नेपालमा लामो सार्वजनिक विदा दिइने चाड दसैँ सकियो। पर्वमा दिइने सार्वजनिक विदाको संख्या बढ्दो छ। पहिले नयाँ वर्ष, बुद्ध जयन्ती, जनै पूर्णिमा, गाईजात्रा, कृष्ण अष्टमी, तीज, ऋषिपञ्चमी, दसैँ, तिहार, छठ, शिवरात्री, फागु पूर्णिमा, राम नवमी आदिमा मात्र दिइने सार्वजनिक बिदा अब इद, चारवटा ल्हो्सार (यल्वो, तमु, तोल र सोनम), क्रिसमस, माघी, उँधौली, उँभौलीमा पनि दिन थालिएको छ। पहिले चलिआएका बिदा नकटाई थप सार्वजनिक बिदा दिएको छ। त्यसमाथि अरू आकस्मिक सार्वजनिक बिदा, साप्ताहिक बिदा र वाध्यकारी बन्द हड्तालले कार्यदिन भने निकै घटेका छन्। यसको प्रभाव देशको आर्थिक, शैक्षिक, प्रशासनिक र पूर्वाधार निर्माणको क्षेत्रमा परेको छ।
नेपालमा मनाइने पर्वहरूमा पहिलो धार्मिक चाडहरू, दोस्रो सरकारबाट घोषणा गरिएका दिवसहरू र तेस्रो सामाजिक व्यवहारका पर्वहरू रहेकाछन्। धार्मिक पर्वमा हिन्दु, बौद्ध, इसाई, इस्लाम र किरात धर्मका चाड रहेका छन्। यसैगरी सरकारले घोषणा गरेका दिवसहरू पनि एकै प्रकृतिका लोकतन्त्र (वैशाख ११), गणतन्त्र (जेठ १५) र प्रजातन्त्र (फागुन ७) लगायत नयाँ वर्ष, सहिद, श्रमिक, नारी, बाल, शिक्षा, निजामती आदि दिवस छन्। यी चाड र दिवसमा बिदा दिने गरिएको छ। यिनमा विभिन्न राजनीतिक दल तथा संघसंस्थाले बेलाबेलामा गर्ने बन्द पनि नियमितजस्तै भएका छन्।
नेपालमा वर्ष भरमा ३५ दिन चाडपर्व र ५२ दिन साप्ताहिक गरी ८७ दिन बिदा दिने गरिएको छ। श्रीलंकामा २७ र पाकिस्तानमा १७ दिन चाडपर्व बिदा दिने गरिएको छ। भारतमा भने गणतन्त्र तथा स्वतन्त्रता दिवस र गान्धी जयन्तीबाहेक अन्य पर्व बिदा प्रान्तले नै तोक्ने गरेको पाइन्छ। नेपालमा जस्तै एउटै धार्मिक चाडमा सात दिन लामो बिदा अरू देशले दिने गरेको देखिँदैन।
धार्मिक चाड पर्व मनाउन पाउनु नागरिकको हक हो। तर पर्वमा दिइने बिदा किटानी गरेर नियमन गर्नु राज्यको दायित्व हो। विगतमा राज्यले नै एउटा धर्मलाई प्रमुखता दिएकाले धर्मको विधिअनुसार चाडपर्व मान्न आदेश दिनु सहज थियो। अहिले राज्य धर्मनिरपेक्ष भएको छ। कुनै पनि धर्मलाई संरक्षण वा नियन्त्रण नगर्ने, जनताले मानिआएका सबै धर्मलाई सम्मान गर्ने, कानुनद्वारा चाडपर्व नियमन गर्ने दायित्व राज्यको हो। तर, राजपत्रमा सार्वजनिक बिदाका निर्णय प्रकाशित गरेर सबै धर्मको चाडमा सबैलाई बिदा दिइँदा राज्य धर्मनिरपेक्ष भएको अनुभूति दिँदैन।
विभिन्न संघसंस्था र दलले गर्ने बन्दले पनि नियमितताकै रूप लिएको छ। यो 'बन्द' पर्वको पनि कानुनद्वारा नियमन हुनुपर्छ। कुनै पनि वैधानिक दल र श्रमिक संगठनबाहेक अरू कसैले हडताल गराउन नपाउने, हडताल गर्दा निश्चित् प्रतिशतको लिखित प्रतिबद्धता हुनुपर्ने, बलपूर्वक गरिने बन्दका कारण कुनै व्यक्तिलाई हानि नोक्सानी भएमा बन्दकर्ताले क्षतिपूर्ति दिनुपर्ने, प्रक्रिया पूरा नगरी वा बन्द गर्न नपाउनेले बन्द गरेमा बन्दकर्तालाई सजाय हुने व्यवस्थासहितको कानुन तर्जुमा भएमात्र जसले जुनसुकै बेला जहाँ पनि गर्ने बन्दको अन्त्य हुनसक्छ।
यस प्रकारको लामो सार्वजनिक बिदा विकासको अवरोधक हुन्छ। वस्तु र सेवाको उत्पादन प्रायः शून्य हुने, समय, विद्युत्जस्ता सञ्चित नहुने शक्ति खपत नहुने, फजुल खर्चको भार बढ्ने, बजारमा माग र आपूर्तिको सन्तुलन बिग्रने र कृत्रिम मूल्यबृद्धि हुने गर्छ। त्यसैले सार्वजनिक बिदासम्बन्धमा सरकारले पुनःविचार गर्नु आवश्यक छ।
सार्वजनिक बिदा र बन्दहड्तालले जनताको विकास र पहुँचको हकलाई चुनौती दिइरहेको छ। संस्कृतिसँग जोडिएका यस्ता विषयलाई समयमै नियमन नगर्ने हो भने संघीय व्यवस्थामा यो चर्को समस्या बन्न सक्छ। त्यसैले सार्वजनिक बिदाका विषयमा व्यापक छलफल चलाई विकास र पहुँचको हक सुरक्षित हुनेगरी कानुनद्वारा नै नियमन गर्नुपर्ने देखिन्छ।