भारतकी विदेश सचिव निरुपमा राव नेपाल भ्रमण सकेर स्वदेश फर्कन विमानस्थल पुग्दा नपुग्दै माओवादी, एमाले र काँग्रेसका नेताहरू सहमतिको खोजीमा बैठक बसिसकेका थिए। अघिल्लो दिनसम्म संवादको कुनै संकेतै नभए राव दिल्ली नपुग्दै वार्ताबाटै समस्याको निकास निकाल्ने सहमतिमा दलहरू पुगे। त्यसपछि राजनीतिक दलहरूको संवादहीनता अन्त्य भयो।
राव आउने अघिल्लो दिन आकस्मिकरूपमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल हङ्कङ हिँडे। आफ्नो सरकार गिराइदिएको भन्दै सार्वजनिकरूपमा नै भारतको चर्को विरोध गर्ने दाहाल रावको मुख पर्न चाहेनन् होला। बाबुराम भट्टराईले वार्ता गरे। दाहाल हङकङमा छँदा नै काठमाडौमा तीन दलको बैठक तय भयो। बैठकमा भट्टराई सहभागी भए।
परराष्ट्रमन्त्री सुजाता कोइराला अघिल्लो साता चीन भ्रमणमा थिइन्। सायद, त्यसैबाट सशंकित दाहालले हङकङ पुगेर चीनिया अधिकारीसँग भेटघाट गरेका हुन्। राजनीतिक गतिरोध कायमै रहेको बेला भारत भ्रमण गरेका प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीको सबैभन्दा आलोचक मुलुक अमेरिकाको पनि भ्रमण गरे। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा उनले आफ्नो सरकारको पक्षमा विदेशी समर्थन जुटाउने नै भए।
माओवादीले सरकार छाडेपछि भारत र अमेरिकाको कति आलोचना गर्यो भने 'विदेशी प्रभु' भन्ने शब्द नै जनजीब्रोमा झुण्ड्याइ दियो। तैपनि, सत्ता कब्जाको हल्लाले सशंकित अन्तर्राष्ट्रिय समुदायको माओवादीमाथि दबाब बढेको छ। सत्तारुढ गठबन्धनले माओवादीसँग सहमति नगरी सरकार चलाउन नसकिने स्थिति बुझेका छन्। बलियो प्रतिपक्षलाई विश्वासमा नलिई देशबाहिरको वातावरण आफ्नो पक्षमा भएकै भरमा मात्र सरकार चलाउन नसकिने शिक्षा विगत साढे चार महिनाको सरकारको प्रस्तुतिबाट प्राप्त भएको छ।
सहमति र सहकार्यबाट मात्र शान्तिप्रक्रिया निष्कर्षमा पुग्ने, नयाँ संविधान निर्माण गर्न सकिने यथार्थ सबै दलका नेताको ओठैमा झण्डिएको छ। यो यथार्थ विराटनगर वा महेन्द्रनगर पुगेर वा हङ्कङ र न्यु योर्क गएर बोल्नुको साटो सँगै बसेर मनन गर्ने हो भने कसैलाई पनि 'विदेशी प्रभु' भनी राख्नुपर्दैनथ्यो।
सहमतिको खोजी गर्ने नेपालका राजनीतिक दलहरूले नै हो। दलका नेताहरूको उत्तर वा दक्षिण/पश्चिमको 'प्रतिनिधि' बन्ने मानसिकताले विदेशीलाई गुहार्ने काम भएको छ। हुन पनि दलका नेतालाई भन्दा सहमतिको बढी चटारो भारतीय राजदूत राकेश सुदलाई भएजस्तो देखिएको छ। सुद सहमतिको लागि सबै दलका नेतालाई भेट्नमा व्यस्त छन्।
देशको आन्तरिक मामिला यहींका दलहरूले समाधान खोज्न नसकेपछि विदेशीको चलखेल बढ्छ। त्यसैले विदेशी शक्तिकेन्द्रको चलखेललाई 'स्पेस' दिन 'विदेशी प्रभु' भनेर गाली गर्ने माओवादी पनि जिम्मेवार छ, जति सत्तारुढ गठबन्धनका दलहरू छन्। मित्रराष्ट्रले आफ्नो स्वार्थ सुरक्षित गर्ने गरी मात्र छिमेकीको हित चाहनु स्वाभाविक हो। कमजोरी 'विदेशी प्रभु' को अनुहारमा हैन, आफ्नो व्यवहारमा खोज्ने हो भने सहज निकास निस्कन्छ। भन्छन्, अरूलाई चोर दोष लगाउनुभन्दा आफ्नो थैलीको मुख राम्ररी कस्नु बुद्धिमानी हो।
निकासको नजिक पुगिसकेका दलहरू 'साझा संकल्प प्रस्ताव' को भाषामा अड्किएका छन्। यो जित हारको अनावश्यक विषयलाई प्रतिष्ठाको विषय बनाइएको मात्र हो। अहिलेको वार्ता पनि संसद् खोल्ने संकल्प प्रस्तावमा सीमित छ। शान्ति र संविधानका लागि साझा संयन्त्र निर्माणको प्रयास पनि सँगसँगै भएमा यही विषयमा वातावरण बनाइदिन अरूलाई गुहार्नै पर्दैन।
तर, साना विषयमा पनि आफैँ छलफल नगरी 'विदेशी प्रभु' ले देखाउने आश र त्राशका भरमा मात्र चल्दा कुनै दल विशेषले मात्र हैन, सबैले एकसाथ हार्नेछन्। नेपाल र नेपालीले त्यसको पीडा व्यहोर्नुपर्नेछ।