औचित्यहीन एसइईको अन्त्य
१७ वैशाख २०७८
•
४ मिनेट पाठ
औचित्यहीन एसइईको अन्त्य
अघिल्लो वर्ष नयाँ शैक्षिक सत्रको सुरुदेखि नै बन्द रहेका विद्यालय गत माघ पहिलो सातादेखि धमाधम खुल्न थाले। वैकल्पिक शिक्षा सबै विद्यार्थीका लागि सर्वसुलभ र प्रभावकारी नभएको भन्दै शिक्षक विद्यार्थी नै विद्यालयमा उपस्थित भएर पठनपाठनमा जुट्न हतारिएको देखियो। कोरोना कहरको त्रासदि नसकिँदै खुलेका विद्यालयमा स्वास्थ्य मापदण्ड पूरा भएका छन्छै/नन्, शौचालय तथा हात धुने पानीको राम्रो व्यवस्था गरिएको छ/छैन, खुला झ्याल ढोका र फराकिला कक्षा कोठासहित डेक्स बेन्चको आवश्यक व्यवस्था मिलाइएको छ/छैन भन्ने अनुगमन निरीक्षण र परामर्श नै नगरी  पुरानै अवस्थामा विद्यालय  निर्वाध सञ्चालन भएको पाइयो जसका कारण पछिल्लो समय विद्यालयका बालबालिकामा दोस्रो लहरको कोरोना संक्रमण बढ्न पुग्यो।  




यो सालको वैशाख जेठ महिना पनि पढाएर कोर्स सक्ने र असारदेखि मात्र अर्को शैक्षिक सत्र सुरु गर्ने निर्णय सरकारले गरेको थियो तर बालबालिकामै कोरोना संक्रमण बढेर मृत्युसमेत भएका घटनाबाट आत्तिएर सरकारले  वैशाखको सुरुदेखि नै शैक्षिक संस्थाहरू बन्द गर्न आह्वान गर्‍यो। कोरोना कहरको १० महिनापछि बल्ल खुलेका विद्यालयमा पनि स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्डहरू नअपनाइएको र भौतिक अवस्थाको सुधारविना कक्षाभित्र कोचाकोच विद्यार्थी राखेर पठनपाठन गराएको पाइयो। तर देशभरका विद्यालयमा  शैक्षिक गतिविधि के÷कसरी अघि बढिरहेको छ भन्ने अनुगमन र निर्देशन गर्न सरकार र सरोकारवाला निकायहरूले आवश्यक ठानेनन्।  

गत वर्ष कोरोना महामारीका कारण चैतदेखि नै लकडाउन हुँदा एसइई परीक्षा नै सञ्चालन हुन सकेन। विद्यालयहरूले आफैँ मूल्यांकन गरी विद्यार्थीलाई दिएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र दिने निर्णय हँुदा विद्यालयहरूले आफूखुसी बढी नम्बर पठाए र ४ जिपिए ल्याउने विद्यार्थी संख्या बढी देखियो। परीक्षा बोर्डले नम्बर दिने कार्यविधि तयार पारी विद्यालयलाई दिए पनि विशेषतः निजी विद्यालयले त्यसको उल्लंघन गर्दै बढी अंक दिएकामा बोर्डले त्यसैलाई प्रमाणीकरण गर्दै एसइइका परीक्षार्थीको नतिजा सार्वजनिक गरेको थियो।  

२०७२ सालबाट लागु हुने गरी एसइईमा ग्रेडिङ प्रणाली लागु भएपछि सरकारी विद्यालय मात्र होइन, निजी विद्यालय पनि शैक्षिक गुणस्तर सुधार्न भन्दा झन प्राप्तांक बढी देखाउने होडबाजीमा लागेका देखियो। फेल हुने त्रासबाट विद्यार्थीलाई मुक्त गराउन ग्रेडिङ प्रणाली सुरु गरिए पनि अध्ययन/अध्यापन प्रणाली उही तर मूल्यांकन पद्धतिमात्र फरक भएर शिक्षामा गुणस्तर बढ्दैन। विद्यार्थीले पढून्न/पढून्, शिक्षकले पढाउन्न/पढाउन्, परीक्षामा सबै विद्यार्थीको प्राप्तांक उच्च देखाउनैपर्ने प्रवृत्तिले मेहनती र प्रतिभाशाली विद्यार्थीको प्रतिस्पर्धात्मक सिकाइ ह्रास हुँदै गएको छ। शिक्षासँग जोडिएको षट्कोणमा भएका ६ कोणको अर्थ सिप, सदाचार, सद्व्यवहार, सिर्जनशीलता, सत्सङ र संंवेदना हुन्। बालबालिकालाई प्रदान गरिएको वर्तमान शिक्षामा षट्कोणका यी अर्थ निहित छन्छै/नन्, मनन गर्नु जरुरी छ।  

कोरोना संक्रमण बढेका कारण अघिल्लो वर्षको जेठ २८ गते मन्त्रिपरिषद् बैठकले एसइइ परीक्षा रद्द गर्ने निर्णय गरी आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको थियो। उक्त निर्णयका आधारमा परीक्षा बोर्डले विद्यालयले अन्तिमपटक सञ्चालन गरेको कक्षा १० को परीक्षामा पाएको अंकका आधारमा विद्यार्थीलाई एसइइको प्रमाणपत्र दिने गरी कार्यविधि स्वीकृत गर्‍यो। कार्यविधिमा विद्यालयमै मूल्यांकन समिति बनाएर विद्यार्थीले प्राप्त गरेको अंक संकलन गरेर बोर्डमा पठाउनुपर्ने व्यवस्था गरियो। विद्यालयले विद्यार्थीको अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइ हुँदै बोर्डमा पठाएका थिए। मूल्यांकन समिति विद्यालयका प्रधानाध्यापक अध्यक्ष रहने गरी ३ सदस्यीय बनाइएको थियो। समितिमा कक्षा १० का शिक्षक र नियुक्तिका आधारमा ज्येष्ठ शिक्षक सदस्य थिए।  

१९९० सालदेखि सुरु भएको कक्षा १० को अन्त्यमा लिइने एसएलसी परीक्षा केही वर्षयता एसइइका रूपमा स१चालन हुँदै आएको छ।  हालको विद्यालय शिक्षाको संरचनाअनुसार  ११ र  १२ कक्षा पनि विद्यालय तहमै गाभिइसकेको अवस्थामा विगतमा झैँ केन्द्रीय स्तरबाट एसइई  परीक्षा लिनुको औचित्यबारे प्रश्न उठ्नु स्वाभाविक हो। विगतमा प्रवेशिका परीक्षाको लामो इतिहास बोकेर नेपालको समग्र शिक्षा प्रणाली अघि बढ्दै आएकामा अब विद्यालय शिक्षा १२ कक्षासम्म गाभिएपछि कक्षा १० बाट ११ मा भर्ना हुन औचित्यहीन भइसकेको एसइइ परीक्षालाई कहिलेसम्म घिसारिरहने ?  

त्यसैले १२ वर्षे विद्यालय शिक्षा प्रणाली कडाइका साथ लागु गरी अब एसइइ परीक्षा प्रणाली खारेज गर्नुपर्छ। विगतमा कक्षा ११ र १२ प्रमाणपत्र तहका रूपमा रहँदा विद्यालय तहको अन्त्यमा लिइने एसएलसी परीक्षा औचित्यपूर्ण  थियो नै। उच्च शिक्षा अध्ययनका लागि विद्यालय तहको अन्त्यमा कडा मेहनत र अनुशासनका साथ पठनपाठन गराएर एसएलसी परीक्षामा उत्तीर्ण भएपछि मात्र उच्च शिक्षा अध्ययन गर्न पाउने व्यवस्था आफैँमा स्वागतयोग्य थियो। हाल विद्यालय शिक्षाको संरचना परिवर्तन भई विगतमा उच्च शिक्षा र उच्च माध्यमिक शिक्षाअन्तर्गत रहेको कक्षा ११ र १२ विद्यालय तहमै गाभिएपछि कक्षा १० को अन्तिम परीक्षाका रूपमा लिइँदै आएको एसइइ परीक्षाको औचित्य र आवश्यकता पूर्णत अन्त्य भइसकेको छ। अघिल्लो शैक्षिक सत्रदेखि नै कोरोना संक्रमणले समेत एसइईलाई चुनौती दिइरहेको अवस्थामा यही शैक्षिक सत्रदेखि यो परीक्षा हटाएर कक्षा १० को वार्षिक परीक्षा सम्बन्धित विद्यालयबाटै गराइनुपर्छ।
अर्को समाचार
सबैखाले विभेदकारी कुप्रथाको अन्त्यमा सक्रिय बनौँः प्रदेश प्रमुख
२१ जेष्ठ २०७८
•
२ मिनेट पाठ
सबैखाले विभेदकारी कुप्रथाको अन्त्यमा सक्रिय बनौँः प्रदेश प्रमुख
कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुलुकमा भएका सबैखाले विभेदकारी कुप्रथाको अन्त्यका लागि सक्रिय भएर लाग्न आह्वान गरेका छन्।




‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ अवसरमा कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति कामना गर्दै प्रदेश प्रमुख कलौनीले जातीय विभेद तथा छुवाछूतमुक्त राष्ट्रमा विभेदकारी कुप्रथा हुन नहुनेमा जोड दिएका छन्। विभेदले मुलुकको शान्ति, विकास र समृद्धिमा अवरोध पुग्ने भएकाले समाजमा विद्यमान विभेदकारी कुप्रथा अन्त्यका लागि सबै सरोकारवाला सक्रिय लाग्न उनले आह्वान गरेका हुन्।

प्रदेश प्रमुखद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विसं २०६३ जेठ २१ गते नेपाल सरकारले जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरेअनुसार नेपालमा जातीय छुवाछूत, उत्पीडन र विभेदको अन्त्य गर्न राष्ट्रिय दलित आयोगलाई संवैधानिक अङ्गको मान्यता दिइएको छ र राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिता हुने कुरा संविधानको मौलिक हकले सुनिश्चित गरेको छ। हाम्रो विविध जातजाति र धर्म संस्कृतिबीचको एकता नै हाम्रो समाजको विशेषता हो भन्ने देखाएको छ। यही भावना र सोच हामीमा कायम भइरहोस्।”

जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ (संशोधन) २०७५ र जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) नियमावली, २०७४ जस्ता कानून निर्माण भई कार्यान्वयनमा गइसकेकाले जातीय तथा छुवाछूत विभेद नगर्न र यदि गरेको खण्डमा कसुरदारलाई कैद र जरिवानाको समेत व्यवस्था गरिएको उनले प्रष्ट्याएका छन्। यसबाट दलित समुदायमाथि भएका विभेद र उत्पीडन क्रमशः अन्त्य हुने आधार निर्माण हुँदै गएको महसुस भएको जनाउँदै प्रदेश प्रमुख कलौनीले दिवसले जातीय भेदभाव तथा छुवाछूतरहित समाज निर्माण गर्ने प्रेरणा सबैलाई मिल्ने विश्वास रहेको बताएका छन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस