अन्तर्राष्ट्रिय शान्ति दिवसका दिन राजधानीमा भयंकर अन्तरविरोधी दृश्य देखियो। तक्षशीला एकेडेमीमा आयोजित 'शान्ति प्रक्रियाः चुनौती र विकल्प' विषयक छलफलमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला महात्मा गान्धीका प्रवक्ता बनिरहेका थिए। तिनका साक्षी प्रचण्ड, झलनाथ खनालहरू थिए।
गान्धी सत्य र अहिंसाका विचारकमात्र होइनन्, वैचारिक निष्ठा र इमान्दारीका पर्याय पनि हुन्। सत्य र अहिंसाका माध्यमबाट संसारै अचम्म हुनेगरी उनले बेलायती सम्राज्यबाट भारतलाई स्वाधीन बनाए। अहिंसाको माध्यमबाट शत्रुलाई सत्यबोध गराउने उनको शैली अनुपम थियो। हिंसामा उत्रेका सुरक्षाकर्मीविरुद्ध प्रतिहिंसा गरिरहेका आफ्नै सहकर्मीविरुद्ध पनि उनले सत्याग्रह गर्नुपरेको थियो। सादा जीवन, उच्च विचारका पक्षपाती उनी शाकाहारी भोजन गर्थे। चर्खा चलाउँथे र उच्चस्तरीय बेलायती कपडा बहिष्कार गरी खादीका धोती लगाउँथे। गान्धी आफ्ना विचार व्यवहारैमा उतार्थे।
उनी आफ्नै सहकर्मी पण्डित जवाहरलाल नेहरु, बल्लभभाइ पटेल, मोहमद अलि जिन्नाहरूको सत्तास्वार्थका सिकार भए। तिनकै कारण देश टुक्रियो। हिन्दू-मुसलमानबीच दंगा चल्यो। यसविरुद्ध उनले फेरि सत्याग्रह गरे। त्यसै क्रममा अतिवादीले गोली हानेर उनको हत्या गरिदियो। गान्धीको भौतिक हत्या नत्थुराम गोड्सेले गरेका थिए। तर उनको आदर्शको हत्या उनकै साथीहरूबाटै भइसकेको थियो।
तक्षशीला एकेडेमीमा आयोजित कार्यक्रममा गिरिजाप्रसादले गान्धीको आदर्शबारे राम्रो पाठ पढाए। उनले वर्तमान राजनीतिमा अहिंसाबाट सहमति खोज्नुपर्ने औँल्याए। 'अहिंसा नै सबैभन्दा ठूलो अस्त्र हो, गान्धी मेरो प्रेरणा स्रोत हुन्,' उनले भने। सिद्धान्तबिनाको राजनीति, परिश्रमबिनाको सम्पत्ति, चरित्रबिनाको ज्ञान, बलिदानबिनाको प्रार्थनालगायत गान्धीले उल्लेख गरेका सामाजिक पाप त्याग्न पनि उनले आग्रह गरे।
गान्धीको अक्षय पुँजी वैचारिक इमान्दारी हो। उनी आफूलाई ठीक लागेको कुरा आत्मैदेखि दीक्षित भएर व्यवहारमा उतार्थे। त्यसैले त खाँ अब्दुल गफ्फुर खाँ, नेल्सन मन्डेला, मार्टिन लुथर किङ, आन सान सुकी, स्टीभ बिको, बेनिग्नो अक्विनोजस्ता संसारकै महान् व्यक्तित्वले उनलाई पछ्याए। नेपाली राजनीतिको सबैभन्दा ठूलो समस्या वैचारिक बेइमानी हो। चुनावका बेला दलहरू आदर्शयुक्त घोषणापत्र जारी गर्छन्। नेताहरु मनमोहक भाषण गर्छन्। तर काम ठीक उल्टो भइरहेको हुन्छ। देशका सबैभन्दा वरिष्ठ नेता भएकाले होला, वैचारिक बेइमानीको नेतृत्व पनि गिरिजाप्रसाद कोइरालाले नै गरेका छन्। लोकतन्त्र, शान्ति र सहमतिको सबैभन्दा बढी भाषण गर्ने र तिनका जरा काट्ने काम पनि उनैले गर्न भ्याएका छन्। माओवादी जनयुद्धका क्रममा झण्डै १४ हजार नेपालीले ज्यान गुमाए। एकथरी मानिस यो दोष माओवादीकै टाउकामा मात्र थुपार्छन्। तर राजनीतिलाई सुँगुरको खोर बनाएर तिनलाई जंगल छिर्न बाध्य पार्ने कोइराला, देउवाहरूले यसको जिम्मेवारी लिनुपर्दैन? माओवादीका नाममा संकटकाल लगाएर राज्यका तर्फबाट कैयन् निर्दोष जनताको हत्या भएको थियो। त्यसको जिम्मेवारी शासनको विलासी आसनमा विराजमान यिनैले लिनुपर्ने होइन?
गिरिजाप्रसाद कोइरालासँग लोकतन्त्रमा आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको कुनै खाका छैन। संवैधानिक राष्ट्र प्रमुख, आवधिक निर्वाचन र बहुमतको सरकार नै उनका लागि लोकतान्त्रिक गणतन्त्र हो। राजनीतिक परिवर्तनमा बाहेक लोकतन्त्र संस्थागत गर्न उनको कुनै योगदान छैन। बरु लोकतान्त्रिक संस्कार ध्वस्त पार्नमै उनको उत्तरार्द्ध जीवन समर्पित देखिन्छ। माओवादी लगातार संसद् अवरोध गरिरहेको छ। यही स्थिति रहे बजेटसमेत पारित हुने छैन। त्यस स्थितिमा सरकार नैतिक संकटमा पर्नेछ। संसद् खोल्न माओवादी आफ्नो अडानमा हदैसम्म लचिलो भएको छ। सरकार संकटमा पर्ने स्थितिभन्दा उसको प्रस्तावलाई संसद्मा प्रवेश दिनु बुद्धिमानी हो। गिरिजाप्रसादको रिमोट कन्ट्रोलमा चलेका दलहरू माओवादीलाई निषेध गर्ने मनस्थितिमा देखिए। फेरि पनि शान्ति, सहमति र लोकतन्त्रको सबैभन्दा चर्को स्वर उनीहरूकै छ।
निष्ठा र इमान्दारी गान्धीका पर्याय हुन्। विडम्बना, हाम्रो राजनीतिमा यिनको सर्वथा अनिकाल छ। गान्धी विचारको हत्या आ-आफ्नो गच्छेअनुसार सबैजसो नेताले गरेका छन्। तर, त्यसको पनि नेतृत्व गिरिजाप्रसादले गरेका छन्। अनि यसै बेला उनी गान्धीको पाठ पढाउँछन्। योभन्दा ठूलो अन्तरविरोध अरू केही होला?