसिरमै गर्ने तर १०/१५ दिनपछि। जुन अवधिमा विपक्षीहरुले चुनावी तयारी गर्न सक्छन्। वैद्य माओवादी नेतृत्वको मोर्चाले भनेजस्तो दलीय सरकारको कुराले निकास दिँदैन। त्यो मागले मुलुकलाई चैत १ भन्दा पछाडि फर्काउँछ। बरु, प्रधान न्यायाधीशबाट राजीनामा सबैभन्दा उत्तम विकल्प हो।
यति गर्दा पनि वैद्य माओवादी चुनावमा नआउने हो भने त्यसपछिको परिस्थितिबारे उत्तर दिन तयार हुनुपर्छ। समाधान भन्न सक्नुपर्छ। वैद्य मोर्चा पनि जनप्रतिनिधि नै भएकाले उनीहरुसँग पनि मुलुकप्रतिको उत्तरदायित्व छ। ८० प्रतिशत जनताको प्रतिनिधित्व गरिरहेका अहिलेका प्रमुख दललाई मनाउने तागत वैद्य मोर्चाले पनि देखाउनुपर्छ। चुनावी सरकार विघटन गरेपछि दलीय सरकार कसको नेतृत्वमा बनाउने र कसरी प्रमुख दललाई मनाउने भन्ने जिम्मेवारी पनि वैद्यले लिन सक्नुपर्छ। होइन भने हतियार आफैंमा समस्या हो, यसले समाधान निकाल्ला र?