मेरा कुरा माने तपाईँ मेरो कुकुर
मेरा विरोधीका कुरा माने तपाईँ उसकै कुकुर
कसैका कुरा नमान्नुुस्
थाहा पाउनुस्, अनि तपाईँ मान्छे
थाहा डल्लो होइन, खरिद–बिक्री हुँदैन
सरसापट गर्न मिल्दैन
त्यो आआफैँले पाउनुपर्छ
सत्य ज्ञानको नाम, ठीक कामको नाम
यी दुवैका नाम– थाहा
सप्रेका देश थाहा पाएर सप्रे
बिग्रेका देश भ्रममा परेर बिग्रे
रूपचन्द्र बिष्टदोस्रो संविधान सभाको निर्वाचन नजिकिँदा दलका नेता चर्को प्रचारप्रसारमा व्यस्त छन्। तर, तिनका प्रचारशैली स्वस्थ र विवेकशील छैनन्। निर्वाचन आयोगमा तीविरुद्ध बारम्बार उजुरी परेका छन्। आयोगले तिनलाई आचारसंहिताको अंकुशे लगाउनुपरेको छ। विडम्बना, मिडिया स्वयं चुनावी परिणामको आकलन र विश्लेषणका नाममा पार्टी विशेषका पक्षमा जनमत प्रभावित गरिरहेका छन्। तिनलाई प्रेस काउन्सिलको आचारसंहिताको बाह्रहाते टाँगोले पनि नछुनु पनि अचम्मै हो।
विभिन्न दलका प्रमुख नेताहरूले सोमबार देशका विभिन्न स्थान दिएको भाषणप्रति एक नजर लगाऊँ। एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालले मेची–काली राष्ट्रिय एकता यात्राका क्रममा नेपालगन्जमा भने, 'अग्रगामी निकास र नयाँ संविधान निर्माणका लागि एमाओवादीलाई बहुमत दिनुको विकल्प छैन। एमाओवादीले बहुमत नपाए फेरि पनि संविधान बन्दैन।' सोही दिन नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेपालगन्जमै भने, 'अगिल्लो संविधानसभामा कांग्रेसको उपस्थिति कमजोर र एमाओवादी सबैभन्दा ठूलो पार्टी भएका कारण संविधान बन्न सकेन। लोकतान्त्रिक संविधान चाहिने हो भने कांग्रेसलाई दुई तिहाइ मत दिनुस्।' उता मलंगवामा नेकपा (एमाले) अध्यक्ष झलनाथ खनालले एमाओवादीको उछितो काढे। 'एमाओवादीजस्तो खहरे पार्टीले फेरि पहिलो पार्टी बन्छु भन्नु हुट्टिट्याउँले आकाश थाम्छु भन्नुजस्तै हो। प्रचण्डजस्ता विचार र सिद्धान्तविहीन मान्छेले मुलुकलाई सही दिशामा अगाडि बढाउन सक्दै सक्दैनन्।'
अरूलाई होचो नदेखाई आफूलाई अग्लो बनाउन नसक्नेका यस्ता भाषणमा कुनै आकर्षण देखिन्न। जनताको मनोविज्ञान बु‰नुभन्दा अरुलाई होचो देखाउने कृत्यमात्र तिनले गरेका छन्। पञ्चायतकालीन जनपक्षीय नेता तथा दार्शनिक रूपचन्द्र विष्टको चुनावी सभाबाट सिक्न सके तिनका लागि धेरै हुन्छ।
रूपचन्द्रको जनमुखी सभा
तीसको दशकको सुरुमा रूपचन्द्रले चलाएको थाहा आन्दोलनको सार थियो निष्पक्ष सक्रियताको अभ्यास। निष्पक्ष भएपछि सक्रिय हुन असाध्यै गाह्रो हुन्छ तर मान्छेले जिन्दगीभरि यही गाह्रो काम गर्नुपर्छ। एकपटक वा केही समयका लागि होइन, जिन्दगीभरि निष्पक्ष रहेर सक्रियताको अभ्यास गर्नुपर्छ। श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन। छाप्रेको राजनीति दरबारले गरेर हुँदैन। मोहीको राजनीति तल्सिङले गरेर हुँदैन। महिलाको राजनीति पुरुषले गरेर हुँदैन। उनीहरू आफँै जागृत भएर गर्नुपर्छ। हरेक कुरा बुझेर, 'थाहा' पाएर गर्नुपर्छ।
यही विचारले प्रेरित रूपचन्द्रको चुनावी सभा पूरै जनमुखी हुन्थ्यो। उनका सहयोगी रामनारायण बिँडारीको संस्मरण यहाँनिर स्मरणीय छ। गाउँमा पुगेर माइकिङ गरी विष्टको जनमुखी सभा हुने सूचना दिइन्थ्यो। उनी पुग्नुअघि नै मानिसहरू जम्मा हुन्थे। तीमध्ये पाँच वर्षमुनिका बालबालिकालाई एक ठाउँ जम्मा पारेर उनी सोध्थे, 'तिमीहरूले आइमाई र लोग्नेमान्छे चिन्या छौ?' बच्चाहरूले सकारात्मक जबाफ दिएपछि फेरि सोध्थे, 'तिम्रा घरमा बिहान सबेरै को उठ्छन्?' 'आइमाई।' 'बेलुकी अबेरसम्म को काम गरिरहन्छन्, आइमाई कि लोग्नेमान्छे?' 'आइमाई।' सबै काम गर्ने आइमाई तर घरका मालिक भने लोग्नेमान्छे। त्यसपछि उनी गरिब र धनीबारे प्रश्न गर्थे। बालबालिकाहरू जबाफ दिन्थे, परिश्रमका सबै काम गर्ने गरिब तर सम्पत्ति थुपार्ने साहुजी।
त्यसपछि उनी सभामा भेला भएका मान्छेतिर फर्केर भन्थे, 'तपाईँका बच्चाले सत्य बोलेका छन्। यिनै प्रश्न तपाईँहरूलाई सोधेको भए सत्य जबाफ दिन सक्नुहुन्नथ्यो किनभने तपाईँलाई कुदृष्टि, कुभावना र मन्डलेतन्त्रले गाँजिसक्यो। बु‰नुपर्ने गाँठी कुरा यी बच्चाले पो बोले। मैले गर्न खोज्या राजनीति यही हो। सबेरै उठ्ने, धेरै काम गर्नेचाहिँ कंगाल हुने, कामै नगर्नेचाहिँ धनाढ्य हुने। यो महाडाँकातन्त्र बदल्नुपर्यो।
'तपाईँ पाकेटमारा चोर हो त्यसैले भित्ताफोर चोरको विरोध गर्न सक्नु भएन। तपाईँको घरमा काम धेरै आइमाईको भागमा तर सम्पत्ति धेरै लोग्नेमान्छेको भागमा। कर्तव्य धेरै आइमाईका भागमा, अधिकार धेरै लोग्नेमान्छेको हातमा। यही त राजतन्त्र हो। घरघरमा तपाईँले राजतन्त्र चलाइराख्नुभएको छ। अनि त तपाईँले मुलुकको राजतन्त्रको विरोध गर्न सक्नुभएन। घरमा राजतन्त्र चलाउने, मौका पाए घरमै डाँकातन्त्र चलाउने, अनि मुलुकको राजतन्त्र र डाँकातन्त्रको कसरी विरोध गर्ने? पाकेटमारा चोरले भित्ताफोर चोरको विरोध गर्न सक्दैन। सके मिलीजुली खान्छ। यो देशमा कानुन कसले बनाउँछ? सरकार–दरबारमा बस्नेले। निर्णय कसले गर्छ? सरकार–दरबारमा बस्नेले। अनि तपाईँको घरमा? तपाईँको घरमा पनि त्यस्तै छ। दुई लाख परिवार छन् हाम्रो मुलुकमा। हरेक परिवारमा यही महाडाँकातन्त्र चलिराख्या छ एकाध बाहेक। परिवारको यही राजतन्त्र खम्बाका रूपमा छ। अनि छानो–राजतन्त्र टिक्या छ। त्यसलाई थाम्ने त तपाईँ नै हो नि। मैले वाण हान्ने यसरी नै हो। यही सुदर्शन चक्र हान्न म चुनावमा उठेको। मलाई नमान्नुस्। मेरा कुरा पनि नमान्नुस्। मेरा विरोधीका कुरा पनि नमान्नुस्। थाहा पाउनुस्।'
यस्तो थियो रूपचन्द्रको तरिका। तीतो तर मनमा च्वास्स बि‰ने। मकवानपुरका गाउँगाउँमा उनी यस्ता चुनावी सभा गर्थे। पछिल्लोपटक २०५६ चुनावमा उनले काठमाडौँको गोकर्ण, थली, नाङ्लाभारे लगायत गाउँमा पनि यस्तै सभा गरेका थिए। उनका आग्रह ज्ञान र सूचनालाई सर्वोपरि मान्ने महात्मा बुद्ध वा सुकरातका जस्तै हुन्थे। एक दिन बुद्धले कुनै गाउँमा सद्धर्मको प्रवचन दिए। प्रवचनपछि एक युवकले सोधे, 'भन्ते, यहाँ धेरै गुरुहरू आउँछन्। सबै आफूलाई सर्वश्रेष्ठ भन्छन्। हामी कसको कुरा पत्याऊँ?' बुद्धले भने, 'हे युवक, कुनै ठूलो मान्छेले भन्यो भन्दैमा नमान। कुनै शास्त्र र वेदमा भनिएको छ भने पनि नमान। कुनै परम्परा र समाजमा प्रचलित छ भन्दैमा पनि नमान। तथागत बुद्धको कुरा पनि नमान। कुनै पनि कुरा मान्नुअघि आफैँ जान।' निर्वाचनमा दल र मतदाता दुवै पक्षले बुद्ध तथा विष्टका यी प्रसंग मनन गर्नु जरुरी छ।
र, अन्त्यमा
एउटा बेग्लै प्रसंग। नेपालका प्रथम वनस्पतिशास्त्री तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त वैज्ञानिक दयानन्द वज्राचार्य सोमबार सदाका लागि अस्ताए। यो मलाई स्तब्ध पार्ने खालको खबर थियो। उनी नागरिकका सबैभन्दा पुराना स्तम्भकार थिए। पर्याप्त सुरुचिकर शैली नभए पनि उनको स्तम्भ सम्मानसाथ पढिन्थ्यो। उनी हामीजस्तो डेढ–दुई घन्टामा लेख तयार गर्दैनथे। 'एउटा लेख लेख्न मलाई धेरै समय लाग्छ, कहिलेकाहीँ त पूरै दुई साता लाग्छ, म तपाईँहरूजस्तो व्यावसायिक लेखक होइन', उनी प्रस्टै भन्थे। (यो बेग्लै कुरा हो, कहिलेकाहीँ हाम्रो हालत पनि झन्डै त्यही हुन्छ जुन प्रस्ट खोलेर हामी लज्जित हुन चाहँदैनौँ।) शुभकामना पनि सशर्त दिने जमानामा उनी मेरा निःशर्त शुभचिन्तक थिए। म नागरिक दैनिकबाट बिदा हुँदा गहिरो दुःख मनाउ गर्ने र फेरि स्तम्भ थाल्दा खुसी प्रकट गर्ने देशकै विशिष्ट व्यक्ति उनी एक जना थिए। 'सत्तासीन' लाई लज्जितै पार्ने गरी विरुदावलि गाउने र 'सत्ताच्युत' लाई फर्केरै नहेर्ने हाम्रो गौरवमय राष्ट्रिय चरित्र हो। वज्राचार्यजस्ता कर्मयोगी सज्जन बिरलै भेटिन्छन् जो 'सत्ताच्युत' मान्छेलाई पनि निःशर्त प्रेम गरिरहन्छन्। अलबिदा डाक्टरसाप!